राजनीति

    Showing 4,301-4,310 of 10,435 items.
  • इम्बोस्ड नम्बर प्लेट जडान नगरे तत्काल जरिवाना र कारवाही नगरिने

    काठमाडौं— भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले २०८२ असोज १ गतेदेखि इम्बोस्ड नम्बर प्लेट जडान नगरेको खण्डमा तुरुन्त जरिवाना हुने विषयलाई तत्काल रोकिएको बताएका छन् । विहीबार प्रतिनिधि सभाको बैठकमा उनले इम्बोस्ड नम्बर प्लेट जडान सम्बन्धमा सम्पूर्ण सरकारी, निजी र सार्वजनिक सवारी साधनहरुमा क्रमश जोड्दै लाने निर्णय भएको तर मिति २०८२ असोज १ गतेदेखि जडान नगरेको खण्डमा तुरुन्त जरिवाना वा कारबाहीमा परिने भन्ने भ्रम समेत उत्पन्न भएको विषयमा तत्काललाई कुनै किसिमको दण्ड जरिवाना नगरिने स्पष्ट पारेका हुन् । उनले भने, ‘इम्बोस्ड नम्बर प्लेट अनिवार्य गर्ने भन्ने कुरा आइसकेपछि धेरै हल्

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 623 पटक पढिएको
  • दोस्रो चरणको आन्दोलनको तयारीमा शिक्षक महासंघ

    काठमाडौं— नेपाल शिक्षक महासंघले प्रस्तावित विद्यालय शिक्षा विधेयक सच्याउनु पर्ने माग राख्दै विभिन्न राजनीतिक दलहरुको पार्टी कार्यालयमा आज पनि धर्ना दिएका छन् । बिहीबार जसपा (अशोक राई), जसपा नेपाल, नागरिक उन्मुक्ति पार्टी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टीलगायत पाँच पार्टी कार्यालयमा धर्ना दिएसँगै धर्नाको कार्यक्रम अन्त्य हुने महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले जानकारी दिए ।उनले आज पहिलो चरणको आन्दोलनअन्तर्गत राजनीतिक दलका पार्टी कार्यालयमा धर्नामा बस्ने कार्यक्रमको अन्तिम चरणमा रहेको बताएका हुन् । अध्यक्ष सुवेदीले शिक्षा विधेयकमा महासंघका मागहरू सम्बोधन नभए दोस्रो चरणका क

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 720 पटक पढिएको
  • जीएसआई सहमतिबारे प्रधानमन्त्रीले सदनलाई जानकारी गराउनुपर्छः सांसद राणा

    काठमाडौं— राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद धवल शम्शेर राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले चीन भ्रमणको क्रममा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको कुरा बाहिर आएको भन्दै यस विषयमा स्पष्टिकरण दिन माग दिन गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उक्त सहमति आउने दिनमा नेपालको लागि घातक बन्ने बताउँदै प्रधानमन्त्रीले सदनमा आएर स्पष्ट पार्नुपर्ने बताए । उनले भने,‘प्रधानमन्त्रीले चीन भ्रमणमा ग्लोबल सेक्यूरिटी इनिसेटिभ (जीएसआई)मा सहमति जनाएको छ भन्ने कुरा आयो । असल नीतिबाट फरक हो । यस्तो कुरा भएको छ भने नेपालमा आउने दिनमा घातक हुनेछ । यस विषयमा प्रधानमन्त

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 482 पटक पढिएको
  • सामाजिक सञ्जालबारे निर्णय लिन सञ्चार मन्त्रालयमा बैठक जारी

    काठमाडौं— फेसबुकलगायतका सामाजिक सञ्जालाई सूचीकरणका लागि सरकारले दिएको ७ दिने म्याद बुधबार मध्यरातबाट सकिएको छ । यसबारे थप निर्णय लिन अहिले सञ्चार मन्त्रालयमा बैठक बसिरहेको छ ।दर्ता नभएका सामाजिक सञ्जाललाई क्रमशः निष्क्रिय गराइने र प्रक्रियामा आएपछि त्यतिबेलाबाटै पुनः सक्रिय गर्ने सरकारको तयारी छ ।मन्त्रालय स्रोतका अनुसार सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल, सहसचिव एवम सञ्चार महाशाखा प्रमुख गजेन्द्रकुमार ठाकुर, सूचना प्रविधि महाशाखा प्रमुख सहसचिव आदेश खड्कासँगै नेपाल दुरसञ्चार प्राधिकरणका पदाधिकारी बैठकमा सहभागी छन् ।बैठकमा सामाजिक सञ्जाल निष्क्रियका लागि के कसरी र कुन प्रक्रिय

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 783 पटक पढिएको
  • माओवादी केन्द्रको पदाधिकारी बैठक जारी

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रको पदाधिकारी बैठक बसिरहेको छ। पार्टी मुख्यालय पेरिसडाँडा कोटेश्वरमा बैठक बसेको हो।बैठकमा समसामयिक राजनीतिका विषयमा छलफल हुने माओवादी केन्द्रले जनाएको छ।बैठकमा कात्तिक १७ गते रुपन्देही३ मा हुने उपनिर्वाचनको विषयमा पनि छलफल हुन सक्ने बताइएको छ।

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 662 पटक पढिएको
  • नियमन कमजोर हुँदा सहकारीमा समस्याहरु आएः मन्त्री अधिकारी

