विराटनगर / प्रदेश १ का प्रस्तावित मुख्यमन्त्री नेकपा (एकीकृत समाजवादी) का नेता राजेन्द्र राईको नेतृत्वमा गठबन्धन दलले पाँच सदस्यीय मन्त्रिपरिषद् गठन गर्ने भएको छ । मुख्यमन्त्रीसहित कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको तर्फबाट १र१ जना गरी ५ सदस्यीय मन्त्रिपरिषद् गठन तयारी रहेको राईले बताए ।स्रोतका अनुसार मुख्यमन्त्रीसहित नेकपा (एकीकृत समाजवादी) बाट उपेन्द्र घिमिरे, खिनु लङ्वा लिम्बु र सरिता थापामध्येबाट मन्त्रीका रुपमा अघि सारिएको छ । त्यसैगरी गठबन्धनको ठूलो दल नेपाली कांग्रेसबाट दलका उपनेता हिमाल कार्की, प्रमुख सचेतक केदार कार्की, शिवनारायण गनगाँई
कर्णाली / कर्णाली प्रदेशका प्रमुख गोविन्दप्रसाद कलौनीले मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न प्रदेशसभा सदस्यलाई आह्वान गरेका छन् ।प्रदेश प्रमुख कलौनीले प्रदेशसभामा कुनै पनि दलको स्पष्ट बहुमत नरहेको अवस्थामा दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने सदस्यलाई आज साँझ ७ः३० बजेभित्र मुख्यमन्त्री पदमा नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका हुन् । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले नेपालको संविधानको धारा १६९ उपधारा १ (क) बमोजिम प्रदेश प्रमुखसमक्ष सोमबार साँझ ७ : ३० बजे राजीनामा दिएका थिए । प्रदेश प्रमुखले सोमबार नै उनको राजीनामा स्वीकृत गरी उक्त पदका लागि दा
काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले सन् २०४५ भित्र कार्बन उत्सर्जन शून्यमा पुर्याउने नेपालको लक्ष्य रहेको बताएका छन्।कोप–२६ मा सहभागी विश्व नेताहरुको शिखर बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सन् २०३० भित्र कूल ऊर्जा मागको १५ प्रतिशत स्वच्छ ऊर्जा स्रोतबाट परिपूर्तिको सुनिश्चितता गर्ने प्रतिवद्धता जनाएका छन् । उनले देशको ४५ प्रतिशत भूखण्ड वन क्षेत्रले ढाक्ने पनि बताएका छन् ।नेपाल पेरिस सम्झौता कार्यान्वयनप्रति पूर्णतः प्रतिबद्ध रहेको देउवाले बताए । उनले विकसित मुलुकहरूले अनुकूलन र उत्थानशील कार्यक्रमका लागि चाहिने सहयोग सहज तरिकाले उपलब्ध गराउनुपर्ने पनि बताएका छन् ।
काठमाडौं / गृहमन्त्री बालकृष्ण खाँणले सरकार धार्मिक र सामाजिक सदभावको पक्षमा रहेको बताएका छन् । विश्व ॐकार महासङ्घको आज ज्ञापनपत्र बुझ्दै प्रधानमन्त्रीको समेत कार्यभार सम्हालेका उनले सरकार सामाजिक विभेद नहोस् भन्ने पक्षमा रहेको बताएका हुन् ।“हामी धार्मिक र सामाजिक सद्भावको पक्षमा छौँ, सरकार कतै पनि सामाजिक विभेद नहोस् भन्ने पक्षमा छ”, गृहमन्त्री खाँणले भने । सबैले समान रूपमा आफ्नो धर्म मान्न पाउनुपर्नेमा जोड दिँदै उनले वर्गीय र जातीय रूपमा विभेद् भए सामाजिक सदभाव खल्बलिने बताए।महासङ्घका तर्फबाट अध्यक्ष प्रेमलाल महर्जन, पण्डित दिनबन्धु पोखरेललगायतले आज गृहमन्त्री खाँणलाई ज्ञापनपत्र बुझाएका थिए
सुर्खेत / कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिने भएका छन् । काङ्ग्रेससँगको पूर्वसहमति कार्यान्वयनका लागि मुख्यमन्त्री शाहीले राजीनामा दिने भएका हुन् । शाहीले यसबारे छलफल गर्न सोमबार साँझ ५ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठकलगत्तै उनले राजीनामा दिने तयारी गरेको एक मन्त्रीले कान्तिपुरसित बताए ।‘३ जना मन्त्रीको ६ महिने पदावधि पनि आज सकिँदैछ,’ उनले भने, ‘मन्त्रिपरिषद्को बैठकपछि राजीनामा दिने उहाँको तयारी छ ।’गत वैशाखमा नेकपा एमालेले सरकारलाई दिएको विश्वासको मत फिर्ता लिएको थियो । त्यसबेला कांग्रेससँग सत्ता सहकार्य गर्ने सहमति भएपछि कांग्रेसले मु
