सिन्धुपाल्चोक / स्थानीय निर्वाचनको मुखमा सिन्धुपाल्चोकमा भएको झडपमा नेकपा माओवादी केन्द्रका तीन कार्यकर्ता घाइते भएका छन् ।पाँचपोखरी थाङपालधाप गाउँपालिका–७ का एमाले वडाध्यक्षका उम्मेदवार सुके तामाङ र देवराज गुरुङको समूहले खुकुरी प्रहार गरेपछि माओवादी कार्यकर्ता घाइते भएका हुन् ।पार्टीको चुनाव प्रचारमा खटिरहेका एमाले पक्षबाट आक्रमण भएको माओवादीले दाबी गरेको छ । माओवादीका जिल्ला अध्यक्ष गोविन्द पराजुलीले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै एमालेले कार्यकर्तामाथि कुटपिटको गरेको भन्दै दोषीमाथि कडा कारवाही गर्न प्रशासनसँग माग गरेका छन् ।
सिरहा / स्थानीय तहको निर्वाचनका लागि जनता समाजवादी पार्टीको घरदैलो कार्यक्रममा हिँडेका एक वृद्धको निधन भएको छ । सिरहाको नवराजपुर गाउँपालिका –१ का ६५ वर्षीय बद्री मोचीको निधन भएको हो । चुनाव प्रचारप्रसारकै क्रममा लडेर बेहोस भएका उनलाई उपचारका लागि नजिकैको स्वास्थ्य चौकी लगिएको थियो । उनको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।मृत्युको कारणबारे आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिरहाका सूचना अधिकारी डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । शव पोष्टमार्टमका लागि लहानस्थित रामकुमार उमाप्रसाद मुरारका स्मारक अस्पतालमा राखिएको छ ।
काठमाडौं / नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माओवादी श्रमजीवी वर्गको हितमा लड्ने पार्टी भएको बताएका छन् ।अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा आइतबार शुभकामना सन्देश दिँदै प्रचण्डले नेपालमा कम्युनिष्ट क्रान्तिकारी एवम् श्रमजीवी जनसमुदायले आफ्नो अधिकारका निमित्त संघर्ष र बलिदानका अनेकौँ कीर्तिमान कायम गरेका समेत बताएका छन् । ‘मुक्तिगामी आन्दोलनमा ग्रामीण क्षेत्रका किसान र मजदुरसहित उत्पीडित जाति, क्षेत्र, लिङ्ग र समुदायका जनताको संघर्ष र बलिदानका कीर्तिमानकै कारण आज नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको हो’, प्रचण्डले शुभकामना सन्देशमा भनेका छन् ।नेपाली श्र
काठमाडौं / नेपाली कांग्रेसको स्थानीय तह निर्वाचन केन्द्रीय प्रचारप्रसार समितिले पार्टीले आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको छ । मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार आज (आइतबार) दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी समितिले यही २१ वैशाखदेखि २७ बैशाखसम्म आयोजना गर्ने खुला सभाबारे जानकारी दिने भएको हो । समितिले सातै प्रदेशमा खुला सभा आयोजना गर्ने भएको छ । समितिले २१ गते प्रदेश १ को मोरङ, २२ गते मधेस प्रदेशको धनुषा, २३ गते बाग्मती प्रदेशको काठमाडौं, २४ गते गण्डकी प्रदेशको कास्की, २५ गते लुम्बिनी प्रदेशको रूपन्देही, २६ गते कर्णाली प्रदेशको सुर्
बिर्तामोड / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाका १५ वटा पालिकाबाट स्वतन्त्र उम्मेद्वारी दिएका उम्मेदवारहरूले चुनाव चिन्ह पाएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय झापाले जिल्लाका स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह उपलब्ध गराएको हो ।मुख्य निर्वाचन अधिकृतको कार्यालयका सूचना अधिकारी गणेश पाण्डेका अनुसार स्वतन्त्र उम्मेदवारहरूलाई जेब्रा, खरायो, भुँइकटहर, गुलाफको फुल, पुतली, दुई भुँइकटहर, मुडा, खानेपानीको धारा, ब्याडमिन्टनको कर्क, लौरो, हाँस, कैंची, दुईवटा गुलाफको फुल, दुई हाँस र आँप चुनाव चिन्ह उपलब्ध गराएको बताएका छन् । भद्रपुरमा ४, झापा ९, कनकाई १०, गौरीगञ्ज १३, कम
काठमाडौं / निर्वाचन आयोगले आसन्न स्थानीय तहको निर्वाचनका लागि जिल्लागत नमूना मतपत्र सार्वजनिक गरेको छ। वैशाख ३० गते हुने निर्वाचनका लागि आयोगले शनिबार नमूना मतपत्र सार्वजनिक गरेको हो।आयोगले उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर, ललितपुर र विराटनगर, वीरगञ्ज र भरतपुरको नमूना मतपत्र भने सार्वजनिक गरेको छैन। ६ ओटा महानगरपालिका र भक्तपुरमा अन्तिम नामावली प्रकाशन गरेपछि मात्र छपाइ गरेर ढुवानी गर्ने आयोगले यसअघि नै जानकारी दिएको छ।
झापा / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका मध्ये आठ हजार जनाले उम्मेद्वारी फिर्ता लिएका छन् । एक लाख ५३ हजार मनोनयन दर्ता गराएकोमा करिब आठ हजार जनाले उम्मेद्वारी फिर्ता लिएको निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।पौडेलले भने, –‘उम्मेदवारी फिर्ता लिनेको संख्या करिव ८ हजार छ । एक लाख ५३ हजार उम्मेदवारी परेको थियो भने त्यसमा करिव ८ हजार जति उम्मेदवारले फिर्ता लिएका छन् । त्यसमा करिव एक लाख ४५ हजार उम्मेदवार कायम हुने देखिन्छ ।’
पोखरा / वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि कास्कीको पोखरा महानगरपालिकाको मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका विमलबहादुर कार्कीलाई निर्वाचन आयोगले लालटिन चिन्ह दिएको छ । कांग्रेस नेतासमेत रहेका कार्कीले गठबन्धनको विराध गर्दै स्वतन्त्र उम्मेदवारी दिएका हुन् । उम्मेदवारी फिर्ता लिन अनुरोध गर्दा पनि फिर्ता नलिएको भन्दै उनलाई कांग्रेसले साधारण सदस्य नरहने गरी कारबाही गरेको छ । गठबन्धनको विरोधमा कांग्रेसकै अन्य दुई नेताले पनि उम्मेदवारी दिएका थिए । नन्दप्रसाद तिवारी र ऋषिराम सापकोटाले भने शुक्रबार नै उम्मेदवारी फिर्ता लिएका छन् ।यस्तै अटेरी अभियानको सुरुवात गर्ने पोखराका अटेर
काठमाडौं / काठमाडौं महानगरको मेयरका स्वतन्त्र उम्मेदवार चर्चित र्यापर समेत रहेका बालेन शाहले लौरो चिन्ह पाएका छन् । निर्वाचन आयोगले शनिबार दलका उम्मेदवार तथा स्वतन्त्र उम्मेदवारहरूलाई चुनाव चिन्ह दिँदा उनले भने लौरो चिन्ह पाएका हुन् ।अन्य स्वतन्त्र उम्मेदवारहरूलाई पनि फरक-फरक चुनाव चिन्ह दिइएको निर्वाचन आयोगले जनाएको छ । त्यस्तै , आयोगले दलहरूलाई भने आआफ्नै चुनाव चिन्ह दिएको छ ।
विराटनगर / आसन्न स्थानीय निर्वाचनका लागि विराटनगर महानगरपालिकामा विभिन्न पदमा उम्मेदवारी दिएका २३ जनाले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा विराटनगरको ९७ पदका लागि कुल ७४४ जनाले मनोनयन दर्ता गराउँदा शुक्रबार २३ जनाले उम्मेदवारी फिर्र्ता लिएका हुन । जसमा मेयर ३, उपमेयर २, वडाध्यक्ष ७ र वडा सदस्य पदका ११ जनाले उम्मेदवारी फिर्ता लिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार मेयर तर्फ राष्ट्रिय जनमोर्चाका टङ्क प्रसाद गौतम, नेपाल परिवार दलका महेश निरौला र स्वतन्त्र रुपमा उठेकी केमुना ओडारी (मैनाली) ले उम्मेदवारी फिर्ता लिएक
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.