राजनीति

    Showing 4,531-4,540 of 7,720 items.
  • कांग्रेसले खाता खोल्यो, मुस्ताङमा योगेश गौचन विजयी

    झापा / नेपाली कांग्रेसले हिमालपारिको जिल्ला मुस्ताङबाट आफ्नो विजयी सुरुवात गरेको छ । मुस्ताङमा नेपाली कांग्रेसका प्रतिनिधि सभा उम्मेदवार योगेश गौचन विजयी भएका हुन्२८ वर्षीय गौचनले नेकपा एमालेका प्रेमप्रकाश तुलाचनलाई नौ सय १४ मतान्तरले पराजित गरेका हुन्। गौचनले ३ हजार ९९२ मत प्राप्त गर्दा तुलाचनले ३ हजार ७८ मत प्राप्त गरेका छन् । निर्वाचन अधिकृतको कार्यालयले यसको औपचारिक घोषणा भने गर्न बाँकी छ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 84 पटक पढिएको
  • तेह्रथुमको छथरमा मंगलबार पुनः मतदान हुने

    तेह्रथुम  / तेह्रथुमको एउटा मतदान केन्द्रमा पुनः मतदान हुने भएको छ ।छथर गाउँपालिका–१ आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।उक्त मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ । राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफलपछि मंगलबार पुनः मतदान गराउने निर्णय भएको हो

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 71 पटक पढिएको
  • काठमाडौं १ मा प्रकाशमानलाई पछ्याउदै रवीन्द्र मिश्र

    काठमाडौं / काठमाडौं –१ मा नेपाली कांग्रेसका प्रकाशमान सिंहले प्रारम्भिक अग्रता लिएका छन् । हालसम्म तीन हजार १९६ मत गणना भइसक्दा सिंहले ८१६ मतका साथ अग्रता कायम गरेका छन् भने राष्ट्रिय प्रजातन्त्र पार्टीका रवीन्द्र मिश्रले ७३५ का साथ उनलाई पछ्याइ रहेका छन् ।तेस्रो स्थानमा एमाले उम्मेदवार किरण पौडेलको ४९६ मत छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 78 पटक पढिएको
  • झापा –३ मा मतगणना सुरु

    भद्रपुर / झापा क्षेत्रनम्बर ३ मा मतगणना सुरु भएको छ । भर्खरै प्राप्त जानकारी अनुसार अहिले मतपेटिका खोलेर मत मिलाउने काम धमाधम भइरहेको छ ।सर्वदलीय बैठकले बिहान ८ बजेदेखि सुरु गर्ने निर्णय गरे पनि प्राविधिक कारणले मतगणना गर्न ढिला भएको थियो । झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन र नेपाली काँग्रेस नेता कृष्णप्रसाद सिटौलाबीच कडा प्रतिस्पर्धा भएको आकलन गरिएको छ ।त्यसैले सबैको ध्यान यहाँ केन्द्रित बनेको छ । यस क्षेत्रमा ६८ दशमलव २० प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय झापाका अनुसार झापा –३ मा ६६ हजार ०६१ पुरुष र ६५ हजार ३७१ महिला गरी १ लाख ३१ हजार ४३२ मतदाता रहेकोमा ८९ हजार ६३७ मत खसे

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 103 पटक पढिएको
  • काठमाडौँ –७ मा राष्ट्रिय स्वतन्त्र पार्टीको अग्रता, मानुषी तेस्रो स्थानमा

    काठमाडौँ  / काठमाडौँ क्षेत्र नम्बर ७ मा राष्ट्रिय स्वतन्त्र पार्टीले अग्रता लिएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीले ३७५ मतसहित अग्रता लिएका हुन्।नेकपा एमालेका उम्मेदवार श्यामकुमार घिमिरे ३०४ मतसहित दोस्रो स्थानमा छन् भने गठबन्धनबाट नेकपा माओवादी केन्द्रकी मानुषी यमी भट्टराईले २९० मतसहित तेस्रो स्थानमा छिन्। चौथो स्थानमा लौरोको १०१ मत छ भने राप्रपाको हलोको ८४ मत रहेको छ ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 105 पटक पढिएको
  • दैलेखका मतदान अधिकृत मतपेटिका छोडेर सुत्न गएपछि...

