राजनीति

    Showing 4,271-4,280 of 10,435 items.
  • राष्ट्रपति पौडेलले गरे ईन्द्रजात्रा अवलोकन

    काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले प्रथम महिला सबिता पौडेलसहित शनिबार ईन्द्रजात्रा अवलोकन गरेका छन् । सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति पौडेल जुद्ध सालिकदेखि पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक गई जात्रा अवलोकन गरेका हुन् ।सो अवसरमा उनलाई काठमाडौं महानगरपालिकाका प्रमुख बालेन साहले स्वागत गरेका थिए । जात्राका अवसरमा राष्ट्रपति पौडेलले श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथमा दक्षिणा चढाई यात्रा गराउने अनुमति दिएका थिए । त्यसपछि श्रीगणेश, श्रीभैरव र श्रीकुमारीको रथयात्रा गरिएको थियो । भाद्र शुक्ल द्वादशीका दिन शनिबार बिहान हनुमानढोका दरबार क्षेत्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 500 पटक पढिएको
  • नेपाली समाजमा अहिले बेचैनी र व्यापक आक्रोश छ : गगन थापा

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाली राजनीतिक अवस्थालाई बिपी कोइरालाको विचारबाट मूल्यांकन गर्न आवश्यक रहेको बताएका छन् ।शनिबार जननेता विश्वेश्वरप्रसाद कोइरालाको ११२ औं जन्मजयन्तीको अवसरमा आयोजित वर्तमान ‘बिपीको विचार र वर्तमान नेपालको राजनीति’ विषयक गोष्ठीमा बोल्दै थापाले दक्षिण एसियाका मुलुकहरूसँग तुलना गर्दा नेपाल लोकतन्त्रको हिसाबले सहज अवस्थामा रहेको बताए ।‘पाकिस्तान, बंगलादेश, श्रीलंका, माल्दिभ्स, र भारतजस्ता मुलुकसँग तुलना गर्दा नेपाल लोकतन्त्रको दृष्टिले सहज अवस्थामा छ,’ थापाले भने, ‘लोकतन्त्रको सबैभन्दा महत्वपूर्ण पक्ष आवधिक निर्वाचन हो र त्यही निर्वाचनबाट आएको शक्

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 292 पटक पढिएको
  • सरकारको कमीकमजोरी देखाउने र आलोचना गर्ने छुट सबैलाई छ : अर्थमन्त्री

    काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले संचारमाध्यम एवम संचारकर्मीहरुलाई सरकारको कमी कमजोरीहरुको आलोचना गर्ने पूर्ण छुट रहेको बताएका छन् । शनिबार काठमाडौंमा आयोजित नेपाल आर्थिक पत्रकार समाज(सेजन)को २७ औं वार्षिक साधारण सभा तथा अधिवेशनमा उनले सेजनलाई सरकारको प्रसंशा होइन, सरकारले गरेको कमी कमजोरीहरुको आलोचना गर्ने पनि छुट भएको भन्दै त्यो अधिकार भरिपूर्ण तरिकाले प्रयोग गर्न पनि आग्रह गरेका छन् । उनले भने, ‘सेजनले देशको अर्थतन्त्रको विकासमा, समय सन्दर्भसँग जोडिएर विषयहरुमा छलफल गर्नुहुन्छ । बजेटका बेलामा वा त्यस्तै महत्वपूर्ण विषयमा छलफल गर्नुहुन्छ । साथै छलफल र अन्तरक्रिया आयोजना गरेर जस

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 306 पटक पढिएको
  • जलवायु परिवर्तनको असर न्यूनिकरणमा श्रममन्त्री भण्डारीको प्रतिवद्धता

    काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले जलवायु परिवर्तन, वातावरण र आप्रवासनबीचको अन्तरसम्बन्ध गम्भीर विषय भएको उल्लेख गर्दै कुनैपनि नेपाली नागरिक वा परिवार जलवायु कारणले विस्थापित हुन नपरोस् भन्ने सरकारको प्रतिवद्धता दोहो¥याएका छन् ।शुक्रबार काठमाडौंको आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले श्रम आप्रवासन नीतिमा समेत जलवायु परिवर्तनको विषय समेटिएकोले जानकारी दिएका थिए । मन्त्री भण्डारीले नेपाल सरकारले जलवायु परिवर्तनलाई प्राथमिकताका साथ हेरेको स्मरण गर्दै सगरमाथा संवाद र २५ बुँदे घोषणापत्रलाई उदाहरणको रुपमा प्रस्तुत गरे । नेपालले कार्बन उत्सर्जनमा न्यून योगदान

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 215 पटक पढिएको
  • कोशीका मन्त्री चढेको गाडीले बालकलाई दियो ठक्कर

    कोशी । कोशी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री राम राना सवार गाडीले एक बालकलाई ठक्कर दिएको छ । ललितपुरको हरिसिद्धि सडक उकालोमा भएको उक्त घटनापछि स्थानीयले सडक अवरुद्ध पारेका छन् ।घटनापछि घाइते बालकलाई तत्कालै उपचारका लागि बी एण्ड बी अस्पताल पु¥याइएको छ । प्रहरीले दिएको जानकारीअनुसार बालकको अवस्था सामान्य देखिएको छ ।मन्त्री राना चढेको गाडीले ठक्कर दिएको घटनापछि आक्रोशित स्थानीयले सडकमा जाम गरेका थिए । सडक जामका कारण एमालेको दोस्रो विधान अधिवेशन स्थल गोदावरी जाने मुख्य बाटो अवरुद्ध भएको हो ।प्रहरीले स्थिति नियन्त्रणमा लिन प्रयास जारी राखेको छ ।

