काठमाडौं / सत्तारुढ दल नेकपा माओवादी केन्द्रले आसन्न स्थानीय तहको निर्वाचनमा उम्मेदवार छनौटका लागि आवश्यक मापदण्ड सार्वजनिक गरेको छ । बिहीबार सम्पन्न सत्तारुढ गठबन्धन दलको बैठकपछि पार्टी अध्यक्ष प्रचण्डको हस्ताक्षरसहित माओवादी केन्द्रले उम्मेदवार चयन गर्दा अपनाउनु पर्ने स्पष्ट मापदण्ड सहित परिपत्र नै जारी गरेको हो । शुक्रबार जारी गरेको आन्तरिक परिपत्रमा माओवादीले गठबन्धन दलहरूभित्र मात्रै निर्वाचनको तालमेल गर्न आफ्ना कमिटीलाई निर्देशन दिएको छ । माओवादीले विशेष परिस्थिति बाहेक पहिले विजयी भएका उमेदवारलाई नदोहोर्याउन निर्देशन दिएको छ । यस्तो छ छनौटको मापदण्डः १. विशेष परिस्थितिबाह
वीरगन्ज / मुलुक निर्वाचनमय भएका समयमा मधेश प्रदेशमा स्थापित राजनीतिक दल लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष महन्थ ठाकुरले मधेशमा निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।लोसपाले वीरगञ्जमा निकालेको ‘स्वाभिमान यात्रा’ पछि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष ठाकुरले मधेसीमाथि शासकले विभेद जारी राखेको भन्दै निर्णायक आन्दोलन गर्ने चेतावनी दिएका हुन् ।मधेशी जनताको अधिकारका लागि सुरु भएको आन्दोलन र विद्रोह जारी रहेको बताउँदै उनले आन्दोलनमा उत्रिएकामाथि झुटा मुद्दा लगाएको दावी गरेका छन् । यादवले मधेशी जनताको अधिकार प्राप्तिको आन्दोलन जारी राख्ने बताउँदै मधेस प्रदेशमा २२ जिल्ला
काठमाडौँ / तीनदिने औपचारिक भारत भ्रमणमा व्यस्त रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतको वाराणसी स्थित काशी विश्वनाथ मन्दिरमा पूजाअर्चना गरेका छन् । भ्रमणको तेस्रो दिन प्रधानमन्त्री देउवासहितको टोलीले काशी विश्वनाथ मन्दिरमा आइतबार बिहानै पूजाअर्चना गरेका हुन् । देउवालाई उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले वाराणसी स्थित लालबहादुर शास्त्री अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए । वाराणसीकै समराजेश्वर पशुपतिनाथ महादेव तथा कालभैरव मन्दिरमा पुगेर समेत देउवाले पूजा गरेका छन् ।
काठमाडौँ / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसहित १४ सांसदविरुद्ध परेको मुद्दामा आज सुनुवाई हुँदैछ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले दर्ता गरेको रिट निवेदनमाथि आज सुनुवाइ हुन लागेको हो । उक्त मुद्दा न्यायाधीश द्वय अनिल कुमार सिन्हा र नहकुल सुवेदीको इजलासमा परेको छ । अध्यक्ष नेपालसहित १४ जना सांसदहरूलाई दलबाट कारवाही गरेपनि सभामुख अग्निप्रसाद सापकोटाले कारवाहीको सूचना जारी नगरेको भन्दै अध्यक्ष ओलीले सर्वोच्च अदालतमा रिट दर्ता गरेका थिए ।
इटहरी / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा प्रदेश १ मा सत्तारुढ गठबन्धनमा रहेका दलले गठबन्धन बाहिर रहेको दुई दल राप्रपा र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चलाई समेत चुनावी एकतामा आउन आव्हान गरेका छन् ।सत्तारुढ दलको पार्टी केन्द्रले गरेको निर्णय विपरीत प्रदेश १ मा सत्तारुढ दल बाहेकलाई पनि चुनावी एकताका लागि सत्तारुढ दलले आव्हान गरेपछि यसअघि विभिन्न जिल्लामा भएका चुनावी एकताका समझदारी पनि प्रभावित बन्ने भएका छन् ।प्रदेश एकको राजनीतिक महत्व बोकेको जिल्ला झापा सहित पूर्वी नेपालमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो दलको विजयका लागि राप्रपासँग चुनावी एकताको छलफल थालेकै समयमा संघी
