इलाम / इलाममा गाउँपालिका उपाध्यक्षले नागरिकलाई मुक्का प्रहार गरेपछि प्रहरीले नियन्त्रणमा लिएको छ । स्थानीय फाकफोकथुम-१ का कृष्णबहादुर खड्कालाई मुक्का प्रहार गरेको आरोपमा फाकफोकथुम गाउँपालिका उपाध्यक्ष सरस्वती (सरु) राईलाई प्रहरीले नियन्त्रणमा लिएको हो । खड्कालाई उपाध्यक्ष राईले चैत १८ गते अध्यक्ष रामकुमार श्रेष्ठको घरमा मुक्का प्रहार गरेको आरोप छ । राईले आफूविरुद्ध जाहेरी परेपछि आफैं प्रहरीमा आत्मसमर्पण गरेकी जिल्ला प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए । हाल उनलाई जिल्ला प्रहरी कार्यालय इलाममा राखिएको छ । आफूमाथि मादक पदार्थ पिएर अश्लील शब्दसहित गा
बिर्तामोड / स्थानीय निकायको निर्वाचनको मिति नजिकिएसँगै स्थानीय निकायका जनप्रतिनिधि नै दल फेरबदल गर्न थालेका छन् । अर्को निर्वाचनमा पनि उम्मेदवार बनेर पालिकाको नेतृत्वमा जान चाहेकोले दल फेरबदल गर्न थालेका हुन् । आफू रहेको दलबाटै उम्मेदवार बन्ने अवस्था नदेखेपछि दल फेरबदल गर्न थालिएको मानिएको छ । मधेश प्रदेशमा सबैभन्दा वढी जनप्रतिनिधिले दल परिवर्तन गरिरहेका छन् । दल परिवर्तनको लहर कै क्रममा माओवादी केन्द्रबाट उपमेयर बनेका दुई पालिकाका उपमेयर एमालेमा प्रवेश गरेका छन् । धनुषाको गणेशमान चारनाथ नगरपालिकाकी उपमेयर मीनाकुमारी यादव र विदेश नगरपालिकाकी उपमेयर निलम मण्डल एमालेमा प्रवेश
काठमाडौं / निर्वाचन आयोगले वैशाखमा हुन लागेको स्थानीय सरकारको निर्वाचनको लागि मतपत्र छपाइ सुरू गरेको छ । आयोगले ०७९ वैशाख ३० मा हुने निर्वाचनका लागि मतपत्र छपाइको जिम्मा पाएको जनक शिक्षा सामग्री केन्द्रले निर्वाचनका लागि छपाई सुरु गरेको हो ।एक करोड ९४ लाख थान मतपत्र छाप्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । सबैभन्दा कम १६ लहरको मतपत्र डोल्पाको रहने छ भने सबैभन्दा धेरै ५६ लहरको मतपत्र काठमाडौंको हुने आयोगले जनाएको छ ।राष्ट्रिय मान्यताप्राप्त ६ दलसहित साना दल गरी ७९ दलले स्थानीय चुनावमा भाग लिँदैछन् । आयोगले साना दललाई पनि पहिलै बाट प्रयोग गर्दै आएको चुनाव चिन्ह दिन
काठमाडौं / भूकम्पका कारण क्षति भएर पुननिर्माण भएको काष्ठमण्डपको उद्घाटन राष्ट्रपति विद्यादेवी भण्डारीले गरेकी छिन् । २०७२ सालमा आएको विनाशकारी भूकम्पले भत्काएपछि पुननिर्माण भएको काष्ठमण्डपको उद्घाटन सोमबार (आज) राष्ट्रपति भण्डारीले गरेकी हुन् ।काष्ठमण्डप पुनर्निर्माण गर्न करिब ८ हजार क्यू फिट नयाँ र काष्ठमण्डप निर्माण गर्दा प्रयोग गरिएका पुरानो करिब ४ हजार ९ सय क्यु फिट काठ प्रयोग भएको काष्ठमण्डप पुनर्निर्माण समितिका अध्यक्ष राजेश शाक्यले बताएका छन् ।विनाशकारी भूकम्पले ध्वस्त ऐतिहासिक सम्पदा २०७५ साल वैशाख १८ समिति गठन पुन निर्माण सुरु भएको थियो । सोमबार उद्घाटन भएसँगै साढे ६ वर
बेनिघाट / सोमबार नेकपा माओवादी केन्द्रबाट धादिङ बेनिघाट रोराङ गाउँपालिका अध्यक्ष पित्तबहादुर डल्लाकोटीले नेकपा एमाले प्रवेश गरेका छन् । डल्लाकोटी ओली निवास बालकोटमा आयोजित एक कार्यक्रमका बीच एमाले प्रवेश गरेका हुन् । माओवादी प्रवेश गरेको १५ वर्षपछि एमालेमै फर्किएका हुन् ।स्थानीय तहको चुनावमा माओवादी केन्द्रबाट निर्वाचित डल्लाकोटीले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग टिका लगाएर प्रवेश गरेका छन् ।
