राजनीति

    Showing 9,571-9,580 of 9,685 items.
  • सहज संसद सञ्चालनका लागि सभामुख परामर्शमा

    काठमाडौं / गत आइतबार कार्याव्यवस्था परामर्श समितिको बैठक नबोलाएको भन्दै रुष्ट बनेका दलहरुसँग सभामुख अग्नि सापकोटाले परामर्श थालेका छन् ।प्रतिनिधिसभाको आज (बुधबार)को बैठक सहजरुपमा सञ्चालन गर्न सभामुख सापकोटा अनौपचारिक छलफलमा जुटेको उनको निजी सचिवालयले जानकारी दिएको छ । एमाले, कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी सहित दलका नेताहरुसँग उनले परामर्श गर्दै छन् ।आजको बैठकमा चारै दलका प्रमुख नेताहरुलाई बोल्न समय छुट्याएर सहजै संसद सञ्चालन गर्ने सभामुखको तयारी रहेको छ । आजको कार्यसूचीमा केही अध्यादेश सहित दिवंगत सांसदहरुप्रति श्रद्धाञ्जली समावेश छ ।यो गत आइतबारकै कार्यसूची हो । यसमा संवैधानि

    • प्रकाशित मितिः फागुन २६, २०७७
    • 98 पटक पढिएको
  • झापामा पनि राखियो एमालेको बोर्ड

    झापा । नेकपा झापाको पार्टी कार्यालयमा एमाले लेखिएको बोर्ड राखिएको छ ।तत्कालीन एमाले र माओवादी केन्द्र एकीकृत भएपछि राखिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को साइनबोर्ड फेरेर एमालेको बोर्ड राखिएको हो ।सो कार्यालय दुवै पार्टी एकीकरण हुनुअघि पनि नेकपा एमालेकै थियो । नेकपा विभाजित भएर अलग–अलग समूह भएपछि कार्यालय बन्द रहेको थियो । आजैदेखि कार्यालय पनि सञ्चालनमा आउने नेकपा एमालेका जिल्ला कमिटी सदस्य शिव ढुङ्गेलले बताए ।

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 102 पटक पढिएको
  • रघुजी पन्तविरुद्ध कोमल वलीद्वारा गाली बेइज्जती मुद्दा दायर

    बिर्तामोड/  एमालेका राष्ट्रियसभा सांसद कोमल वलीले एमालेकै नेता रघुजी पन्तविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरेकी छन् ।पन्तविरुद्ध आफुलाई यौनि हिंसाजन्य गाली बेइज्जती गरेको भन्दै सांसद वली अदालत पुगेका हुन् । एक सार्वजनिक कार्यक्रममा नेता पन्तले पिडुँला देखाएको भरमा सांसद भएको आपत्तिजनक शब्द बोलेका थिए ।उक्त अभिव्यक्तिको सार्वजनिक रुपमा व्यापक आलोचना भएपछि उनले माफी समेत मागेका थिए । वलीले पन्तको अभिव्यक्तिबाट आफ्नो मात्र नभएर सबै महिला नेतृहरुको मानमर्दन भएको बताएकी छन् ।वलीले आफ्नो उजुरीमा भनेकी छन् । ‘राजनीतिमा प्रोपोगाण्डा फैलाउने कुत्सित उद्देश्य बोकी विपक्षीले जानी जानी मल

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 291 पटक पढिएको
  • विप्लवको सुरक्षामा इन्स्पेक्टर सहित १० जनाको टोली

    बिर्तामोड  / नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र विक्रम चन्द विप्लवु को सुरक्षाको लागि गृह मन्त्रालयले प्रहरी निरीक्षक(इन्स्पेक्टर)सहित १० जनाको टोली खटाएको छ।गत शुक्रबार सार्वजनिक भएका विप्लव खुला राजनीतिमा आएसँगै उनलाई सुरक्षा दिइएको हो । उनलाई मन्त्रालयको निर्देशन अनुसार आवश्यक सुरक्षा दिएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।आवश्यक सुरक्षाको व्यवस्थापन मिलाउनू भनेर गृहबाट निर्देशन भएको छ त्यहीअनुसार प्रहरीहरू खटिएका छन्,ु उनले भने, सुरक्षा थ्रेट भन्दा पनि भर्खरै शान्ति प्रक्रियाबाट मूलधारमा आउनुभएको छ। त्यसैले सुरक्षा दिएको हो। महानगरीय प्रहरी परिसर,

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 101 पटक पढिएको
  • ओलीले सुरु गरे सत्ता जोगाउन चलखेल

    काठमाडौं/ सरकार जोगाउन प्रधानमन्त्री केपी शर्मा ओलीले चलखेल सुरु गरेका छन् । प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष महन्थ ठाकुरसँग सोमबार विहान वालुवाटारमै छलफल गरेको स्रोतले बताएको छ ।जसपा स्रोतका अनुसार प्रधानमन्त्री ओलीले अब आफूलाई विश्वासको मत दिन आग्रह गरेका थिए । सर्वोच्च अदालतको फैसलापछि एमाले र माओवादी केन्द्र अलग–अलग भएपछि ओली संविधानको धारा ७६ को उपधारा २ बमोजिम दुई वा दुई दल भन्दा बढीको समर्थनमा प्रधानमन्त्री भन्नुपर्नेछ ।अर्थात अब सदनमा ओलीले ३० दिन भित्र विश्वासको मत लिनुपर्ने छ । माओवादी केन्द्रले साथ छोड्दा उनी अल्पमतमा पर्नेछन् । त्यसैले विश्वासको मत लिनका ल

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 90 पटक पढिएको
  • एमाले र माओवादी केन्द्रलाई निर्वाचन आयोगको पत्राचार

    काठमाडौं । सर्वोच्च अदालतको फैसलाबाट पुनर्स्थापित नेकपा एमाले र नेकपा माओवादी केन्द्रलाई निर्वाचन आयोगले पत्राचार गर्ने भएको छ । दुबै दलका नाम र चुनाव चिन्हका लागि सम्पर्कमा आउन पत्राचार गर्ने भएको हो ।नेकपा विवाद टुंग्याउने ठूलो सकस पाएको आयोग अदालतको फैसलाबाट सहज बनेको छ । उसले फैसला कार्यान्वयन गर्ने गरी आयोगले पत्राचार गर्ने तयारी गरेको हो ।अदालतको फैसला अनुसार दुबै दललाई पुनः एकीकरण भएर नयाँ नाम लिएर आउन वा साविककै एमाले र माओवादी केन्द्रको नाम दर्ताका लागि प्रक्रिया अगाडि बढाउन आयोगले मौका दिनेछ । एमालेको सूर्य चिन्ह र माओवादी केन्द्रको चुनाव चिन्ह गोलाकारभित्रको हँसिया हथौडा नै हुनेछ ।

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 98 पटक पढिएको
  • प्रधानमन्त्री निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्दै

    बिर्तामोड/ प्रधानमन्त्री केपी शर्मा ओलीले आज मन्त्रिपरिषदको बैठक बोलाएका छन् । बैठक दिउँसो ४ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको हो ।ओली सरकारमा अहिले पूर्वमाओवादी केन्द्रमा रहेकाहरू पनि मन्त्री छन् । यसैबीच सरकारले जारी गरेका केही अध्यादेश पनि संसदमा पेश गर्न बाँकी छ । आइतबारको संसद बैठकमा एउटा अध्यादेश पेस भए पनि बैठक अवरूद्ध भएपछि प्रक्रिया अघि बढ्न सकेको थिएन ।सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टीको (नेकपा) एकीकरण खारेज गरिदिएर पहिलाका नेकपा (एमाले) र माओवादी केन्द्र ब्युँताउने फैसला गरेपछि पहिलो पटक मन्त्रिपरिषद बैठक बस्न लागेको हो ।

    • प्रकाशित मितिः फागुन २५, २०७७
    • 95 पटक पढिएको
  • सर्वोच्चको फैसलापछि फालिए नेकपाका साइनबोर्ड

    काठमाडौं / सर्वोच्च अदालतले नेकपाको आधिकारिक नामका सन्दर्भमा २०७७ फागुन २३ गते गरेको फैसला निर्वाचन  आयोगमा कार्यालय समयमा नै पुगेर फागुन २३ गते नै दर्ता भएको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दर्ता गर्ने आयोगको २०७५ जेठ २३ र २०७५ कात्तिक ९ मा भएको निर्णय उत्प्रेषणको आदेशबाट बदर गरिएको सम्बन्धी फैसला  प्राप्त भएको जानकारी दिएका थिए । आयोगको विज्ञप्तिमा भनिएको छ, “सर्वोच्च अदालको आदेश एवं फैसलाको जानकारी पठाएको सम्बन्धी पत्रसाथ संलग्न नेपाल कम्युनिष्ट पार्टी संक्षिप्तमा नेकपा नाम गरेको पार्टीसँग मिल्ने गरी नेपाल कम्युनिस्ट पार्टी (

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 103 पटक पढिएको
  • खुल्यो एमालेको पार्टी कार्यालय

    विराटनगर / सर्वोच्च अदालतको फैसलापछि नेकपाको दुई समुहमा विवाद जारी रहेकै बेला ओली समुहका कार्यकर्ताले विराटनगरको पान्चाली स्थित कार्यालय कब्जा गरी एमाले व्युतिएको सार्वजनिक रुपमा घोषणा गरेका छन् । ओली पक्षीय समुहले विराटनगरमा रहेको नेकपाको कार्यालयमा बोर्ड नै समेत परिवर्तन गरेका छन् ।  आईतवार सर्वोच्च अदालतको आदेश लगत्तै पुर्व एमाले व्यतिएको भन्दै उनीहरुले विराटनगर–१२ मा रहेको नेकपाको कार्यालय कब्जा गरी एमालेको वोर्ड नै परिवर्तन गरेर नेकपा (एमाले) पार्टी संचालनमा आएको सन्देश दिएका हुन् ।नेकपाको अर्को समुह प्रचण्ड – नेपाल समुहले भने ओली समुहको यो हर्कत लाजमर्दो भएको बताएका छन् ।

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 102 पटक पढिएको
  • विप्लव र रेखा थापाबीच भेट

    बिर्तामोड / नेपाली फिल्मकी चर्चित अभिनेत्री रेखा थापाले नेकपा महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’सँग भेट गरेकी छन् । उनले समाजिक संजाल फेसबुकमा भेटको एक तस्विर सार्वजनिक गर्दै भेटको बारेमा जानकारी दिएकी हुन् ।केही दिन अगाडि सरकारसँग वार्ता र सम्झौता गर्दै शान्तिपूर्ण राजनीतिमा आएका ‘विप्लव’ र रेखाबीच किन भेट भयो भन्नेबारे चासो हुनु स्वाभाविक हो । उसो त सरकारले विप्लव नेतृत्वको नेकपामाथि प्रतिवन्ध लगाएपछि रेखाले विरोध समेत गरेकी थिइन् । यहीबीचमा उनको भेटवार्तालाई लिएर विभिन्न आकलन र टिकाटिप्पणी भइरहेको बेला रेखाले ‘विप्लव’सँगको आफ्नो भेटलाई राजनीतिक रुपमा नहर्ने आग्रह गरेकी छन् । ‘‘विप्लव’सँ

    • प्रकाशित मितिः फागुन २४, २०७७
    • 97 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.