काठमाडौँ / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दामा वरिष्ठ अधिवक्ता शम्भु थापाले नेपाली काग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि बाटो खोल्नुपर्ने तर्क गरेका छन् । प्रधानन्यायीश चोलेन्द्रशम्शेर जबरा तथा न्यायाधीश दीपककुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको संवैधानिक इजलामा आज वरिष्ठ अधिवक्ता थापाले अन्तरिम आदेशमार्फत देउवालाई प्रधानमन्त्रीका लागि बाटो खोल्नुपर्ने तर्क राखे ।रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ता थापाले नेपालको संविधानको धारा ७६ (४) बमोजिम विश्वासको मत नलिएपछि प्रधानमन्त्रीबाट केपी शर्मा ओली स्वतः पदमुक्त भएकोसमेत
काठमाडौं / सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दाको बहस सुरु भएको छ । प्रधानन्यायाधीश राणाले आज यसअघि सरकारी वकिलबाट प्रश्न उठाइएका कार्की र भट्टराईलाई नै निरन्तरता दिएसँगै विषय केन्द्रीत बहस सुरु भएको हो ।प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा, न्यायाधीशहरु दीपक कुमार कार्की, मीरा खड्का, ईश्वरप्रसाद खतिवडा र आनन्दमोहन भट्टराई सम्मिलित इजलासमा विषय केन्द्रीत बहस सुरु भएको छ। अहिले काँग्रेस सभापति शेरबहादुर देउवा लगायतको रिटमाथि बहस सुरु भएको छ । जसमा वरिष्ठ अधिवक्ता महादेव यादवले बहस थालेका छन् ।बहसअघि न्यायाधीश ईश्वर खतिवडाले अब इजलास गठनबारे कुनै पनि कुरा
बिर्तामोड / सुदूरपश्चिम प्रदेशसभामा आज भएको मतदानमा मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत प्राप्त गरेका छन् । मंगलबार भएको मतदानमा भट्टको पक्षमा ३० सांसदले मत दिएका छन् ।५२ सदस्यीय प्रदेशसभामा नेकपा माओवादी केन्द्रका १३ जना र नेकपा एमालेको माधवकुमार नेपाल समूहका १७ जना गरी ३० जनाले मुख्यमन्त्री भट्टलाई मत दिए भने कांग्रेसका १२ , एमालेको ओली समूहका ७ र जनता समाजवादी पार्टीको ठाकुर–महतो पक्षका २ जनाले मुख्यमन्त्रीको विपक्षमा मतदान गरे ।एमालेको ओली समूहको सुदूरपश्चिम प्रदेश कमिटीले मुख्यमन्त्रीको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेपनि संसदिय दलले भने पक्षमा मतदान गर्ने नि
दमक / प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा निर्माण हुने मदन भण्डारी रंगशालाको टेण्डर प्रक्रिया अनियमितता भएको पाईएको छ ।करिब चार अर्ब रुपैंया खर्च गरी बनाउन लागिएको रंगशालाका लागि राष्ट्रिय खेलकुद परिषद्ले गत १६ बैशाखमा बोलपत्र आह्वान गरेको थियो । बोलपत्रमा ग्लोवल टेन्डरका लागि ४५ दिनको समय दिनुपर्नेमा ३० दिनमात्र दिइएको छ ।सार्वजनिक खरिद नियमावलीका प्रावधान समेत मिचेर ग्लोवल टेन्डर गरिएपछि आर्थिक अनियमितता भएको भन्दै अख्तियार दुरुपयोग अनुशन्धान आयोग र सार्वजनिक खरिद अनुगमन कार्यालयमा उजुरी परेको छ । प्रि–बिड बैठकमा दिएका सुझावहरु कार्यान्वायन नगरिएको र कुनै कम्पनीलाई
काठमाडौं / आशंका र अनुमानका भरमा कोरोनाको तेस्रो लहर सुरु हुने र त्यसले बालवालिकालाई प्रभावित पार्ने भनेर संसारभर चलिरहेको बहसलाई नेपाल सरकारले स्विकार गरेको छ । सरकारले तेस्रो लहरबाट बालवालिकालाई जोगाउन तयारी थालिएको समेत जानकारी गराएको छ ।स्वास्थ्य मन्त्री शेर बहादुर तामाङले सोमबार भर्चुअल पत्रकार सम्मेलन गरी कोरोनाको तेस्रो लहर सुरु हुने र तेस्रो लहरमा बालबालिका प्रभावित हुने भएकाले सरकारले सातै प्रदेशमा बालबालिकाको उपचार गर्न छुट्टै स्थानमा अस्पताल र आईसीयू निर्माण गर्न तयारी थालेको बताएका छन् । उनले कोरोनाको तेस्रो लहर आउनु अघि नै सरकारले आवश्यक स्वास्थ्य सामाग्री जुटाउन पहल थालेको समेत ज
