राजनीति

    Showing 621-630 of 7,632 items.
  • ओली–लेखक आयोगमा उपस्थित नभएपछि ‘पक्राउ गरी उपस्थित गराउने’ तयारी

    काठमाडौं— गत भदौ २३ र २४ गते भएको घटनाको छानबिन गरिरहेको जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री रमेश लेखकलाई बयानका लागि पटक–पटक बोलाए पनि उपस्थित नभएपछि पक्राउ गरेर उपस्थित गराउने तयारी थालेको जनाएको छ।आयोगको म्याद सकिन दुई साता मात्रै बाँकी रहेका बेला शीर्ष राजनीतिक तथा सुरक्षा निकायका अधिकारीहरूको बयान प्रक्रिया अधुरै रहेको छ। आयोगका अनुसार ओलीले आयोगलाई असंवैधानिक भन्दै बयान दिन अस्वीकार गरेपछि, प्रहरीलाई परिचालन गरी उनीलाई गुण्डुस्थित निवासबाटै पक्राउ गरी प्रक्रिया अघि बढाउने तयारी गरिएको स्रोतले बताएको छ।उता, अन्य अधिकारीहरूको बयान संकलनको काम तीव्र रू

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 417 पटक पढिएको
  • अध्यक्ष मगर भन्छन संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक

    काठमाडौं— मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरले संक्रमणकालीन न्यायलाई यथाशिघ्र निष्कर्षमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्। ७७ औं अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।दश वर्षे सशस्त्र द्वन्द्वको समयमा भएका मानव अधिकार उल्लंघनका घटनाका पीडितहरुको न्याय र परिपूरणको विषय सबैको साझा विषय भएको बताए। उनले नेपालको मानव अधिकारको कुरा गर्दा संक्रमणकालीन न्यायको विषयलाई अलग गर्न नमिल्ने बताए। उनले मानव अधिकार आयोगले मानव अधिकारको न्याय सुनिश्चितता गर्न अनुसन्धान गरी नेपाल सरकारलाई गरेको सिफारिसहरु कार्यान्वयन नहुनु चिन्ताको विषय भएक

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 435 पटक पढिएको
  • सरकारले जेनजी आन्दोलनको लक्ष्य अनुसार काम गरिरहेको छः स्वास्थ्यमन्त्री गौतम

    काठमाडौं— स्वास्थ्य तथा जनसंख्यामन्त्री डा.सुधा गौतमले सरकारले जेनजी आन्दोलनको लक्ष्यअनुसार काम गरिरहेको बताएकी छिन्। बुधवार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले सो दाबी गरेकी हुन्। मन्त्री गौतमले जेनजी आन्दोलनले मुलुकलाई सुन्दर, भ्रष्टाचारमुक्त र शासन व्यवस्थालाई सुदृढ बनाउने लक्ष्य लिएको उल्लेख गर्दै उनले त्यसको सम्मानका साथ आफूहरूले एकचित्त भएर काम गरिरहेको बताइन्।सरकारले जेनजी आन्दोलनको मर्मलाई लक्ष्य बनाएर काम गरिरहेको मन्त्री गौतमको भनाई थियो। उनले सरकारले मानसिक स्वास्थ्यमा देखिएका समस्या समाधान हुनेगरी आवश्यक बजेटको समेत व्यवस्था गर्न लागेको समेत बताइन्। मन्त्री गौतमल

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 401 पटक पढिएको
  • प्रधानमन्त्री कार्की भन्छिन उच्च शिक्षामा राजनीतिकरण अन्त्य गर्न सरकार प्रतिबद्ध छ

    धुलिखेल— प्रधानमन्त्री सुशीला कार्कीले उच्च शिक्षामा राजनीतिकरण अन्त्यगर्न सरकार प्रतिबद्ध भएको बताएकी छन् । उनले ऐन संशोधनमार्फत विश्वविद्यालयको कुलपति पदमा प्राज्ञिक व्यक्ति नियुक्त गर्ने तयारी अघि बढेको बताएकी हुन् ।धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१ औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै उनले वर्तमान संरचनाले उच्च शिक्षा क्षेत्रमा देखिएको दलीय हस्तक्षेप अन्त्य गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरिन् ।उनले भनिन,‘लगानी वृद्धिसँगै उच्च शिक्षाको गैरराजनीतिकरण अहिलेको टड्कारो आवश्यकता हो । शैक्षिक प्रशासनमा अनावश्यक दलीय हस्तक्षेपले नेपालको उच्च शिक्षा क्षेत्रलाई निरन्तर असर पारेको बुझेर हा

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 397 पटक पढिएको
  • एमाले सचिव विष्टको आग्रहः महाधिवेशन प्रतिनिधि सार्वभौम र जिम्मेवार बनेर पार्टीलाई पुनर्गठित गर्नुपर्छ

    काठमाडौं— नेकपा एमालेका सचिव गोकर्ण विष्टले महाधिवेशन प्रतिनिधिहरू सार्वभौम र जिम्मेवार भएर महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनको सन्र्दभमा अन्तर संवाद गर्दै बिष्टले पार्टी नेतृत्व, प्रतिनिधिहरूको भूमिका र महाधिवेशनले देशको पछिल्लो राजनीतिक परिस्थिति समिक्षा गर्नुपर्ने आवश्यकता रहेको बताएका हुन् ।पार्टीभित्रका प्रतिनिधिहरू स्वतन्त्र र सार्वभौम हुनुपर्नेमा जोड दिँदै विष्टले भने, ‘महाधिवेशन सफल पार्न प्रतिनिधि साथिहरूले समातेका मुद्दा, कार्यकर्ताको चाहना र जनताको अपेक्षालाई सम्बोधन गर्ने गरी पार्टीलाई पुनर्गठित र समृद्ध बनाउनु आवश्यक छ ।’उनले भदौ २३ र २४

