विराटनगर / जनता समाजवादी पार्टी (जसपा) छाडेका नेता उमेश यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका छन्। आइतबार मोरङका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा यादवले विराटनगर महानगरपालिकाको मेयरमा स्वतन्त्रबाट उम्मेदवारी दिएका हुन्। यादव २०७४ सालको स्थानीय तहको निर्वाचनमा जसपाबाट विराटनगरको मेयरका उम्मेदवार थिए। उनले अघिल्लो निर्वाचनमा तेस्रो स्थान हासिल गरेका थिए। जसपाबाट विराटनगरको मेयरमा उम्मेदवारी दिने आकांक्षा राख्दै आए पनि ५ दलीय गठबन्धनबीच चुनावी तालमेल हुँदा विराटनगरमा जसपाको भागमा उपमेयर मात्रै परेको छ।यादवको नाम जसपाको तर्फबाट पनि विराटनगरको उ
बिर्तामोड / माओवादी केन्द्र झापाले पार्टीको हित विपरित कार्य गरेको भन्दै तीन जना नेतालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको छ । माओवादी केन्द्र झापाले बिर्तामोड नगर कमिटीका सदस्य जानुका थापा मगर, शिवकुमार कन्दङ्वा र मालती विकलाई कारवाही गरेको हो । बिर्तामोड नगर कमिटीले थापा, कन्दङ्वा र विकले पार्टीको हित विपरित गतिविधि गरेको भन्दै जिल्लालाई कारवाहीका लागि सिफारिस गरेको थियो । नगरको सिफारिस पछि उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको पार्टीको झापा संयोजक राजु आचार्य (अग्नि)ले जानकारी दिए ।
बिर्तामोड / आगामी ३० वैशाखमा हुने स्थानीय तहको निर्वाचनमा मेयर बन्न नेकपा (एमाले) का दुई सांसदले प्रदेशसभा सदस्यबाट राजीनामा दिएका छन् ।इलामका प्रदेशसभा सदस्य काजिमान कागते र झापाका गोपालचन्द्र बुढाथोकीले पदबाट राजीनामा दिएका हुन् । एमालेले इलामको सूर्योदय नगरपालिकाको मेयरमा कागते र झापाको मेचीनगर नगरपालिकाको मेयरलाई बुढाथोकीलाई उठाउने तयारी गरेपछि उनीहरूले राजीनामा दिएका हुन् । कागत इलाम क्षेत्र नम्बर १ (ख) र बुढाथोकी झापा १ (ख) बाट प्रदेशसभामा निर्वाचित भएका थिए । कागतेले सूर्योदयको मेयरमा पार्टीले उठाउने निर्णय गरेपछि प्रदेशसभा सदस्यबाट राजीनामा दिएको बताए । उनीहर
विराटनगर / आसन्न स्थानीय तह निर्वाचनका लागि नेकपा एमालेले मोरङमा १५ पालिकाको प्रमुख र उपप्रमुख टुंगो लगाएको छ । जिल्लाका एक नेताकाअनुसार हालसम्म उर्लाबारी, पथरीशनिश्चरे, सुन्दरहरैँचा, रतुवामाई, लेटाङ, रंगेली, सुनवर्षी, बेलबारी नगरपालिकासँगै जहँदा, धनपालथान, कटहरी, ग्रामथान, कानेपोखरी, बुढीगंगा र केराबारी गाउँपालिकामा प्रमुख तथा उपप्रमुखको टुंगो लागेको हो।एमालेले दक्षिण पूर्वी मोरङको सुनवर्षी नगरपालिकाको मेयरमा श्याम राजवंशी र उपमेयरमा मीरादेवी दास, सुन्दरहरैंचा नगरपालिकाको मेयरमा केदार गुरागाई र उपमेयरमा अकली चौधरीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । त्यस्तै रंगेली नगरपालिकामा
बिर्तामोड / आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागी जनता समाजवादी पार्टी नेपालले तयार पारेको चुनावी घोषणापत्र सार्वजनिक गरेको छ । काठमाडौंमा जसपाले आइतबार दिउँसो एक कार्यक्रम गर्दै चुनावी घोषणापत्र सार्वजनिक गरेको हो । घोषणापत्रमा विभिन्न क्षेत्रका लागि पार्टीको योजना सार्वजनिक गरिएको छ।आजै नेपाली कांग्रेसले पनि चुनावी सङ्कल्प सार्वजनिक गरेको छ । केन्द्रीय कार्यालय सानेपामा कांग्रेसले चुनावी सङ्कल्प सार्वजनिक गरेको हो ।यसअघि नेकपा (एमाले), नेकपा ( एकीकृत समाजवादी ) ले घोषणापत्र सार्वजनिक गरिसकेको छ । स्थानीय तहलाई सरकार भनिए पनि शीर्ष पार्टीले धमाधम केन्द्रबाटै घोषणापत्र सार्वजनिक ग
