राजनीति

    Showing 4,421-4,430 of 10,435 items.
  • एमसीसीले नेपालको सार्वभौमसत्ता र भू–राजनीतिक सन्तुलनमा गम्भीर असर गर्छः झलनाथ खनाल

    काठमाडौं— पूर्वप्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालले अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता नेपालको राष्ट्रिय हित, संविधान र भू–राजनीतिक सन्तुलनविरुद्ध भएको दाबी गरेका छन् । काठमाडौंमा आयोजित दोस्रो काठमाडौं संवाद शृंखलामा बोल्दै उनले एमसीसी सम्झौताको प्रक्रिया र मर्मप्रति गहिरो असन्तोष व्यक्त गर्दै यसलाई राष्ट्रिय घात र शर्मनाक नाटकको संज्ञा दिए ।खनालले एमसीसी सम्झौता अमेरिकाको दक्षिण एसिया रणनीतिअन्तर्गत तयार पारिएको उल्लेख गर्दै यसले नेपालका छिमेकी मुलुकहरु—चीन र भारतसँगको सम्बन्धमा दीर्घकालिन असर पार्न सक्ने चेतावनी दिए ।उनले सम्झौताप्रति सर्वसाधारण, बुद

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 743 पटक पढिएको
  • राष्ट्रपतिसँग विपिन जोशीका परिवारको भेटवार्ता

    काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलसँग प्यालेस्टिनी समूह हमासले बन्धक बनाएका महेन्द्रनगरका विपिन जोशीका आमा र बहिनीले भेट गरेका छन् । इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनका आमा पद्मा र पुष्पा जोशीले इजरायल पुगेर राष्ट्रपति र प्रधानमन्त्रीलाई भेटेर फर्किएका थिए । विपिनका आमा पद्मा र बहिनी पुष्पाले इजरायलमा रहँदा त्यहाँका राष्ट्रपति, प्रधानमन्त्री तथा विभिन्न देशका राजदूतहरूलाई भेटेको र यो विषय अन्तराष्ट्रिय स्तरमा पुगेको बताए । उनिहरुले विपिनको रिहाइका लागि थप पहल गरिदिन पनि आग्रह गरेका छन् । आमा पद्माले  आफ्नो छोरो विपिन निर्दोष विद्यार्थी भएको भन्दै मानवीय दृष्टिले

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 711 पटक पढिएको
  • द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि होः गृहमन्त्री लेखक

    काठमाडौं— गृहमन्त्री रमेश लेखकले द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि भएको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित नेपालमा शान्ति निर्माणका चुनौति विषयक उद्घाटन समारोहमा उनँले यस्तो बताएका हुन् ।‘द्वन्द्वको प्रकृति फरक छ ।  जहाँ द्वन्द्वको छ त्यहाँ समाधान पनि छ । हामीले ठीक ढंगले बुझ्दिनुपर्छ । द्वन्द्वको व्यवस्थापन भनेको सम्झौता पनि हो । दुबै पक्षले आफ्नो अडान काम राखे द्वन्द्व व्यवस्थापन हुँदैन । द्वन्द्वरत पक्षका बिचमा सम्झौता भएर संविधान बनेको हो,’ उनले भने । द्वन्द्वको रुप परिवर्तन भए पनि द्वन्द्व कायम रहेको गृहमन्त्री लेखकको भनाइ छ । ‘द्वन्द्व सकारात्मक र नकारात्मक दुई थर

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 778 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दैँ

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगत विधायन व्यवस्थापन समितिको बैठक बस्ने भएको छ । आइतबार बस्न लागिएको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि दफावार छलफल गर्ने कार्यसूची रहेको छ । बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्ने तय भएको छ । 

    • प्रकाशित मितिः भदौ ८, २०८२
    • 742 पटक पढिएको
  • ओली बिनाको एमाले र एमाले बिनाको नेपाल बनाउने षडयन्त्र हुँदैछ : कमलप्रसाद चौलागाईँ

    रामेछाप । नेकपा एमाले पोलिटब्युरो सदस्य कमलप्रसाद चौलागाईँले नेपाल माथि अहिले पनि विदेशी हस्तक्षेप जारी रहेको बताएका छन् । नेकपा एमाले रामेछापको पाँचौँ पूर्णबैठकलाई शनिबार सम्बोधन गर्दै चौलगाईँले त्यही अन्तर्राष्ट्रिय गिरोहले केपी ओली बाहेकको एमाले र एमाले बाहेकको नेपाल बनाउने षडयन्त्र गरिरहेका चौलागाईँको दाबी छ । उनले भने, ‘अहिले पूर्वराष्ट्रपतिले राजनीतिमा आउने  भनेको कुरा त्यही षडयन्त्रको परिणाम हो ।’ केपी ओलीलाई अहिले पार्टी अध्यक्षबाट हटाउनुपर्ने अन्य कुनै कारण नभएको उनले दाबी गरे ।उनले भने, ‘चौतर्फी आक्रमण भएको बेला, सबै एक भएर घेराबन्दी गरेको बेला समेत पार्टीलाई पहिल

    • प्रकाशित मितिः भदौ ७, २०८२
    • 353 पटक पढिएको
  • तीन दशकमा माइन तथा विस्फोटनका कारण ६५१ जनाको मृत्यु, २,८९९ घाइते