    काठमाडौं— भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले सहकारी ऐन अनुसार नीति, नियम बनाएर कार्यान्वयनको बाटोमा मन्त्रालय अगाडि बढेको बताएका छन् । नेपाल सहकारी पत्रकार समाजको १५ औं स्थापना दिवसको अवसरमा आयोजित सम्मान तथा पुरस्कार वितरण कार्यक्रममा उनले एक वर्षको कार्यकालभित्र धेरै कानूनहरु बनेको भन्दै त्यसलाई कार्यान्वयनको चरणमा अगाडि बढाएको बताए । उनले भने, ‘सहकारी क्षेत्रमा काम गर्ने जतिपनि यसका अभियान्ताहरु छौ, हाम्रो ऐनले के भनेको छ त्यो अनुसार काम गर्ने गरि नीति, नियम बनाउ र त्यसलाई कार्यान्वयन गर्ने तर्फ जाउ । हामी एक वर्षभित्र धेरै कानूनहरु बनाएका छौ, त्यसलाई का

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 545 पटक पढिएको
  • मन्त्री खड्का भन्छन ठूला दुई दल मिलेर बनेको स्थिर सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक छ

    काठमाडौं— उर्जा ,जल श्रोत तथा सिँचाई मन्त्री दिपक खड्काले ठूला दुई दल मिलेर बनेको स्थिर सरकार भएको कारण आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित राष्ट्रिय लघु तथा साना जलविद्युत उपभोक्ता समाजको ८औं वार्षिक साधारण सभा समारोमा बोल्दै उनले वर्तमान सरकारले आक्रमक ढंगबाट काम गर्न आवश्यक रहेको बताउँदै त्यहि लक्ष्यकासाथ सरकार अगाडि बढेको बताए । उनले भने,‘ठूला दलहरु मिलेर बनेको स्थिर सरकार छ । यतिखेर हिजो नभएका कामहरु आक्रमक ढंगबाट हुन सक्नुपर्छ । हामी त्यहि लक्ष्यकासाथ काम गरिरहेको छौं । सरकार जनताले निर्माण गरेको हो,जनताकै सहयोग सरकारलाई चाहिन्छ । त्यो सहय

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 482 पटक पढिएको
  • विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न मन्त्री देवकोटा निर्देशन

    हेटौंडा— हेटौंडा बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा.दिनेशचन्द्र देवकोटाले मातहतका निकायहरूलाई आफ्नो विज्ञता र क्षेत्राधिकारभित्र रहेर काम गर्न निर्देशन दिएका छन् । उनले एक निकायको काममा अर्कोले हस्तक्षेप गर्ने र आफ्नो विज्ञताभन्दा बाहिर गएर काम गर्ने प्रवृत्तिको अन्त्य हुनुपर्ने बताए । भौतिक पूर्वाधार विकास मन्त्रालयद्वारा हेटौँडामा आयोजित ‘वार्षिक प्रगति समीक्षा तथा आगामी कार्ययोजना गोष्ठी’को समापन समारोहलाई सम्बोधन गर्दै मन्त्री देवकोटाले भने,‘सडकको विज्ञता भएको निकाय हुँदाहुँदै त्यहाँ हस्तक्षेप गर्ने काम बन्द हुनुपर्छ। जसको जे विज्ञता हो, उसले त्यही काम गर्ने हो। अनु

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 592 पटक पढिएको
  • अभियानता सुनारले रवि लामिछानेमाथिको राजनीतिक प्रतिशोधको विरुद्धको हस्ताक्षर गर्दै

    काठमाडौं— दलितका लागि दलित अभियानका संयोजक खगेन्द्र सुनारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधको विरोधस्वरूप आज हस्ताक्षर गर्दै छन् । उनले बिहीबार दिउँसो १ बजे रास्वपाको पार्टी कार्यालय वनस्थलीमा गएर हस्ताक्षर अभियानमा सहभागी जनाउन लागेको हुन् । ्सभापति लामिछानेविरुद्ध सरकारले प्रतिशोध राखेको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको हस्ताक्षर अभियान सुरु गरेको हो । 

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 682 पटक पढिएको
  • पार्टीप्रति प्रतिबद्ध सबैलाई बिनाभेदभाव सदस्यता वितरण गर्न जनसम्पर्क समितिहरुलाई समन्वय विभागको निर्देशन

    काठमाडौं— नेपाली कांग्रेसको नेपाली जनसम्पर्क समिति समन्वय विभागले विदेशस्थित सबै नेपाली जनसम्पर्क समितिहरुलाई नेपाली कांग्रेसप्रति प्रतिबद्ध र योग्य सबैलाई बिनाभेदभाव पार्टीको क्रियाशील सदस्य र जनसम्पर्क सदस्यता नवीकरण तथा वितरण गर्न निर्देशन दिएको छ ।नेपाली कांग्रेस केन्द्रीय कार्य समितिका सदस्य एवम् नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख  किरणराज शर्मा पौडेलको अध्यक्षतामा पार्टीको केन्द्रीय कार्यालय सानेपामा बुधबार बसेको विभागको बैठकले सो निर्णय गरेको हो ।बैठकमा नेपाली जनसम्पर्क समिति समन्वय विभागका प्रमुख पौडेलले केही देशहरुमा क्रियाशील र जनसम्पर्क सदस्यता वितरण न्यायोचित नभएको ग

    • प्रकाशित मितिः भदौ १९, २०८२
    • 640 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.