समाचार

    Showing 12,101-12,110 of 26,691 items.
  • तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प छ, चाँडै सुचारु होस् : माधव सापकोटा

    काठमाडौं – नेकपा (माओवादी केन्द्र)का सांसद माधव सापकोटाले चीनसँग जोडिएका दुई प्रमुख नाका तातोपानी र केरुङ पूर्ण रूपमा ठप्प भएको भन्दै चाडपर्वको मुखमा बजारमा महँगी बढ्ने खतरा औंल्याएका छन् ।बिहीबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद सापकोटाले ती नाकाहरू अवरुद्ध हुँदा फलफूल, लत्ताकपडा लगायतका सामग्री आयातमा समस्या आइरहेको बताए । उनले सरकारको ध्यान तत्काल नाकाहरू सुचारु गराउनेतर्फ जानुपर्नेमा जोड दिए ।‘तातोपानी र केरुङ दुईवटा नाकाहरू उत्तरसँग जोडिएका छन् । यो नाकाहरुबाट हामी फलफूल, लत्ताकपडा लगायतका धेरै सामग्री आयात गर्छौं । तर अहिले यी दुवै नाका बाटोका कारण पूर्ण रूपमा बन्द छन्,’सापकोटाले भने,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 515 पटक पढिएको
  • मल आपूर्तिमा बजेटले माग धान्न सकेको छैन : मन्त्री अधिकारी

    काठमाडौं  । कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले मल आपूर्तिमा सरकारको प्रयास र चुनौतिबारे प्रतिनिधिसभालाई जानकारी गराएका छन् ।  बिहीबारको बैठकमा बोल्दै मन्त्री अधिकारीले चालु आर्थिक वर्षमा ६ लाख टन मल आपूर्ति गर्ने सरकारको योजना रहेको बताए ।उनका अनुसार हाल देशभर वार्षिक मलको माग करिब १३ लाख टन रहेको मन्त्रालयको प्रक्षेपण छ । यद्यपि, अत्यधिक अनुदान भएकोले उपलब्ध बजेटले सम्पूर्ण माग धान्न नसकेको मन्त्री अधिकारीको भनाइ छ ।‘अहिले युरिया मलमा ८२ प्रतिशत र पोटास मलमा ४९ प्रतिशत अनुदान रहेको छ,’ मन्त्री अधिकारीले भने, ‘खरिद गरि ल्याइने ९० प्रतिशत मल वैज्ञानिक आधारमा बढी खपत

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 212 पटक पढिएको
  • हाँडी जातिलाई माझीको पहिचान दिन माग

    काठमाडौँ – प्रतिनिधिसभा सदस्य योगेन्द्र मण्डलले संविधानले सबै जातजाती भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको भएतापनि व्यवहारमा लागू नभएको भन्दै आपत्ति जनाएका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मोरङ पूर्वको सुनसरी, मोरङ र झापामा रहेका पाँच लाख हाँडी जातिलाई माझीको पहिचान दिन माग गरे  ।  उनले भने,‘संविधानले सबै जातजाति भाषा र धर्मलाई समान हैसियत प्रदान गरेको छ । तर व्यवहारमा रुखो छ । मोरङ, सुनसरी र झापामा पाँच लाखभन्दा बढी जनसंख्या भएको हाँडी जातीले पीडा भोगिरहेका छन् । यो जातीले थर माझी लेख्छन् । तर नेपालमा माझी लेख्ने अरू धेरै जाती पनि छन् । त्यसकारण संव

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 394 पटक पढिएको
  • पशुपतिमा जलिरहेको शवबाट हड्डी निकालेर बिक्री, दुई जना पक्राउ

