काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार साँझ ६ बजेका लागि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ ।सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध आज देशभर व्यापक प्रदर्शन भइरहेको छ । राजधानी काठमाडौँसहित विभिन्न सहरमा गरिएको जेनजीको प्रदर्शनलाई प्रहरीले नियन्त्रण गर्ने क्रममा नयाँ बानेश्वरमा गोली चलाउँदा दुईजनाको मृत्यु भएको छ ।
काठमाडौं— जेन्जी आन्दोलन तिव्र बन्दै गइरहेका बेला काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग हुने भेटघाटमा प्रतिबन्ध लगाएको छ।प्रशासनले लामिछानेमाथि विशेष निगरानी राख्दै उनको राजनीतिक सक्रियता र आन्दोलनबीचको सम्वन्धलाई ध्यानमा राखेर भेटघाट नियन्त्रणमा लिएको बताइएको छ। प्रदर्शन झन् चर्किँदै जाँदा, नेताहरूको भौतिक उपस्थिति वा सक्रियता झनै उत्तेजनाको कारण बन्न सक्ने भन्दै प्रशासन सतर्क देखिएको हो।प्रशासनले औपचारिक रूपमा उक्त प्रतिबन्धको विस्तृत कारण भने खुलाएको छैन। लामिछाने र उनको पार्टीले यसबारे तत्काल प्रतिक्रिया जनाएका भने छैनन्।जेन्जी आन्द
काठमाडौं— सामाजिक सञ्जाल बन्द गरेको विरोधमा जेनजी पुस्ताले गरेको आन्दोलनका कारण कफ्र्यु आदेश जारी भएपछि राष्ट्रियसभा बैठक भदौ २५ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । संघीय संसद् सचिवालयले सूचना जारी गर्दै सोमबार सवा एक बजेका लागि बोलाइएको बैठक बुधबार अपरान्ह १ः१५ बजे बस्ने गरी सारिएको हो । संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको सूचनामा बैठक बन्दको कारणमा ‘विशेष कारणबस लेखिएको छ ।जेनजी पुस्ताका आन्दोलनकारी नयाँ वानेश्वरस्थित संसद् भवनमा प्रवेश गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले कफ्र्यु जारी गरिसकेको छ ।
काठमाडौं— नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता वामदेव गौतमले सरकारले सामाजिक सन्जाल बन्द गरेर गलत गरेको बताएका छन् ।गौतमले आम नागरिकहरुका लागि सामाजिक संजाल अपरिहार्य अधिकार भएकाले बन्द गर्न नहुने प्रतिक्रिया दिएका हुन् । उनले भने,‘सामाजिक सञ्जाल बन्द गर्न पाइँदैन । यो जनताको अर्थात खासगरी युवाहरूको अपरिहार्य अधिकार हो । अधिकार नभइ युवा अगाडि बढ्न सक्दैन् । उनीहरुलाई अधिकार दिनैपर्छ । सामाजिक सञ्जाल तुरुन्तै खोल्नुपर्छ,’ गौतमले अगाडि भने,‘यसलाई परिष्कृत कसरी गर्न सकिन्छ भन्ने विषयमा वहस हुनुपर्छ र यसलाई व्यवसिथ्त गर्नुपर्छ । जथाभावी बोल्ने र प्रयोग गर्नेलाई नियन्त्रण गर्न
वीरगन्ज— जेनजी पुस्ताले आज वीरगन्जको घण्टाघरमा भव्य प्रदर्शन गरी भ्रष्टाचारविरुद्ध आवाज उठाएका छन् ।करिब दुई सयको संख्यामा आएका प्रदर्शनकारीहरूले घण्टाघरबाट सुरुआत गरी नगरपरिक्रमा गरेका थिए र पुनः घण्टाघरमै पुगेर कोण सभा सम्पन्न गरेका हुन् ।कोण सभामा वक्ताहरूले सामाजिक सञ्जाललाई प्रभावकारी ढङ्गले सञ्चालन गर्नुपर्ने, देशमा मौलाइरहेको भ्रष्टाचार अन्त्य गर्न राज्यले पहल गर्नुपर्ने र युवापुस्तालाई नेतृत्वमा अघि ल्याउनुपर्ने माग राखे । सहभागीहरूले आन्दोलन तबसम्म जारी रहने र परिवर्तन ल्याएरै शिथिल हुने चेतावनीसमेत दिएका थिए ।आन्दोलनलाई लक्षित गर्दै पर्सा प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको थि
