राजनीति

    Showing 7,291-7,300 of 9,647 items.
  • धरानको मेयरमा २२ जनाको उम्मेदवारी (सूचीसहित)

    धरान / सुनसरीको धरान उपमहानगरपालिकाको मेयर पदका लागि २२ जनाको उम्मेदवारी परेको छ ।सोमबार सकिएको मनोनयन दर्ता अवधिमा मेयरका लागि नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी लगायत १४ राजनीतिक दल एवं ८ स्वतन्त्र गरी २२ जनाले उम्मेदवारी दिएका हुन् ।धरान उपमहानगरपालिकाको मेयर पदमा नेकपा (एमाले)बाट मञ्जु भण्डारी (सुवेदी), नेपाली कांग्रेसबाट किशोर राई, नेकपा (एकृकीत समाजवादी) बाट रेवतीरमण राई, जसपाबाट ताजुबकुमार लिम्बु, मौलिक जरोकिलोबाट रेणुका विक, मङ्गोल नेशनल अर्गनाइजेसनबाट दिर्पाकुमारी राई, राष्ट्रिय जनमुक्तिबाट राजेशकुमार राई, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट अम्

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 168 पटक पढिएको
  • एक करोड ९४ लाख मतपत्र छाप्दै आयोग

    बिर्तामोड / निर्वाचन आयोगले स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम धमाधम भइरहेको जनाएको छ । सोमबार सम्म एक करोड ५४ लाख ८३ हजार गरि ६३ जिल्लालाई पुग्ने गरि मतपत्र छपाएको आयोगले जनाएको छ ।हालसम्म ८० प्रतिशत मतपत्र छपाइको काम सकिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । वैशाख ३० मा हुने स्थानीय चुनावका लागि आयोगले एक करोड ९४ लाख मतपत्र लाग्ने अनुमान गरेको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 100 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : २० हजार बढी पर्यवेक्षक खटिने

    काठमाडौँ / वैशाख ३० मा हुन लागेको चुनावका लागि २० हजार भन्दा बढी पर्यवेक्षक खटिने भएका छन् । पर्यवेक्षकका लागि अनुमति लिएका ६८ वटा संस्थाबाट २० हजार बढी पर्यवेक्षक चुनावमा खटिने भएका हुन् ।६८ संस्थाबाट पर्यवेक्षकका लागि २० हजारभन्दा बढीको प्रस्ताव आएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताएका छन् । सो प्रस्तावमाथि चेकजाँच गरेर आयोगले पर्यवेक्षक हुनका लागि परिचय पत्र पनि जारी गर्ने भएको छ । आयोगले कुन पर्यवेक्षक कुन मतदानस्थलको पर्यवेक्षणका लागि जाने हो भन्नेसमेत सार्वजनिक गर्ने भएको छ । पर्यवेक्षकहरूलाई यही वैशाख १४ मा आयोगले अभिमुखीकरण पनि दिने भएको छ ।

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 105 पटक पढिएको
  • स्थानीय तह निर्वाचन : उम्मेदवारी दर्ता सङ्ख्यामा एमाले सबै दलभन्दा अगाडि

    झापा / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले प्रमुख, अध्यक्ष, उपप्रमुख, उपाध्यक्ष तथा वडा अध्यक्ष पदमा सबैभन्दा बढी उम्मेदवारी दिएको छ । निर्वाचन आयोगको उम्मेदवारी लगत विवरणअनुसार अन्य दलभन्दा एमालेबाट उम्मेदवारी दर्ताको संख्या बढी देखिएको हो । निर्वाचन आयोगको लगतअनुसार प्रमुख पदमा एमालेबाट दुई सय ८१ जनाको उम्मेदवारी परेको छ भने अध्यक्ष पदमा चार सय ४३ जनाको उम्मेदवारी दर्ता भएको छ । त्यस्तै उपप्रमुख पदमा दुई सय ७६ र उपाध्यक्षमा तीन सय ५७ जनाको उम्मेदवारी परेको छ । एमालेबाट वडा अध्यक्ष पदमा ६ हजार २३४ जनाको उम्मेदवारी दर्ता भएको आयोगको तथ्याङ्कमा उल्लेख छ । सत्तारुढ

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 97 पटक पढिएको
  • अपडेट : प्रदेश १ मा २२ हजार एक सय ९४ जनाको मनोनयन दर्ता

    झापा / निर्वाचन आसन्न स्थानीय तह निर्वाचनका लागि प्रदेश १ बाट २२ हजार एक सय ९४ जनाले मनोनयन दर्ता गराएका छन् । निर्वाचन आयोगले आज (मंगलबार) बिहान १२ः०० बजे सार्वजनिक गरेको तथ्याङ्कअनुसार प्रदेश १ का स्थानीय तहबाट २२ हजार एक सय ९४ जनाले मनोनयन दर्ता गराएका हुन् ।  त्यस्तै मधेसमा ३६ हजार २७५ जना, बागमतीमा २३ हजार ६५४, गण्डकीमा १२ हजार ३१४, लुम्बिनी २२ हजार ४२१, कर्णालीमा १२ हजार ८४८ र सुदूरपश्चिम प्रदेशमा ११ हजार ७६२ जनाले उम्मेदवारी दिएका आयोगले जनाएको छ । नगरपालिकाको प्रमुखमा तीन हजार ३१८ र उपप्रमुखमा दुई हजार ३६ को मनोनयन दर्ता भएको छ भने गाउँपालिका अध्यक्षमा तीन हजार ३०६, उपाध