मनाङ / राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तन र वातावरणलाई प्रत्यक्षरुपमा असर गर्ने कारकतत्वको न्यूनीकरणका लागि मानव जाति सचेत हुनुपर्ने बताएका छन् । आज मनाङमा एग्रो मनाङ प्रालि स्याउ फार्मको अवलोकनपछि निर्मल र सफा रहेको मनाङको वातावरणीय स्वच्छतालाई जोगाइराख्न र जलवायु परिवर्तनका कारकतत्वको पहिचान गरी तिनको न्यूनीकरण गर्न स्थानीयवासीको मुख्य भूमिका रहने उनले बताएकि छन् । वातावरणीय सन्तुलन कायम राख्न वनजङ्गल र वनस्पतिको महत्वपूर्ण योगदान रहने भन्दै यसका लागि मानव जातिको मुख्य भूमिका रहेको र सबैले मिलेर वातावरण जोगाएमात्र मानव जातिको अस्तित्व जोगिन्छ भन्ने चेतना र
विराटनगर / प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यले पदबाट राजीनामा दिएका छन् । आचार्यले सोमबार प्रदेशसभालाई सम्बोधन गर्दै राजीनामा दिने घोषणा गरेका हुन् । विश्वासको मतको प्रस्तावमा सोमबार निर्णय गर्ने कार्यसूची थियो । तर मुख्यमन्त्री आचार्यले त्यो प्रक्रियामा प्रवेश गर्नुअघि नै प्रदेशसभा बैठकमा सम्बोधन गरेर राजीनामा घोषणा गरेका हुन् ।सम्बोधनका क्रममा मुख्यमन्त्री आचार्यले दलहरू मिलेर जानुको विकल्प नरहेको बताए । राजनीतिमा कामले अगाडि जानुपर्ने र दलहरू फुटाउनु र टुटाउनतर्फ लाग्ने काम अराजनीतिक हुने उनको भनाइ थियो । यसअघि वाग्मती प्रदेशमा मुख्यमन्त्री अष्टलक्ष्मी
मोरङ / नेपाली कांग्रेसकी केन्द्रीय सदस्य एवं पूर्व उपप्रधानमन्त्री सुजाता कोइरालाले पार्टीको आगामी १४औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेकी छिन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उनले स्व गिरिजाप्रसाद कोइरालाले मोरङमा नयाँ घोषणा गर्ने कार्यलाई निरन्तरता दिँदै कार्यकर्ताको महिला सभापति हुनुपर्ने माग एवं चाहनालाई ध्यानमा राखी सभापतिमा उम्मेदवारी दिनका लागि आफू पूर्वी नेपालको भ्रमणमा आएको जानकारी दिईन् । मुलुकको वर्तमान राजनीतिक अवस्थाका कारण ‘अर्ली इलेक्सन’को सम्भावना बढ्दै गएको कोइरालाले बताईन् ।“लोकतन्त्रमा जनताको आस्था र विश्वासको केन
काठमाडौं / बालुवाटार जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्रीद्धय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईलाई मुद्दा चलाउन माग गरिएको मुद्दाको फैसला रोकिएको छ ।वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेको मुद्दामा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा र न्यायाधीश नहकुल सुवेदीको संयुक्त इजलासले कात्तिक १५ (सोमबार) फैसला सुनाउन आदेश दिएको थियो । तर, न्यायाधीश सुवेदी आज अदालतमा अनुपस्थिति भएका कारण आजको लागि पेशी तोक्न नसकिएको सर्वोच्च अदालतका सूचना अधिकारी देवेन्द्र ढकालले जानकारी दिए ।२०७६ माघ २९ गते वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले ललिता निवास प्रकरणमा पूर्व प्रधानमन्त्री नेपाल र
काठमाडौँ / बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री राजेन्द्र पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने भएका छन् । गठबन्धनको तर्फबाट कात्तिक ११ गते मुख्यमन्त्री बनेका पाण्डेले २२ गते प्रदेशसभामा विश्वासको मत लिने भएका हुन् । संविधानको धारा १६८ को उपधारा २ बमोजिम ५९ जना सांसदको हस्ताक्षरमा पाण्डे बागमती प्रदेशको तेस्रो मुख्यमन्त्री बनेका हुन् । पाण्डेलाई एकीकृत समाजवादीसँगै कांग्रेस र माओवादीका सांसदहरुले समर्थन गरेका छन् ।
Copyright © 2021 / 2025 / Esoul Media (P) Ltd. / All Rights Reserved.