काठमाडौं— भ्रष्टाचारविरुद्ध जागृत हुँदै गएको जेन–जी पुस्ताको आन्दोलन शनिबार झडपमा परिणत भएको छ। निषेधित क्षेत्र तोड्दै संसद भवनतर्फ अगाडि बढेका प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले रबरको गोली प्रहार गर्दा चार जना घाइते भएका छन्।घाइतेमध्ये एक जना कान्तिपुर दैनिकका पत्रकार रहेका छन् भने बाँकी तीन जना विद्यार्थी हुन्। उनीहरुको सिभिल अस्पलातमा उपचार भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ । आन्दोलनकारीहरू संसदभित्र छिर्ने प्रयासमा रहेकाले सुरक्षा निकायले बल प्रयोग गरेको जनाइएको छ।झडपपछि नयाँ बानेश्वर क्षेत्र पूर्ण रूपमा तनावग्रस्त बनेको छ। स्थिति नियन्त्रणबाहिर जान सक्ने भन्दै जिल्ला प
काठमाडौं— संसदीय सुनुवाइ समितिका नवनिर्वाचित सभापति रामहरि खतिवडालाई पद तथा गोपनीयताको शपथ लिएका छन् ।सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयमा आयोजित कार्यक्रममा सभामुख देवराज घिमिरे समक्ष सभापति खतिवडाले शपथ लिएका हुन् ।यही भदौ २० गते शुक्रबार भएको निर्वाचनमा सभापति खतिवडा निर्विरोध चयन भएका थिए । त्यस अवसरमा सभामुख घिमिरेले सभापति खतिवडालाई खादाले सम्मान गरेका थिए ।कार्यक्रममा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, उपसभामुख इन्दिरा राना, राष्ट्रियसभाका उपाध्यक्ष विमला घिमिरे, एमालेका मुख्य सचेतक र नेपाली कांग्रेसका प्रमुख सचेतक, संसदीय समितिका सभापति र सांसदहरू उपस्थित थिए ।
काठमाडौं— सामाजिक सञ्जाल बन्दको विरोधमा घोषणा गरिएको आन्दोलनलाई समर्थन जनाउँदै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले युवाहरूलाई विशेष सन्देश पठाएका छन् । हाल नख्खु कारागारमा रहेका लामिछानेले आफ्ना समर्थक र युवा पुस्तालाई विवेकपूर्वक र शान्तिपूर्ण ढंगमा सडकमा उत्रन आह्वान गरेका हुन् ।निजी सचिवालयमार्फत सार्वजनिक गरिएको सन्देशमा लामिछानेले लेखेका छन्, ‘तपाईंहरू सडकमा ओर्लँदै हुनुहुन्छ । तपाईंहरूमध्ये धेरैको जीवनमा यो पहिलो सडक प्रदर्शन हुन सक्छ ।’ उनले शासकहरूले न त विधिको शासन दिन सकेको र न नै सामाजिक सञ्जालमा आफ्ना भावना बाँड्ने स्वतन्त्रता दिएको आरोप लगाउँदै भनेका
काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाल फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । सडक सुरक्षा सम्वन्धि एशिया प्यासिफिक सम्मेलनमा सहभागीताका लागि आईतबार राती उनी त्यस तर्फ प्रस्थान गरेका हुन् । एशियाली विकास बैंकको प्रधान कार्यालय मेट्रो मनिलामा ९ देखि ११ सेप्टेम्बर सम्म हुने सम्मेलनका लागि मन्त्री दाहाल सहितको प्रतिनिधी मण्डल त्यस तर्फ गएको हो । सम्मेलनमा मन्त्री दाहालले नेपालमा सडक सुरक्षाको अवस्था, चुनौती, प्रयास लगायतका बारेमा पहिलो दिनको शत्रमा संबोधन गर्नेछन् । सम्मेलनमा नेपाल सहित भुटान, फिजी, अर्मेनिया, कम्बोडीया, पाकिस्तान लगायतका देशका मन्त्री, प्र
काठमाडौं— महान्यायाधिवक्ताको कार्यालयको आयोजनामा ‘महिला सरकारी वकीलको सशक्तीकरण ः फौजदारी न्याय प्रणालीको सुदृढीकरण’ भन्ने मूल नाराका साथ महिला सरकारी वकीलहरूको प्रथम राष्ट्रिय सम्मेलन आगामी भदौ २३ गते काठमाडौंको नेपाल प्रहरी क्लब, भृकुटीमण्डपमा हुने भएको छ ।सम्मेलनमा देशभरका महिला सरकारी वकीलहरू सहभागी हुँदैछन् । हाल सरकारी वकील समूहमा कार्यरत ५२१ जना वकीलहरूमध्ये १४८ जना महिला वकील रहेका छन् । तीमध्ये ४ जना सह–न्यायाधिवक्ता, ३२ जना उप–न्यायाधिवक्ता र ११२ जना सहायक–न्यायाधिवक्ता छन् ।सम्मेलनमा महिला सरकारी वकिलहरूको पेशागत क्षमता अभिवृद्धि, नेतृत्व विकास, र लैङ्गिक समानता जस्ता विषयमा केन्द्र
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.