झापा / नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक आज(आइतबार) पनि बस्दै छ। बैठक दिउँसो २ बजे पेरिसडाँडास्थित पार्टी मुख्यालयमा बस्ने भएको हो । बैठकमा निर्वाचनको समीक्षासहित नयाँ सरकार गठनका विषयमा छलफल हुने बताइएको छ । शनिबारबाट सुरु भएको पदाधिकारी बैठकले पहिलो दिन सरकारमा जान सबै विकल्प खुला राख्ने निर्णय गरेको थियो। उक्त निर्णयप्रति सत्तारुढ गठबन्धन आवद्ध कांग्रेसले असन्तुष्टि जनाएको छ।सोही क्रममा आज बस्न लागेको बैठकमा नयाँ सरकार गठन र गठबन्धनका विषयमा छलफल हुने एक नेताले जानकारी दिए।गत ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमार्फत तेस्रो राजनीतिक शक्ति बनेको माओवादी केन्द्रले पनि सर
झापा / प्रतिनिधिसभा र प्रदेशसभाको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ। निर्वाचन आयोगका अनुसार हालसम्म कूल एक करोड चार लाख १८ हजार आठ सय ३४ मत गणना भएको छ।हालसम्मको विवरणअनुसार नेकपा एमालेले २७ लाख ८७ हजार ७५९, नेपाली कांग्रेसले २६ लाख ५९ लाख ०७८, नेकपा माओवादी केन्द्रले ११ लाख ६२ हजार ५१ मत प्राप्त गरेका छन्।त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ११ लाख २४ हजार ३९०, राष्ट्रिय प्रजातन्त्र पार्टीले पाँच लाख ८६ हजार ५९७, जनता समाजवादी पार्टीले चार लाख २० हजार ९४६, जनमत पार्टीले तीन लाख ९४ हजार ५१३ मत प्राप्त गरेको छ। यसैगरी नेकपा एकीकृत समाजवादीले दुई लाख ९४ हजार तीन सय ५७, नागरिक उन
बाजुरा / बाजुराबाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका बद्री पाण्डे निर्वाचित भएका छन् । एमाले उम्मेदवार कर्णबहादुर थापालाई ५ हजार ४३७ मतान्तरले पराजित गर्दै पाण्डे निर्वाचित भएका हुन् ।पाण्डेले ३१ हजार ७८६ मत पाएका छन् भने थापाले २६ हजार ३४९ मत ल्याएका छन् । यससँगै बाजुरामा संघ र प्रदेश गरी तीन वटै क्षेत्रमा सत्ता गठबन्धनका उम्मेदवार विजयी भएका छन् । प्रदेससभा (१) मा नेकपा एकीकृत समाजवादीका नरेशकुमार शाही र (२) मा कांग्रेसका पदमबहादुर शाही निर्वाचित भए ।
झापा / सुनसरीको निर्वाचन क्षेत्र नं.- ४ मा सञ्चारमन्त्री समेत रहेका नेपाली कांग्रेसका उम्मेदवार ज्ञानेन्द्रबहादुर कार्की निर्वाचित भएका छन् ।प्रतिनिधिसभा सदस्यमा कार्कीले ३० हजार ४८३ मत प्राप्त गर्दै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका जगदिशप्रसाद कुसियतले ३० हजार ३७१ मत प्राप्त गरे । उनीहरूबीचको मतान्तर एक सय १२ रहेको छ ।०७४ को निर्वाचनमा तत्कालीन अर्थमन्त्री रहँदा कार्की यही क्षेत्रबाट निर्वाचित भएका थिए । उनले त्यसबेला नेकपा एमालेका रमेश श्रेष्ठलाई पराजित गरेका थिए ।
झापा / सुनसरी- ४ मा कांग्रेस र एमालेबीच रोचक प्रतिस्पर्धा भइरहेको छ । सञ्चारमन्त्रीसमेत रहेका कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले २७,६३४ मत ल्याएका छन् । उनलाई पछ्याइरहेका एमालेका जगदिशप्रसाद कुसियैत २७,५५७ मत ल्याएका छन् । कुसियैत कार्कीभन्दा ७७ मतले मात्र पछाडि छन् ।
झापा / उदयपुरको क्षेत्र नं १ मा प्रतिनिधिसभा सदस्यमा परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसका नेता डा नारायण खड्का चौथोपटक निर्वाचित भएका छन् । खड्काले ३१ हजार दुई सय ७० मत ल्याउँदा उनका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले २८ हजार आठ सय ९१ मत प्राप्त गरिन् । यस क्षेत्रमा ७६ हजार सात सय ५६ मत खसेको थियो ।
झापा / मंसिर ४ गते सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको मत गणना जारी छ । प्रतिनिधिसभाका १६५ क्षेत्रमध्ये हालसम्म १६१ स्थानको अन्तिम परिणाम आएको छ भने चार स्थानको अझै आउन बाँकी छ । सबैभन्दा बढी नेपाली कांग्रेसले ५४ स्थानमा जित निकालेको छ भने नेकपा एमालेले ४४ स्थानमा जित हात पारेको छ।त्यसैगरी माओवादी केन्द्रले १७ स्थान र नेकपा एकीकृत समाजवादीले १० स्थान जितेको छ। राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले समान ७–७ स्थानमा जित निकाल्दा लोकतान्त्रिक समाजवादी पार्टीले ४ स्थान जितेका छन्। नागरिक उन्मुक्ति पार्टीले ३ स्थानमा जित निकालेको छ।नेपाल मजदुर
काठमाडौं / प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन आयोगका अनुसार ९९ लाख ९३ हजार ५६८ मतगणना भएको छ । अब बाजुरा, स्याङ्जा- २, दोलखा र सुनसरी- ३ को १ लाख मतगणना बाँकी छ ।अहिलेसम्मको मतगणना अनुसार एमाले पहिलो दल बन्ने निश्चित छ । एमालेले २६ लाख ९४ हजार १२४ मत पाएको छ भने कांग्रेस २५ लाख ४८ हजार ७७८ मतसहित पछ्याइरहेको छ ।तेस्रोमा माओवादी केन्द्र रहेको छ । माओवादीले ११ लाख ४३ हजार ५०३ मत प्राप्त गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी १० लाख ९८ हजार १७१ मतसहित पछ्याइरहेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी ५ लाख ७० हजार १०२ मतसहित पाँचौ स्थानमा रहेको छ भने जनता समाजवादी
झापा / सुनसरी क्षेत्र नं ४ मा प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका नेता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले अग्रता कायमै राखेका छन् । उनले हालसम्म तीन सय २८ मतको अग्रता कायम राखेका छन् ।जिल्ला निर्वाचन कार्यालयका अनुसार कांग्रेस उम्मेदवार कार्कीले २६ हजार पाँच सय ६३ पाउदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का उम्मेदवार जगदीश कुसियैतले २६ हजार दुई सय ३५ मत प्राप्त गरेका छन् । उक्त क्षेत्रमा मतगणना दुई दिनसम्म रोकिएर मङ्गलबारदेखि पुनः सुरु भएको हो ।
झापा / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी एउटा अमेरिकी पार्टीको फोटोकपी भएको बताएका छन्। जनसांस्कृतिक महासंघद्वारा आयोजित बधाई तथा शुभकामना कार्यक्रमलाई आज च्यासलमा सम्बोधनका क्रममा उनले यस्ताे बताएका हुन् । ‘हामीले आफूप्रति गर्व गर्न छाड्यौँ, आफ्नो इतिहास बेचिदियौँ। संयोग नै मान्नुपर्छ, अमेरिकी फ्रीडम पार्टीको घण्टी यता पनि दुरुस्तै लिएर आएछन्’, उनले भने, ‘दुरुस्त आकारको फोटो खिचे जस्तो फ्रिडम पार्टी अफ अमेरिकाको घण्टी यहाँ पनि लिएर आएका छन्।’ओलीले उक्त पार्टीप्रति कटाक्ष गर्दै अस्तिसम्म स्याप्प देखेको तर कसैले हावा ह
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.