रामेछाप— मन्थली नगरपालिकाले आफ्नो ११औँ स्थापना दिवस मनाएको छ । नगरप्रमुख लब श्रेष्ठको अध्यक्षतामा तथा वाग्मती प्रदेश सभा उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नगरले अहिलेसम्मको उपलब्धि र आगामी योजनाको विस्तृत प्रस्तुति गरिएको थियो ।कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत देवर्षि सापकोटाले नगरपालिकाले पछिल्लो दशकमा सम्पन्न गरेका कार्य र आगामी वर्षहरूको स्पष्ट कार्ययोजना प्रस्तुत गरेकी थिइन् । उनका अनुसार पूर्वाधार निर्माण, उज्यालो सहर कार्यक्रम, विस्तृत आयोजना प्रतिवेदन तयार गरी सम्बन्धित निकायमा अगाडि बढाइएका परियोजनाहरू, सरसफाइ तथा फोहोर व्य
जनकपुर— मधेश प्रदेश सभा बैठक आज २ बजेसम्मका लागि स्थगित भएको छ ।मुख्यमन्त्री सरोज कुमार यादवले आज बैठकमा विश्वासको मत लिने कार्यसूचि रहेकोमा मुख्यमन्त्री यादव स्वयम अनुपस्थित रहेका थिए ।प्रस्तावक स्वयम अनुपस्थित भएकाले उपसभामुख बबिता कुमारी राउत इसरले आज २ बजेसम्मका लागि बैठक स्थगित भएको घोषणा गरेकी छन् ।सर्वोच्च अदालतले गत सोमबार मुख्यमन्त्री सरोज कुमार यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो । हिजो मंगलबार मुख्यमन्त्री यादवले बेलुका पत्रकार सम्मेलनमार्फत आफुले ढिलो पत्र प्राप्त गरेकोले आज बिहान विश्वासको मत लिने जानकारी गराएका थिए । ८ः३० बजे बस्ने भनिएको मधेश प्रद
काठमाडौँ । प्रतिनिधि सभा विघटनविरुद्ध नेकपा (एमाले)ले दायर गरेको रिटमा बुधवार संवैधानिक इजलासमा सुनुवाइका लागि पेसी तोकिएको छ । एमालेका नेताहरू महेश बर्तौला र सुनिता बरालले पेस गरेको रिटमाथिको सुनुवाइ प्रधानन्यायाधीश प्रकाशमान सिंह राउत, न्यायाधीशहरू सपना प्रधान मल्ल, कुमार रेग्मी, हरिप्रसाद फुयाँल र मनोजकुमार रेग्मीसहितको संवैधानिक इजलासमा पेसी तोकिएको हो । यसअघि प्रतिनिधि सभा पुनर्स्थापनाको मागदाबी लिएर १६ वटा भन्दा बढी रिट दर्ता भई प्रारम्भिक सुनुवाइ समेत अघि बढिसकेको छ ।प्रधानमन्त्री कार्कीले गरेको प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै संसद् पुनर्स्थापना गर्न माग गरिएको छ । ‘भद
काडमाडौँ। नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै प्रकारका अपाङ्गता भएका व्यक्तिमाथिको सामाजिक विभेद अन्त्य, उपचार र जीविकोपार्जनको सुनिश्चितता तथा सम्मानजनक जीवनयापनको वातावरण निर्माणका लागि सबै पक्षसँग हातेमालो गर्न अपरिहार्य भएको बताउनुभएको छ ।चौतिसौँ अन्तरराष्ट्रिय अपाङ्गता दिवसका अवसरमा देशविदेशमा रहनुभएका सम्पूर्ण अपाङ्ग समुदायप्रति सम्मान तथा शुभकामना व्यक्त गर्दै उहाँले अपाङ्ग नागरिकको अधिकार, अवसर र सम्मानलाई राष्ट्र निर्माणको केन्द्रमा राख्नु हामी सबैको साझा जिम्मेवारी भएको बताउनुभएको छ । संयोजक दाहालले समावेशी विकास, पहुँचयोग्य पूर्वाधार, उपचार, श
रौतहट— हेटौँडा बजार क्षेत्रमा सडक विस्तारको मुद्दा चर्किएका बेला स्थानीय युवाहरू सक्रिय बन्दै प्रत्यक्ष रूपमा सरकारसमक्ष आफ्नो माग राखेका छन् ।मंगलबार जेनजी मकवानपुरका प्रतिनिधिहरूले भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङलाई भेटी ज्ञापनपत्र बुझाउँदै सडक विस्तारबारे आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेका हुन् ।सडक विस्तार दीर्घकालीन विकासका लागि आवश्यक भएको स्वीकार्दै पनि पीडितहरूको गुनासो, अधिकार र विकल्पप्रति राज्य गम्भीर हुनुपर्ने माग उनीहरूले अघि सारेका छन् ।जेनजी मकवानपुरका संयोजक सुगम नेगीका अनुसार टोलीले हेटौँडामा तातेको सडक विस्तार, २५ गज सीमा विवाद, मुआब्जा, वैकल्पिक समाधान र पी
काठमाडौं— हरेक वर्ष डिसेम्बर ३ मा मनाइने अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवसको अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले देशभरका अपाङ्गता भएका व्यक्तिहरू, अभिभावक, तथा यस क्षेत्रमा सक्रिय सरकारी–गैरसरकारी संस्था र सबै सरोकारवालामध्ये शुभकामना व्यक्त गरेकी छन् ।प्रधानमन्त्री कार्कीले नेपालको संविधान, अन्तर्राष्ट्रिय सन्धि–महासन्धि तथा विद्यमान कानुनहरूले अपाङ्गता भएका व्यक्तिका आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक अधिकारलाई मजबुत रूपमा सम्बोधन गरेको बताइन् । उनले अपाङ्गता भएका व्यक्तिको अवस्थाका आधारमा सेवा–सुविधामा प्राथमिकता दिने राज्यको नीति स्पष्ट भएको उल्लेख गरिन् ।सरका
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले दिगो विकासका लक्ष्य प्राप्तिको लागि अपाङ्गता भएका व्यक्तिको अपनत्व र नेतृत्वसहितको ऐक्यबद्धतालाई प्राथमिकतामा राखी अपाङ्गता समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । अपाङ्गता भएका व्यक्तिहरूको अन्तरराष्ट्रिय दिवसका अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा उहाँले उक्त प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सन्देशमा प्रधानमन्त्रीले अपाङ्गता भएका व्यक्तिको शिक्षा, स्वास्थ्य, रोजगारी, सहभागिता, सामाजिक सुरक्षा एवं पुनः स्थापनामा सहज पहुँचका लागि सरकार क्रियाशील रहेको बताउनुभएको छ । अपाङ्गता भएका व्
काठमाडौं— राष्ट्रपति रामचन्द्र पौडेलले अपांगता भएका व्यक्तिको संवैधानिक तथा कानुनी प्रावधानहरूको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । अपांगता भएका व्यक्तिहरूको ३४औँ अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज उनले अपांगताका आधारमा गरिने सबै प्रकारका विभेदलाई निषेध गर्दै उनीहरूलाई समान तथा अर्थपूर्ण रूपमा मानवीय सहभागिता गराउने मनशाय संविधानले लिएको प्रष्ट पारेका छन् । ‘नेपालको संविधानले अपांगता भएका नागरिकलाई विविधताको पहिचानसहित मर्यादा र आत्मसम्मानपूर्वक जीवनयापन गर्न पाउने र सार्वजनिक सेवा तथा सुविधामा समान पहुँचको हक सुनिश्चित गरेको छ,’ राष्ट्रपति पौडेलले भनेका छन्, ‘सं
काठमाडौं । बागमती प्रदेशस्थित भौतिक पूर्वाधार विकास मन्त्रालयको आयोजनामा पालिका केन्द्र–बस्ती विकास आयोजना उपर अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । काठमाडौंमा सम्पन्न कार्यक्रममा बागमती प्रदेशका विभिन्न पालिकाका प्रमुख तथा अध्यक्षहरुले पालिका केन्द्र र बस्ती विकासका विषयमा धारणा राखेका थिए । बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री डा. दिनेशचन्द्र देवकोटाको उपस्तिथिमा भएको कार्यक्रममा आयोजना, बजेट व्यवस्थापन, विकासका चुनौती लगायतका विषयमा छलफल भएको थियो । मन्त्री देवकोटोले बस्ती विकासको कार्यविधि बनाउन नै चुनौती रहेको बताए । पालिकाहरुलाई मन्त्रालयको तर्फबाट कार्यविधि बनाउ
जनकपुर । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले भोली बुधबार विश्वासको मत लिने भएका छन् ।मंगलबार (आज) साँझ पत्रकार सम्मेलन गर्दै मुख्यमन्त्री यादवले भोली दिउँसो मधेश प्रदेश सभामा विश्वासको मत लिने जानकारी दिए । उनले सर्वोच्च अदालतले २४ घण्टाभीत्र विश्वासको मत लिन भने पनि आफूले पत्र ढिलो प्राप्त गरेको र पत्र प्राप्त हुने वित्तिकै विश्वासको मत लिनुभन्दा पहिला प्रदेश सभामा जानकारी गराउनुपर्ने, पत्र दर्ता गर्नुपर्ने लगायतका कागजी कामहरु गरेकोले केही ढिलो हुन गएको बताए । उनले पत्र प्राप्त भएको समयदेखि २४ घण्टा भित्र विश्वासको मत लिनुपर्ने बताए । सोही अनुसार उनले भोली विश्वासको मत लिन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.