समाचार

    Showing 12,131-12,140 of 26,691 items.
  • कुलमान घिसिङ र ब्रिटिस सांसद एलेक्स बेकर बिच भेटवार्ता

    काठमाडौं – नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक तथा उज्यालो नेपाल अभियानका प्रस्तावक कुलमान घिसिङ र ब्रिटिस सांसद तथा नेपालका लागि सर्वदलीय सांसद समूह (एपीपीजी) का नेता एलेक्स बेकर बिच भेटवार्ता भएको छ ।मङ्गलबार (हिजो) बेलायतमा नेता बेकर र घिसिङबीच भेटवार्ता भएको हो । भेटमा नेपाल–बेलायत सम्बन्ध, नेपालको ऊर्जा क्षेत्र, हरित हाइड्रोजन प्रवद्र्धन, जलवायु परिवर्तनले नेपालमा पारेको असर, बेलायती गोर्खा आर्मीको पेन्सन, नेपालको वर्तमान राजनीतिक अवस्था, उज्यालो नेपाल अभियानलगायतका विषयमा छलफल  गरिएको छ । बेकरले नेपालको विभिन्न विषयमा चासो राख्दै सहयोगको प्रतिबद्धता जनाएकी छन

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 699 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची

    काठमाडौं – संघीय संसद अन्तरगत आज प्रतिनिधि सभाको बैठक दिनको १ बजे बस्ने भएको छ । बिहीबार बस्न लागेको प्रतिनिधि सभाको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सूचना प्रविधि तथा साइबर सुरक्षा विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ । यस्तै, भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रिय सभामा उत्पत्ति भएको पानी जहाज ( सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाईयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । 

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 323 पटक पढिएको
  • सामाजिक सञ्जालका भ्रामक सुचनाको प्रलोभनबाट जोगिन प्रहरीको अनुरोध

    काठमाडौं— केहि दिन यता सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत शेयर बजारको बारेमा सूचना दिने भनी आएका भ्रामक सूचनाको प्रलोभनमा नपर्न केन्द्रीय अनुसन्धान ब्यूरोले अनुरोध गरेको छ । केन्द्रीय अनुसन्धान ब्यूरोले एक विज्ञप्ती जारी गर्दै सामाजिक संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक मार्फत नेप्से एआइ नामक एपको प्रयोग नगर्न र अपरिचित लिङक तथा एपहरु डाउनलोड नगर्न अनुरोध गरेको हो । ब्यूरोको विज्ञप्तीमा भनिएको छ, ‘केहि दिन यता सामाजिक (संजाल फेसबुक, इस्ट्राग्राम र टिकटक लगायत) मा नेप्से एआई नामक एप डाउनलोड गर्न लगाई एआईले शेयर बजारको बिश्लेषण गरी बढि भन्दा बढि नाफा कमाउन सक्ने जस्त

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 629 पटक पढिएको
  • ‘राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐन प्रक्रियागत रुपमा छ’

    काठमाडौं— राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष तप बहादुर मगरले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको बताएका छन् । बुधबार काठमाडौंमा आयोजित ‘मानव अधिकार रक्षकहरुको अवस्था, चुनौती र अधिकार संरक्षण सम्बन्धी कानूनको मस्यौदा विधेयक’ विषयक कार्यक्रममा उनले राष्ट्रिय मानव अधिकार सम्बन्धी नयाँ ऐनको आवश्यकता महशुस भएको कारण २०६८ को ठाँउमा नयाँ ऐन ल्याएको बताए । उनले भने, ‘राष्ट्रिय मानव अधिकारमा नयाँ ऐन २०६८ को ठाँउमा नयाँ ऐन ल्याउने कुरा भईसकेपछि हामी त्यसमा अघि बढ्यौं । यो अहिले छलफल कै चरणमा छ । यो ऐन सदनमा पेश भएपछि, समिति पनि छ त्यहाँ पनि छलफल हुन्छ, त्यो बेला पनि

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 788 पटक पढिएको
  • बाजुरा: बिच्छ्या खोलाको बाढीले दुई घर पुरिए

    बाजुरा— बाजुराको हिमाली गाउँपालिका वडा नम्बर १ मा रहेको बिच्छ्या खोलाको बाढीले २ वटा घर पुरेको छ ।बाढीले ४ वटा घरमा क्षति पुर्‍याएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ । हिजो बेलुकी ६ बजेतिर आएको बाढीले स्थानीय नरेन्द्र बुढाको पसल र सञ्चलाल थापाको घर पुरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक देब वहादुर चौधरीले जानकारी दिए ।त्यसैगरी स्थानीय धनसिंह थापा, सब्बले थापा, लाल बहादुर थापा, गोताल थापाको घरमा आशिंक रुपमा क्षति पुगेको छ भने सुजालाल थापाको शौचालय बाढीले पुरेको प्रहरी निरीक्षक चौधरीले बताए ।बाढीले झोलुङ्गे पुल र बिच्छ्या मावि, १ नम्बर वडा कार्यालय भवन लगायत अरु

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 760 पटक पढिएको
  • ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार सिंह पक्राउ

    काठमाडौं— वैदेशिक रोजगारीको नाममा ६६ जनाबाट ४ करोड १७ लाख रुपैयाँभन्दा बढी रकम ठगी गरी फरार रहेका एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले एनएन मेरिटाइम ट्रेनिङ एण्ड एजेन्सी प्रालिका सञ्चालक त्रिलोक सिंहलाई कास्कीबाट पक्राउ गरेको हो।डम्बर देउवा लगायतका पीडितहरूले दिएको जाहेरीका आधारमा सिंहविरुद्ध वैदेशिक रोजगार ठगी सम्बन्धी मुद्दा दायर भएको थियो। मुद्दा चलेपछि फरार रहेका सिंह कास्की जिल्लाको पोखरा महानगरपालिका–२७ स्थित डाँडाकोनामा लुकीछिपी बसेको विशेष सूचनाका आधारमा प्रहरीले उनलाई पक्राउ गरेको हो।उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 643 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर पूर्णतया बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र कर्णाली प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागका केही स्थानहरूमा र मधेश प्रदेशलगायत देशका बाँकी तराई भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागको केहि स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।राति भने देशभर साधारणतया बदली रह

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 432 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको सटहीदर निर्धारण गरेको छ ।अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ६१ पैसा र बिक्रीदर १४० रूपैयाँ २१ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १६३ रुपैयाँ ५२ पैसा र बिक्रीदर १६४ रुपैयाँ २२ पैसा रहनेछ ।पाउन्ड स्टर्लिङ एकको खरिददर १८९ रूपैयाँ ४९ पैसा र बिक्रीदर १९० रूपैयाँ ३० पैसा, स्विस फ्रयाङ्क एकको खरिददर १७३ रूपैयाँ ६९ पैसा र बिक्रीदर १७४ रूपैयाँ ४३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९१ रूपैयाँ ४७ पैसा र बिक्रीदर ९१ रूपैयाँ ८६ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रूपैयाँ ४६ पैसा र बिक्रीदर १०१ रूपैयाँ ८९ पैसा, सि

    • प्रकाशित मितिः साउन २९, २०८२
    • 419 पटक पढिएको
  • गैरनाफामूलक र पूर्ण छात्रवृत्तिमा निजी विद्यालयको असन्तुष्टि, प्याब्सनद्धारा चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा

    काठमाडौँ । निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) ले प्रस्तावित शिक्षा विधेयकका केही विषयहरू निजी विद्यालयका लागि अस्वीकृत भएको भन्दै देशैभर आन्दोलन कार्यक्रम तय गरेको छ ।प्याब्सन केन्द्रीय कार्यालयमा साउन २७ गते बसेको संयुक्त बैठकले स्थानीय, जिल्ला र प्रदेशस्तरीय समितिहरू मार्फत कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको हो ।प्याब्सनका अनुसार आगामी कार्यक्रमअनुसार साउन २९ गते बिहीबार पत्रकारहरूको उपस्थितिमा अध्यक्ष र पालिका शिक्षा शाखा प्रमुखलाई ज्ञापन पत्र बुझाइनेछ ।त्यसपछि साउन ३० गते जिल्ला प्रशासन कार्यालय, शिक्षा विकास तथा समन्वय इकाई र जिल्ला समन्वय कार्यालयमा ज्ञापन पत्र बुझाइ

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 452 पटक पढिएको
  • धार्मिक सहिष्णुता अझ मजबुत बनाउन लामा, बज्राचार्य र ब्राम्हण गुरूबाट महाङ्कालको पूजाअर्चना

    काठमाडौँ । धार्मिक सहिष्णुता अझ मजबुत बनाउन श्री बौद्धनाथ क्षेत्र विकास समितिले लामा, बज्राचार्य र ब्राम्हण गुरूहरूबाट महाङ्कालको पूजाअर्चना गरी ऐतिहासिक बौद्ध महाङ्काल जात्रा मनाएको छ । पूजामा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डे र रक्षा मन्त्री मानवीर राईले पनि लामा, बज्राचार्य र ब्राम्हण गुरूहरूद्वारा गरिएको पूजापद्धतिको अवलोकन गरे । उनले महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्दै धार्मिक सहिष्णुता कायम राख्नका लागि श्री बौद्धनाथ क्षेत्र विकास समितिले गरेको कामको प्रशंसा समेत गरेका थिए । हिन्दु एवं बुद्ध धर्मावलम्वीले आ–आफ्नो धार्मिक विधि–पद्धति अनु

    • प्रकाशित मितिः साउन २८, २०८२
    • 458 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.