राजनीति

    Showing 781-790 of 7,637 items.
  • मन्त्रि घिसिङ भन्छन पुराना दलहरु नेतृत्वमा चुक्दा जेनजी आन्दोलनको जन्म भयो

    काठमाडौं— ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले विगतका राजनीतिक दलका नेताहरुले राजनीतिक नेतृत्वमा सफलता हासिल गरेपनि विकासको नेतृत्वमा भने चुकेको बताएका छन् । बुधबार राष्ट्रिय युवा परिषद् र नेपाल विजनेस इन्स्टिच्युटले संयुक्त रुपमा आयोजना गरेको नेपाल युवा उद्यमशीलता शिखर सम्मेलन –२०८२ लाई सम्बोधन गर्दै उनले राजनीति र व्यवस्था परिवर्तनमा सफल भएका नेताहरु विकासको नेतृत्वमा चुकेको कारण जेनजी आन्दोलनको जन्म भएको बताएका हुन् । उनले भने,‘हामीले केही हुँदै छ,भन्ने आशा जगाउने काम गर्नुपर्ने छ । सुशासनको प्रत्याभूति पनि दिनु पर्ने छ । सबैभन्दा महत्वपूर्ण कुरा निर्वाचन गराउनुपर्ने छ

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 304 पटक पढिएको
  • धनगढीमा एमाले नेता बस्नेविरुद्ध जेनजी युवाको प्रदर्शन

     कैलाली— धनगढीमा नेकपा एमालेका नेता महेश बस्नेतविरुद्ध जेनजी युवाले विरोध प्रदर्शन गरेका छन् । बुधबार बिहान धनगढी बजारमा प्लेकार्ड लिएर जेनजी युवा विरोध प्रदर्शनमा उत्रिएका हुन् । जिल्ला प्रशासन कार्यालय धनगढीका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले शान्तिपूर्ण रूपमा जेनजीले विरोध गरेको जानकारी दिए । “जेनजी युवामार्फत शान्तिपूर्ण विरोध प्रदर्शन गर्ने सूचना आएको थियो । त्यसपछि प्रदर्शन क्षेत्रको सुरक्षाका लागि प्रहरी परिचालन गरिएको छ,” उनले भने । तनाव सिर्जना हुने कुनै पनि किसिमका गतिविधि नभएको पनि उनले बताए । यसअघि ४ मंसिरमा बारामा पनि बस्नेतविरुद्ध जेनजी युवाले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 357 पटक पढिएको
  • मधेश प्रदेश मन्त्रिपरिषद बैठकका निर्णयहरु सार्वजनिक

    जनकपुर— मधेश प्रदेश सरकारको मंसिर ८ गत्ते सोमबार बसेको मन्त्रिपरिषद बैठकको निर्णयहरु सार्वजनिक गरिएको छ । मुख्यमन्त्री सरोज कुमार यादवले आज आफैं पत्रकार सम्मेलन गर्दै बैठकको निर्णयहरु सार्वजनिक गरेका छन् । उनका अनुसार जनकपुरधाममा हुने विवाह पञ्चमी महोत्सवलाई व्यवस्थित बनाउन संघीय सरकार र स्थानीय सरकारले गर्ने कार्यका अतिरिक्त मधेस प्रदेश सरकारको तर्फबाट गर्नुपर्ने अतिथि स्वागत तथा व्यवस्थापकीय कार्यहरू गर्ने/गराउने सम्बन्धमा मधेश प्रदेश सरकारमा रहेका मन्त्रिहरुलाई नै विभिन्न जिम्मेवारी दिई समिति गठन गर्ने निर्णय भएको छ ।त्यस्तै, नेपाल सरकारद्वारा स्वीकृत अनुदानको मल वितरण व्यवस्थापन कार्य

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 268 पटक पढिएको
  • रास्वपाका प्रदेश इन्चार्जहरु जिम्मेवारीबाट मुक्त

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रदेश इन्चार्जहरूलाई जिम्मेवारीबाट मुक्त गरेको छ । मंगलबार बसेको सचिवालय बैठकले आगामी निर्वाचन केन्द्रित गतिविधिको लागि इन्चार्जको भूमिकामा रहेका नेताहरूलाई जिम्मेवारीबाट मुक्त गरेको हो । रास्वपाका महामन्त्री कबिन्द्र बुर्लाकोटीका अनुसार बैठकले प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको छ । ‘प्रदेश इन्चार्जको भूमिका निर्वाह गर्दै आउनुभएका सचिवालय सदस्यहरूलाई विशेष धन्यवाद दिँदै, आगामी निर्वाचन केन्द्रित गतिविधिमा जिम्मेवारी प्रदान गर्ने र प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरियो,’ सचिवालय

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 247 पटक पढिएको
  • निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन

    काठमाडौं— प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन रहेको छ । आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय आजबाट समाप्त हुन लागेको हो । निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन् । पहिले दर्ता भईसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ ।

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 232 पटक पढिएको
  • आज विधायन व्यवस्थापन समितिको बैठक बस्दै

    काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितिको १४० औँ बैठक बस्ने भएको छ । बैठक बुधबार बिहान ११ः३० बजे सिंहदरवारस्थित संघीय संसद सचिवालयको समिति हलमा बस्ने भएको हो । बैठकमा चलचित्र विधेयक, २०८१ मा दफावार छलफल गरिने कार्यसूची रहेको छ । 

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 273 पटक पढिएको
  • एमालेको ११औँ महाधिवेशन उद्घाटन भक्तपुरको सल्लाघारीमा

    काठमाडौं— नेकपा एमालेको ११औँ महाधिवेशनको उद्घाटन भक्तपुरको सल्लाघारीस्थित खुला चौरमा हुने भएको छ ।आगामी मंसिर २७ गते महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरको सल्लाघारीस्थित सडक नजिकैको खुला चौरमा गर्न लागिएको हो । काठमाडौंको भृकुटीमण्डपमा ठाउँ साँघुरो हुने भएपछि एमालेले महाधिवेशनको उद्घाटन कार्यक्रम भक्तपुरमा गर्ने भएको हो । महाधिवेशनको बन्द सत्र भने काठमाडौंको प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमै हुने भएको छ ।यसबारेमा निर्णय गर्न महासचिव शंकर पोखरेल संयोजक रहेको सचिवालयले आवश्यक निर्णय लिनेछ । ‘भृकुटीमण्डपमा उद्घाटन गर्दा यातायात व्यवस्थापनदेखि कार्यकर्ता अटाउनसमेत समस्या हुने देखियो’, एमाले

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 414 पटक पढिएको
  • एमाले अध्यक्षमा ईश्वर पोखरेलको तयारी, ओलीले नेतृत्व हस्तान्तरण गर्ने विश्वास

    काठमाडौं— नेकपा (एमाले)भित्र नेतृत्वको रस्साकस्सी सुरु भएको छ । मंगलबार वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले अध्यक्षमा उमेदवारी घोषणा गरेसँगै एमालेको भावी अध्यक्षका लागि रस्साकस्सी सुरु भएको हो ।मंगलबार विज्ञप्ति जारी गर्दै उनले पार्टीको आसन्न ११औँ महाधिवेशनमा अध्यक्षको उमेदवार बन्ने घोषणा गरेका हुन् ।‘पार्टी निर्माणसम्बन्धी माथि उल्लेखित विचारको आधारमा ११औँ राष्ट्रिय महाधिवेशनमा पार्टी अध्यक्ष पदको उमेदवारको रूपमा प्रस्तुत हुने निष्कर्षमा पुगेको छु । पार्टी पुनर्गठन र रूपान्तरणका लागि देशभरिका साथीहरूले गर्नुभएको आग्रह र सुझावलाई स्वीकार गरेर अध्यक्ष पदमा उमेदवारी घोषणा गरेको हुँ,’ विज्ञप्तिमा उल्

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 290 पटक पढिएको
  • जसपा नेपालको सङ्घर्षका कार्यक्रम सुरु, आज प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउने

    काठमाडौं— जनता समाजवादी पार्टी (जसपा) नेपालले आजदेखि सङ्घर्षका कार्यक्रम सुरु गर्ने भएको छ ।पार्टीको केन्द्रीय कार्यकारिणी समितिको हालै सम्पन्न बैठकले पार्टीले उठाउँदै आएका मुख्य माग र राष्ट्रिय मुद्दाहरु सार्वजनिक गर्दै सङ्घर्षको कार्यक्रम घोषणा गरेबमोजिम बुधबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाउन लागिएको पार्टी प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले बताएका छन् ।त्यसैगरी जसपा नेपालले मङ्सिर ११ गते देखी १५ गतेसम्म प्रत्येक संसदीय निर्वाचन क्षेत्रका विभिन्न सहर बजारमा विरोध कार्यक्रम, कोणसभा गरी जनपरिचालन गर्ने भएको छ ।जसपा नेपालले मङ्सिर १९ र २१ गते पार्टीले उठाउँदै आए

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 282 पटक पढिएको
  • बागमती प्रदेश सरकारका १०० दिनः स्वास्थ्य, कृषि, उद्योग र पर्यटन क्षेत्रमा उल्लेख्य प्रगति

    हेटौंडा— बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आफ्नो सरकार गठन भएको १०० दिनको कार्यप्रगति सार्वजनिक गर्दै स्वास्थ्य, कृषि, उद्योग, पर्यटनसहितका क्षेत्रमा उल्लेख्य उपलब्धि हासिल भएको दाबी गरेका छन्।मुख्यमन्त्रीका अनुसार स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर क्यान्सर, हृदय रोग तथा डायलाइसिस सेवामा उल्लेख्य विस्तार गरिएको छ। भक्तपुर अस्पतालमा डायलाइसिस सेवा नयाँ रूपमा सुरु गरिएको छ भने प्रादेशिक अस्पतालहरूमा भेन्टिलेटर सेवा विस्तारको तयारी तीव्र गतिमा अघि बढाइएको छ। क्यान्सर पीडितलाई ५० हजार रुपैयाँसम्म उपचार सहयोग, हृदय रोग उपचारका लागि गंगालाल राष्ट्रिय हृदय केन्द्र तथा १३

    • प्रकाशित मितिः मंसिर १०, २०८२
    • 303 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा