बिर्तामोड / सरकारले नेपाल प्रहरीका तीनजना डीआईजीलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको छ । आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले डीआईजीत्रय बसन्तकुमार पन्त, धिरजप्रताप सिंह र रबिन्द्र धानुकलाई एआईजीमा बढुवा गर्ने निर्णय गरेको हो ।त्यस्तै बैठकले प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण अनुमोदन गरेको छ। भारतीय समकक्षी नरेन्द्र मोदीको निमन्त्रणमा प्रधानमन्त्री देउवा शुक्रबार भारतको औपचारिक भ्रमणमा जान लागेका हुन्।बैठकले गोरखापत्र दैनिकको महाप्रबन्धकमा लालबहादुर ऐरीलाई नियुक्त गर्ने निर्णय गरेको छ । बैठकले यौन हिंसाविरुद्धको अध्यादेश र तेजाब आक्रमणविरुद्धको अध्यादेश जारी ग
काठमाडौं / आसन्न स्थानीय निर्वाचनका लागि उम्मेद्वारी घोषणा सुरु नहुँदै देशकै केन्द्रका रुपमा रहेको काठमाडौं महानगरपालिका निर्वाचनको विषयले तातेको छ । सामाजिक रुपमा चर्चामा रहेका पात्रहरू महानगरको मेयर बन्न अग्रसर बनेपछि महानगरमा चुनावी सरगर्मी बढेको छ ।ठूला राजनैतिक दलका उम्मेदवार को हुने भनेर निश्चित नै नरहेको समयमा समाजिक हिसाबमा चर्चित र स्थापित नयाँ अनुहार महानगरको नेतृत्वका लागि अग्रसर बनेपछि काठमाण्डौको माहोल समेत तातेको छ ।महानगरको नेतृत्व गर्न यसअघि नै इन्जिनियर समेत रहेका चर्चित र्यापर बालेन शाह र नेवार समुदायमा सुन्दरी भनेर चिनिएकी सन २०११ की मिस नेवा सुनिता डङ्गोलले पनि य
बिर्तामोड / निर्वाचन आयोगले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उम्मेद्धार बन्नेले १६ बुँदे स्वघोषणा गर्नुपर्ने व्यवस्था गरेको छ । निर्वाचन आयोगको बुधबार बसेको बैठकले निर्वाचनमा उम्मेद्धार बन्ने व्यक्तिले १६ बुँदे स्वघोषणा गर्नु पर्ने व्यवस्था गरेको हो । अघिल्लो पटकको स्थानीय तहको निर्वाचनमा निर्वाचित कतिपय जनप्रतिनिधिहरूले पद र पैसाको लोभमा बीचैमा राजीनामा दिएका कारण यस्तो निर्णय गर्नु परेको प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले जानकारी दिए । आयोगले जारी गरेको १६ बुँदे स्वघोषणामा स्थानीय तहको ठेक्कापट्टामा संलग्न नरहेको, नेपालको संविधानप्रति पूर्ण निष्ठावान् र
चितवन / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन पुगेर देशमा नै सर्वाधिक चासोका साथ हेरिएको भरतपुर महानगरपालिकाको निर्वाचनमा आफ्नी छोरी रेणु दाहाललाई नै दोहोर्याउने संकेत दिएका छन् ।चुनावी अभियानका क्रममा चितवन पुगेका उनले स्थानीय पत्रकारसँग कुरा गर्ने क्रममा भरतपुर महानगरपालिकामा आफ्नो दलको दावी रहने भन्दै छोरी रेणुलाई नै आगामी कार्यकालका लागि पनि दोहोर्याउने संकेत दिएका हुन् ।उनले स्थानीय तहको निर्वाचनमा महानगर अनि उपमहानगरपालिकाको हकमा सत्ता साझेदार दलका बिचमा केन्द्रिय तहबाटै तालमेल हुने र सो विषयमा सत्तारुढ दलबीच छलफल चलिरहेको समेत बताएका छन् ।पत्रकारसँग कुराकानीक
विराटनगर / नेपाली काङ्ग्रेसकी नेतृ सुजाता कोइरालाले आफ्नो गृहनगर विराटनगर पुगेर आगामी निर्वाचनमा मोरङको क्षेत्र नम्बर -२ बाट आफू प्रतिनिधिसभा सदस्यमा निर्वाचन लड्ने घोषणा गरेकी छन् ।आफ्नै परिवार भित्रका दाजु डा. शेखर कोइराला मोरङलाई केन्द्र बनाएर पार्टी भित्र शक्तिशाली बनिरहेको समयमा उनलाई निर्वाचनमा पराजित गराउन भूमिका खेलेकी सुजताले विराटनगर पुगेर निर्वाचनमा उमेदवार बन्ने घोषणा गरेपछि कोइराला परिवार भित्रको कलह सतहमा आएको मानिएको छ ।निर्वाचन आउन ६ महिना अगावै उनले गरेको उम्मेद्वारी घोषणा आफ्नै दाइ शेखरलाई जिल्लामा कमजोर बनाउने उद्देश्यले प्रेरित रहेको शेखर समूहका एक नेताले बता
तेह्रथुम / स्थानीय चुनाव नजिकिँदै जाँदा प्रदेश १ का जिल्लामा भने स्थानीय स्तरबाटै चुनावी गठबन्धन सुरु भएको छ । पार्टीका केन्द्रबाट चुनावी गठबन्धनका विषयमा ठोस निर्णय हुन नसकिरहेका बेला स्थानीय स्तरमा भने गठबन्धनको घोषणा हुन थालेका छन् ।प्रदेश १ का १४ जिल्ला मध्ये दुई जिल्लामा सत्तारुढ दलबीच चुनावमा साझा उम्मेदवार तय गरी जाने सैद्धान्तिक समझदारी भएको छ । धनकुटा र तेह्रथुममा सत्तारुढ दलबीच चुनावी एकता गर्ने सैद्धान्तिक समझदारी भएको भएपनि प्रदेश १ कै अर्को पहाडी जिल्ला ओखलढुङ्गामा भने एमाले र माओवादी केन्द्रबीच चुनावी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ ।तीनवटै जिल्लामा बनेका
बिर्तामोड / प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार पार्टीका स्थानीय तह अध्यक्षहरूलाई सम्बोधन गर्ने भएका छन् । दिउँसो २ बजे भर्चुअल माध्यमबाट ओलीले सम्बोधन गर्ने भएका हुन् । उनले स्थानीय तह निर्वाचनमा पार्टीलाई पहिलो बनाउने गरी खट्न निर्देशन दिनेछन् ।गत साता सम्पन्न केन्द्रीय कमिटी बैठकमा ओलीले एमालेको पाखुरा देखेर कांग्रेस सभापति शेरबहादुर देउवा डराएको भन्दै जति नै दलको गठबन्धन बने पनि निर्वाचनमा पराजित गर्ने दाबी गरेका थिए । ओली गठबन्धनप्रति आक्रोशित छन् । उनले पाँच दलीय गठबन्धनलाई ‘मागीखानेहरू’ को गठबन्धन भन्दै आएका छन् । कांग्रेस नेतृत्वमा रहेको पाँच
काठमाडौं / सङ्घीय संसद् संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका लागि प्रस्तावित न्यायाधीश तिलप्रसाद श्रेष्ठको नाम सर्वसम्मतिले अनुमोदन गरेको छ । आजको बैठकमा उनीसँग अनुभव, सोच, भावी योजना र अवधारणासम्बन्धी जानकारी लिएपछि समितिले सर्वसम्मतिले नाम अनुमोदन गरेको सभापति लक्ष्मणलाल कर्णले जानकारी दिएका छन् । नेपालको न्याय क्षेत्रमा देखिएको ढिलासुस्ती अन्त्य गर्दै सेवाग्राहीलाई अदालतप्रति सम्मान बढाउन उनले विभिन्न समय र स्थानमा रही चालेका कदमको समिति सदस्यले सो अवसरमा प्रशंसासमेत गरेका छन् ।न्यायाधीश श्रेष्ठले पोखरा, राजविराज र विराटनगर उच्च अदालतमा रहँदा दुई वर्ष नाघेका मुद्दा शून्यमा झार
काठमाडौं / चीन सरकारबाट प्राप्त सीमा वारपार रेल मार्ग सम्भाव्यता अध्ययनसम्बन्धी प्रविधिक सहायता स्वीकार गर्ने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको हो । बैठकले दुग्ध विकास संस्थाको महाप्रबन्धक पदमा सञ्जीव झालाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले सर्लाही बलराम नगरपालिका–३ निवासी झालाई संस्थाको महाप्रबन्धक पदामा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।प्रवक्ता कार्कीले यही चैत १८ देखि २७ गतेसम्म अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव तोयम रायाको भारत
बिर्तामोड / सोमबार रोल्पामा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शंग्रालय सहितको भ्युटावर उद्घाटन गरेको विषयमा जनस्तर र एमाले वृत्तबाट आलोचना भईरहेका बेला एमाले अध्यक्ष केपी शर्मा ओलीले मंगलवार अर्को भ्युटावरको उद्घाटन गरेको दृष्य सार्वजनिक भएको छ ।प्रचण्डले सोमवार उद्घाटन गरेको भ्युटावरलाई लिएर सामाजिक सञ्जालमा एमालेका नेता तथा कार्यकर्ताले अनेकौं आरोप लगाइरहँदा आफ्नै पार्टीका अध्यक्षले भ्युटावर उद्घाटन गरेको दृष्य सार्वजनिक भएको हो ।ओलीले मंगलबार रूपन्देहीको तिलोत्तमा नगरपालिकामा निर्माण भएको भ्युटावरको उद्घाटन गरेका छन् । उनले उद्घाटन सँगै भ्युटावरसँगै रहेको व्यावसायिक बहुउद्देश्यीय भव
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.