    काठमाडौं–  गृहमन्त्री रमेश लेखकले २०५२ सालदेखि २०८२ को असारसम्मको अवधिमा माइन तथा विभिन्न विस्फोटनजन्य घटनाका कारण प्रहरी र सर्वसाधारण गरी ६५१ जनाको ज्यान गएको जानकारी दिएका छन्।राष्ट्रिय सभामा सांसद मदनकुमार साहको प्रश्नको जवाफ दिँदै मन्त्री लेखकले सो अवधिमा २,८९९ जना घाइते भएको बताए। द्वन्द्वकालीन घटनाका मृतकका हकदारलाई सरकारले प्रत्येकलाई १० लाख रुपैयाँ राहत प्रदान गरिसकेको जानकारी उनले दिए।शहीद तथा घाइतेका सन्तानलाई वार्षिक रुपमा छात्रवृत्ति, टुहुरा बालबालिकालाई १८ वर्षसम्म मासिक ५ हजार रुपैयाँ र घाइते अपाङ्गहरूलाई  अपाङ्गताको प्रतिशतअनुसार मासिक भत्ता दिइँदै आएको गृहमन्त्री लेखक

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 580 पटक पढिएको
  • संसदलाई छलेर करका दर हेरफेर गर्नु आर्थिक अपराध हो: वर्षमान पुन

    काठमाडौं— नेकपा माओवादी केन्द्रका सांसद वर्षमान पुनले सरकारमाथि संसदलाई छल्दै कर संरचनामा हेरफेर गरेको गम्भीर आरोप लगाएका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले हालै सञ्चारमाध्यममा आएका समाचारहरूलाई उद्धृत गर्दै सरकारको कदमप्रति आपत्ति जनाए ।उनले सुन र सुनका गहना तथा विलासिता सामग्रीमा लाग्ने शुल्कमा सरकारले हेरफेर गरेको छ भने सलाईको काँटीमा भन्सार महसुल घटाइएको समाचार सार्वजनिक भएको बताए ।‘सरकारले संसदलाई छलेर केही करका दरहरू हेरफेर गरेको समाचार हिजोआज सञ्चारमाध्यममा आएका छन् । संसद चलिरहेको अवस्थामा, आर्थिक विधेयक पारित भएको एक महिनामै यस्तो परिवर्तन हुनु गम्भीर विषय हो,’ पुनले भने

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 701 पटक पढिएको
  • लिपुलेक विवाद कूटनीतिक माध्यमबाट समाधान होस् : सांसद खतिवडा

    काठमाडौं— नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले भारत र चीनबीच लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्र हुँदै व्यापारिक मार्ग खोल्ने सहमति विषयमा गम्भीर ध्यानाकर्षण गराउँदै उक्त विवादलाई छिटोभन्दा छिटो कूटनीतिक माध्यमबाट समाधान गर्न सरकारलाई आग्रह गरेका छन् ।शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद खतिवडाले सो विषयमा सरकार गम्भीर रुपमा लाग्नुपर्ने बताए ।उनले भने, ‘अहिले भर्खरै चर्चामा आएको छ—लिपुलेक, लिम्पियाधुरा र कालापानीबाट भारत र चीनबीच भएको सम्झौताको विषय हो । यसलाई सरकारले कूटनीतिक माध्यमबाट छिटोभन्दा छिटो समाधान गरोस् ।’उनले प्रधानमन्त्री केपी शर्मा ओली केही दिनमा चीन र भारत दुवैको

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 702 पटक पढिएको
  • सञ्चार विधेयकको विरोधमा पत्रकार र प्रहरीबीच घम्साघम्सी

    विराटनगर— कोसी प्रदेश सरकारले प्रस्तुत गरेको सञ्चार विधेयकको विरोधमा प्रदर्शनमा उत्रिएका पत्रकार र प्रहरीबीच शुक्रबार घम्साघम्सी भएको छ।सञ्चार विधेयकको विरोधस्वरूप संसद् भवनबाहिर निषेधित क्षेत्रमा नेपाल पत्रकार महासंघ कोसी प्रदेशसहितका पत्रकारहरूले प्रदर्शन गरेका थिए। सो क्रममा प्रहरीले धर्ना हटाउन खोज्दा पत्रकारसँग झडप भएको हो।संसदीय पत्रकारले कोसी प्रदेशसभा परिसरमा शान्तिपूर्ण धर्ना दिएका थिए भने महासंघका प्रतिनिधिहरू परिसरबाहिर विरोधमा उत्रिएका थिए। प्रहरीले निषेधित क्षेत्र उल्लंघन गरेको भन्दै रोक्न खोज्दा स्थिति तनावपूर्ण बनेको हो।विवादित सञ्चार विधेयक शुक्रबार न्याय प्रशासन तथा विधायन समि

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 786 पटक पढिएको
  • एकीकृत समाजवादी र राष्ट्रिय एकता अभियानबीच पार्टी एकता

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) र विद्रोही नेकपा (राष्ट्रिय एकता अभियान) बीच पार्टी एकता भएको छ ।  शुक्रबार नेकपा (एकीकृत समाजवादी)को मुख्यालय आलोकनगरमा महेन्द्र अर्याल नेतृत्वको उक्त अभियान एकीकृत समाजवादीमा समाहित भएको हो । पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रिय एकता अभियानका नेता कार्यकर्तालाई स्वागत गरे । एकीकृत समाजवादीले विचार मिल्ने राजनीतिक दलहरूबीच एकताको तयारी अघि बढाएको छ । प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रले पनि एकताका लागि अनौपचारिक संवाद अघि बढाएको छ । विभिन्न चरणमा दुवै पार्टी अध्यक्षबीच अनौपचारिक संवाद पनि भइसकेका छन् । दुवै दलले प

    • प्रकाशित मितिः भदौ ६, २०८२
    • 650 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.