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 131 पटक पढिएको
  • भरतपुर महानगरको प्रमुखमा ३० जना र उपप्रमुखमा १३ जनाको उम्मेदवारी दर्ता

    झापा / आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि भरतपुर महानगरपालिकाको प्रमुखमा ३० जना र उपप्रमुखमा १३ जनाको उम्मेदवारी दर्ता भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार १६ राजनीतिक दल र १४ स्वतन्त्र उम्मेदवारले उम्मेदवारी दर्ता गराएका हुन् ।कार्यालयका सूचना अधिकारी पुरुषोत्तम पौडेलका अनुसार प्रमुखमा नेकपा एमालेका विजय सुवेदी, नेकपा माओवादी केन्द्र की रेनु दाहाल, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट गणेश गिरी, विवेकशील साझा पार्टीबाट प्रवीण काफ्ले, राष्ट्रिय जनमोर्चाबाट भक्तिराम गौतम शर्मा, नेपाल मजदुर किसान पार्टीबाट हरिप्रसाद दुलाल, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी लेलि

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 102 पटक पढिएको
  • उम्मेदवारविरुद्ध दाबी-विरोधको उजुरी दिइदै

    बिर्तामोड / स्थानीय सरकारको चुनावका लागि मनोनयन दर्ता सम्पन्न भएसँगै आयोगले आज मंगलबार दाबी विरोधको समय निर्धारण गरेको छ । आयोगका अनुसार उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित भएपछि उम्मेदवारविरुद्ध दाबी विरोध र उजुरी दिने समय सुरु हुने भएको हो । आइतबार र सोमबार ७५३ वटै स्थानीय तहमा मनोनयन दर्ता सम्पन्न भएपनि राति अबेरसम्म मनोनयन दर्ता गर्नुपरेका कारण आयोगले उम्मेदवारहरूको नामावलीको सूची प्रकाशित गरेको छैन् ।आयोगका अनुसार कुनै पनि उम्मेदवार अयोग्य भएको लागेमा जो कोही मतदाताले निर्वाचन अधिकृतको कार्यालयमा पुगेर उजुरी दिन सक्नेछन् ।स्थानीय तह निर्वाचन ऐन २०७३ को परिच्छेद ४ मा निर्धारित

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 125 पटक पढिएको
  • कांग्रेसका नेता घिमिरेले राजनीतिबाट सन्न्यास लिँदै

    झापा / कांग्रेसका सक्रिय नेता गुरुराज घिमिरेले बैशाख ३० मा हुने स्थानीय तहको निर्वाचन लगत्तै राजनीतिबाट सन्न्यास लिने तयारी गरेका छन् ।उनले ट्विटरमा लेखेका छन् सक्रिय राजनीतिबाट बिदा लिउकी भन्ने लागेको छ, स्थानीय चुनावलगत्तै निर्णय लिन्छु । स्थानीय तहमा  देशभरी उम्मेदवार बन्नु भएका साथीहरूलाई विजयको शुभकामना छ ।  

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 125 पटक पढिएको
  • स्थानीय तहको निर्वाचन : प्रदेश १ मा मात्रै २१ हजार ८७९ को मनोनयन दर्ता

    काठमाडौं / निर्वाचन आयोगले स्थानीय सरकारको निर्वाचनका लागि मनोनयन दर्ता गर्नेको संख्या सार्वजनिक गरेको छ । आयोगले मंगलबार बिहान साढे ७ बजेसम्मको तथ्याङ्कअनुसार एक लाख ३७ हजार ४३ जनाले मनोनयन दर्ता गरेको भन्दै संख्या सार्वजनिक गरेको हो । आयोगले ती पदहरूमा  प्रदेश १ मा २१ हजार ८७९ जनाले , सर्वाधिक मधेस प्रदेशमा ३४ हजार ७४७ जनाले , बाग्मती प्रदेशमा २३ हजार ९६ जनाले र लुम्बिनी प्रदेशमा २१ हजार ७५९ जनाले मनोनयन दर्ता गराएका छन् । त्यस्तै , कर्णाली प्रदेशमा १२ हजार ३१८ जना, गण्डकी प्रदेशमा १२ हजार १४६ जना र सुदूरपश्चिम प्रदेशमा ११ हजार ९८ जनाले मनोनयन दर्ता गराएको आयोगले जनाएको छ

    • प्रकाशित मितिः वैशाख १३, २०७९
    • 100 पटक पढिएको
  • सिन्धुपाल्चोकमा माओवादीका दुई पक्षबीच झडप

    सिन्धुपाल्चोक /  सिन्धुपाल्चोकको चौतारा नगरपालिकामा नेकपा (माओवादी केन्द्र) र स्वतन्त्र पक्षका उम्मेदवारबीच झडप भएको छ । माओवादी केन्द्रबाट नगरपालिकाका मेयरका लागि टिकट पाउने र नपाउने पक्षबीच झडप भएको हो । झडप हुँदा चौतारा साँगाचोकगढी नगरपालिका कार्यालय तोडफोड समेत भएको छ ।स्थिति नियन्त्रणमा लिन नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई परिचालन गरिएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले जानकारी दिए । प्रहरीले अश्रुग्याँस समेत  प्रहार गरेको थियो ।झडपमा परी केही नेता तथा कार्यकर्ताहरू घाइते भएका छन् । नगरपालिकामा माओवादी केन्द्रबाट कृष्णप्रसाद सापकोटाले टिकट पाएका थिए । २०७४ मा माओवादी

    • प्रकाशित मितिः वैशाख १२, २०७९
    • 250 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.