काठमाडौं / सरकार जोगाउन विश्वासको मत लिनुपर्ने अवस्था बन्दै गएपछि प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिनिधिसभाका २७ सांसदलाई कारवाही गर्ने तयारी गरेका छन् ।पार्टीको हित विपरित गतिविधिमा संलग्न भएको भन्दै वरिष्ठ नेता तथा प्रतिनिधिसभा सदस्य माधवकुमार नेपालसहित नेपाल समूहका सांसदलाई कारवाही गर्ने तयारी भएको बुझिएको छ ।कारवाहीको पहिलो चरण स्वरुप ४८ घण्टे समय राखेर स्पष्टीकरण स्पष्टीकरण सोधिएको छ । स्पष्टीकरण चित्तबुझ्दो नआए निस्कासन गर्नसक्ने गर्न सकिने भन्दै धम्कीपूर्ण पत्र पठाइएको छ ।स्पष्टीकरण सोध्न लागिएका सांसदहरुस्पष्टीकरण सोधिएका सांसदहरुमा माधवकुमार नेपाल, भीम रावल
बिर्तामोड / सोमवार बसेको मन्त्री परिषदको वैठकले गरेका निर्णयको मंगलार प्रधानमन्त्री आफैंले अवज्ञा गरेर सरकारी निर्णयको धोती लगाउने काम गरेका छन् । सोमवारको वैठकले नागरीकको स्वास्थ्यलाई मध्यनजर गर्दै गरेका महत्वपुर्ण निर्णयलाई प्रधानमन्त्री आफैंले अवज्ञा गरेपछि ति निर्णय कार्यान्वयनमा समेत समस्या खडा भएको छ ।नागरीकले सरकारी निर्णयको अवज्ञा गरेको पाईए कारवाही गर्ने आदेश दिएको सरकारका प्रमुखले नै आफैंले गरेको निर्णयको अवज्ञा गरिदिएपछि उनीमाथि कारवाही कसले गर्ने अव भनेर नागरीक स्तरमा बहस अनि प्रश्न उठ्न थालेको छ । सोमवारको वैठक पछि निर्णय सुनाउँदै सरकारका प्रवक्ता पार्वत गुरुङले सरकारी निर्णयको अव
बिर्तामोड / एमसीसी र संसदको वैठकका विषयमा विषयमा प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटा विच विवाद चलिरहेको समयमा आज सर्वोच्च अदालतमा सापकोटा विरुद्ध दायर द्वन्द्वकालिन तीन वटा मुद्दाको पेशी चढेको छ ।सभामुख सापकोटा र प्रधानमन्त्री ओली विचको विवाद उत्कर्षमा पुगेका वेला सर्वोच्चमा सापकोटा विरुद्ध दायर मुद्धा पेशीमा चढेपछि राजनितिक क्षेत्र तरङगीत बनेको छ । सभामुखको विरुद्धका तिन मुद्धाको सर्वोच्चले एकै पटक पेशी तोकिदिए पछि मुलुकको राजनिति माथि नै अनेकौं शंका समेत उव्जिएका छन् । पहिलो संविधान सभाको निर्वाचनको समयमा सापकोटा सञ्चार मन्त्री रहेका वेला १० वर्षअघि काभ्रेमा भएको अर्जुन
ताप्लेजुङ / ताप्लेजुङको स्थानीय तहमा हुने विकास निर्माणका काममा महिलाको सहभागिता बढदै गएको छ । प्रायःजसो घरको काममा मात्रै सीमित रहने यस क्षेत्रका महिला अहिले भने विकास निर्माणमा सहभागी हुन थालेका छन् । अझै पनि महिलाले विकास निर्माणका काम गर्न सक्दैनन् भन्ने मानसिकताका कारण उनीहरु काममा खुलेर आउँदैनन् । पछिल्लो समय प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत हुने विकास निर्माणका काममा पुरुषभन्दा महिला अब्बल हुन थालेका छन् । महिलाहरू साना सिँचाइ योजना, बाटो निर्माण खानेपानी योजना, भवन निर्माणमा सहभागी हुन थालेका छन् । बिहान घरको काम सकेर दिनभर विकास निर्माणमा सहभागी हुदाँ महिलालाई ज्ञान र सीपका स
लुम्बिनी / लुम्बिनी प्रदेशका मुख्यमन्त्री शङ्कर पोखरेलविरुद्ध आज अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री पोखरेलकै सरकारमा रहेको नेकपा (माओवादी केन्द्र), प्रमुख विपक्षी दल नेपाली कांग्रेस र जनता समाजवादी पार्टीसहित दलका ४१ प्रदेशसभा सदस्यले मुख्यमन्त्रीविरुद्ध आज संसद् सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।नेपालको संविधानको धारा १८८ को उपधारा (४) र लुम्बिनी प्रदेशको प्रदेशसभा नियमावली २०७४ को नियम १४४ को उपनियम (१) बमोजिम तीन दलले अविश्वास प्रस्ताव दर्ता गरेका हुन् । अविश्वासको प्रस्तावका साथ संविधानको धारा १८८ को उपधारा (५) बमोजिम मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद के
काडमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभाको चालु हिउँदे अधिवेशन आज अपराह्न १ बजेदेखि अन्त्य गरेकि छन् । मन्त्रिपरिषद्को आज बिहान बसेको बैठककोे सिफारिशमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ (२) बमोजिम अधिवेशन अन्त्य गरेकि हुन् । सोसम्बन्धी पत्र राष्ट्रपतिको कार्यालयबाट सङ्घीय संसद् सचिवालयमा प्राप्त भइसकेको थाहा भएको छ । सर्वोच्च अदालतको गत फागुन ११ को फैसलाबाट पुनःस्थापित प्रतिनिधिसभामा राजनीतिक विवादका कारण महत्वपूर्ण विधेयक अघि बढ्न सकेका थिएनन् । सो अधिवेशन गत फागुन २३ गतेदेखि आरम्भ भएको थियो । यसैबीच आजको मन्त्रिपरिषद्का निर्णय अपराह्न सरकारका प्रवक्ताले सार्वजनिक गर
काठमाडौँ / राष्ट्रपति विद्यादेवी भण्डारीले डा कुमार चुडाल (झापा) र नहकुल सुवेदी (म्याग्दी) लाई सर्वोच्च अदालतका न्यायाधीशमा नियुक्त गरेकि छिन् । राष्ट्रपतिले नेपालको संविधानको धारा १२९ को २ बमोजिम न्याय परिषद्का सिफारिशमा आज उनिहरुलाई नियुक्त गरेको राष्ट्रपतिको कार्यालयका प्रवक्ता रुपनारायण भट्टराईले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । चुडाल हाल उच्च अदालत, पाटन र सुवेदी उच्च अदालत, सुर्खेतमा मुख्य न्यायाशीश छन् । उनिहरुको नामलाई संसदीय सुनुवाइ विशेष समितिले केही दिनअघि अनुमोदन गरेको थियो ।
काठमाडौँ / नेपाल कम्युनिष्ट पार्टी एमालेको केन्द्रीय कमिटी बैठक बस्दै छ। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा १ बजे बस्न लागेको प्रधनामन्त्रीका प्रेस सल्लाहाकार सुर्य थापाले जानकारी दिए। प्रधानमन्त्री केपी शर्मा ओलीले केही दिनअघि आजका लागि बैठक बोलाएका थिए। आजको बैठकमा महाधिवेशन आयोजक कमिटी गठन गरिनेछ।एमालेको दशौँ महाधिवेशन आगामी २०७८ मङ्सिर २ देखि ६ गते तोकिएको छ। यद्यपी ओलीले बोलाएको वैठकमा माधवकुमार नेपाल समूह सहभागी नहुने स्रोतले जनाएको छ।
पर्वत / नेकपा (माओवादी केन्द्र)का स्थायी समिति सदस्य देवेन्द्र पौडेलले निकट भविष्यमै नेकपा (एमाले) माधवकुमार नेपाल पक्षसँग पार्टी एकता हुन सक्ने बताएका छन् । सदरमुकाम कुश्माबजारमा माओवादी केन्द्रद्वारा आज आयोजित अगुवा कार्यकर्ता प्रशिक्षण कार्यक्रममा उनले नेपाल पक्षसँग निकट भविष्यमै एकता गर्ने गरी गम्भीर रुपमा वार्ता र छलफल अघि बढेको खुलासा गरेका छन् । उनले बलियो कम्युनिष्ट शक्ति निर्माणका लागि विभाजित सबै दलसँग एकताका लागि पहल भइरहेको जनाउँदै एमाले, जनता समाजवादी पार्टी र माओवादीकै अन्य समूहसँगसमेत निरन्तर छलफल र संवाद अघि बढेको बताएका छन् । उनले नेपाली कांग्रेस आफ्नो नेतृत्वमा सरकार बना
गोदावरी / सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले तत्काल प्रदेश सरकार परिवर्तन नहुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ कैलाली शाखाद्वारा आयोजित निर्वाचित पदाधिकारीको पदस्थापन कार्यक्रममा उनले केही सञ्चारमाध्यममा सरकार परिवर्तनको चर्चा आइरहे पनि त्यस विषयमा कुनै छलफल नभएको बताएका छन् । पछिल्लो परिस्थिति जटिल बनेको जनाउँदै उनले केन्द्रको असर अहिले प्रदेशमा पनि देखिएको विचार गरेका छन् । मुख्यमन्त्री भट्टले कोरोना महामारी नियन्त्रणमा सङ्घीय सरकारबाट सहयोग नभएको आरोप लगाएका छन् । भारतबाट नेपाली ल्याउने, सीमामा अलपत्र परेकालाई उद्धार गर्ने, परीक्षणको दायरा बढाउने तथा अस्पताल स्थापना
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.