काठमाडौँ । नेकपा (एमाले)को आजदेखि सुरु हुने केन्द्रीय कमिटी बैठकको कार्यसूची तय गरेको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केन्द्रीय कमिटी बैठकका लागि ६ वटा कार्यसूची तय गरिएको जानकारी दिए। उनका अनुसार बैठकमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले मुलुकको समसामयिक राजनीतिक परिस्थितिबारे सम्बोधन गर्ने च्जन । साथै बैठकमा समग्र पार्टीको साङ्गठनिक कामको समीक्षा तथा पार्टीको शुद्धिकरण र सुदृढीकरण कार्यक्रमको अवधारणाबारे छलफल हुनेछ । यसैगरी, कार्यसूचीमा पार्टी निर्माणमा देखिएका समस्या र समाधानका उपाय, जनपरिचालन र जनदबाबको ‘एजेन्डा’हरु तथा समसामयिक प्रस्ताव रहेका प्रचार विभाग प्रम
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठक आजदेखि सुरू हुँदैछ । ललितपुरको गोदावरीस्थित सनराइज हलमा महासमिति बैठक फागुन १० गतेसम्म चल्नेछ ।सभापति शेरबहादुर देउवाले आज दिउँसो १ बजे महासमिति बैठक उद्घाटन गर्ने कार्यक्रम रहेको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले जानकारी दिएका छन् । बैठकमा उपसभापति पूर्णबहादुर खड्काले नीति, महामन्त्री गगन थापाले सांगठनिक, अर्का महामन्त्री विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक, प्रवक्तासमेत रहेका अर्थमन्त्री प्रकाशशरण महतले नेपालको वर्तमान आर्थिक अवस्था, सम्भावना र भावी दिशा तथा लेखा समिति संयोजक श्यामकुमार घिमिरेले लेखा परीक्षण प्रतिवेदन पेश गर्नेछन् ।यी प्र
काठमाण्डौ । सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्षमा भूपेन्द्र भण्डारीलाई नियुक्त गरेको छ । यस्तै नेपाल आयल निगमको कार्यकारी निर्देशकको पदमा डा चण्डिकाप्रसाद भट्टलाई नियुक्त गर्ने निर्णय सरकारले गरेकाे छ ।आईतवार सिंहदरबारमा बसेको मन्त्रीपरिषद्को बैठकले यी निर्णय गरेको हो । बैठकपछि सञ्चारकर्मीहरुसँग बैठकका निर्णयबारे जानकारी गराउँदै सरकारका प्रवक्ता रेखा शर्माले सरकारले डेडिकेटेड फिडर तथा ट्रंक लाइनबाट विद्युत उपयोग गर्ने ग्राहकहरुको विद्युत महशुलसम्बन्धी विवाद निरुपण गर्न गठित जाँचबुझ समितिको म्याद एक महिना थप गर्ने निर्णय गरेको बताइन् सरकारका १० निर्णयहरु:१. डेडिके
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय विभागमा केही सदस्यको मनोनयनसँगै जिम्मेवारी हेरफेर गरेको छ ।आइतबार बसेको सचिवालय बैठकले पवन देवकोटालाई केन्द्रीय मानवीय विकास प्रवर्द्धन विभागको उपप्रमुख, ज्ञानेन्द्र महतारालाई केन्द्रीय विज्ञान, सञ्चार तथा सूचना प्रविधि विभागको सदस्य, भोजराज क्वालिटीलाई केन्द्रीय विधेयक मन्थन विभागको सदस्य, गणेश पौडेललाई मानव अधिकार विभागको सदस्य र दीपक विश्वकर्मालाई केन्द्रीय संगठन विभागको सदस्यको जिम्मेवारी दिएको हो ।कर्णाली प्रदेशमा वडासम्मका सम्पूर्ण समिति र विभाग विघटन गरी ३ महिने ‘कर्णाली विशेष अभियान’ सञ्चालन गर्ने निर्णय गरेको महामन्त्री तथा
काठमाडौं । नेपाली कांग्रेसले महासमिति बैठकका लागि ‘राजनीतिक स्थायित्व, रुपान्तरण र नवीनता ! स्वतन्त्रता, न्याय र समानता ! नेपाली कांग्रेसको नीतिगत प्रतिवद्धता !’ भन्ने मूल नारासहित भव्य उद्घाटन गर्न लागेको जनाएको छ ।आइतबार कांग्रेसले विज्ञप्ति जारी गरेर महासमितिको बैठकलाई सभापति शेरबहादुर देउवाले सोमबार दिउँसो १ बजे उद्घाटन गर्ने जनाएको छ । फागुन ७ देखि १० गतेसम्म चल्ने महासमितिको बैठकमा फागुन ४ गते बसेको केन्द्रीय कार्यसमितिको बैठकबाट पारित भएका प्रतिवेदनहरू पेश भई छलफल हुनेछ ।बैठकमा नीति प्रस्ताव तयारी समितिका संयोजक एवम् उपसभापति पूर्णबहादुर खड्काद्वारा नेपाली कांग्रेसको नीति प्रस्ताव, महाम
