राजनीति

    Showing 9,661-9,670 of 9,685 items.
  • आलोचनाको घेरामा प्रधानमन्त्री ओलीको कार्यकाल

    काठमाडौं । समृद्ध नेपाल, सुखी नेपालीको नारा दिएको केपी शर्मा ओली नेतृत्वको सरकारको तीन वर्ष सन्तोषजनक रहन सकेन । यो तीन वर्षमा प्रतिनिधिसभा विघटन गरेर प्रधानमन्त्री ओलीले राजनीतिक कलंक बोकेका छन् ।तीन वर्ष पुगेको अबसरमा सरकारले कार्यसम्पादनबारे ‘बिफ्रिङ’ गर्दैछ । प्रधानमन्त्री ओलीले आफ्नो सरकारले स्थिरता, विकास र सुशासनमा चमत्कारपूर्ण काम गरेको बताए पनि राजनीतिक र नागरिक वृत्तमा सरकारका काममाथि अनेक प्रश्न छन् ।२०७४ फागुन ३ गते गठन भएको थियो । सरकारको पाँच वर्ष पूरा नहुँदै प्रतिनिधिसभा विघटन गरेका ओली दल विभाजनसम्बन्धी अध्यादेश, पार्टी एकतापछिको अन्तर–संघर्ष र नेकपा विभाजनका लागि सबै भन्दा बढी

    • प्रकाशित मितिः फागुन ३, २०७७
    • 131 पटक पढिएको
  • नेता नेपालको संलग्नताबारे प्रमाण बुझ्न अख्तियारलाई सर्वोच्चको आदेश

    काठमाडौँ । ललिता निवास प्रकरणको बहुचर्चित मुद्दामा नेकपा प्रचण्ड समूहका नेता एवम् पूर्वप्रधानमन्त्री माधवकुमार नेपालबारे प्रमाण बुझ्न सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई आदेश दिएको छ।अधिवक्ता बालकृष्ण न्यौपानेले दर्ता गरेको रिटमा सुनुवाई गर्दै न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र आनन्दमोहन भट्टराईको संयुक्त इजलासले उक्त मुद्दाबारे प्रमाण बुझ्न आदेश दिएको हो।ललिता निवाससम्बन्धी मुद्दामा विभिन्न अभियुक्तका साथ माधवकुमार नेपाललाई समेत मुद्धा चलाउनु पर्ने माग गर्दै अधिवक्ता न्यौपानेले सर्वोच्चमा रिट दर्ता गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 68 पटक पढिएको
  • प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

    काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको आन्दोलन घोषणा गरेको छ ।केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ६ गते प्रतिगमन, महंगी र महिला हिंसाको विरोधमा मानव साङ्गोले टुँडिखेल घेर्ने घोषणा गरेको छ । ९ गते उपत्यका र बाहिर सबै जिल्लामा महिलाहरुको प्रदर्शन गर्ने पनि उसले बताएको छ ।यसअघि प्रचण्ड-माधव समूहले गत माघ १३ देखि २८ गतेसम्म तेस्रो चरणको आन्दोलनका कार्यक्रमहरु गरेका थिए ।

    • प्रकाशित मितिः फागुन २, २०७७
    • 66 पटक पढिएको
  • नेपालमा नयाँ जनवादीक्रान्ति अपरिहार्य बनेको छ : मोहन वैद्य

    काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’ले नेतृत्वको गद्धारीकै कारण क्रान्ति प्रतिक्रान्तिमा बदलिएको बताएका छन् ।मोहन वैद्ध किरणले वक्तव्य जारी गर्दै नवसंशोधनवादी विचलनका कारण जनयुद्ध इतिहास बनेको बताएका छन् । मोहन वैद्यद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यसले नेपालमा संसदीय व्यवस्था, संसदीय र संशोधनवादी पार्टीहरु सबै असफल भएको मात्र होइन, नेपालमा नयाँ जनवादीक्रान्ति अपरिहार्य बनेको तथ्य स्पष्ट गर्दछ ।’उनले विज्ञप्तिमा नेपाली क्रान्तिले धक्का खाएर पनि क्रान्तिको प्रक्रिया नरोकिएको उल्लेख गर्दै भनेका छन्, ‘झापा आन्दोलन र जनयुद्धको क्रान्तिकारी विरासतल

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 150 पटक पढिएको
  • आज २६ औं जनयुद्ध दिवस, विविध कार्यक्रम गरी मनाइदै

    बिर्तामोड / पूर्व माओवादीहरुले आज २६ औं जनयुद्ध दिवस मनाउँदैछन् । दिवसको अवसरमा काठमाडौंको पेरिसडाँडासहित देशभर बिभिन्न कार्यक्रम आयोजना गरिएका छन् ।गणतन्त्र र नयाँ जनवादीसत्ता स्थापनाको लक्ष्यसहित प्रचण्ड नेतृत्वको तत्कालीन माओवादीले २०५२ साल फागुन १ गतेदेखि सशस्त्र युद्ध सुरु गरेको थियो ।रोल्पाको होलेरी, रुकुमको आठबीसकोट, सिन्धुलीको सिन्धुलीगढीमा रहेका चौकीहरू र गोरखाको च्याङ्लीमा रहेको कृषि विकास बैंक कब्जा गरी माओवादीले जनयुद्धको सुरु भएको घोषणा गरेको थियो ।आठबिसकोट प्रहरी चौकी आक्रमणको नेतृत्व गरेका गणेशमान पुन (रश्मी) भन्छन्, ‘भरुवा बन्दुकको घरमा चौकी आक्रमणमा जानु चुनौतीसँगसँगै पार्टीले

    • प्रकाशित मितिः फागुन १, २०७७
    • 123 पटक पढिएको
  • प्रतिगमनविरुद्ध हातमा साङ्लो बाँधेर प्रदर्शन

    बिर्तामोड । प्रतिनिधिसभा विघटन विरुद्ध सबै राजनीति दल र नागरिक समाज लागिरहेका बेला कलाकार र स्रष्टाले पनि प्रदर्शन गरेका छन् । ‘सबैखाले प्रतिगमनका विरुद्ध, निरन्तर अग्रगमनको पक्षमा स्रष्टा आन्दोलन’ नाम दिइएको उक्त प्रदर्शन शुक्रबार भृकुटीमण्डपबाट सुरु भई बसन्तपुरसम्म पुगेको छ ।आन्दोलनमा मण्डला थियटरका कलाकारले हातमा साङ्ला बाँधेर प्रदर्शन गरेका छन् । उनीहरुले मुलुकमा अभिव्यक्ति स्वतन्त्रता कुण्ठित भएको विरोधमा साङ्लाले बाँकेर प्रदर्शन गरेका हुन् । उनीहरुको प्रदर्शनमा बामपन्थी र प्रजातान्त्रिक दुबै खेमाका साहित्यकार, कलाकार सहभागी थिए ।प्रदर्शनमा आहुति, निनु चापागाई, राजन मुकारुङ, नारायण वाग्ले

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 151 पटक पढिएको
  • सुरक्षा कटौतिका विषयमा पुर्व राजा असन्तुष्ट

    विर्तामोड / केहि दिन अघि सरकारले पूर्व भिभिआईपी र भिआइपीको सुरक्षामा खटिएका सुरक्षाकर्मीलाई निर्वाचनको लागि भन्दै कटौति गर्ने निर्णय गरेपछि पुर्वराजपरिवारले असन्तुष्टि व्यक्त गरेको छ । गृहमन्त्रालयले  नयाँ कार्यविधि बनाएर सुरक्षाकर्मी फिर्ताको लागि पत्राचार गरेपछि राजपरिवार असन्तुष्ट बनेको हो । मन्त्रालयले नयाँ मापदण्ड बनाएर कार्यविधि विपरीत सुरक्षाका बहानामा बढी सुरक्षाकर्मी प्रयोग गरिएको भन्दै फिर्ता ल्याउन सुरु गरेपछि सो विषयमा राजपरिवारले निजी सचिव मार्फत असन्तुष्टि व्यक्त गरेको हो । मन्त्रिपरिषद्ले केही समयअघि पूर्व राष्ट्रपति, पूर्व प्रधानमन्त्री, पूर्व राजा, पूर्व गृहमन्त

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 222 पटक पढिएको
  • नेकपा (दाहाल - नेपाल) समूहमा महासचिव चयनमा मदभेद

    झापा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बाट फुटेको पार्टी माधव नेपाल–पुष्पकमल दाहाल समूहमा अहिले पार्टीभित्रनै मतभेद देखिन थालेको छ । वि. सं. २०७७ माघ १९ गते बसेको स्थायी समिति बैठकले विष्णु पौडेललाई महासचिवबाट हटाउने निर्णय गरेपछि नयाँ महासचिव मनोनयनमा पार्टी भित्रनै मतभेद देखिन थालेको हो । पार्टीका नेताहरुले आफ्नो निकट व्यक्तिलाई सचिव बनाउन लागिरहेका छन् । महासचिवका लागि पुष्पकमल दाहालको निकट व्यक्ति वर्षमान पुन र जनार्दन शर्मा दैडधुप गिररहदा प्रवक्ता नारायणकाजी श्रेष्ठ पनि महासचिव हुन विभिन्न कसरत सुरु गरेका छन् । माओवादी कित्ताका तीन जना नेताले पार्टी महासचिवका लागि कसरत गरी रहँदा

    • प्रकाशित मितिः माघ ३०, २०७७
    • 147 पटक पढिएको
  • गोरखामा के भनेकी थिइन् झाँक्रीले ?

    बिर्तामोड। नेपाल कम्युनिष्ट पार्टी नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्रीलाई प्रहरीले बिहीबार दिउँसो गिरफ्तार गरेको छ ।  झाँक्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध गालीगलौज र मानमर्दन हुने गरी अभिव्यक्ति दिएको आरोप छ । उनलाई राज्य विरुद्धको कसुर सम्बन्धि ऐनको दफा ५८ अनुसार प्रहरीले पक्राउ गरेको हो ।गोरखामा केही दिनअघि नेतृ झाँक्रीले राष्ट्रपतिविरुद्ध गालीगलौज गरेको आरोप लगाउँदै नेकपा ओली समूहले विरोध गरेका थिए । उनलाई तत्काल पक्राउ गर्न भन्दै ओली समूह सम्बद्ध महिला संघले गृहमन्त्रीलाई ज्ञापन पत्र बुझाएको थियो ।अभियोग पुष्टि भएमा उनलाई ७ बर्ष जेल वा ७० हजार रुपैय

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 137 पटक पढिएको
  • नेतृ झाँक्रीको निवासमा कार्यकर्ताको कुटाइबाट एक प्रहरी घाइते

    काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल पक्षका नेृत रामकुमारी झाँक्रीको निवास शंखमुलमा पक्राउ गर्न पुगेपछि कार्यकर्ताले चर्को विरोधस्वरुप नाराबाजी गरिरहेका छन् । पक्राउ गर्न सादा पोशाकमा खटिएको अपराध महाशाखाको टोली फर्किए पनि नाराबाजी चलेपछि प्रहरी पुनः त्यहाँ पुगेको जनाइएको छ । नाराबाजीकै क्रममा प्रहरीका एक सुरक्षार्मी घाइते भएको जनाइएको छ ।

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 171 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.