राजनीति

    Showing 4,261-4,270 of 6,710 items.
  • शेखर र गगन गएनन् चुनावी सभामा

    काठमाडौं / नेपाली कांग्रेसका शीर्ष नेता डा शेखर कोइराला र महामन्त्री गगन थापा चितवनको भरतपुरमा आयोजना हुन लागेको सत्ता गठबन्धनको चुनावी सभामा सहभागी  हुन गएनन् ।  डा कोइराला विराटनगरमै रहेकाले लगायत प्रदेश १ का विभिन्न जिल्लाका चुनावी कार्यक्रममा सहभागी हुने तयारीमा रहेकाले सत्ता गठबन्धनको चुनावी सभामा सहभागी नहुने भएका हुन ।  त्यस्तै, महामन्त्री थापाको अहिले ११ बजे नेपाली कांग्रेस काठमाडौं महानगर कार्य समितिको आयोजनामा अनुपम फुडल्याण्डमा हुने कार्यक्रममा नेता प्रकाशमान श्रेष्ठसंगै सहभागी भएकाले सभामा जान नपाएका हुन् ।

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 72 पटक पढिएको
  • ‘अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्छौ’

    बिर्तामोड / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेका तर्फबाट अर्जुनधारा नगरपालिकाको मेयर पदका उम्मेद्वार बलदेव गोम्देन तामाङले अर्जुनधारा नगरपालिकामा एक घर एक रोजगार सिर्जना गर्ने योजनाका साथ काम गर्ने बताएका छन् ।चुनावी घरदैलोका क्रममा आज अर्जुनधारा –१ मा आयोजित कोणसभामा बोल्दै गोम्देनले स्थानीय निर्वाचनमा जित हासिल गरे अर्जुनधारामा एक घर एक रोजगार सिर्जना गर्ने बताएका हुन् । गोमदेनले १ नम्बर वडामा देखिएको नदि कटान र उत्खन्नको समस्यालाई स्थानीय सरकारले प्राथमिकताका साथ हल गर्ने बताए । उनले कृषिमा आधुनिकीकरण, शिक्षा, स्वास्थ्य लगायतका विषयलाई आफूहरूले पहिलो प्राथमिकतामा राख्ने

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 59 पटक पढिएको
  • राप्रपा नेपालका कोषाध्यक्ष गुरुङले दिए राजीनामा

    काठमाडौँ / कमल थापाले नेतृत्व गरेको राप्रपा नेपालका पार्टी केन्द्रीय कोषाध्यक्ष चन्द्रबहादुर गुरुङले पार्टीबाट राजीनामा दिएका छन् । उनले आज राप्रपा नेपालको केन्द्रीय कार्यालयमा कोषाध्यक्ष र साधारण सदस्य पनि नरहने गरी राजीनामा दिएका हुन् । पछिल्लो समय राप्रपा नेपालमा नेताहरूले पार्टी छाड्ने क्रम बढेको छ । एक साताअघि राप्रपा नेपालका उपाध्यक्ष उद्धव पौडेल, केन्द्रीय सदस्यहरू उर्मिला अधिकारी र श्रीधर सुवेदीले पनि पार्टी छाडेका थिए ।

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 77 पटक पढिएको
  • मतदान अधिकृतहरूलाई तालिम दिँदै आयोग

    काठमाडौं / निर्वाचन आयोगले मतदान अधिकृत र सहायक अधिकृतलाई तालिम दिएको छ । आयोगले आसन्न स्थानीय निर्वाचनका लागि काठमाडौंमा रहेका मतदान केन्द्रका अधिकारीहरूलाई तालिम दिइएको हो । तालिममा अधिकृतहरूलाई मतदानको समयमा आउनसक्ने सम्भावित समस्याका बारेमा छलफल गरिएको छ । साथै मतदान कार्य सहज तवरबाट सञ्चालन गर्न समेत तालिम दिइएको आयोगले जनाएको छ । 

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 65 पटक पढिएको
  • मेचीनगरमा बागीलाई सघाएको भन्दै एमालेबाट आठ जना निष्काशित

    बिर्तामोड / नेकपा (एमाले) मेचीनगरले बागी उम्मेद्वारसहित आठ जनालाई कारबाही गरेको छ ।पार्टीका नगर अध्यक्ष राजु पोखरेलका अनुसार मेचीनगरमा एमालेकी उपप्रमुखको आधिकारिक उम्मेदवार मीना पोखरेल (उप्रेती)विरुद्ध बागी उम्मेदवारी दिएका डिल्लीराम घिमिरेसहित विभिन्न जिम्मेवारीमा रहेका आठ कार्यकर्तालाई पार्टीको सदस्यता समेत नरहनेगरी कारबाही गरिएको हो । कारबाहीमा पर्नेमा उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरे, दीपक घिमिरे र खिलबहादुर गिरी, तिलक न्यौपाने, मेघनाथ बाँस्तोला, भानु ढुङ्गेल, तुलसा धिताल र हरिचरण चौलागाईँ रहेका छन् । उपप्रमुखमा बागी उम्मेदवारी दिएका घिमिरेलाई चुनावी प्रचार प्रसारमा सघाएको

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 61 पटक पढिएको
  • रूकुम पश्चिममा वाइसिएलद्धारा प्रहरी चौकी तोडफोड

