राजनीति

    Showing 9,671-9,680 of 9,685 items.
  • सरकारको दवावमा नेकपा नेतृ झाक्रीलाई पक्राउ गर्ने तयारी

    काठमाडौं । सरकारको दवावमा नेकपा नेतृ रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले तयारी थालेको छ । सरकार विरुद्द आक्रामक रुपमा प्रस्तुत हुँदै आएकी झाक्रीलाई पक्राउ गर्न नेकपाको ओली पक्षले दवाव दिँदै आएको थियो । बुधवार नेकपाको विरोध सभामा आक्रमक रुपमा प्रस्तुत भएकी झार्कीलाई पक्राउका लागि सत्तासिन ओली पक्षवाट दवाव वढेपछि प्रहरीले पक्राउका लागि तयारी अघि वढाएको गृहमन्त्रालय उच्च स्रोतले जानकारी गराएको छ । गृहमन्त्रालयका एक अधिकारीले गुप्तचर खबरलाई दिएको जानकरीका अनुशार राष्ट्रपति विरुद्द गम्भिर एवं संगिन आरोप लगाएको अभियोगमा कारवाही गर्न नेकपाको ओली पक्षवाट दवाव भएपछि प्रहरीलाई सोधपुछ अनि

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 138 पटक पढिएको
  • नेकपाको प्रदर्शनमा भारतीय झण्डा : प्रोपोगाण्डा कि ! वास्तविकता

    काठमाडौंं / प्रधानमन्त्रीको असंवैधानिक कदमविरुद्ध आन्दोलनमा रहेको नेकपा प्रचण्ड–माधव समूहले बुधबार काठमाडौंमा विरोधसभा आयोजना गरेको थियो । प्रदर्शनी मार्गमा सभा चल्दै गर्दा एउटा तस्बिर सामाजिक संजालमा ‘भाइरल’ बन्यो ।प्रचण्ड, माधवकुमार नेपाल लगायतका शीर्ष नेता ‘विरोध–प्रदर्शन’ लेखेको व्यानरसहित र्‍यालीको अग्रपंक्तिमा देखिएको तस्बिरमा भारतीय झण्डा समेत रहेको एउटा तस्विर सामाजिक संचालमा भाईरल बन्यो । सामाजिक संजालमा तस्विर भाईरल भएपछि सोहि तस्विरलाई आधार बनाएर ओली पक्षिय नेकपाको पत्रकार संगठनमा रहेका पत्रकारहरुले केहि अनलाईन पत्रिकामा समाचार सम्म तयार पारे । ओली पक्षिय नेकपाका नेता तथा कार्य

    • प्रकाशित मितिः माघ २९, २०७७
    • 132 पटक पढिएको
  • सरकारले बल मिचेर जंगली प्रक्रियाबाट संवैधानिक आयोगहरुमा नियुक्ति गरेको छु : प्रवक्ता श्रेष्ठ

    काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले सरकारले बल मिचेर जंगली प्रक्रियाबाट संवैधानिक आयोगहरुमा नियुक्ति गरेको बताएका छन् ।  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएका हुन् ।  उनले केपी ओलीको वर्तमान सरकार काम चलाउ मात्र हो तर यसलाई काम चलाउ भनेर पनि घोषणा नभएकाले सरकार पूर्णत अवैधानिक भएको पनि बताएका छन् । अवैधानिक सरकारले गरेका सबै निर्णय र नियुक्तिका विरुद्ध आन्दोलन गर्नु परेको पनि उनले बताए । केपी ओलीले प्रधानमन्त्रीको कुर्सीमा बस्ने नैतिक आधार गुमाइसकेको पनि नेता श्रेष्ठले बताए ।

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 63 पटक पढिएको
  • ओली कागजी बादशाह हुन्, उनी ढली सके : नेतृ झाँक्री

    काठमाडौँ । नेकपा प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले खड्गप्रसाद ओली कागजी बादशाह भएको बताएकी छिन् । ओली अब ढलेको घोषणा हुन मात्र बाँकी रहेको उनको भनाइ थियो ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को प्रचण्ड–नेपाल समूहले आज काठमाडौंमा गरेको विरोध सभामा उनले यस्तो बताएकी हुन् ।  ओली तानाशाह भएकाले उनी विरुद्ध आफूहरुले आन्दोलन गर्नु परेको झाँक्रीले बताइन् ।  प्रतिनिधिसभा विघटन लगायत प्रधानमन्त्रीका असंवैधानिक कदमविरुद्ध संघर्षरत यस समूहले आज पनि विरोध प्रदर्शन गरेको हो ।  

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 147 पटक पढिएको
  • आजबाट पुनः बहस शुरु

    काठमाडौँ । न्यायाधीश इन्द्रराज पाण्डेको निधनको शोकमा मंगलबार एक दिन स्थगित संसद विघटनको मुद्धाको बहस आजबाट पुनः शुरु हुँदैछ ।संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा १३ वटा मुद्दा परेका छन् । ती मुद्दामाथि माघ चार गतेदेखि हालसम्म पनि निरन्तर बहस हुँदै आएको छ । हाल प्रधानमन्त्रीका निजी कानून व्यवसायीले सरकारी निर्णयको प्रतिरक्षामा बहस चलिरहेको छ । त्यसअघि रिट निवेदकका तर्फबाट ७० जनाभन्दा बढीले बहस गरिसकेका छन् ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेकी थिइन् । 

    • प्रकाशित मितिः माघ २८, २०७७
    • 153 पटक पढिएको
  • राजसंस्था फर्काउने खेलमा प्रधानमन्त्रि ओली – नेता सिटौला

    भद्रपुर  / नेपाली कांग्रेसका नेता कृष्ण प्रसाद सिटौलाले प्रधानमन्त्रि केपी शर्मा ओली संसद विघटन गरेर वर्तमान व्यवस्था नै समाप्त पार्ने खेलमा लागेको दावी गरेका छन् । गृह जिल्ला झापा आएका उनले काठमाण्डौ फर्किनु अगाडि स्थानिय संचारकर्मीसँग बोल्दै त्यस्तो धारणा व्यक्त गरेका हुन्। नेता सिटौलाले आफ्नो दलभित्रको विवाद सम्हाल्न नसकेपछि व्यवस्था नै समाप्त पार्ने खेलमा प्रधानमन्त्रि ओली लागेको दावी गर्दै निर्वाचन नभएको स्थितिमा राजसंस्था समेत फर्किने संभावना देखिन थालेको घुमाउरो भाषामा उल्लेख समेत गरेका छन् । संचारकर्मीले राजसंस्था अन्त्यको समयमा आएको वेवि किंगको प्रसंग कोट्याएपछि नेता सि

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 466 पटक पढिएको
  • वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन

    काठमाडौं । सरकारले दुई चरणमा गर्ने गरी वैशाख १७ र २७ का लागि घोषित निर्वाचनबारे निर्णय गरेको छ । प्रतिनिधिसभा विघटन गर्दै सरकारले यसअघि नै वैशाख १७ र २७ गते दुई चरणमा मध्यावधि निर्वाचन गर्ने निर्णय गरेको थियो । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले आगामी वैशाख १७ गते ४० जिल्लामा र २७ गते ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको हो ।मन्त्रिपरिषद बैठकले वैशाख १७ गते कर्णाली, लुम्बिनी र प्रदेश २ का ४० जिल्लामा पहिलो चरणमा निर्वाचन गर्ने निर्णय गरेको एक एक मन्त्रीले जानकारी दिए । वैशाख २७ गते दोस्रो चरणमा सुदूरपश्चिम, बागमती र प्रदेश १ का ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय पनि मन्त्रिपरिषद बैठकले गरेक

    • प्रकाशित मितिः माघ २७, २०७७
    • 137 पटक पढिएको
  • धार्मिक पथमा प्रधानमन्त्री ओली

    काठमाडैँ । प्रधानमन्त्री केपी शर्मा ओली मुलुक संकटमा परेको बेला धार्मिक पथमा लागेका छन् । केही दिन अगाडी प्रधानमन्त्रि ओली र उनकी श्रीमती राधिका शाक्य पशुपतिनाथको दर्शन गर्नका लागि गएका थिए । दर्शन गर्ने क्रममा उनले पशुपतिनाथको मन्दिरमा एक अर्व बाराबरको सुनको जलहरी लगाउने घोषणा गरे । केही समय अघि ओलीले माडी नगरपालिकामा रामको जन्म भएको भन्दै विवदास्पद कुरा गरेका थिए । भगवान श्रीरामको जन्म नेपालमा भएको भन्ने कुराले ओलीे विवादमा तानिएका थिए । ओलीले आफ्नो विवादास्पद भनाईलाई सत्य बनाउने कोशिस गर्दै माडी नगरपालिकामा अयोध्याधाम बनाउनका लागि काम अघि बढाएका छन् । उनले  व्यक्तिगत सहयोगमा भगवान

    • प्रकाशित मितिः माघ २६, २०७७
    • 193 पटक पढिएको
  • ७७ जिल्लाका भूमि आयोगका पदाधिकारीलाई प्रधानमन्त्रीको निर्देशन ः १०० वर्ष पुरानो समस्या अब सुल्झियोस् ।

     प्रधानमन्त्री केपी ओलीले भूमिसम्बन्धी समस्या समाधान आयोगका पदाधिकारीहरूलाई नेपालमा भूमिसम्बन्धी समस्या १०० वर्ष भन्दा पनि पुरानो भएको र यो विषय अब समाधान हुनुपर्ने बताएका छन्।शताब्दी पुरानो समस्या सुल्झाउने जिम्मेवारी सो आयोगका पदाधिकारीहरुको काँधमा आइपरेको भन्दै उनले यो समस्या समाधान नभई सुखी नेपाली, समृद्ध नेपाल भन्ने नारा सार्थक बनाउन सम्भव नहुने बताएका थिए।उनले मुलुककै लागि महत्वपूर्ण भूमिसम्बन्धी मामिलामा काम गर्दा कुनै पनि पूर्वाग्रह नराख्न निर्देशन दिएका थिए। सरकारले केही दिनअघि मात्र नियुक्त गरेका ७७ वटै जिल्लाका आयोगका अध्यक्ष, विज्ञ सदस्य र सदस्यहरूलाई शपथ ग्रहण गराउने कार्यक्र

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 66 पटक पढिएको
  • प्रदेश १ सभाको बैठक आज बस्दै

    विराटनगर । प्रदेश १ प्रदेशसभाको सातौ हिउँदे अधिवेशनको दोस्रो बैठक आज बस्दैछ । नेकपा विभाजनपछिको विवादका कारण ७ माघमा करिब ३ मिनेट बसेर स्थगित भएको बैठक आज दिउँसो २ बजे बस्न लागेको हो ।बैठक अघि आइतबार बिहान ११ बजे प्रदेश सभामुख प्रदीपकुमार भण्डारीले कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् । बैठकमा कुनै मध्यमार्गी बाटो ननिस्किए सत्ता पक्षले बैठक अवरुद्ध गर्नेछ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राईविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रचण्ड माधव समूहका १६ जना सांसदलाई ओली समूहले तीन महिनाका लागि निलम्बन गरेको छ । भीम आचार्य, इन्द्र आङ्बो, जीवन घिमिरेसहित निलम्बनमा परेका १६ जना प्रदेशसभा

    • प्रकाशित मितिः माघ २५, २०७७
    • 66 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.