काठमाडौं— आज नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक बस्ने भएको छ । बैठक बिहीबार दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्न लागेको हो । असोज २८ गतेबाट सुरु भएको केन्द्रीय कार्यसमिति बैठक महाधिवेशन केन्द्रित रहेकाले निष्कर्षमा पुग्न सकेको छैन । जसका कारण बैठक बारम्बार स्थगित हुँदै गरेको छ । बैठकमा महाधिवेशनको मितिबारे छलफल गरी थप निष्कर्षमा पुग्न आज फेरी बैठक बोलाइएको हो । यसअघि कात्तिक १९ गते बसेको बैठकमा महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म पार्टीको १५ औँ महाधिवेशन गर्नुपर्ने कार्यतालिका पेस गरेका थिए भने सहमहामन्त्री महेन्द्र यादवले २०८३ वैशाख २७ देखि ३० गतेसम्म म
काठमाडौं— नेपाली कम्युनिष्ट पार्टी (नेकपा) र अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबीच एकता प्रयास जारी छ । यही प्रयास अन्तर्गत आज दुवै दलका नेताहरुबिच निर्णायक वार्ता हुने नेताहरुले बताएका छन् ।दुवै दलका प्रतिनिधिहरूबीच आज विहीबार नेकपाको केन्द्रीय कार्यालय पेरिसडाँडामा निर्णायक वार्ता हुने नेता प्रकाश ज्वालाले जानकारी दिए ।बुधबार भएको वार्ता सकारात्मक रहेको छिटोभन्दा छिटो निष्कर्षमा पुग्ने सहमति भएको उनले जनाए ।बुधबारको छलफलमा नेकपाकातर्फबाट देव गुरुङ, बेदुराम भूसाल, प्रमेश हमाल, प्रकाश ज्वाला, शक्ति बस्नेत र गिरिराजमणि पोख्रेल सहभागी थिए । यसैगरी जसपाको तर्फबाट वार्ता समिति संयोजक राजेन्द्
प्रधानमन्त्री सुशीला कार्कीले आफू चुनाव नलड्ने स्पष्ट पारेकी छन् । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले उनलाई झापाबाट चुनाव लड्न चुनाैती दिएका थिए । त्यसको जवाफ प्रधानमन्त्री कार्कीले आज सर्वदलीय बैठकमार्फत दिएकी हुन् ।बैठकलाई सम्बोधन गर्दै उनले भनिन्, 'मलाई झापामा चुनाव लड्न आऊ भनेको पनि सुनेको छु । म चुनाव लड्दिनँ । चुनाव लड्न आएको पनि होइन ।' आजको सर्वदलीय बैठकमा प्रधानमन्त्री कार्कीको समापन मन्तव्यहामीले दललाई बोलाएका थियौँ। यहाँहरु आइदिनुभयो। पुनः धन्यवाद दिन चाहन्छु। यहाँहरुले नै पनि एकापसमा चिन्ने चिनिने मौका पाउनुभयो भन्ने पनि लागेको छ । १२५ दलमध्ये ११० भन्दा बढी दलको उपस्थित
काठमाडौं— बारामा हुन लागेको राष्ट्रिय युवा संघको कार्यक्रममा सिमरा जान लाग्दा बुधरबार बिहान सिमरा विमानस्थलमा जेन(जी भनिएकाले नाराबाजी गरेर तोडफोडको प्रयास गरेपछि नेकपा एमालेका नेताहरू काठमाडौंमै रोकिएका छन् ।काठमाडौंमा नै रोकिएका एमाले नेता महेश बस्नेतले सरकार र विपक्षी दलहरू आफूहरूको आन्दोलनको प्रभावबाट ‘आत्तिएका’ बताए ।राष्ट्रिय युवा संघ नेपालको कार्यक्रमका लागि पार्टी महासचिव शङ्कर पोखरेलका साथ सिमरा जान लागेका बस्नेतले विमानस्थल ‘क्लोज’ गरिएको र बाराको सिमरा क्षेत्रमा ‘कर्फ्युको अवस्था’ सिर्जना गरी आफूहरूलाई रोकिएको दाबी गरे। तर पनि कार्यक्रम अवरुद्ध नभएको उनले बताएका छन् । ‘वि
काठमाडौं— सर्वोच्च अदालतले राजदूत फिर्ताको विषयमा अन्तरिम आदेश पालना नगरेउपर पेश भएका अवहेलनाका मुद्दा दुई साता पछि दर्ता गरिरहेको छ । सर्वोच्च अदालतको कात्तिक १६ को अन्तरिम आदेशले राजदूत फिर्ता गर्ने सरकारको निर्णय रोकिएको भएतापनि आदेशको उल्लंघन गर्दै सरकारले कात्तिक १७ मा मन्त्रालयमा हाजिर हुनेगरी राजदूतहरुलाईल फिर्ता आउन पत्राचार गरेपछि अवहेलना मुद्दा पेश भएका थिए ।कात्तिक १८ मा पेश भएको अवेहलना मुद्दा आज दर्ता गरी मंसिर ७ गते पहिलो सुनुवाई तोकिएको निवेदक अधिवक्ता अनन्तराज लुईंटेलले जानकारी दिए । अधिवक्तात्रय अनन्तराज लुईंटेल, प्रतिभा उप्रेती र विशाल थापाले कात्तिक १८ गतेको
काठमाडौं— अर्थमन्त्री रामेश्वर खनालले अहिले चुनावी सरकार भएकाले करका दरहरू हेरफेरतर्फ आफूले ध्यान केन्द्रित नगरेको बताएका छन् । बुधबार नेपाल उद्योग परिसंघ (सिएनआई) ले आयोजना गरेको ‘राजस्व प्रणालीमा सुधार, सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।कार्यक्रममा बोल्दै उनले अहिलेको सरकार निर्वाचन गराउन गठन भएको कारण करका दरहरू हेरफेर गर्दा विरोधहरू आउने भएकाले त्यसतर्फ आफ्नो ध्यान नगएको बताएका हुन् ।उनले भने,‘सकेसम्म संयमित भएर काम गर्नुपर्ने आलोचनाबाट बच्नुपनि पर्ने कानुन संवत पनि हुनुपर्ने सन्दर्भमा अहिले करको दर चलाउँदा सरकारको ध्यान निर्वाचनतिर छ । सत्ता हस्तान्तरण गर्नु
काठमाडौं— गृहमन्त्री ओमप्रकाश अर्यालले सरकारले सित लहरको पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको बताएका छन् । बुधबार शीतलहर र हिमपात पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना सम्बन्धी छलफलमा उनले सित लहर र हिमपात जस्ता उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थापन गर्न सरकारले सित लहर र हिमपात पूर्व तयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना २०८२ जारी गरेको जानकारी दिएका हुन् । उनले भने, ‘सित लहर र हिमपात जस्ता बहुआयामिक तथा उच्च जोखिमयुक्त प्राकृतिक प्रकोपलाई व्यवस्थित, वैज्ञानिक र प्रभावकारी
बारा— बाराको सिमरा क्षेत्रमा बुधबार बिहान नेकपा एमालेका कार्यकर्ता र जेन–जी पुस्ताका युवाबीच विवाद चर्किँदै झडपसम्म पुगेको घटनापछि वातावरण तनावपूर्ण बनेको छ।युवाहरूको जथाभावी भीड तथा विरोधका बीच सिमरा विमानस्थल परिसर अत्यधिक संवेदनशील बनेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ। प्रदर्शनमा सहभागी जेन–जी समूहका युवाले विमानस्थलको मुख्य गेट समेत भत्काइदिएका थिए, जसपछि सुरक्षाकर्मीको ठूलो फौज परिचालन गरिएको हो।बुधबार परवानीपुरमा आयोजित मधेश प्रदेशस्तरीय युवा भेलामा सहभागी हुन एमाले महासचिव शंकर पोखरेल र पोलिट्ब्युरो सदस्य महेश बस्नेत सिमरा हुँदै जाँदै थिए। कार्यक्रमबारे जानकारी पाएपछि केही स्थान
विराटनगर— कोशी प्रदेश सरकारले योजना आयोगको उपाध्यक्षमा विराटनगरका तारानाथ निरौलालाई नियुक्त गरेको छ। आज बसेको मन्त्रीपरिषद् बैठकले निरौलालाई उपाध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो।यसअघि आयोगका उपाध्यक्ष रहेका डा. राजेन्द्र अधिकारीले कार्तिक २० गतेदेखि लागू हुने गरी राजीनामा दिएपछि रिक्त बनेको पदमा नयाँ नियुक्ति गरिएको हो। प्रदेश सरकारका अनुसार निरौला बैंकिङ क्षेत्रमा लामो अनुभव राख्नुका साथै स्थानीय तहको कामकारबाहीमा पनि दक्ष व्यक्तिका रूपमा परिचित छन्।
जनकपुर— मधेश प्रदेश सभा बैठक आज बस्ने भएको छ । उपसभामुख बबिता कुमारी राउत ईशरले आज १ बजेका लागि बैठक आह्वान गरेकी छन् ।आजको बेठकमा सभामुख रामचन्द्र मण्डलले पद अनुकूल आचरण नगरेको प्रस्तावमाथि छलफल गर्ने कार्य सूची रहेको छ । यसका लागि सम्पूर्ण प्रदेश सांसद र प्रदेशसभामा कार्यरत कर्मचारीहरुलाई अनिवार्य रुपमा उपस्थित हुनका लागि उपसभामुख ईशरले आग्रहसमेत गरेकी छन् ।७ दलका ६४ जना सांसदले महाभियोग दर्ता गराएपछिको यो पहिलो बैठक बस्न लागेको हो । महाभियोग दर्ता भएको ७ दिन भित्र बैठक बसी छलफल गर्नु पर्ने नियम रहेको छ । अन्तिम पटक बैठक बस्दा निवर्तमान मुख्यमन्त्री जितेन्द्र सोनलले विश्वासको मत लि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.