    • प्रकाशित मितिः भदौ २१, २०८२
    • 567 पटक पढिएको
  • ‘जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा पर्यो’

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको बताएका छन् । माओवादी केन्द्र वन, वातावरण तथा जलवायु विभागले आयोजना गरेको ‘वन, वातावरण तथा जलवायु र व्यवस्थापन अवधारणापत्रमाथिको अन्तक्रिया’ कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले जलवायु परिवर्तनका असरहरुले संकटमा परेको भन्दै त्यसको समाधान श्रमजीवी जनताको एकतामार्फत मात्रै सम्भव हुने बताएका हुन् । उनले भने, ‘आजको विश्वमा जलवायु परिवर्तनका कारण मानव जातिको अस्तित्व नै संकटमा परेको छ । यसको समाधान यदि सहि ढंगले गर्न सकिएन भने यो संकट झन गहिरो

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 573 पटक पढिएको
  • एमालेले ०८४ मा एकल बहुमत ल्याउँछ : ओली

    काठमाडौं । नेकपा एमालेका अध्यक्ष एंव प्रधानमन्त्री केपी ओलीले एमालेलाई ०८४ को चुनावमा बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताएका छन् । शुक्रबार पार्टीको दोस्रो विधान महाधिवेशनलाई सम्बोधन गर्दै उनले एकल बहुमत ल्याउने गरी पार्टीपंक्ति अगाडि बढ्नुपर्ने भन्दै सम्पूर्ण पार्टी र जनवर्गीय संगठनका सम्पूर्ण कमिटी साथै कार्यकर्ताहरू परिचालन गर्ने हो भने बहुमत ल्याउनबाट कसैले रोक्न नसक्ने बताए । उनले भने, ‘हामी गम्भिरताका साथ मिसन ८४ को लागि अगाडि बढेका छौं ।  अर्थात ०८४ मा एकल बहुमत ल्याउने छौं । कम्तीमा एकल बहुमत ल्याउनुपर्छ । यदी हामी जनताको बीचमा सक्रियतापूर्वक गयौँ भने हाम्रा सम्पूर्ण

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 522 पटक पढिएको
  • संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध

    काठमाडौं । संसदीय सुनुवाइ संयुक्त समितिको सभापतिमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएका छन् ।समितिको शुक्रबार साँझ बसेको बैठकमा समितिमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले खतिवडा निर्विरोध सभापति चयन भएको घोषणा गरेका हुन् ।उनले भने, ‘संसदीय सुनुवाइ संयुक्त समितिको रिक्त सभापति पदमा रामहरि खतिवडा निर्विरोध निर्वाचित भएको घोषणा गर्दछु ।’सभापतिमा खतिवडालाई निर्वाचित गरियोस् भन्दै नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रस्ताव गरेकोमा नेकपा (एमाले) का प्रमुख सचेतक महेशकुमार बर्तौलाले समर्थन जनाएका थिए ।बर्तौलाले भने, ‘संसदीय सुनुवाइ संयुक्त समितिको रिक्त रहेको सभापतिको पदमा निर्वाचन ता

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 509 पटक पढिएको
  • मनाङमा पनि कात्तिक १७ मा उपनिर्वाचन हुँदै

     मनाङ— हिमाली जिल्ला मनाङमा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ प्रदेशसभा निर्वाचन क्षेत्र (२) को उपनिर्वाचन हुने भएको छ। बिहीबार बसेको निर्वाचन आयोगको बैठकले मनाङ–२ प्रदेशसभा सदस्य रिक्त पदका लागि उपनिर्वाचनको कार्यतालिकासहित जिल्ला निर्वाचन कार्यालयलाई पत्र पठाएको हो। कार्यातालिकाअनुसार २०८२ साल भदौ १३ गतेबाट निर्वाचन अवधि सुरु भएको निमित्त निर्वाचन प्रमुख अधिकृत गोविन्दप्रसाद अर्यालले जानकारी दिए। २०७९ मंसिर ४ गते भएको मनाङ जिल्ला प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं १ को प्रदेश सभा ९२० मा पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट निर्वाचित भएका राजीव गुरुङ (दीपक मनाङे) अयोग्

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 657 पटक पढिएको
  • लिपुलेकबारे स्पष्ट कुरा राखेको छु, सी जिनपिङ कन्भिन्स हुनुहुन्छः ओली

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा नेपालको भूमिमा  दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा स्पष्ट रुपमा राखेको बताएका छन् । शुक्रबार ललितपुरको गोदावरीमा सुरु भएको एमालेको दोस्रो विधान महाधिवेशन उद्घाटन समारोहमा उनले नेपालको भूमिबाट दुईवटा देशले व्यापारिक आदानप्रदान गर्न नमिल्ने कुरा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा राखेको भन्दै यसमा चीन पक्ष सकारात्मक रहेको बताए । उनले भने, ‘चीन भ्रमणको क्रममा चीनका राष्ट्रपतिसँगको दुईपक्षीय औपचारिक वार्तामा मैंले अन्य विषयसँगै लिपुलेकको सम्बन्धमा भारत र चीनका बीचमा भएको सम्झौता हाम्रो भूमिबाट

    • प्रकाशित मितिः भदौ २०, २०८२
    • 656 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.