इटहरी / नेपाल प्रेस युनियन सुनसरीको भवन निर्माणका लागि नेपाली कांग्रेसका नेता रोहित प्रसाईँले जग्गा दिएका छन् । इटहरी निवासी प्रसाईँले सोमबार बिहान एक कार्यक्रमका बीच इटहरी -१७ स्थित पूर्व-पश्चिमा राजमार्गको मुख्य हाइवेमा साढे ६ धुर जग्गाको धनीपूर्जा प्रेस युनियन सुनसरीका अध्यक्ष पवन अधिकारीलाई हस्तान्तरण गरेका हुन् ।काँग्रेस महाधिवेशन प्रतिनिधि समेत रहेका प्रसाईँले प्रेस युनियन नेपाली कांग्रेसको शुभेच्छुक संस्था भएकाले युनियनलाई आफ्नै कार्यालयबाट कार्य सम्पादन गर्नका लागि आफ्ना स्वर्गीय आमा बुबाको स्मृतिमा जग्गा प्रदान गरेको बताए । उनले भवन निर्माणको काम तुरुन्तै अगाडि बढाएर चाँडै निर्मा
बिर्तामोड / झापाका चर्चित र सक्रिय पत्रकारका रुपमा परिचित मोहनकाजी न्यौपानेले पत्रकारिता पेसाबाट बिदा लिने निर्णय गरेका छन् । उनले पत्रकारिता छोडेर नेकपा एमालेमा प्रवेश गर्न लागेको बताए । न्यौपानेले यस अघि नेपाल पत्रकार महासंघ झापाको सचिव र अध्यक्ष, महासङ्घको तत्कालीन पूर्वाञ्चल संयोजक र केन्द्रीय सदस्यको जिम्मेवारी सम्हाली सकेका छन् । विवेचना, पूर्वाञ्चल, जनसंसद दैनिक हुँदै पछिल्लो समय लोकतन्त्र पोस्ट दैनिक र लोकतन्त्र पोस्ट डटकमको प्रधान सम्पादकको जिम्मेवारी बहन गरि सकेका न्यौपानेले अबको समय पत्रकारिताबाट टाढा हुने र राजनीतिमा सक्रिय रहने बताए । नेकपा ए
काठमाण्डौ / जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई‚ नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन र राप्रपाकी नेतृ रेखा थापाबीच विमानस्थलमा नै जम्का भेट भएको छ ।कुनै समयमा माओवादी केन्द्रमा सँगै रहेका तीन नेताको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जम्काभेट भएको हो । भेटको तस्बिर सार्वजनिक गर्दै नेता भट्टराईले सामाजिक सञ्जालमा लेखेका छन्, ‘एअरपोर्टमा पुराना माओवादी सहकर्मीहरू वर्षमान पुन र रेखा थापासँग जम्काभेट, नलाऊ माया दुईतिर‘ भनेर गीत गाउनेहरू नै तीनतिर पो भइयो भन्ने हाँसो पनि चल्यो ।’
बिर्तामोड / स्थानीय तहको निर्वाचन नजिकिएसँगै राजनीतिक दलहरूमा उम्मेदवारीका लागि होडबाजी भइरहेको समयमा राप्रपा महामन्त्री एवम् नेपालगन्जका मेयर धवलशमशेर राणाले नेपालगन्ज उपमहानगरपालिकामा पुनः उम्मेदवार नबन्ने घोषणा गरेका छन् । दुई पटक मेयर भएर आफूले विकास गरिसकेको नेपालगञ्जलाई व्यवस्थापन गर्न मात्रै बाँकी रहेकाले अरुलाई मौका दिन भन्दै उम्मेदवारी नदिने बताएका हुन् ।राणाले हिन्दुराष्ट्र र राजासहितको प्रजातन्त्रलाई कायम गर्नका लागि पालिका भन्दा बाहिर निस्किने बताएका छन् । उनले एमालेसँग देशभर चुनावी तालमेलबारे प्रारम्भिक छलफल भएको समेत बताएका छन् । सत्तारुढ दलले स्थानीय चुनावमा गठबन्धन कायम नै गर्न
बिर्तामोड / काम गर्ने शैली र विवादास्पद अभिव्यक्तिका कारण पटकपटक विवादमा तानिने गरेका इटहरी उपमहानगरपालिकाका मेयर पुनः विवादमा तानिएका छन् । उपमहानगरपालिकाकी उपमेयर लक्ष्मी गौतमको सवारीसाधन खोसेको अभिव्यक्ति दिएपछि मेयर द्वारिकालाल चौधरी विवादमा तानिएका हुन् । मेयर चौधरीले गत चैत १ गते सामाजिक सञ्जाल फेसबुक मार्फत उपमेर गौतमले एक वर्षदेखि दुरुपयोग गर्दै आएकोले उनको गाडी खोसिएको बताएका थिए । मेयर चौधरीले फेसबुकमा यस्तो लेखेका छन्, –‘उपमेयरको गाडी खोसियो समाचार प्रति ध्यानाकर्षण भएको छ । एक वर्षदेखि गाडी दुरुपयोग गर्दै थिइन । दल विशेषको काममा सार्वजनिक सम्पती दुरुपयोग गर्न प
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.