काठमाडौ— कांग्रेस सभापति शेरबहादुर देउवा पक्षका २७ केन्द्रीय सदस्यले आइतबार डा. शेखर कोइरालालाई भेटेर नियमित महाधिवेशनका लागि थप सक्रिय हुन आग्रह गरेका छन्। विशालनगरस्थित कोइरालाको सम्पर्क कार्यालयमा भएको भेटमा नेताहरूले उनको हालको क्रियाशीलताको बारेमा जिज्ञासा राख्दै महाधिवेशन पुसभित्रै गर्न पहल बढाउन अनुरोध गरेका हुन्।कोइरालाले आफू नियमित महाधिवेशन तथा आवश्यक परे केन्द्रीय समितिबाट विशेष महाधिवेशन आह्वान गर्ने पक्षमा रहेको बताए। भेटमा सहमहामन्त्री जीवन परियार, बद्री पाण्डे, डा. मिनेन्द्र रिजाललगायत सहभागी थिए। देउवा पक्षका २७ सदस्यले यसअघि पनि शीर्ष नेताहरूलाई भेट्दै निर्वाचनअघि महाधिवेशन ग
काठमाडौं— चितवनमा बोलेरो दुर्घटना हुँदा नेपाली कांग्रेसका स्थानीय एक नेताको मृत्यु भएको छ ।गएराति सिद्धिबाट कल्याणचौरतर्फ जाँदै गरेको बा.१८च८९७३ नम्बरको बोलेरो कालिका नगरपालिका– ११ मा दुर्घटना हुँदा खैरहनी नगरपालिका– ४ निवासी ६२ वर्षीय राममणी न्यौपानेको मृत्यु भएको हो ।दुर्घटनामा परेर गम्भीर घाइते भएका न्यौपानेलाई उपचारका लागि भरतपुर अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको चितवनका प्रहरी प्रवक्ता डीएसपी रविन्द्र खनालले जानकारी दिए ।उनका अनुसार न्यौपाने आफैँले चलाएको बोलेरो अनियन्त्रित भएर सडकबाट करिव १५० मिटर तल खसेको थियो ।
मोरङ— आइतबार विराटनगरमा एमाले नेता महेश बस्नेत सवार वाहनमाथि रातो मसी छ्यापेका छन् । एयरपोर्ट लाइनतर्फ जाँदै गरेको गाडीलाई सडक किनाराबाट दौडँदै आएका एक युवकले रातो मसी छ्यापेका हुन् । मसी छ्यापेपछि बस्नेत सवार गाडी केही समय रोकिएको थियो।घटनापछि प्रहरीले विराटनगर–२ का १९ वर्षीय अरजित कुँवर र विराटनगर–१ का २५ वर्षीय संजोग गौतमलाई नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको जनाएको छ। प्रहरी भ्यानतर्फ लान लाग्दा पनि कुँवरले बस्नेतविरुद्ध नाराबाजी गरेको भिडियो सार्वजनिक भएको छ। उनले एमाले र बस्नेतप्रति सांकेतिक विरोध जनाउन रङ फ्याँकेको बयान दिएको प्रहरीको भनाइ छ ।युवा संघको कोशी प्रदेशस्त
काठमाडौं— भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तारको समग्र प्रगति ५० प्रतिशत पुगेको छ ।अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक—धुलिखेल खण्ड १५.८ किलोमिटर सडकलाई ६ लेनमा विस्तार गर्न दुई प्याकेजमा विभाजन गरी काम भइरहेको छ । यसअन्तर्गत सूर्यविनायकदेखि साँगासम्मको ८.३ किलोमिटर खण्डको प्रगति ४५ प्रतिशत रहेको छ । साँगादेखि धुलिखेलसम्मको ७.५ किलोमिटर सडक खण्ड विस्तार प्रगति ५५ प्रतिशत रहेको छ । हाल दुवै प्याकेजको निर्माण धमाधम भइरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकासमन्त्री कुलमान घिसिङले सूर्यविनायक–धुलिखेल सडक विस्तारको अनुगम
काठमाडौं— राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक आह्वान गरेको छ । मंसिर ९ गते मंगलबार बस्ने गरी राप्रपा नेपालले बैठक आह्वान गरेको हो । बैठकमा मुलुकको पछिल्लो परिवर्तित राजनीतिक सन्दर्भ र घटनाक्रम, फागुन २१ गते घोषित निर्वाचन, वैचारिक ध्रुवीकरण, मुलुकको सुरक्षा अवस्था, सडकमा देखिएको असन्तुष्टि र आन्दोलनका बारेमा गम्भीर छलफल हुने छ ।
काठमाडौं— बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), जनार्दन शर्मा नेतृत्वको प्रगतिशील राष्ट्रिय अभियान र सन्तोष परियार नेतृत्वको समूहले आज पार्टी एकता गर्दै छन् । आइतबार काठमाडौंको राष्ट्रिय सभागृहमा वृहत् एकता घोषणासभाको आयोजना गरिएको छ । कार्यक्रममा अन्य समूहलाई पनि एकतामा ल्याइने बताइएको छ ।कात्तिक २८ गते नेसपा नयाँ शक्तिसहित प्रगतिशील राष्ट्रिय अभियान र परियार समूहबिच एकता सहमतिमा हस्ताक्षर भएको थियो ।
काठमाडौं— नेपाली कम्युष्टि पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ नुवाकोट पुगेका छन् । हिजो राति नुवाकोट पुगेका उनले आज बिहानै पञ्चकन्या गाउँपालिका–३, घलेगाउँस्थित घलेगाउँ सांस्कृतिक भवनको उद्घाटन गर्नेछन् । त्यसैगरी दिउँसो १२ बजे उहाँले लिखु गाउँपालिका–५ मा सहिद स्मृति केन्द्र भवन तथा सहिद स्मृति पार्कको पनि उद्घाटन गर्नका साथै विभिन्न स्थानमा जनभेटघाट गर्नेछन् । । हिजो उनलाई नुवाकोटको शिवपुरी गाउँपालिका वडा नं ६ समुन्द्रादेवीको मानेमा नेपाली कम्युनिस्ट पार्टीका स्थानीय नेता कार्यकर्ताले स्वागत गरेका थिए ।
काठमाडौं— आज राष्ट्रिय सभा अन्तरगतको विधायन व्यवस्थापन समितीको १३९ औँं बैठक बस्ने भएको छ । बैठक आइतबार समितिको बैठक कक्ष(सिंहदरवार संसद भवनमा दिउँसो १२ः१५ बजे बस्न लागेको हो । आजको बैठकमा चलचित्र विधेयक २०८१ मा सरोकारवाला संग विविध छलफल गरीने कार्यसुचि रहेको छ ।
मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ ले नयाँ पदाधिकारी चयन गर्दै कार्यसमितिको जिम्मेवारी औपचारिक रूपमा बाँडफाँड गरेको छ । राप्रपा जिल्ला पार्टी कार्यालय मकवानपुरमा बसेको बैठकले अध्यक्ष उमेश थापाको नेतृत्वमा क्षेत्रीय कार्यसमितिको संरचना पूर्णता दिएको हो। बैठकमा पार्टीभित्र संगठन सुदृढीकरण, आगामी राजनीतिक गतिविधि तथा क्षेत्रीय नीतिगत तयारीसम्बन्धी विषयमा पनि छलफल गरिएको थियो ।बैठकको निर्णयअनुसार क्षेत्र नम्बर १ का पदाधिकारीहरू यसप्रकार छन्, अध्यक्षमा उमेश थापा, वरिष्ठ उपाध्यक्षमा मुरारी पौडेल, उपाध्यक्षमा भीमाकुमारी स्याङ्बो, सचिवमा संगीन श्रेष्ठ, कोषा
रौतहट । बाराको सिमरा घटनामा प्रशासन र जेनजी समूह बिच तिन मौखिक तीन विषयमा सहमति भएको छ । जेनजीहरूको सुरक्षा, घाइतेको उपचारमा समन्वय र घटनाको निष्पक्ष छानबिन तथा कारबाही गर्ने लगायत तीन वटा विषयमा छलफल गरि सहमति भएको हो । सशस्त्र प्रहरी बल नेपाल प्राविधिक तालिम शिक्षालय पथलैयामा प्रशासन र जेनजी समूहबीचको छलफल सकरात्मक भएपछि आन्दोलनका कार्यक्रम तत्कालका लागि स्थगित गरिएको बाराका अध्यक्ष सम्राट उपाध्यायले बताए । उनले पक्राउ पर्न बाकीँ रहेकालाइ नियन्त्रणमा लिएर निष्पक्ष कार्वाहीको माग गर्दै ३ दिनसम्म पर्खने बताएका छन्। बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्रकुमार मिश्रले फरार रहेक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.