राजनीति

    Showing 5,511-5,520 of 10,435 items.
  • सरकारलाई बद्नाम गर्ने र झुटलाई फैलाउनेहरु सक्रिय भएका छन्ः ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘समृद्ध नेपाल, सुखी नेपाली’को संकल्पमा अवरोध पु¥याउने कामहरु भइरहेको बताएका छन् । मंगलबार प्रगतिशील इन्जिनियरिङ एसोसिएशनको राष्ट्रिय अधिवेशनमा उनले डिजिटल नेपाल र समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई साकार पार्न सरकार लागेको भन्दै केही मानिसहरु यस कुरालाई सफल पार्न नदिनको लागि लागि परेको बताए । उनले भने, ‘डिजिटल नेपाल कसरी प्रभावकारी तरिकाले बनाउन सकिन्छ । नेपाललाई प्राविधिक रुपमा विकास गरेर, सेवाहरुमा पनि प्रविधिको विकास गरेर कसरी धेरै भन्दा धेरै जनतालाई सेवा दिन सकिन्छ भन्ने विषयमा पनि सुझाव दिनुहुन्छ भन्ने मैले विश्वास लिएको छु

    • प्रकाशित मितिः चैत १२, २०८१
    • 517 पटक पढिएको
  • संक्रमणकालीन न्याय सम्बन्धी बाँकी काम टुङ्ग्याउन शीर्ष दलहरु सहमत

    काठमाडौं । शीर्ष दलहरुले बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोग आयोग गठन प्रक्रिया अगाडि बढाउन सहमत भएका छन् ।सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, सिंहदरबारमा बसेको शीर्ष नेतृत्वको छलफलले संक्रमणकालीन न्यायसम्बन्धी विवाद हेर्ने दुई आयोगमा पदाधिकारी सिफारिस गर्नेगरी समिति गठन गर्न सहमत भएका हुन् ।प्रधानमन्त्रीका सल्लाहकार अग्नि खरेलले तीन दलको छलफलमा शान्ति प्रक्रियाको बाँकी काम अगाडि बढाउन सत्य निरुपण तथा बेपत्तासँग सम्बन्धित आयोग गठन गर्ने विषयसँग गासिएकाले दुईवटा आयोग गठन गर्न सर्च कमिटी बनाइने बताए ।‘वेपत्ता पारिएका व्यक्तिहरुको छानबिन तथा सत्य निरुपण

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 435 पटक पढिएको
  • एमसीसी रोक्न नेकपाले अमेरिकी राष्ट्रपतिलाई पत्राचार गर्ने

    काठमाडौं— विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) रोक्न अमेरिकी राष्ट्रपति डोनाल्ट ट्रम्पलाई पत्रचार गर्ने भएको छ ।सोमबार समितिले एक विज्ञप्ति जारी गर्दै पार्टीले पत्रचार गर्ने जानकारी गराएको हो । ट्रम्प राष्ट्रपति भए लगत्तै ९० दिनको लागि अमेरिकाले एमसीसी परियोजना अन्तर्गतको सहयोग रोकेको थियो । तर एमसीसीका केही परियोजनालाई निरन्तरता दिने घोषणा गरेपछि नेकपाले विरोध जनाएको हो । हामी यथास्थितिमा एमसीसी लागु नगर्न र नयाँ राष्ट्रिय सहमति कायम गरि नेपालको संविधान–कानुन मातहत रहने सुनिश्चितता गरेर मात्रै अघि बढ्न नेपाल सरकार र सम्बन्धित पक्षस

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 314 पटक पढिएको
  • प्रचण्ड पुगे राष्ट्रपति भेट्न शीतलनिवास

    काठमाडौं— माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेका छन् ।सोमबार चितवनबाट काठमाडौँ फर्केलगत्तै प्रचण्ड राष्ट्रपति भेट्न शीतलनिवास पुगेका हुन् । भेटवार्तामा पछिल्लो विकसित राजनीतिक घटनाक्रमका बारेमा छलफल भएको बुझिएको छ ।

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 502 पटक पढिएको
  • कांग्रेसको विज्ञान तथा सूचना प्रविधि विभागमा १० सदस्य मनोनीत

    काठमाडौं— नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले विज्ञान तथा सूचना प्रविधि विभागमा १० जना सदस्य मनोनयन गरेका छन् । सभापति देउवाले कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २५ (९) बमोजिम उनीहरूको मनोनयन गरेको मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् । सो विभागको प्रमुखमा केन्द्रीय सदस्य सुशिला मिश्र भट्ट छिन् । मनोनयन भएका सदस्यहरूमा ई. उज्ज्वल कोइराला (ताप्लेजुङ), ई. प्रेमचन्द्र राय (महोत्तरी), विजया श्रेष्ठ केसी (ललितपुर), प्रा. मोहनजंग शाह, (बाँके), डा. निरञ्जन कोइराला (कास्की) छन् । त्यसैगरी, कुमार लामिछाने (बर्दिया), रमा केसी (सुर्खेत), प्रेमलाल चौधरी (कैलाली),

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 345 पटक पढिएको
  • संक्रमणकालीन न्याय बारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै

    काठमाडौं— संक्रमणकालीन न्यायबारे छलफल गर्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक आज बस्दै छ । राजसंस्था पुनर्स्थापनाको माग गर्दै राजावादीहरुले सक्रियता बढाएपछि प्रमुख दलका नेताहरुको संयुक्त बैठक बस्न लागेको पहिलोपटक हो ।प्रधानमन्त्री नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको बैठक अपराह्न चार बजे बस्ने छ ।प्रधानमन्त्री केपी शर्मा ओलीका संक्रमणकालीन न्यायसम्बन्धी सल्लाहकार अग्नि खरेलले बैठकको मुख्य एजेन्डा संक्रमणकालीन न्याय भएको बताए ।सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता छानबिन आयोगमा पदाधिकारी

    • प्रकाशित मितिः चैत ११, २०८१
    • 678 पटक पढिएको
  • संविधानको पक्षमा दृढताका साथ उभिने कांग्रेस कार्यसम्पादन समिति बैठकको निर्णय

    काठमाडौं । नेपाली काङ्ग्रेसले संविधानको पक्षमा दृढताका साथ उभिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले संविधानमार्फत नै जनताका आवश्यकता र समस्या सम्बोधनलाई ध्यान दिने निर्णय गरेको पार्टीका प्रवक्ता प्रकाशशरण महतले बताए । उनले भने, ‘नेपाली काङ्ग्रेस पार्टीको कार्यसम्पादन समिति बैठक आज सम्पन्न भएको छ । यसले  विविध विषयहरुमा छलफल गरेको छ । सर्वप्रथम नेपाली कांग्रेस पार्टीको कार्यसम्पादन समिति बैठकले सार्वभौम नेपाली जनताद्वारा निर्वाचित संविधानसभाबाट बनेको संविधानको रक्षामा पूर्ण प्रतिवद्धताको जुन गणतान्त्रिक संघीय संविधान बनेको छ

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 488 पटक पढिएको
  • मन्त्री प्रकाशमानमाथि खनिए मेयर बालेन

    काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई आक्रोशित गर्दै सामाजिक सञ्जालमा एक पोस्ट लेखेका छन् ।  यस क्रममा उनले वडाअध्यक्षहरूले कार्यपालिका बैठकको माग गरेको र त्यसको प्रतिक्रियामा बालेनले सिंहमाथि आलोचना गरेका हुन् ।आइतबार, कांग्रेसबाट निर्वाचित वडाअध्यक्षहरूले बालेनलाई कार्यपालिका बैठकको आव्हान गर्दै निवेदन दिएका थिए । यसमा असन्तुष्ट बालेनले सिंहलाई लक्षित गर्दै आफ्नो फेसबुकमा लेखेका छन्, ‘अव्यवस्थित बस्ती हटाउने, कपन खोलालाई व्यवस्थित गर्ने, बालमन्दिर बचाउने, सार्वजनिक सम्पत्ति जोगाउने प्रयासहरू सधैँ कुरा मात

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 300 पटक पढिएको
  • कमल थापा भन्छन प्रचण्ड, ओली, देउवा र बाबुरामले राजसंस्थाबारे दिएका अभिव्यक्ति जवाफ योग्य छैनन्

     काठमाडौं— राप्रपा नेपालका अध्यक्ष कमल थापाले प्रधानमन्त्री केपी ओली, कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेसपा (नयाँ शक्ति)का अध्यक्ष डा. बाबुराम भट्टराईले राजा र राजसंस्थाबारे दिएका अभियव्यक्तिहरु जवाफ दिन योग्य नभएको बताएका छन् ।संवैधानिक राजसंस्थाको माग गर्दै राजावादीहरुको सक्रियता बढेपछि पछिल्लो समयमा चार शीर्ष नेताहरुले दिएको अभिव्यक्ति हतास मनस्थितिको उपज भएको उनले बताए ।उनले भनेका छन्, ‘प्रचण्ड, ओली, देउवा र बाबुरामले राजा र राजसंस्थाबारे दिएका पछिल्ला अभिव्यक्तिहरू जवाफ दिन पनि योग्य छैनन् । त्यो उनीहरूको हतास मनस्थितिको उपज र असफलत

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 409 पटक पढिएको
  • अर्थमन्त्री पौडेल भन्छन बजेट निर्माणमा योजना आयोगको अधिकार कटौती गरिएको विषय सही होइन

    काठमाडौं— उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आर्थिक कार्यविधि तथा वित्तीय उत्तदायित्व (पहिलो संशोधन) विधेयकमार्फत बजेट निर्माणमा अर्थ मन्त्रालय हाबी हुन खोजेको भन्ने टिप्पणीमा कुनै सत्यता नभएको बताएका छन् । राष्ट्रियसभाको आइतबारको बैठकमा बोल्दै मन्त्री पौडेलले यस्तो बताएका हुन् ।उनले बजेट निर्माणका क्रममा विधेयकमार्फत योजना आयोगको अधिकार कटौती नगरिएको समेत स्पष्ट पारे । बजेट निर्माणको नेतृत्व अर्थ मन्त्रालयले गरे पनि सबै मन्त्रालयहरूका आआफ्नै परिभाषित जिम्मेवारी रहेको बताए ।बजेटको सिलिङअनुसार कसरी बजेट विनियोजन गर्ने भन्ने विषयमा अर्थ मन्त्रालयले नभई सम्बन्धित मन्त्रालय आफैँले गृहका

    • प्रकाशित मितिः चैत १०, २०८१
    • 322 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.