    काठमाडौं— पशुपति आर्यघाटमा अन्त्येष्टि भइरहेका बेला शवबाट हड्डी निकालेर बेचबिखन गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।पक्राउ पर्नेमा सर्लाही घर भई हाल काठमाडौंको कपनमा बसोबास गर्दै आएका ४२ वर्षीय रामनन्दन ठाकुर र सप्तरी घर भई गौरीघाटमा बस्दै आएका ४१ वर्षीय मिश्रीलाल यादव रहेका छन्। जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार ठाकुर हड्डी र खरानी खरिद गर्ने मुख्य व्यक्ति हुन् भने यादवले उनलाई सहयोग गर्ने गरेका थिए।प्रहरीका अनुसार, गत साउन २३ गते बनेपा नगरपालिका–९ का ६५ वर्षीय राम शाहीको शव पशुपति आर्यघाटको चिता नम्बर २ मा जलाइरहेका बेला शंकास्पद गतिविधि देखिएको थियो। पशुपति क्षेत्र विकास कोष अन्तर्गत

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 653 पटक पढिएको
  • रास्वपा र राप्रपाले गरे प्रतिनिधिसभा बैठक बहिष्कार

    काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)ले बिहीबार पनि प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् । भिजिट भिसा प्रकरण छानबनिका लागि राख्दै आएको माग सरकारले पूरा नगरेको भन्दै दुबै दलले बैठक बहिष्कार गरेका हुन् । बिहीबारको बैठक सुरु भएलगत्तै रास्वपा र राप्रपाका सांसदहरूले आ–आफ्नो आसनबाट उभिएर विरोध गरेका थिए । त्यसपछि सभामुख देवराज घिमिरेले रास्वपा सांसद डा। चन्दा कार्कीलाई समय उपलब्ध गराएका थिए । उनीपछि राप्रपाका सांसद ध्रुवबहादुर प्रधानलाई समय पाएका थिए । संसद् सम्बोधनका क्रममा दुबै सांसदहरूले आन्दोलन जारी रहेको भन्दै बैठक बहिष्कारको घोषणा गरेक

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 512 पटक पढिएको
  • तराईका जिल्लामा जापानी इन्सेफलाइटिसको जोखिम बढेपछि सतर्कता अपनाउन विज्ञहरुको आग्रह

    काठमाडौं— तराईका जिल्लामा जापानिज इन्सेफलाइटिस बढेको भन्दै सतर्कता अपनाउन विज्ञले सुझाएका छन् । यो लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको गम्भीर रोग हो ।जनसुकै उमेर समूहका मानिसलाई यो रोग लाग्न सक्छ । तर, धेरैजसो १५ वर्षमुनिका बालबालिकालाई यो रोग लाग्ने गरेको चिकित्सक बताउँछन् ।हाँस, कुखुराजस्ता चराचुरुंगी र सुँगुर–बंगुरजस्ता जनावरलाई टोकेमा लामखुट्टे संक्रमित हुन्छ । उक्त संक्रमित लामखुट्टेले मानिसलाई टोके यो रोग लाग्न सक्ने उनीहरूको भनाइ छ ।विशेष गरी साउनदेखि कात्तिकसम्म देखिने जापानिज इन्सेफलाइटिस मानिसबाट मानिसमा सर्दैन ।जापानिज इन्सेफलाइटिसमा बेस्सरी टाउको दुख्नु, उच्च ज्वरो, बेहोस हुने,

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 648 पटक पढिएको
  • काठमाडौं प्रहरी परिसरमा बैंकिङ कसुरका मुद्दा बढ्दै

     काठमाडौं—  जिल्ला प्रहरी परिसर काठमाडौंमा बैंकिङ कसुरका मुद्दाको चाङ लागेको छ । गत एक वर्षमा दर्ता भएका १२ हजार ९१५ मुद्दामा छ हजार ५५३ वटा बैंकिङ कसुरका मुद्दा  परिसर प्रमुख विश्व अधिकारीले जानकारी दिए ।सहकारी ठगी, अनुचित लेनदेन, विद्युतीय कसुर, साइबर अपराध र अभौतिक मुद्रासम्बन्धी अपराधका घटना बढेका छन् । परिसरमा दैनिक ३५ मुद्दा दर्ता हुने गरेका छन् ।आव २०८०/८१ मा सहकारी ठगीका २६ मुद्दा दर्ता भएकामा आव २०८१/८२ मा ३२ मुद्दा परेका छन् । परिसरमा ज्यानमार्ने उद्योगका १४० मुद्दा दर्ता भएका प्रमुख अधिकारीले बताए ।

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 739 पटक पढिएको
  • चलचित्र ‘मिरमिरे’को छायाकंन सम्पन्न

    काठमाडौं । यम शेर्पाको निर्देशनमा तयार भइरहेको चलचित्र ‘मिरमिरे’को छायांकन सकिएको छ । ३५ दिनमा चलचित्रको छायांकन सकिएको हो ।काभ्रेका विभिन्न स्थान र मकवानपुरको चित्लाङमा चलचित्रको छायांकन भएको हो । अब एउटा गीतको छायांकन गर्न बाँकी छ । ‘अब एउटा गीतको छायांकन गर्न बाँकी छ । समय अनुकुल पारेर बाँकी एउटा गीत खिच्नेछौँ’ निर्देशक शेर्पाले भने ।‘मिरमिरे’ माघ १ गतेलाई रिलिज हुँदै छ । नायिका सिर्जना निङलेखुको जन्म दिनको अवसर पारेर केही दिनअगाडि निर्माणपक्षले रिलिज डेट घोषणा गरेको थियो ।यार्सा फिल्म्सको प्रस्तुति रहेको चलचित्रको मुख्य भूमिकामा दयाहाङ राई, प्रकाश सपूत र सिर्जना निङलेखु छन् । अन्य कलाकारमा

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 490 पटक पढिएको
  • डिजिटल प्लेटफर्मका फाइदा धेरै छन् तर दुरुपयोग बढ्यो : देउवा

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले डिजिटल प्लेटफर्ममा देखिएका नागरिक असुरक्षित हुने समस्याहरूको समाधानका लागि सरकार र सरोकारवाला निकायहरूले समयमै ध्यान दिन आवश्यक रहेको बताएका छन् । बिहीबार काठमाडौंमा नेपाली कांग्रेस सूचना, संचार तथा प्रचार विभागद्वारा आयोजित ‘डिजिटल प्लेटफर्मको प्रयोग, प्रभाव र असर’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सबै मिलेर प्रविधिमैत्री, नवप्रवर्तनशील  र समृद्ध डिजिटल नेपाल निर्माणमा लाग्नुपर्ने बेला आएको बताउँदै डिजिटल प्लेटफर्मले कामलाई सहजता र तिव्रता दिनकासाथै विश्वसँग जोडिने अवसरहरु प्रदान गरेको धारणा राखे । उनले भने,‘अब हामी

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 422 पटक पढिएको
  • सौर्य एयरलाइन्स दुर्घटनाः कोपाइलट सुशान्तका पिताद्वारा आयोग संयोजकमाथि दुर्व्यवहारको आरोप

    काठमाडौँ – सौर्य एयरलाइन्सको विमान दुर्घटनामा ज्यान गुमाएका कोपाइलट सुशान्त कटुवालका पिता ओम कटुवालले घटनाको अध्ययन गर्न गठित आयोगका संयोजकमाथि दुर्व्यवहार गरेको गम्भीर आरोप लगाएका छन्।बिहीबार प्रतिनिधि सभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिको बैठकमा बोल्दै उनले आयोग पक्षपाती ढंगले कार्य गरेको भन्दै असन्तुष्टि व्यक्त गरे। कटुवालले आफू आयोगसँग कुरा गर्न जाँदा संयोजकले दुर्व्यवहार गरेको र प्रयोग गरिरहेको औषधिसमेत रोक्न बाध्य बनाएको दाबी गरे।उनका अनुसार आयोगले प्रारम्भिक प्रतिवेदन र अन्तिम प्रतिवेदनमा उल्लेख्य फरक प्रस्तुत गरेको छ। “छोरो जर्मनीमा जाँदा फेल भएको रहेछ भनेर कुराकानीम

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 714 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.