काठमाडौँ / नेपाली कांग्रेसले स्थानीय तह निर्वाचनका लागि तयार पारेको घोषणापत्र सार्वजनिक गरेको छ । घोषणापत्रमा सामाजिक सुरक्षा, स्वास्थ्य शिक्षा जस्ता विषयलाई विशेष प्राथमिकतामा राखिएको छ । कांग्रेसले घोषणा पत्रमार्फत जनतालाई अनावश्यक सपना नबाँड्ने बताएको छ । कांग्रेस महामन्त्री गगन थापा संयोजकत्वको स्थानीय तह निर्वाचन, २०७९ घोषणापत्र तयारी समितिले तयार गरेको घोषणापत्र पार्टी केन्द्रीय कार्यालय सानेपामा एक कार्यक्रमबीच सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संयुक्त रूप
बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आसन्न स्थानीय तह निर्वाचनका लागि बिर्तामोड नगरपालिकाको नगरप्रमुख र उपप्रमुख उम्मेदवारहरुको नाम टुंगो लगाएको छ ।राप्रपा जिल्ला अध्यक्ष केशव ओझाका अनुसार राप्रपाबाट बिर्तामोडको नगरप्रमुखमा ध्रुव उप्रेती र उपप्रमुखमा रन्जु प्याकुरेललाई उम्मेदवार बनाइएको हो । त्यस्तै राप्रपाले बिर्तामोड नगरका १० वटै वडाका अध्यक्ष र सदस्य उम्मेदवारहरुको समेत नाम टुंगो लगाएको ओझाले बताए । वडा नं १ मा जनक खड्का, २ मा शंकर रिजाल, ३ मा किरण पौडेल, ४ मा यज्ञराज प्रसाई (राजन), ५ मा प्रकाश घिमिरे, ६ मा राजु पौडेल, ७ मा नवराज भट्टराई (नवीन), ८ मा अजय कार्की, ९
काठमाडौं / काठमाडौं महानगरपालिकाको मेयरमा पछिल्लो समय चर्चामा आएका र्यापर बालेन्द्र शाह (बालेन)ले मनोनयन दर्ता गराएका छन् । युवाको तर्फबाट प्रतिनिधत्व गर्दै उनले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा समर्थक युवासहित उम्मेदवारी मनोनयन गरेका हुन् । बालेनले चुनावी घोषणापत्रमा डिजिटल सरकारदेखि आइडिया बैंकसम्मको योजना ल्याएका छन् भने शिक्षा, स्वास्थ्य, पूर्वाधार विकासलगायतका क्षेत्रमा पनि उनले महत्वाकांक्षी योजना अघि सारेका छन् ।
बिर्तामोड / नेकपा एमाले झापाका १५ वटै स्थानीय तहमा आफ्ना उम्मेदवार चयन गरेको छ । एमाले प्रदेश कमिटी बैठकले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापाको १५ वटै स्थानीय तहका प्रमुख र उपप्रमुख पदका उम्मेदवारहरू टुंगो लगाएको प्रदेश १ का इन्चार्ज देवराज घिमिरेले जानकारी दिएका छन् । घिमिरेका अनुसार बैठकमा बिर्तामोड नगरपालिकाको प्रमुखमा पवित्रा महतारा प्रसाईं र उपप्रमुखमा नगेन्द्रप्रसाद संग्रैलालाई उम्मेद्वार बनाइने निर्णय भएको छ । २०७४ को स्थानीय तह निर्वाचनमा महतरा एमालेबाटै बिर्तामोड नगरपालिकाको उपमेयरमा निर्वाचित भएकी थिइन् भने संग्रौला बिर्तामोड –२ का वडाध्यक्षमा निर्व
बिर्तामोड / उर्लाबारी नगरपालिकाको मेयरमा शोभा चेम्जोङ पालुङ्वाले उम्मेदवारी दिने भएकी छिन् ।पार्टीले पालुङ्वालाई मेयरमा उठाउने निर्णय गरेपछि उनी मेयरको दाबेदार रहेकी हुन् । नेपाली कांग्रेसको महाधिवेशन प्रतिनिधि समेत रहेकी उनी स्थानीय तह निर्वाचनमा उम्मेदवारीको दौडमा रहेकी थिइन् । पालुङ्वा महिला अधिकारकर्मीको रुपमा परिचित रहेकी छिन् । कांग्रेस क्षेत्रीय सभापति रहेका उनका श्रीमान सनम पालुङ्वाको अल्पायुमै निधन भएको थियो । हाल एक छोराका साथमा जीवन निर्वाह गर्दै आएकी उनी कांग्रेस राजनीति र महिला हकहितका सवालमा आफूलाई समर्पित गर्दै आएकी थिइन् ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.