काठमाडौं— जेन्जी आन्दोलन तिव्र बन्दै गइरहेका बेला काठमाडौं जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) अध्यक्ष रवि लामिछानेसँग हुने भेटघाटमा प्रतिबन्ध लगाएको छ।
प्रशासनले लामिछानेमाथि विशेष निगरानी राख्दै उनको राजनीतिक सक्रियता र आन्दोलनबीचको सम्वन्धलाई ध्यानमा राखेर भेटघाट नियन्त्रणमा लिएको बताइएको छ। प्रदर्शन झन् चर्किँदै जाँदा, नेताहरूको भौतिक उपस्थिति वा सक्रियता झनै उत्तेजनाको कारण बन्न सक्ने भन्दै प्रशासन सतर्क देखिएको हो।
प्रशासनले औपचारिक रूपमा उक्त प्रतिबन्धको विस्तृत कारण भने खुलाएको छैन। लामिछाने र उनको पार्टीले यसबारे तत्काल प्रतिक्रिया जनाएका भने छैनन्।
जेन्जी आन्दोलन हालका दिनहरूमा काठमाडौं उपत्यकामा विशेष गरी माइतीघर, नयाँबानेश्वर र संसद भवन आसपास तीव्र भएको छ। आन्दोलनमा सहभागी युवाहरूले शासनप्रणाली, बेरोजगारी, शिक्षा र अवसरको असमानता लगायतका मुद्दा उठाउँदै आएका छन्।