बिर्तामोड / राजनितिक दल विभाजनको आगो साना दलमा पनि सल्कन थालेको छ । राजनितिक दलको विभाजनको लहर चलिरहेका बेला हिन्दु राष्ट्र र राजसंस्थाको स्थापनाका लागि एकीकृत बनेको राप्रपा पनि फुटको दिशामा हिनेको संकेत देखिन थालेका छन् ।नेकपा एमाले र माओवादी केन्द्र बिचको एकतापछि सुरु भएको पार्टी एकताको लहर नेकपा बिभाजन सँगै सकिएको छ । नेकपामा आएको बिभाजन सँगै पार्टी एकता गरेर ठुलो दल बन्ने कोशिसमा रहेको जनता समाजवादी पार्टीमा एक साता अघि मात्रै विभाजन भएको छ । जनता समाजवादी पार्टीको राजेन्द्र महतो र महन्त ठाकुर समुह एमालेको ओली पक्षमा उभिदैं सरकारमा सहभागि भएको छ ।संसद विघटन पछि राजनितिक रुपमा मुलुक नै ध्रु
काठमाडौं / पुर्व प्रधानमन्त्री एवं जनता समाजवादी पार्टी अध्यक्ष बाबुराम भट्टराईले मुलुक गम्भीर दुर्घटनामा पर्ने र त्यसको सुचना आफुले पाएको दावी गरेका छन् । काठमाण्डौंबाट संचालित एक टेलिभिजनसँगको कुराकानीका क्रममा नेता भट्टराईले त्यस्तो दावी गरेका हुन् ।जनआन्दोलन र दरवार हत्याकाण्डको समयमा पुर्व प्रधानमन्त्री स्व. गिरिजा प्रसाद कोईरालाले पनि ठुलो ग्राण्ड डिजाईन भईरहेको बताएका थिए । उनले सो समयमा गरेको दावीका विषयमा आमजनतालाई भने कहिल्यै जानकारी गराएनन् । स्व. कोईरालाले सो समयमा गरेको दावी रहस्य कै गर्भमा रहेको वेला मुलुकको प्रधानमन्त्री भईसकेका प्रभावशाली नेता भट्टराईको कोइरालाको दावी सँग मिल्द
काठमाडौं / प्रधानसेनापति पूर्णचन्द्र थापाले आफ्नो कार्यकाल सकिन लागेको बताउँदै आफु नेतृत्व हस्तान्तरणका लागि तयार रहेको बताएका छन् ।राजनितिक खिचातानीका कारण सेना अघि बढ्छ की भनेर आशंका भइरहेको समयमा उनको यस्तो भनाई आएको हो । थापाले नेपाली सेना संवैधानिक दायित्व र आवश्यकताका आधारमा काम गर्न प्रतिवद्ध रहेको समेत बताएका छन् । आफ्नो कार्यकाल सकिन लागेको अवसर पारेर सैन्य मुख्यालयमा बोलाइएका संचारकर्मीसंगको कुराकानीका क्रममा उनले नेतृत्व हस्तान्तरणको परम्परालाई विशेष बनाउने समेत बताएका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले थापाको कार्यकाल केही समय थप्ने अड्कल काटिएका बेला उनले नेतृत्व हस्तान्तरणक
मोरङ / नेकपा माओवादी केन्द्रले प्रदेश १ सरकारलार्ई दिएको समर्थन फिर्ता लिएको छ ।प्रदेशसभा सचिवालयका सचिव गोपालप्रसाद पराजुलीका अनुसार प्रदेश १ सभाको संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले सरकारको समर्थन फिर्ता लिएको पत्र दर्ता गराएका छन् ।पत्रमा मुख्यमन्त्री शेरधन राई संसद् र संसदीय मूल्य मान्यताप्रति अनुत्तरदायी भएको, सरकार सञ्चालनमा पूर्णरुपमा असफल, कोभिड नियन्त्रण, रोकथाम र उपचारका साथै सुशासन कायम गर्न नसकेकोले समर्थन दिइरहन अनुपयुक्त भएकोले मुख्यमन्त्री र प्रदेश १ सरकारलाई दिएको समर्थन फिर्ता लिएको उल्लेख गरिएको छ ।
विराटनगर / नेपाली कांग्रेसका प्रभावशाली नेता डा. शेखर कोइरालाले प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन नगराई कम्वोडियाको मोडेलमा मुलुकलाई लान उध्यत रहेको वताएका छन् । कोईराला निवाशमा उपस्थित संचारकर्मीसँग कुराकानी गर्दै उनले ओलीले विगतमा कम्वोडियाको भ्रमण समेत गरेको प्रसंग कोट्याउँदै मुलुकलाई कम्वोडियाको मोडलमा लाने कोशीसमा प्रधानमन्त्री लागेको वताएका हुन् । नेता कोईरालाले ओलीले सत्ता कब्जाको अभ्यास गरिरहेको अनि सत्ता टिकाउन कम्बोडियन मोडलमा जान खोजेको दावी समेत गरेका छन् । उनले भने – ‘कतिपटक त कम्बोडिया नै गएजस्तो लागेको छ , कि विपक्षीलाई सखाप बनाएर जाने बंगलादेशी मोडलमा जान खो
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.