    रूकुम / वाइसिएलका कार्यकर्ताहरूले बिहीबार बिहान रूकुम पश्चिमको एक प्रहरी चौकी तोडफोड गरेका छन् । उनीहरूले नुवाकोट प्रहरी चौकीमा आज तोडफोड र आक्रमण गरेका हुन् । केही समय अघि कांग्रेस र माओवादीका कार्यकर्ताबीच झडप भएको थियो ।कांग्रेसनिकट नेपाल तरुण दलका कार्यकर्ता प्रहरी चौकीभित्र रहेको भन्दै वाइसिएलले चौकी तोडफोड गरेका हुन्  ।कांग्रेस कार्यकर्ता चौकीभित्र छिरेपछि वाइसिएल कार्यकर्ताले उनीहरूलाई बाहिर निकाल्न भनेका थिए । त्रिवेणी वडा नम्बर ९ नुवाकोटस्थित चौकीमा कांग्रेस कार्यकर्ता छिरेपछि वाइसिएलले ढुंगामुढा गरेका हुन् । कांग्रेसका १३ जना कार्यकर्ता चौकीमा पुगेका थिए । उनीहरूलाई वाइसिएल कार्

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 56 पटक पढिएको
  • रुकुम पश्चिममा कांग्रेस र माओवादी बिच झडप गाउँपालिका अध्यक्षका उम्मेदवार चढेको गाडी तोडफोड

    रुकुम / आगामी बैशाख ३० गते हुने स्थानीय निर्वाचनलाई लक्षित गर्दै चुनाब प्रचार प्रसारमा हिँडेका दुई राजनैतिक दल बिच बिहीबार बिहान झडप भएको छ ।  रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका वडा नम्बर -९ मा कांग्रेस र माओवादी केन्द्रका कार्यकर्ताबीच  झडप भएको हो । झडपका क्रममा कांग्रेसका तर्फबाट गाउँपालिका अध्यक्षका उम्मेदवार अमरसिंह खड्का चढेको रा १ च १२६२ नम्बरको गाडीमा तोडफोड भएको छ । कांग्रेस कार्यकर्ताले माओवादीका पोस्टर र झण्डा फालेपछि भएको विवादले झडप भएको प्रहरीले जनाएको छ ।नेपाली कांग्रेसले माओवादीको आक्रमणबाट बच्न प्रहरी चौकीमा गएका आफ्ना कार्यकर्ता प्रहरीकै अघि कुटिएको आरोप लगाएको छ ।

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 61 पटक पढिएको
  • रोल्पामा भएको झडपमा कांग्रेस उम्मेदवार घाइते

    रोल्पा / स्थानीय तह निर्वाचनको मुखमा नेकपा (माओवादी केन्द्र) , नेकपा (एकीकृत समाजवादी) , नेपाली कांग्रेस र नेकपा (एमाले) का कार्यकर्ताबीच झडप भएको छ । रोल्पाको माडी गाउँपालिका–३ तालाबाङमा चुनावी सभा सकेर फर्कने क्रममा भएको सो झडपमा कांग्रेसबाट वडाध्यक्षका उम्मेदवार मीनबहादुर डाँगी घाइते भएका हुन् ।डाँगी चढेको गाडी नियन्त्रणमा लिएर रड प्रहार गरेको कांग्रेस क्षेत्र नम्बर २ का सभापति गोपाल घर्तीले जानकारी दिएका छन् । घाइते भएका डाँगीलाई उपचारका लागि दाङ लगिएको छ ।आफ्ना कार्यकर्तामाथि आक्रमण भएपछि प्रतिकार गरिएको माओवादी केन्द्रका माडी गाउँपालिका सचिव वीरबहादुर घर्तीले बताएका छन् । झडप ल

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 60 पटक पढिएको
  • चलाउने र लोहनीलाई विप्लवले गरे निलम्बन

    काठमाडौं / नेत्रविक्रम चन्द (विप्लव)ले पार्टीका केन्द्रीय सदस्यद्वय दीपक चलाउने र गुणराज लोहनीलाई निलम्बन गरेका छन् ।स्थानीय चुनावलाई प्रयोग गर्ने नीतिविरुद्ध अफवाह फैलाएको लगायतका विभिन्न आरोपहरू लगाउँदै विप्लवले चलाउने र लोहनीलाई निलम्बन गरेका हुन् । नेकपाका प्रवक्ता खड्कबहादुर विश्वकर्मा (प्रकाण्ड)ले विज्ञप्ति जारी गरी केन्द्रीय समितिको सचिवालयको बैठकको निर्णयबाट उनीहरूलाई निलम्बन गरेको जानकारी दिए ।यसअघि विप्लवले धर्मेन्द्र बास्तोला (कञ्चन) र हेमन्त प्रकाश ओली (सुदर्शन) लाई पनि पार्टीबाट हटाएका थिए । 

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 63 पटक पढिएको
  • सत्ता गठबन्धनले आज भरतपुरमा संयुक्त सभा गर्दै

    भरतपुर /  स्थानीय तह निर्वाचन नजिकिएसँगैसत्तारुढ पाँच दलले आज चितवनको भरतपुर महानगरपालिकामा संयुक्त चुनावी सभा गर्दैछन् । बिहीबार (आज) मध्यान्ह १२ गते हुने संयुक्त आमसभामा गठबन्धनका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।भरतपुरको हाकिम चोकस्थित बसपार्कमा हुने सभालाई प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत नेकपा समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री गगन थापालगायतका नेताहरूले सम्बोधन गर्ने नेकपा माओवादी केन्द्र चितवनका जिल्ला संयोजक रामचन्द्र अधिकारीले जानकारी दिए ।&

    • प्रकाशित मितिः वैशाख २२, २०७९
    • 67 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा