काठमाडौं। प्रतिनिधिसभाको बैठक फेरि तनावपूर्ण बनेको छ। सभामुख डोलप्रसाद अर्याल ले बैठक सुरु गर्नेबित्तिकै विपक्षी दलका सांसदहरू आ–आफ्नो स्थानबाट उठेर विरोधमा उत्रिएका छन्।नेपाली कांग्रेस, नेपाल कम्युनिस्ट पार्टी (एमाले), नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी का सांसदहरूले संयुक्त रूपमा विरोध जनाएका हुन्।विरोधबीच सभामुखले कांग्रेस सांसद हरिनादेवी कामी लाई आफ्नो धारणा राख्न समय दिएका छन्।विपक्षीको विरोधसँगै प्रतिनिधिसभाको बैठक फेरि राजनीतिक तनावको केन्द्र बनेको छ।
काठमाडौं। संसदमा चार महत्त्वपूर्ण विधेयक अघि बढेका छन्। राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले प्रतिनिधिसभाबाट पारित भएर आएका चारवटै विधेयकमाथि दफाबार छलफल गरिरहेको छ।समितिमा सांसदहरूले दर्ता गराएका संशोधन प्रस्तावमाथि सम्बन्धित मन्त्रीहरूको उपस्थितिमा छलफल भइरहेको छ। छलफलपछि समितिले आजै आफ्नो प्रतिवेदन राष्ट्रियसभामा पेश गर्ने तयारी गरेको छ।छलफलमा रहेका विधेयकहरूमा सार्वजनिक खरिद, सम्पत्ति शुद्धीकरण ९मनी लाउन्डरिङ०, सहकारी संशोधन तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी ऐन संशोधन समावेश छन्।यी विधेयक संसदबाट पारित भए सार्वजनिक खरिद, सहकारी नियमन, मनी लाउन्डरिङ नियन्त्रण र स्वास्थ्य क्षेत्रक
काठमाडौं । सरकारी कर्मचारीको कार्यशैली थप अनुशासित र उत्तरदायी बनाउन सरकारले नयाँ आचारसंहिता लागू गरेको छ। अब कार्यालय समयमा बाहिर निस्कँदा अनुमति मात्र होइन, लगबुकमा विवरण पनि अनिवार्य रूपमा उल्लेख गर्नुपर्ने भएको छ।भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले कर्मचारीका लागि नयाँ आचारसंहिता लागू गरेका छन्। यसमा कार्यालय समयको कडाइदेखि सामाजिक सञ्जालको प्रयोगसम्म स्पष्ट नियम तय गरिएको छ।अब कार्यालय समयमा बाहिर जानुअघि सम्बन्धित अधिकारीको अनुमति लिनुपर्नेछ भने कहिले, किन र कति समयका लागि बाहिर गएको हो भन्ने विवरण लगबुकमा अनिवार्य रूपमा लेख्नुप
काठमाडौं। वर्षौंदेखि विवादमा रहेको बाल मन्दिर जग्गा प्रकरणमा अनुसन्धानले नयाँ मोड लिएको छ। प्रहरीले यस प्रकरणमा तीन जनालाई पक्राउ गरेको छ।नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बाल मन्दिरको जग्गा भाडा सम्झौतासम्बन्धी विवादमा तीन जनालाई नियन्त्रणमा लिएको हो।सीआईबीका एसएसपी अनुपमशम्शेर जबराका अनुसार पक्राउ परेका व्यक्तिमाथि थप अनुसन्धान भइरहेको छ। यद्यपि, अनुसन्धान प्रभावित हुन सक्ने भन्दै उनीहरूको परिचय भने हालसम्म सार्वजनिक गरिएको छैन।बाल मन्दिरको बहुमूल्य सरकारी जग्गा लामो समयदेखि न्यून भाडादर, अनियमितता र दुरुपयोगको आरोपका कारण विवादमा रहँदै आएको थियो। पछिल्लो पक्राउसँगै अनुसन
एजेन्सी। मध्यपूर्वमा फेरि युद्धको खतरा बढेको छ। अमेरिकाले इरानका रणनीतिक क्षेत्रमा हवाई आक्रमण गरेपछि दुवै देशबीचको तनाव नयाँ चरणमा पुगेको छ। अमेरिकाले होर्मुज जलडमरू आसपासका इरानी सैन्य लक्ष्यमा हवाई प्रहार गरेको दाबी गरेको छ। वासिङ्टनका अनुसार यो कारबाही इरानले व्यापारिक जहाजमाथि गरेको आक्रमणको जवाफ हो।अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले अब इरानसँग थप वार्ता गर्नु समयको बर्बादी भएको टिप्पणी गर्दै आवश्यक परे अझ कडा सैन्य कारबाही गर्ने चेतावनी दिएका छन्। यता इरानका विदेशमन्त्री अब्बास अराघची ले अमेरिकाको आक्रमणको जवाफ निर्भीकता र साहसका साथू फर्काइने बताएका छन्। उनले प्रतिक्रिया शब्दले होइन,
काठमाडौं । नेपालको परराष्ट्र नीतिलाई लिएर नयाँ राजनीतिक बहस सुरु भएको छ। पूर्वपरराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ ले दलाई लामासम्बन्धी पछिल्ला गतिविधिप्रति गम्भीर प्रश्न उठाएका छन्।श्रेष्ठका अनुसार नेपालमा पहिलोपटक सरकारी अनुमतिमा दलाई लामाको जन्मोत्सव मनाइनु, विदेशी कूटनीतिज्ञहरूको सहभागिता र दलाई लामाको उत्तराधिकारी नेपालबाट घोषणा हुन सक्ने चर्चा सामान्य विषय होइन। उनका अनुसार यी घटनाले नेपालको स्वतन्त्र तथा असंलग्न परराष्ट्र नीति कमजोर हुँदै गएको आशंका बलियो बनाएको छ।उनले सरकारले कुनै पनि शक्ति राष्ट्रको रणनीतिक स्वार्थतर्फ नझुकी राष्ट्रिय सार्वभौमिकता र स्वाधीनतालाई केन्द्रमा राख्नुपर्ने च
काठमाडौं। संविधान संशोधनको बहस फेरि राजनीतिक केन्द्रमा पुगेको छ। नेपाली कांग्रेसले आज संशोधनबारे आफ्नो आधिकारिक दृष्टिकोण सार्वजनिक गर्दै आगामी राजनीतिक बहसको दिशा तय गर्ने तयारी गरेको छ।नेपाली कांग्रेसले संविधान संशोधनका एजेन्डालाई संस्थागत रूपमा अघि बढाउने उद्देश्यसहित आफ्नो औपचारिक धारणा सार्वजनिक गर्न लागेको हो। पार्टीका सभापति गगनकुमार थापा ले आज दिउँसो ललितपुरस्थित केन्द्रीय कार्यालयबाट कांग्रेसको संविधान संशोधनसम्बन्धी दृष्टिकोण सार्वजनिक गर्ने कार्यक्रम तय भएको छ।यसअघि कांग्रेसले उपसभापति पुष्पा भुसाल को संयोजकत्वमा वरिष्ठ कानुनविद् र अधिवक्ताहरू सम्मिलित विज्ञ समिति गठन गरेको थि
काठमाडौं। २०१३ सालदेखि लागू हुँदै आएका पुराना आर्थिक कानुन अब इतिहास बन्ने तयारीमा छन्। अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले एकैपटक आधा दर्जनभन्दा बढी आर्थिक ऐन संशोधन र खारेज गर्ने विधेयक संसदमा दर्ता गरेका छन्। प्रतिनिधिसभामा दर्ता भएको ‘अर्थ सम्बन्धी केही नेपाल कानुनलाई संशोधन तथा खारेज गर्न बनेको विधेयक’ मार्फत सरकारले संघीय शासन व्यवस्थासँग नमिल्ने र समयअनुकूल नरहेका कानुनी व्यवस्था हटाउने तयारी गरेको हो।विधेयकले प्रादेशिक विकास योजनासम्बन्धी ऐन २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४, आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट ऐन २०५२ लगायतका पुराना कानुन खारेज गर्ने प्रस्ताव गरेको छ।
काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बिहीबार अपराह्न १२ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधि सभाबाट सन्देश सहित प्राप्त देहायका विधेयकसँग सम्बन्धित समितिको प्रतिवेदनहरू सभा समक्ष पेस गर्ने कार्यसूची रहेको छ । सभापति रोकायले सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक, (२०८३), सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ्ग) निवारण (तेस्रो संशोधन) विधेयक, (२०८३), ग. सहकारी (पहिलो संशोधन) विधेयक, (२०८३) र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, (२०८३) पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं / नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेपालको पछिल्लो राजनीतिक परिवर्तन आर्थिक सामाजिक असन्तोषको परिणाम भएको बताएका छन् । उनले नयाँ शक्तिको उदय जनताको सुशासन, रोजगारी र भ्रष्टाचार नियन्त्रणप्रतिको अपेक्षासँग जोडिएको भए पनि लोकप्रियतावाद, अवसरवाद र अराजकतावादको आधारमा बनेका शक्तिहरू दीर्घकाल टिक्न नसक्ने दाबी गरेका छन् । सामाजिक सञ्जालमार्फत वर्तमान राजनीतिक अवस्थाबारे धारणा सार्वजनिक गर्दै पोखरेलले पछिल्ला वर्षहरूमा पूर्वाधार विकास, सामाजिक सुरक्षा र वैदेशिक रोजगारीका कारण नागरिकको जीवनस्तरमा सुधार आए पनि सोही अनुपातमा आर्थिक वृद्धि र वैधानिक आम्दानी बढ्न नसक्दा असन्तोष बढेको बता
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.