बिर्तामोड / भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेर बहादुर देउवा नेपालसँग सिमाना जोडिएको उत्तर प्रदेशको बनारस पुगेका छन् । भ्रमणको अन्तिम दिन देउवा भारतीय सत्तारुढ दलकै प्रदेश सरकार रहेको धार्मिक महत्वको भूमि बनारस पुगेका हुन् ।बनारस पुगेका उनलाई मुख्यमन्त्री आदित्यनाथ योगीले स्वागत गरेका छन् । भारतीय सत्तारुढ दल भाजपाका शक्तिशाली नेता समेत रहेका नेपाली मूलका मुख्यमन्त्री नेपाललाई हिन्दु राष्ट्र बनाउने पक्षमा विगत देखि नै सकृय रहँदै आएका छन् ।उनी पूर्वराजा ज्ञानेन्द्र शाह निकट मानिन्छन् ।आफू सत्तामा नै रहेको बेला उनले पटक–पटक नेपाललाई राजसंस्था सहितको हिन्दु राष्ट्र बनाउने भनेर अभिव्यक्ति दिएका छ
झापा // पत्रकार मुक्ति पौडेल नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।प्रेस चौतारी नेपाल परित्याग गरेका पौडेललाई कांग्रेसका नेता कृष्णप्रसाद सिटौला र महामन्त्री विश्वप्रकाश शर्माले शनिबार पार्टी प्रवेश गराएका हुन् ।दुई दशकदेखि पत्रकारितामा सक्रिय पौडेलले प्रेस चौतारीका पूर्व केन्द्रीय सदस्य र चौतारी झापाको अध्यक्षको जिम्मेवारी सम्हालिसकेका छन्। कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यक्रममा नेता सिटौला र महामन्त्री शर्माले खादा ओढाएर पौडेललाई पार्टीको सदस्यता प्रदान गरेका हुन् ।पौडेलले केही समयअघि नै चौतारीबाट अलग रहने घोषणा गरेका थिए ।
झापा / राप्रपा नेपालका अध्यक्ष कमल थापाले शनिबार प्रदेश १ र लुम्बिनी प्रदेश अध्यक्ष मनोनयन गरेका छन् । अध्यक्ष थापाले प्रदेश १ मा झापाका बासुदेव भट्टराई र लुम्बिनी प्रदेशमा रूपन्देहीका गणेश पौडेललाई प्रदेश अध्यक्षमा मनोनयन गरेका हुन् ।राप्रपा नेपालका प्रवक्ता वसन्तमानसिंह अधिकारीले शनिबार एक विज्ञप्ति जारी गर्दै दुईवटा प्रदेशमा पार्टी अध्यक्ष मनोनयन गरिएको जानकारी दिएका छन् ।
बिर्तामोड / भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाललाई सुदुरपश्चिमकै बहुचर्चित पञ्चेश्वर परियोजनालाई तीव्र रुपमा अघि बढाउने आश्वासन दिएका छन्। मोदीले नयाँदिल्लीमा शनिबार दुई देशका प्रधानमन्त्री सम्मिलित नेपाल–भारत उच्चस्तरीय द्विपक्षीय बैठकपछि संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै उक्त आश्वासन दिएका हुन्। मोदीले भने, –‘पञ्चेश्वर परियोजना तीव्ररुपमा अघि बढाउन जोड दिएका छौं। यो परियोजना यस क्षेत्रका जनताको लागि एउटा गेम चेन्जर परियोजना हुनेछ ।’ बैतडीको पञ्चेश्वर गाउँपालिका –१ रोलघाटमा बन्ने पञ्चेश्वर आयोजनाको सन् १९९६ देखि नै चर्चा भएपनि देउवा सरकारको ने
काठमाडौँ / भारत भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन् । देउवाले शनिबार नयाँदिल्लीस्थित हैदरावाद हाउसमा आयोजित संयुक्त पत्रकार सम्मेलनमा मोदीलाई भ्रमणको निम्तो दिएका हुन् ।हैदरावाद हाउसमा आयोजित पत्रकार सम्मेलनमा देउवाले समकक्षी मोदीले २०१४ मा गरेको नेपाल भ्रमणको स्मरणसमेत गरेका थिए । मोदी २०१४ मा भारतको प्रधानमन्त्री बनेपछि पहिलो पटक नेपाल भ्रमण गरेका थिए । त्यसपछि उनले विभिन्न समयमा तीन पटक भ्रमण गरिसकेका छन् ।तीन दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री देउवा आइतबार स्वदेश फर्किने छन् ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.