काठमाडौं / राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले विपद् व्यवस्थापनलाई प्रभावकारी बनाउन उच्चस्तरीय सर्वदलीय संयन्त्र गठन गर्ने विषयमा छलफल गर्न आज सर्वदलीय बैठक बोलाएको छ।
बैठक दिउँसो २ बजे सिंहदरबारस्थित रास्वपाको संसदीय दलको कार्यालयमा बस्नेछ। भोटेकोशीको विनाशकारी बाढीपछि पारित १० बुँदे साझा सङ्कल्पअनुसार विपद् व्यवस्थापनलाई दीर्घकालीन रूपमा प्रभावकारी बनाउने, पुनर्निर्माण, जलवायु अनुकूलन, नीतिगत सुधार तथा सरकारी कामको अनुगमनका लागि संयन्त्र गठन गर्ने तयारी गरिएको रास्वपाले जनाएको छ।
सोही सहमतिलाई कार्यान्वयनमा लैजान र सम्बन्धित राजनीतिक दलबीच साझा धारणा बनाउन बैठक आयोजना गरिएको हो। रास्वपाले सबै सम्बन्धित दलका प्रतिनिधिलाई बैठकमा सहभागी हुन आग्रह गरेको छ।






