काठमाण्डौ । जनमत पार्टीका अध्यक्ष सिके राउतले नेपालको मधेस क्षेत्र उपेक्षा, उत्पीडन र खेलाँचीका कारण सधै पछि परेको टिप्पणी गरेका छन । समथर भूमी, पूर्व पश्चिम राजमार्ग, भारतीय सीमामा पहुँच जस्ता भौगोलिक अनुकूलता भए पनि मधेस क्षेत्र कर्णालीभन्दा पिछडिएको उनको दाबी छ।नेपाल लिटरेचर फेस्टिभलमा आइतबार आयोजित ‘मधेश मन्थन’ कार्यक्रममा उनले भने, “कर्णाली विकसित हुनुपर्छ, त्यसमा दुविधा छैन तर मधेशको साक्षरता, समाजको चेतना कर्णालीभन्दा पनि पछि छ ।” क्याम्ब्रिज विश्वविद्यालयमा अध्ययन गरी अमेरिकाको नासामा वरिष्ठ वैज्ञानिकको सेवा छाडेर नेपाल फर्किनुभएका राउतले गाउँका केही चल्तापुर्जाले आफ्नो फिर
काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला र महामन्त्री गगनकुमार थापाबीच ठूलो टकराव देखिएको छ ।महासमितिका बैठक उद्घाटन हुनुभन्दा केही घण्टा अगाडिसम्म नेता कोइराला र महामन्त्री थापाबीच विवाद देखिएको हो ।महामन्त्री थापाले शनिबार काठमाडौंको नयाँबानेश्वरस्थित ईन्द्रेणी फुडल्याण्डमा नेपाल तरुण दलका पूर्व नेताहरूलाई परिचालन गरेर गुटको बैठक राखेका थिए । थापाले संस्थापन समूहका केही नेताहरूलाई झुक्काएर गुटको आफ्नो बैठकमा सहभागी गराएका छन् । थापाको हर्कतबाट संस्थापन समूहका नेताहरू तर्सिएका छन् ।महामन्त्री थापाको गुटको बैठकलाई नेता कोइरालाले बहिस्कार गरिदिएका थिए । केही कार्यक्रमहरूमा कोइराला र थापा
काठमाडौं । समाजवादी मोर्चाको संयोजकमा नेपाल कम्युनिष्ट पार्टी महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ चयन भएका छन् ।मोर्चाका संयोजक माधवकुमार नेपालको अध्यक्षतामा आज बसेको बैठकले चन्दलाई संयोजक तोकेको मोर्चाका सदस्यसचिव एवं नेकपा (एकीकृत समाजवादी) का उपाध्यक्ष प्रमेश हमालले जानकारी दिए ।मोर्चाले देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे समेत बैठकमा छलफल गरेको थियो ।समाजवादी मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेपाल कम्युनिष्ट पार्टी रहेका छन् ।प्रत्येक चार–चार महिनामा आलोपालो नेतृत्व गर्ने समझदारीका साथ मोर्
काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु, दोलखा र खोटाङका जिल्ला सभापतिहरूले अविलम्ब रुपमा निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकमा सहभागी हुने व्यवस्था गर्न माग गरेका छन् ।काठमाडौं । नेपाली कांग्रेस सोलुखुम्बु, दोलखा र खोटाङका जिल्ला सभापतिहरूले अविलम्ब रुपमा निर्वाचित महासमिति सदस्यहरूलाई महासमितिको बैठकमा सहभागी हुने व्यवस्था गर्न माग गरेका छन् ।आइतबार सोलुखुम्बु कांग्रेसका सभापति नाम्गेल जाङ्बु शेर्पा, दोलखा कांग्रेसका सभापति बर्मा लामा र खोटाङ कांग्रेसका सभापति विष्णुकुमार राईले संयुक्त विज्ञप्ति जारी गरेर निर्वाचित भइ आएका महासमिति सदस्यहरूलाई बाहिर राखी हुने महासमिति बैठकमा जि
काठमाडौँ । समाजवादी मोर्चाको बैठक आज बस्दै छ । मोर्चाले अहिलेसम्म देशभर गरेका सङ्गठन विस्तार तथा राजनीतिक गतिविधिको समीक्षाका साथै भावी कार्ययोजनाबारे छलफल गर्न आज बिहान ९ बजे नेकपा (एकीकृत समाजवादी) को कार्यालयमा बैठक बस्दै छ ।बैठकले सरकारको कार्यको समीक्षाका साथै मुलुकको समसामयिक राजनीतिक अवस्था, अन्तर्राष्ट्रिय राजनीतिक प्रभावबारे छलफल गर्ने नेकपा (एकीकृत समाजवादी)को कार्यालय सचिव जीवनराम श्रेष्ठले जानकारी दिए ।मोर्चामा नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी सहभागी छन् । मोर्चाको नेतृत्व एकीकृत
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.