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 387 पटक पढिएको
  • मधेश प्रदेशका मुख्यमन्त्री यादवले २७ गत्ते विश्वासको मत लिने

    जनकपुर— मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णप्रसाद यादवले मंसिर २७ गते विश्वासको मत लिने भएका छन् । यस अघि मुख्यमन्त्री यादवले आज विश्वासको मत लिने भनिए पनि उनको कार्य व्यस्तताले मिति सारिएको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।गत मंसिर १९ गते नेपाली कांग्रेसबाट मुख्यमन्त्री नियुक्त भएका यादव मंसिर २१ गतेका दिन तीन जना मन्त्री सहित पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए ।उनीसंगै जनमत पार्टीबाट अर्थमन्त्री महेश यादव, कांग्रेसबाट जंगीलाल राय र नेकपा एसबाट कनिष पटेल विना विभागीय मन्त्रीको रुपमा शपथ ग्रहण गरेका थिए । विश्वासको मतपछि मन्त्रालयको बाँडफाँडपछि अन्य मन्त्रालयको टुँगो लगाइने मुख्

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 367 पटक पढिएको
  • एमालेको महाधिवेशनमा २४६३ जना प्रनिनिधि सहभागी हुने

    काठमाडौं— नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आसन्न ११औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधिहरूको अन्तिम टुङ्गो लागेको पार्टीको महाधिवेशन प्रतिनिधि व्यवस्थापन समितिले जनाएको छ ।प्रतिनिधि व्यवस्थापन समितिको आजको बैठकले महाधिवेशनमा निर्वाचित, विशेष क्षेत्र र पदेन गरी दुई हजार १५४ प्रतिनिधि रहनेगरी टुङ्ग्याएको समितिका संयोजक काशीनाथ अधिकारीले जानकारी दिए। उनका अनुसार पार्टीको केन्द्रीय सल्लाहाकार परिषद्का ३०९ जना सदस्यको पनि महाधिवेशनमा सहभागिता रहनेछ । उक्त सङ्ख्यासहित दुई हजार ४६३ जना महाधिवेशनको हलमा रहनेछन् । समितिले प्रतिनिधिहरूको परिचयपत्र (कार्ड) छपाइको कार्य सुरु गरिसकेको जनाएको छ ।

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 382 पटक पढिएको
  • डिजिटल हिंसाले बढायो असुरक्षा, भौतिक सुरक्षा मात्र अब पर्याप्त छैनः मन्त्री खरेल

    काठमाडौं— लैङ्गिक हिंसाको स्वरूप तीव्र रूपमा परिवर्तन भइरहेको भन्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदिश खरेलले डिजिटल हिंसाका कारण अब भौतिक सुरक्षा मात्र पर्याप्त नहुने बताएका छन् ।मंगलबार लैङिक हिंसा र सञ्चार माध्यमको भूमिकाका विषयमा आयोजित कार्यक्रममा बोल्दै उनले डिजिटल माध्यमबाट हुने मनोवैज्ञानिक दबाब, धम्की, अपमानजनक टिप्पणी र चरित्रहत्या जस्ता घटनाले मानिसहरू घरमै बस्दा पनि असुरक्षित महसुस गर्न थालेको बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले भने, ‘अहिलेको लैङिक हिंसा को परिदृश्य, प्रवृति, शैली कसरी परिर्वतन हुँदै आएको छ भने तपाई आफ्नो घरमा पूर्णरुपमा सुरक्षित हुनुहुन्छ । दिनभरी थकाई मार्दै

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 341 पटक पढिएको
  • अरबिन्द्र सिंह भन्छन केपी ओलीले एमालेलाई बदनाम गराए

    काठमाडौं— नेकपा (एमाले) का केन्द्रीय सदस्य अरबिन्द्र सिंहले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई बदनाम गराएको बताएका छन् ।बुधबार एमालेको एघारौं महाधिवेशनका सन्दर्भमा काठमाडौं आयोजित अन्तर संवादमा उनले ओलीले पार्टीलाई बद्नाम गरेको बताए । केन्द्रीय सदस्य सिंहले भदौ २३ र २४ को विध्वंश केपी ओलीकै कारण भएको बताए । उनले पार्टीभित्र अहिले पनि कतिपयले केपी ओली संकटको मोचन गर्ने नेता भन्दै भ्रम बाँड्न लागि परेको बताए । ओलीकै कारण देशमा बर्बादी निम्तिएको भन्दै सिंहले संकटको कारणलाई नै समाधान जस्तो गरी प्रस्तुत गर्न खोजिनु लजास्पद रहेको टिप्पणी पनि गरे ।उनले एकनाथ ढालहरू छुट्टै पार्टी भएर पनि एमालेको सांसद

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 368 पटक पढिएको
  • काठमाडौं–४ बाट गगन थापाको नाम एकल सिफारिस

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई आगामी प्रतिनिधिसभा काठमाडौं–४ बाट पनि उम्मेदवार सिफारिस गरिएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बैठकले आउँदो फागुन २१ मा हुने निर्वाचनका लागि उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको कांग्रेसका एक नेताले जानकारी दिए ।काठमाडौं- ४ थापाकै निर्वाचन क्षेत्र हो । उनी यसअघि सोही क्षेत्रबाट निर्वाचित हुँदै आएका थिए ।थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । यसअघि थापाको नाम सर्लाही–४ र धनकुटाबाट पनि उम्मेदवार बन्न सिफारिस गरिएको थियो ।थापालाई रोल्पाबाट पनि सिफारिस गरिएको लुम्बिनी प्रदेशक

    • प्रकाशित मितिः मंसिर २४, २०८२
    • 371 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा