राजनीति

    Showing 721-730 of 7,637 items.
  • मुगु एमालेमा प्रतिनिधि छनोट अपारदर्शी भन्दै कार्यकर्ता असन्तुष्ट

    मुगु— नेकपा एमालेको ११औँ महाधिवेशनका लागि जिल्लामा गरिएको प्रतिनिधि छनोट प्रक्रिया अपारदर्शी, पक्षपातपूर्ण र मापदण्ड विपरीत भएको आरोपसहित स्थानीय नेता–कार्यकर्ताहरूले विरोध जनाएका छन् ।आगामी मंसिर २७ देखि २९ गतेसम्म हुने एमालेको केन्द्रीय महाधिवेशनका लागि मुगुबाट सर्वसम्मत रूपमा प्रतिनिधि चयन प्रक्रिया टुंगो लागेको भए पनि एकै गाउँका तीन जना प्रतिनिधि छनोटमा पर्नु जालझेल र मापदण्ड विपरीत भएको भन्दै विरोध गरिएको हो ।मुगुमा खुला, महिला, युवा र दलित समावेशी समूहबाट प्रतिनिधि चयन भए पनि सो प्रक्रिया अपारदर्शी र पक्षपातपूर्ण रहेको भन्दै केही स्थानीय तथा कार्यकर्ताहरूले असन्तोष व्यक्त गरेका छन् ।मुगु

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 443 पटक पढिएको
  • आर्थिक चापबीच ग्रील तथा स्टील व्यवसायीको ‘स्पातजस्तै सुदृढ’ बन्ने घोषणा

    काठमाडौं— आर्थिक मन्दी, मूल्यबृद्धि र अवैध प्रतिष्पर्धाको चपेटामा परेका ग्रील तथा स्टील व्यवसायीहरुले व्यवसाय वर्गीकरण, अवैध मिस्त्री नियन्त्रण, दक्ष जनशक्ति उत्पादन र संगठन पुर्नगठनलाई प्राथमिक एजेण्डा बनाउँदै आगामी वर्षका ठोस कार्ययोजना सार्वजनिक गरेका छन् ।देशभरका करिब ११ हजार व्यवसायी र डेढ लाखभन्दा बढी कर्मचारी–मजदुरको प्रतिनिधित्व गर्ने ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको राजधानीमा सम्पन्न ३०औँ वार्षिक साधारणसभामा व्यवसायीलाई सुरक्षित, व्यवस्थित र प्रतिस्पर्धी बनाउने उद्देश्यले संरचनागत तथा कानुनी सुधारका एजेन्डा अघि सारिएको हो ।नीति निर्माणदेखि अवैध व्यवसाय नियन्त्रणसम्मका महत्वपूर्

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 406 पटक पढिएको
  • भयरहित वातावरणमा तोकिएकै मितीमा निर्वाचन हुन्छ स् गृहमन्त्री अर्याल

    धनगढी— गृहमन्त्री ओमप्रकाश अर्यालले भयरहित वातावरणमा तोकिएकै मितीमा निर्वाचन सम्पन्न हुने बताएका छन् ।गृह मन्त्रालयले मङ्गलबार धनगढीमा आयोजना गरेको सुदूरपश्चिम प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा बोल्दै उनले जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कैदीबन्दीहरू र लुटिएका हतियारहरूका कारण आगामी प्रतिनिधिसभा निर्वाचन बिथोलिन नदिने उद्घोष गरे।सुरक्षा चुनौतीको व्यवस्थापनमा सरकारले विशेष अभियान चलाएको र चुनावअघि नै लुटिएका हतियार र फरार कैदीबन्दीहरु नियन्त्रणमा ल्याइने बताए ।भदौ २३–२४ गतेको जेनजी आन्दोलनका क्रममा कारागारबाट फरार भएका कुल १४,५५४ कैदीबन्दी र बालबन्दीमध्ये ९,६९७ लाई फिर्ता ल्याइसकिएको छ।

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 375 पटक पढिएको
  • हेटौंडामा सडक विस्तार विवादः सटर नखोली आन्दोलनमा सहभागी हुन आग्रह

    हेटौँडा— हेटौँडामा जारी २५ मिटर सडक विस्तारको विवाद चर्किँदै जाँदा आज बजारका अधिकांश व्यवसायीहरूले व्यापारिक गतिविधि पूर्ण रूपमा बन्द गरी सडकमा प्रदर्शन गरेका छन् ।सडक सीमाङ्कनका कारण विस्थापित हुने जोखिममा परेका व्यापारी र घरधनीहरू उचित मुआब्जा बिना सडक विस्तार अघि बढाउन नपाइने मागसहित आन्दोलनमा उत्रिएका हुन् ।सडक विस्तारको १५ दिने सार्वजनिक सूचना सकिन अब चार दिन मात्र बाँकी रहेका बेला आन्दोलनलाई थप प्रभावकारी बनाउन व्यापारिक समूदाय सक्रिय देखिएको छ ।आन्दोलनकारीहरूले सटर नखोली सडकमा शान्तिपूर्ण विरोध प्रदर्शन गरे पनि केही व्यवसायी र घरधनीहरूले भने सटर खोलेर व्यापार सञ्चालन गरेको भन्दै उनीहरूल

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 386 पटक पढिएको
  • पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल

    काठमाडौं— नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पुष महिनाभित्र महाधिवेशन सम्भव भएको भन्दै यसलाई सफल बनाउन पदाधिकारीसँगै सबै उत्तिकै जिम्मेवार बन्नुपर्ने टिप्पणी गरेका छन् । पार्टी बैठकको दोश्रो दिन नै आफूले यससम्बन्धी प्रस्ताव नै दर्ता गराएको भन्दै उनले डेढ महिना यसैको विवादमा समय खेर गएको भन्दै दुःख प्रकट गरेकाछन् । आफूलाई निर्णय भएलगत्तै धेरै नेता कार्यकर्ताले फोन गरेर महाधिवेशन यति छोटो समयमा कसरी हुन्छ भनेर शंसय व्यक्त गरेको प्रसंग कोट्याउँदै उनले आफूले सम्भव देखेरै विगतमा प्रस्ताव गरेको भन्दै अहिले केही समय ढिला भए पनि युद्धस्तरमा कार्य हुने हो भने महाधिवेशन सम्भव रहेको दो

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 400 पटक पढिएको
  • रास्वपा बाजुराको प्रथम विस्तारित बैठक तथा भेला मंसिर २४ गते बस्दै

    बाजुरा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला समिति बाजुराले प्रथम विस्तारित बैठक तथा भेला बोलाएको छ ।रास्वपा जिल्ला समितिले यहीँ मंसिर २४ गते बिहान ११ बजेबाट जिल्ला सदरमुकाम मार्तडीमा बस्ने गरी प्रथम विस्तारित भेला बोलाएको हो ।रास्वपा जिल्ला समिति सभापति नवराज जैशीले पार्टी केन्द्रको सर्कुलर अनुसार जिल्लाको संगठनात्मक राजनीतिक गतिविधिलाई थप प्रभावकारी बनाउन प्रथम विस्तारित बैठक बस्न लागेको जानकारी दिए । बैठकमा जिल्ला समिति हेरफेर तथा रिक्त पदपूर्ति गर्ने, जिल्ला स्तरीय विभाग र आयोग गठन, पालिका–वडा समिति गठन तथा अधिवेशन गर्ने, आगामी प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपाति

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 357 पटक पढिएको
  • मुख्यमन्त्री यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले २४ घण्टाभित्र विश्वासको मत लिनु पर्ने भएको छ । सोमबार बेलुका सर्वोच्च अदालतले मुख्यमन्त्री यादवलाई २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको छ ।न्यायाधीशद्वय हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेको हिजोको इजलासले २४ घण्टाभित्र विश्वासको मत लिन लगाउन मुख्यमन्त्री यादवको नाममा परमादेश जारी गरेको हो ।‘मुख्यमन्त्री नियुक्तिको विषय विलम्ब नगरी यथाशीघ्र टुङ्गो लगाउन वाञ्छनीय देखिएकाले प्रस्तुत आदेश प्राप्त भएको मितिले २४ घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवलाई नेपालको संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव मधेश

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 368 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— राष्ट्रिय सभा अन्तरगत आज विधायन व्यवस्थापन समितिको बैठक बस्ने तय भएको छ । मंगलबार समितिको १४१ औँ बैठक बिहान ११ः३० बजे समितिको बैठक कक्षमा बस्न लागिएको हो । आजको बैठकमा चलचित्र विधेयक, २०८१ मा सरोकारवालासँग छलफल गर्ने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः मंसिर १६, २०८२
    • 352 पटक पढिएको
  • कोशी प्रदेश सरकार जनभावनाअनुसार काम गर्न प्रतिबद्ध : मुख्यमन्त्री कार्की

    विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले जनताको अपेक्षा र आवश्यकता अनुरूप काम गर्न प्रदेश सरकार दृढताका साथ लागेको बताएका छन् । सोमबार उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सुन्दरपुरमा नवनिर्मित ब्याडमिन्टन कवर्डहल उद्घाटन समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री कार्कीले सीमित स्रोत–साधनका बाबजुद जनचाहनालाई प्राथमिकतामा राखेर अघि बढ्ने प्रतिबद्धता दोहोरयाए ।मुख्यमन्त्री कार्कीका अनुसार प्रदेश र स्थानीय तहमा जनताका असंख्य आवश्यकता पूरा गर्ने दबाब छ, तर बजेट अभावका कारण धेरै योजना अघि बढ्न नसकेको चुनौती छ । ‘थोरै बजेटमा धेरै काम गर्ने बाध्यताले कतिपय योजना अलपत्र परे। अब त्यसमा सु

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 140 पटक पढिएको
  • विराटनगरमा नेकपाको ‘पार्टी एकता सन्देश सभा’ : शीर्ष नेताहरूले के–के बोले ?

    विराटनगर । नेपाली कम्युनिष्ट पार्टीले कोशी प्रदेशको राजधानी विराटनगरमा सोमबार भव्य ‘पार्टी एकता सन्देश सभा’ आयोजना गर्यो ।सभामा पार्टी संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित शीर्ष नेताहरूले एकता, स्वाधीनता र समसामयिक राजनीतिक मुद्दामा आफ्ना धारणा राखे ।संयोजक ‘प्रचण्ड’ले मुलुक गम्भीर सङ्कटको अवस्थामा रहेको उल्लेख गर्दै नेपाली जनताको आत्मसम्मान र स्वाधीनताको रक्षा वामपन्थी एकताको मुख्य आधार भएको बताए । उनले सम्राज्यवादविरुद्ध लड्न नेपाल सेना वा प्रहरी मात्र पर्याप्त नहुने भन्दै ‘सबै नेपाली फौजी जस्तै उभिनुपर्छ’ भन्ने अभिव्यक्ति दिए । जेनजी आन्दोलनले दलहरूलाई सचेत बनाएको उल्लेख गर्दै उनले पार्

    • प्रकाशित मितिः मंसिर १५, २०८२
    • 137 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा