काठमाडौं— नेपालले महिला क्रिकेटतर्फ अहिलेसम्मकै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिताको आयोजना गर्दै आजदेखि आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट प्रतियोगिता सुरु गर्दैछ।नेपाल क्रिकेट सङ्घ (क्यान) को आयोजनामा हुन लागेको यो प्रतियोगिताको उद्घाटन खेलमा नेपाली महिला क्रिकेट टोलीले आइतबार घरेलु मैदानमा थाइल्याण्डको सामना गर्नेछ।नेपाल–थाइल्याण्डबीचको खेल बिहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा हुनेछ ।प्रतियोगिताको पूर्वसन्ध्यामा शनिबार साँझ क्यानले आयोजना गरेको पत्रकार सम्मेलनमा नेपाली टोलीले यसपटक अघिल्लो संस्करणभन्दा सुधारिएको प्रदर्शन गर्ने विश्वास व्यक्त गरिएको छ।टोलीकी कप्तान इन्दु वर्माले घरेलु मै
काठमाडौँ। राष्ट्रियसभाको १९औँ अधिवेशन आजदेखि सुरु हुँदैछ । नयाँ बानेश्वरस्थित अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा रहेको संसद् भवन जेनजी आन्दोलनका क्रममा जलेर ध्वस्त भएकाले सङ्घीय संसद् सचिवालय सिंहदरबारमा अधिवेशन सञ्चालन गर्ने तयारी गरिएको छ । बैठक आज बिहान ११ः०० बजे बस्दैछ ।अधिवेशनको तयारीका लागि अध्यक्ष नारायणप्रसाद दाहालले शुक्रबार नै कार्यव्यवस्था परामर्श समितिको बैठक आह्वान गरिसक्नुभएको छ । अधिवेशनको पहिलो बैठकमा अध्यक्ष दाहालले राष्ट्रपतिबाट अधिवेशन आह्वानको पत्र पढेर सुनाउने र हालै निधन हुनुभएका नेपाली कांग्रेसका सांसद बलदेव बोहराप्रति शोक प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची तय भएको छ ।सङ्घी
काठमाडौं— सोलु हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । कम्पनीले पुस २९ गतेदेखि यो आईपीओको निष्कासन तथा बिक्री खुला गरेको थियो ।कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि आईपीओ निष्कासन गरी बाँडफाँट गरिसकेको छ । कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात् २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । यसमध्ये १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाहरूका लागि र १० लाख कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वी
काठमाडौं— होटल फरेष्ट इन लिमिटेडले आजदेखि वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका प्राथमिक शेयर (आईपीओ) निष्कासन तथा बिक्री खुला गरेको छ ।कम्पनीले नेपाल धितोपत्र बोर्डबाट गत पुस २० गते प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा कुल ४० करोड रुपैयाँ बराबरको ४० लाख कित्ता साधारण शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । सोमध्ये १० प्रतिशत अर्थात् ४ लाख कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूका लागि छुट्याइएको छ ।वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरूले न्यूनतम १० कित्ता र अधिकतम २ लाख कित्ता शेयरसम्मका लागि आवेदन दिन सक्नेछन् ।यस आईपीओको आवेदन प्रक्रिया छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गतेसम्म ख
रौतहट— आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यको निर्वाचनलाई मध्यनजर गर्दै रौतहटमा सुरक्षा रणनीतिलाई तीव्र पारिएको छ।जिल्ला सुरक्षा समितिले जिल्लाका कुल २७७ मतदानस्थलमध्ये १५२ वटालाई ‘अतिसंवेदनशील सूचीमा राखेर विशेष सुरक्षा योजना तयार पारेको छ।जिल्ला सुरक्षा समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालका अनुसार भौगोलिक अवस्था, विगतका घटना र सुरक्षा चुनौतीका आधारमा मतदानस्थलहरूको वर्गीकरण गरिएको हो।१५२ स्थल अतिसंवेदनशील मानिएका छन् भने १०० वटालाई संवेदनशील र बाँकी २५ वटालाई सामान्य सूचीमा राखिएको छ।जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले यसपटक रौतहटमा मतदान केन्द्रको संख
चन्द्रपुर। रौतहटको दुर्गा भगवती गाउँपालिका–३ र ५ को बीचमा पर्ने कछुअवा पुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जना भारतीय नागरिकको मृत्यु भएको छभने अर्का एक जना गम्भीर घाइते भएका छन् ।गौर–गङ्गापिपरा सडकखण्डअन्तर्गत पर्ने कछुअवा पुलबाट बिआर३०एई ५१३८ नम्बरको मोटरसाइकल शनिबार साँझ दुर्घटना हँुदा भारत विहार राज्यको जिल्ला पिपराढी थानाअन्तर्गतको महनपुर–६का मिन्टु पासवानको मृत्यु भएको हो ।उक्त र्दुघटनामा अर्का गम्भीर घाइते सोही गाउँका रमेश पासवान रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक विष्णु प्रदीप बस्यालले जानकारी दिनुभएको छ । दुवै जना मदिरा सेवन गरेर अत्यधिक तीव्रगतिमा मोटरसाइकल चलाउँ
रौतहट— रौतहटको दुर्गा भगवती गाउँपालिकास्थित कछुअवा पुलमा शनिबार साँझ मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । उक्त दुर्घटनामा अर्का एक जना गम्भीर घाइते भएका छन्।गौर–गंगापिपरा सडक खण्ड अन्तर्गत दुर्गा भगवती गाउँपालिका वडा नम्बर ३ र ५ को बीचमा पर्ने कछुअवा पुलबाट बिआर ३० एई ५१३८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई तल खस्दा दुर्घटना भएको हो।दुर्घटनामा परी मृत्यु हुनेमा भारत बिहार राज्य, शिवहर जिल्लास्थित पिपराढी थाना अन्तर्गत महनपुर गाउँका मिन्टु पासवान रहेको पहिचान खुलेको छ। उनीहरूले मोबाइलमा परिवारजनले फोन गरेपछि प्रहरीले मृतकको पहिचान पुष्टि गरेको हो ।सोही दुर्घटनामा परेर सोही गाउँका राज
काठमाडौं— संघीय संसद अन्तर्गत आज दुई संसदीय समितिको बैठक बस्दैछ ।आइतबार राष्ट्रिय सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्ने भएका हुन् ।दिनको १२ः१५ बजेमा सिंहदरवारस्थित समितिको बैठक कक्षमा विधायन व्यवस्थापन समितिको १५८ औं बैठक बस्दैछ ।बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल गरिने भएको कार्यसूचीमा उल्लेख छ ।यस्तै, दिनको १ बजे संघीय संसद सचिवालय, सिंहदरवारमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको ३१९ औं बैठक बस्दैछ ।बैठकमा समितिको छैटौं वार्षिक प्रतिवेदन २०८१/०८२ माथि छलफल गरिने कार्यसूचीमा तय गरिएको छ ।
काठमाडौं— शनिबार बसेको नेकपा (एमाले) को सचिवालय बैठकले भावी प्रधानमन्त्रीका रूपमा पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अगाडि सार्ने निर्णय गरेको छ।बैठकले आगामी प्रतिनिधिसभा निर्वाचनमा पार्टीले पूर्ण बहुमत हासिल गर्ने आधार मजबुत रहेकाले त्यसलाई जोगाउन संगठनात्मक तथा राजनीतिक रूपमा दृढतापूर्वक अघि बढ्ने निष्कर्ष निकालेको हो ।पार्टीका उपमहासचिव लेखराज भट्टका अनुसार सोही बैठकले प्रदेश र जिल्लागत रूपमा उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत टुङ्गो लगाएको छ ।यस्तै, भट्टका अनुसार सुदूरपश्चिम प्रदेशका कैलालीबाट द्वारिका न्यौपाने, सूर्यबहादुर थापा, गौरीशंकर चौधरी, लेखराज भट्ट र यज्ञराज ढुङ्गाना उम्मेदवार सिफार
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समितिको बैठक आज बस्ने भएको छ।पार्टी सभापतिको निर्देशनअनुसार केन्द्रीय समितिको बैठक आइतबार दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय वनस्थलीमा बस्न लागेको हो।रास्वपाका प्रवक्ता मनिष झाले जारी गरेको सूचनाअनुसार बैठकमा केन्द्रीय समितिका सबै पदाधिकारी तथा सदस्यहरूको अनिवार्य उपस्थितिका लागि अनुरोध गरिएको छ।बैठकको मुख्य कार्यसूचीमा प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सम्बन्धी विषयमा छलफल हुने जनाइएको छ। साथै, बैठकमा विविध समसामयिक विषयहरूमा पनि छलफल हुने झाले जनाएका छन् ।रास्वपाले आगामी निर्वाचनको तयारी, रणनीति र संगठनात्मक विषयमा महत्त्वपूर्ण नि
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.