राजनीति

    Showing 3,141-3,150 of 10,435 items.
  • पूर्वगृहमन्त्री रमेश लेखकले दिए जाँचबुझ आयोगमा लिखित बयान (पूर्णपाठसहित)

    काठमाडौं— पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका नेता रमेश लेखकले जेनजी आन्दोलनको घटना छानबिनका लागि सरकारले पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको उच्चस्तरीय जाँचबुझ आयोगमा लिखित बयान दिएका छन् ।लेखक आज सिंहदरबारस्थित जाँचबुझ आयोग कार्यालयमा पुगेर ६ पृष्ठको बयान दिएका हुन् ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 572 पटक पढिएको
  • ताप्लेजुङमा मतदाताको सङ्ख्या ९० हजार भन्दा बढी पुग्यो

    ताप्लेजुङ— ताप्लेजुङमा कुल मतदाताको सङ्ख्या ९० हजार ३ सय २७ पुगेको छ ।आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले प्रकाशित गरेको अन्तिम मतदाता नामावली अनुसार ४८ हजार २ सय ८५ पुरुष र ४२ हजार ४२ महिला मतदाता रहेका छन् । पुरुषको तुलनामा महिला मतदाताको सङ्ख्या ६ हजार २ सय ४३ कम छ ।पछिल्लो पटक जिल्लामा २ हजार ४२ नयाँ मतदाता थपिएका हुन् । विसं २०७९ को निर्वाचनमा जिल्लामा ८८ हजार २ सय ८५ मतदाता रहेका थिए । नौ स्थानीय तह रहेको जिल्लामा सबैभन्दा बढी १८ हजार १ सय ९० मतदाता फुङलिङ नगरपालिकामा रहेका छन् । सबैभन्दा कम मिक्वाखोला गाउँपालिकामा ६ हजार ९ सय ४८ मतदाता रहेका

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 565 पटक पढिएको
  • डा.निकोलस भुसालको जीवन रक्षा गर्न चिकित्सक संघको माग

    काठमाडौं— नेपाल चिकित्सक संघले आमरण अनसरत डा. कमल भुसाल (निकोलस भुसाल) को जीवन रक्षा गर्न सरकारसँग माग गरेको छ ।सोमबार संघले विज्ञप्ती जारी गर्दै माइतीघर मण्डलामा अनसनरत डा. भुसालको स्वास्थ्य अवस्था बिग्रदै गएको प्रति गम्भीर ध्यानाकर्षण भएको भन्दै जीवन रक्षाका लागि आवश्यक कदम चाल्न सरकारसँग माग गरेको हो ।बिगत सात दिनदेखि आमरण अनसनमा रहेका भुसाललाई रिंगटा लाग्ने, शरीर सुन्निने लगायत स्वास्थ्य समस्या देखा परेको संघले जनाएको छ । भुसालको अवस्थाप्रति सरकारले गरेको बेवास्ताका कारण उनको स्वास्थ्यमा थप जटिलताहरु देखा पर्दै गएको संघले उल्लेख गरेको छ ।हरेक नेपालीको स्वस्थ रुपमा बाँच्न पाउने मौलिक अधिकार

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 546 पटक पढिएको
  • ‘नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी र ट्राफिक अग्रपङ्क्तिमा’

    काठमाडौं— काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) ईश्वरराज पौडेलले नेपालको समग्र शान्ति सुरक्षाका लागि नेपाल प्रहरी अग्रपङ्क्तिमा रहेको बताएका छन् ।सोमबार उपत्यका ट्राफिक प्रहरीलाई म्याजिक लाइट हस्तान्तरण कार्यक्रममा बोल्दै उनले सडक सुरक्षा, यात्रु सुरक्षा तथा सवारी व्यवस्थापनमा ट्राफिक प्रहरीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरेका हुन् ।सीडीओ पौडेलले जेनजी आन्दोलनपछि ट्राफिक प्रहरी कठिन परिस्थितिमा पुगेको स्मरण गर्दै हाल स्थिति सुधार भई अझ बलियो रूपमा सडकमा फर्किएको बताए ।‘जेनजी आन्दोलनपछि सुरुमा ट्राफिक प्रहरी सडकमा थिएन, सवारीसाधन थिएन, ड्रेससमेत थिएन, चारैतिर जलेका संरचनाहरू थिए,’ उनले भन

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 511 पटक पढिएको
  • सुर्यविनायकमा चिडियाखाना निर्माणको काम चाँडै सुरु हुन्छः मन्त्री चौलागाईँ

    काठमाडौं— वन तथा वातावरणमन्त्री माधव प्रसाद चौलागाईँले भक्तपुरको सुर्यविनायकमा चाँडै चिडियाखाना बनाउने घोषणा गरेका छन् ।सोमबार चिडियाखाना राष्ट्रिय प्रकृति संरक्षण कोषले सदर चिडियाखाना व्यवस्थापन गरेको ३० औं वार्षिकोत्सवको उपलक्ष्यमा आयोजित स्मारिका विमोचन तथा सम्मान कार्यक्रममा बोल्दै उनले चिडियाखाना निर्माणको लागि आवश्यक प्रकृया र कागजातहरुको बारेमा काम गरिरहेको बताउँदै अब चाँडै निर्माणको घोषणा गर्ने बताएका हुन् ।उनले भने,‘१० वर्षदेखि अल्झिराखेको सुर्यविनायकमा चिडियाखाना निर्माण गर्ने कुरा केही हप्तामा नै घोषणा गर्नेछौं । त्यसको प्रकृया र कागजातहरुको बारेमा कुरा गरिरहेको छौं’उनले भने ।त्यस्त