    सुर्खेत  / दैलेखको ठाटीकाँध गाउँपालिकामा मतपेटिका छोडेर मतदान अधिकृत सुत्न गएपछि विवाद भएको छ । ठाँटीकाँध गाउँपालिका –२ पिपलचौतारास्थित जनता आधारभूत विद्यालय केन्द्रका मतदान अधिकृत ज्वालाप्रसाद खनालले मतदान सकिएपछि मतपेटिका प्रहरी चौकीमा लगेर छोडेपछि विवाद सिर्जना भएको हो ।मतदान अधिकृत खनालले आइतबार राति प्रहरी चौकीमा लगेर मतपेटिका छाडेको बताइएको छ । दैलेखका मुख्य निर्वाचन अधिकृत सरोजनिधि वाग्लेले घटनाको छानबिन भइरहेको बताएका छन् । अहिले सर्वदलीय बैठक बसिरहेको र त्यसबारे निर्णयमा पुगिने उनले जानकारी दिए । उक्त मतदान केन्द्रमा ७०० मतदाता रहेकोमा ४५८ मत खसेको थियो ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 100 पटक पढिएको
  • डडेल्धुरामा ११ बजे पछि मतगणना सुरु हुने

    काठमाडौं / डडेल्धुराको मतगणना अझै सुरु हुन सकेको छैन । परशुराम नगरपालिकाका मतपेटिका संकलन हुन बाँकी रहेकाले मतगणना सुरु गर्न ढिलाइ भएको हो । प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले  भने, ‘मतपेटिकामा पुग्ने क्रममा छन् । ती पुग्ने बित्तिकै सर्वदलीय बैठक बसेर मतगणना सुरु हुन्छ ।’ मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालयसमेत रहेको जिल्ला अदालतमा हुनेछ ।डडेलधुरामा प्रधानमन्त्री एवम् नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमालेको समर्थन पाएका नेपाली कांग्रेस बिपीका कर्णबहादुर मल्ल, जसपाका श्याम सिनाल, राप्रपाका गोविन्द खडायत, स्वतन्त्र उम्मेदवार सागर ढकाल र विक्रमबहादुर शाही लगायत उम्मेदवार छन्

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 107 पटक पढिएको
  • झापा २ : एमालेका घिमिरे अघि अघि , गठबन्धनका राना पछि पछि

    बिर्तामोड  / हिजो सम्पन्न आम निर्वाचनको  मतगणना झापा क्षेत्र नम्बर २ मा सुरु भएको छ । जम्मा १६३४ मतगणना हुँदा एमालेका देवराज घिमिरेले ६२० मत प्राप्त गरेका छन् । यस्तै गठबन्धनका हरिकुमार रानाले ३९७ मत पाएका छन् ।  झापा २ बाट स्वतन्त्र उम्मेद्वारी दिएका स्वगत नेपालले  ३०१ मत प्राप्त गरेका छन्  । झापा २ मा सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना सुरु भएको थियो ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 111 पटक पढिएको
  • काठमाडौं १ मा मतगणना सुरु

    काठमाडौं / काठमाडौं १ मा प्रतिनिधि सभा सदस्यको मतगणना सुरु भएको छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले बिहान ८ बजे नै सुरु गर्ने भनिए पनि प्राविधिक कारण ढिला गरी मतगणना सुरु भएको हो । यो क्षेत्रमा नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह, एमालेका किरण पौडेल, राष्ट्रिय स्वतन्त्र पार्टीका पुकार बम, राप्रपाका रवीन्द्र मिश्रलगायत केही स्वतन्त्र उम्मेदवार पनि छन् ।

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 91 पटक पढिएको
  • झापा -२ को मतगणना सुरु

    बिर्तामोड  / हिजो सम्पन्न आम निर्वाचनको  मतगणना झापा क्षेत्र नम्बर २ मा सुरु भएको हो । सर्वदलीय बैठक सकेर बिहान ४ बजेदेखि अर्जुनधारा नगरपालिकामा मतगणना सुरु भएको जिल्ला निर्वाचन कार्यालय झापाले जनाएको छ ।  त्यस्तै झापा १ , ३ र ५ मा बिहान ८ बजेदेखि मतगणना सुरु हुँदैछ । सर्वदलीय बैठक सम्पन्न गरी बिहान ८ बजेबाट मतगणना गर्ने निर्णय भइसकेको निर्वाचन अधिकारी तुलसी नेपालले जानकारी दिए ।  

    • प्रकाशित मितिः मंसिर ५, २०७९
    • 101 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा