राजनीति

    Showing 9,541-9,550 of 10,449 items.
  • एमाले अध्यक्ष ओली अस्वस्थ

    काठमाडौँ / प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अस्वस्थ भएका छन् ।पार्टी विभाजनपछि नेता कार्यकर्तासँगको भेटघाट र सक्रियताको धपेडीले अध्यक्ष ओली शुक्रबारदेखि बिरामी भएको उनका प्रेस सहयोगी रामशरण बजगाईँले जानकारी दिएका छन् ।ओली अहिले बालकोटस्थित निवासमै आराम गरिरहेका छन् । अत्यावश्यक बाहेक सबै भेटघाट बन्द गरिएको बजगाईँले बताए ।

    • प्रकाशित मितिः भदौ १९, २०७८
    • 160 पटक पढिएको
  • नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले दिए पार्टीबाट राजीनामा

    काठमाडौँ//  नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष वामदेव गौतमले पार्टीबाट राजीनामा दिएका छन् ।वरिष्ठ उपाध्यक्ष सहित पार्टीको सम्पूर्ण काम जिम्मेबारी परित्याग गरेको भन्दै शुक्रबार साँझ एमाले पार्टी कार्यालय पुगेर कार्यालय सचिव शेरबहादुर तामाङलाई नेता गौतमले राजीनामापत्र बुझाएका हुन् ।राजीनामापत्रमा नेता गौतमले अध्यक्ष केपी ओलीलाई नवौँ महाधिवेशनले पारित गरेका राजनीतिक कार्यदिशालाई पालना नगरेको र साझा घोषणा लागु नगरेको गुनासो गरेका छन् ।साथै सर्वोच्च अदालतले असंवैधानिक भनेर खारेज गरेका विषयलाई समेत अध्यक्ष ओलीले आफूलाई सुधार नगरेको  राजीनामापत्रमा उल्लेख रहेको छ। साथै अध्यक्ष ओलीले पार्टी

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 123 पटक पढिएको
  • पत्रकार बिक लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीको प्रेस संयोजकमा नियुक्त

    बिर्तामोड / लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी सोनामले प्रेस संयोजकमा पत्रकार मानसिंह विकलाई नियुक्त गरेका छन् । केसीले लामो समयदेखि पत्रकारितामा क्रियाशील रहेका रोल्पा समाचार दैनिकका सञ्चालक विकलाई प्रेस संयोजकमा नियुक्त गरेका हुन् ।   रोल्पामा रहेर विकले राष्ट्रिय स्तरमा पत्रपत्रिकामा समेत रिपोर्टिङ गर्दै आएका छन् । उनी हाल लुम्बिनी प्रदेशको प्रेस संगठनको प्रदेश संयोजक समेत हुन् ।

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 113 पटक पढिएको
  • सुध्रिएन ओली समुह : प्रवक्ता हुन पार्टी भित्र लडाई

    बिर्तामोड / पार्टी विभाजन पछि नेकपा एमाले भित्रको आन्तरिक झगडा र कलह सकिने अनुमान गरिएको भएपनि पार्टी प्रवक्ताको विषयलाई लिएर फेरि झगडा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली गुटका नेता प्रदिप ज्ञवालीले पार्टी प्रवक्ताका रुपमा विज्ञप्ति जारी गरेपछि फेरि आन्तरिक झगडा सतहमा आएको हो ।विगतमा माधव कुमार नेपाल समुहमा रहेका नेता योगेश भट्टराई पार्टी प्रचार विभाग प्रमुख बनाईएपनि ओली समुहका नेता ज्ञवालीले विभिन्न विषयमा पार्टी प्रवक्ताको हैसियतमा विज्ञप्ति जारी गर्न थालेपछि आन्तरिक कहल सुरु भएको हो ।माधव नेपालको साथ छाडेर अन्तिम समयमा एमालेमा नै बस्ने निर्णय गरेका नेता र ओली समुहबिच पार्टीलाई २०७५

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 157 पटक पढिएको
  • स्वास्थ्य मापदण्ड अपनाएर महाधिवेशन सफल पारौँ : वरिष्ठ नेता पौडेल

    काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्वास्थ्य मापदण्ड अपनाएर कांग्रेसको १४औँ महाधिवेशन सफल बनाउनुपर्ने बताएका छन् ।पार्टीको आजदेखि सुरु भएको वडा अधिवेशनको पूर्वसन्ध्यामा उनले एक विज्ञप्तिमार्फत कोरोनाको महामारी र वर्षाको विषम परिस्थितिमा हुन लागेको महाधिवेशनलाई सफल बनाउन सबै लाग्नुपर्ने बताएका हुन् । वरिष्ठ नेता पौडेलले लोकतन्त्रलाई संस्थागत गर्दै मुलुकको आर्थिक समृद्धिका लागि कांग्रेसभित्र सवल नेतृत्व आवश्यक रहेको जनाउँदै आत्माको पुकार सुनेर निर्णय गर्न आम नेता तथा कार्यकतालाई आग्रहसमेत गरेका छन्। यस्तै पार्टीका पूर्व महामन्त्री प्रकाशमान सिंहले पनि आज एक विज्

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 115 पटक पढिएको
  • आजदेखि कांग्रेसको वडा अधिवेशन शुरु

    काठमाडौँ  / नेपाली कांग्रेसको १४ औँ महाधिवेशन अन्तर्गत आजदेखि वडा अधिवेशन सुरु भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा अधिवेशन आरम्भ हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ ।नामावली प्रकाशित भएका सम्बन्धित जिल्लामा जिल्ला निर्वाचन अधिकृतलाई समेत खटाइएको निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले जानकारी दिए । उनका अनुसार ती सबै जिल्लामा निर्वाचनका लागि आवश्यक सामग्रीसमेत पठाइसकिएको छ । जिम्मेवारी तोकेका मतदान अधिकृतले आफ्ना वडामा आवश्यक तयारीअनुसार मतदान गराउने प्रक्रिया सुरु भएको छ ।क्रियाशील सदस्यता सूची प्

    • प्रकाशित मितिः भदौ १८, २०७८
    • 114 पटक पढिएको
  • विपक्षी गठबन्धनद्वारा मुख्यमन्त्री आचार्यको नियुक्ति बदर गर्न माग

    बिर्तामोड / विपक्षी गठबन्धनमा रहेका दलहरूले प्रदेश १ का मुख्यमन्त्री भीम आचार्यको नियुक्ति बदर गर्न माग गरेका छन् ।नेपाली काङ्ग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा समाजवादी , जनता समाजवादी पार्टी, संघीय लोकतान्त्रिक मन्च सम्मीलित गठबन्धनको बिहीवार सम्पन्न बैठकले मुख्यमन्त्री आचार्यको नियुक्ति असंवैधानिक भएको भन्दै बदर गर्न माग गरेको हो । विपक्षी गठबन्धनले एमाले विभाजन भई नेकपा एकीकृत समाजवादी दललाई निर्वाचन आयोगले आधिकारिकता दिइसकेको अवस्थामा बहुमत छ भन्दै हतार हतार मुख्यमन्त्री नियुक्त गरिएको भन्दै मुख्यमन्त्री नियुक्ति बदर गर्न माग गरेको एक नेताले बताए । प्रदेशका सांसद

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 120 पटक पढिएको
  • संवैधानिक इजलास रोक्न सर्वोच्चको अन्तरिम आदेश

    काठमाडौं  / सर्वोच्च अदालतले संबैधानिक परिषदसम्बन्धी अध्यादेश र त्यसका आधारमा गरिएका नियुक्तिविरुद्ध परेको रिटको सुनुवाई नगर्न अन्तरिम आदेश दिएको छ ।अदालतले उक्त रिटको सुनुवाई प्रधानन्यायाधीश विनाको संवैधानिक इजलासमा नगर्न भनदै अन्तरिम आदेश दिएको हो । बिहीबार न्यायाधीश हरि फुयालको इजलासले यस्तो आदेश दिएको हो ।

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 126 पटक पढिएको
  • प्रधानमन्त्री देउवा र अध्यक्ष दाहालबीच भेटवार्ता

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा (माओवादी केन्द्र)का अधयक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटघाट भएको छ । सत्ता गठबन्धनका शीर्ष दुई नेताबीच आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मन्त्रिपरिषद् विस्तार, सरकार सञ्चालनलगायत समसामयिक राजनीतिक विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।त्यसैगरी (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड र नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच पनि भेटघाट भएको छ । माओवादी संसदीय दलको कार्यालय सिंहदरबारमा आज भएको भेटघाटमा उहाँहरुबीच सरकारमा सहभागिताका विषयमा केन्द्रित रहेको अध्यक्ष प्रचण्डको सचिवालयले जनाएको छ ।&nb

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 100 पटक पढिएको
  • प्रदेश २ : एमालेका १० सांसदले रोजे नयाँ दल

    धनुषा /  प्रदेश २ मा एमालेका १० जना प्रदेश सांसदले नेकपा एकीकृत समाजवादी रोज्दै निर्वाचन कार्यालय गरेर सनाखत गराएका छन् ।नेकपा एमालेबाट १३ जना एकीकृत समाजवादीमा जाने बताइए पनि १० जनाले मात्रै सनाखत गरेका हुन् । समाजवादीमा जाने भनिएका सांसद दिल्ली उप्रेती यति वेला उपचारका लागि भारतको दिल्लीमा रहेका छन् । उनले दूतावासबाट नै सनाखत गराउने तयारी गरेको सांसद बेची लुंगेलीले जानकारी गराएकी छन् ।त्यसैगरी एमालेकै प्रदेश सांसद सुन्दर विश्वकर्मा र सीता गुरुङ खराब मौसमका कारण सनाखत गराउन जनकपुर आउन नसकेको एकीकृत समाजवादीका नेता एवं सांसद शत्रुधन महतोले बताएका छन् ।बिहीबार निर्वाचन कार्यालय गएर एमाले स

    • प्रकाशित मितिः भदौ १७, २०७८
    • 130 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.