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 476 पटक पढिएको
  • जनता समाजवादी पार्टी र जसपा, नेपालबीच एकीकरण

    काठमाडौं— जनता समाजवादी पार्टी, नेपाल र जनता समाजवादी पार्टीबीच एकीकरण भएको छ ।एक कार्यक्रमकाबीच जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादव र जनता समाजवादी पार्टीका सह–अध्यक्ष रेणु यादवको नेतृत्वमा रहेका बहुमत केन्द्रीय सदस्यहरू सहित दुवै पार्टीबीच औपचारिक रूपमा एकीकरण गरिएको हो ।एकीकरणपछि पार्टीको नाम जनता समाजवादी पार्टी, नेपाल नै कायम गरिएको छ । नेताहरूले एकीकरणले मधेस केन्द्रित राजनीति थप सुदृढ हुने विश्वास व्यक्त गरेका छन् ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 486 पटक पढिएको
  • निर्वाचन आयोगमा समानुपातिकतर्फको बन्दसुची बुझाउने दलको संख्या चार पुग्यो

    काठमाडौं— जनप्रीय लोकतान्त्रिक पार्टीले समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ । आज समानुपातिकको बन्दसूची बुझाउने अन्तिम दिन भएको हुनाले जनप्रीय लोकतान्त्रिक पार्टीले सूची निर्वाचन आयोगमा बुझाएको हो ।यसैगरी नेमकिपा, राष्ट्रिय जनमोर्चा र नेपाल लोकतान्त्रिक पार्टीले समेत समानुपातिकको बन्द सूची निर्वाचन आयोगमा बुझाएको छ ।आयोगका अनुसार हिजो र आज दर्ता भएका राजनीतिक दलहरूले मात्र समानुपातिकतर्फका उम्मेदवारको बन्द सूची आयोगमा बुझाउन पाउनेछन् ।पेस गरिएका बन्द सूचीको पुस १५ देखि २० गतेसम्म छानबिन गरिनेछ । छानबिनका क्रममा कानुनअनुसार समावेशी मापदण्ड पूरा भए–नभएको, उम्मेदवारको योग्यता र सूचीको

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 478 पटक पढिएको
  • उपसभामुख रानाले भनिन्: गाडी बुझाएको हो, राजीनामा दिएको होइन

    काठमाडौं— उपसभामुख इन्दिरा रानामगरले आफूले राजीनामा नदिएको स्पष्ट पारेकी छन् । विभिन्न सञ्चारमाध्यममा उपसभामुख रानामगरले राजीनामा दिएको भन्ने समाचार प्रकाशित भएपछि उनले त्यसको खण्डन गर्दै सरकारी सेवा–सुविधा नलिने निर्णय मात्रै गरेको बताइन् ।नेपाल न्यूज बैंकसँग कुरा गर्दै उपसभामुख रानामगरले प्रतिनिधि सभा सञ्चालनमा नरहेको अवस्थामा सरकारी सुविधा लिन उपयुक्त नठानेर आफूले सरकारी गाडी मात्रै बुझाएको बताइन् ।‘मैले गाडी बुझाएको हो, तर राजीनामा बुझाएको छैन,’ उनले भनिन्, ‘समानुपातिक तर्फको मनोनयन दर्ता सुरु भएकाले आइतबार गाडी बुझाएँ । संसद् चलेको छैन, त्यतिकै किन सरकारी सुविधा लिने भनेर गाडी बुझाएको हुँ

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 543 पटक पढिएको
  • जेनजी आन्दोलनपछि पूर्वगृहमन्त्री लेखक पत्रकार सम्मेलन गर्दै

    काठमाडौं— गत भदौं २३ र २४ गते भएको जेनजी आन्दोलनका बेला पदबाट राजीनामा दिएका पूर्व गृहमन्त्री रमेश लेखकले आज दिउँसो पत्रकार सम्मेलनको आयोजना गरेका छन् ।नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका पूर्वगृहमन्त्री लेखकले जेनजी आन्दोलनको विषयमा आफ्नो धारणा सार्वजनिक गर्न कांग्रेस संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन राखिएको छ ।जेनजी आन्दोलनका क्रममा गत भदौं २३ गते जनधनको क्षति भएपछि उनले सोही दिन साझँ नै राजीनामा दिएका थिए । त्यसपछि भदौं २४ गते काठमाडौं लगायत मुलुकका ठुला शहरहरुमा सार्वजनिक तथा निजी सम्पतीमा तोडफोड र आगजनी भएको थियो ।

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 506 पटक पढिएको
  • प्रचण्ड भन्छन देशलाई सहज निकास दिने सबैभन्दा राम्रो विकल्प निर्वाचन नै हो

    काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको वर्तमान राजनीतिक परिस्थितिमा निकासका लागि निर्वाचन नै सबैभन्दा उपयुक्त विकल्प भएको बताएका छन् ।स्वतन्त्र विद्यार्थी युनियन, बानेश्वर बहुमुखी क्याम्पसद्वारा आयोजित पूर्व स्ववियू सभापति, क्रियाशील संघ–संगठनका अध्यक्ष, पूर्व अध्यक्ष, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी सम्मान, नव आगन्तुक विद्यार्थी स्वागत तथा बेजोड सांस्कृतिक कार्यक्रम–२०८२ मा बोल्दै दाहालले देश विशेष परिस्थितिबाट अगाडि बढिरहेको उल्लेख गरे।उनले भने, ‘म अहिले देशको राजनीतिक परिस्थितिमा धेरै भन्न चाहन्नँ । निर्वाचन मुखैमा आइपुगेको छ । जेनजी आन्दो

    • प्रकाशित मितिः पुस १४, २०८२
    • 494 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.