समाचार

    Showing 12,171-12,180 of 24,792 items.
  • झापामा तीन जना मृत फेला

    झापाका तीन स्थानमा तीन जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काका अनुसार आज बिहान अर्जुनधारा–४ मदनपुर जलाधर सडक, बिर्तामोड–२ फूलबारी टोल र अर्जुनधारा–११ नयाँबस्तीमा शव भेटिएका हुन् ।बिर्तामोड–२ फूलबारी टोलका ३६ वर्षीय राम टुडू र अर्जुनधारा–११ नयाँबस्तीमा ६० वर्षीय मित्रलाल कामी मृतावस्थामा फेला परेका हुन् । अर्जुनधारा–४मा भेटिएको शवको भने परिचय खुलेको छैन ।तीनवटै शव परीक्षणका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 350 पटक पढिएको
  • पुरानो व्यवस्थामा फर्कने कुरा सम्भव छैन : प्रचण्ड

    म्याग्दी — नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेपाल अब पुरानो राजनीतिक व्यवस्थामा फर्किन नसक्ने स्पष्ट पारेका छन्।बुधवार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ मा रहेको ज्ञानप्रकाश नमूना माध्यमिक विद्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष दाहालले संघीय लोकतान्त्रिक गणतन्त्र लामो राजनीतिक संघर्ष र जनताको बलिदानबाट स्थापित भएकाले यसबाट मुलुक पछाडि फर्कन नसक्ने बताएका हुन्।"यो प्रणालीमा भएका कमजोरीहरू सच्याउँदै अघि बढ्नुपर्छ," दाहालले भने, "राजनीतिक नेतृत्वले जनतामा निराशा नआउने गरी काम गर्नुपर्छ।"उनले जनताका समस्या बुझ्न आफ्नै

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 242 पटक पढिएको
  • प्रचण्डले एकाबिहानै गरे तातोपानी कुण्डमा स्नान

    काठमाडौं, २८ जेठ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तातोपानी कुण्डमा स्नान गरेका छन् ।पार्टीको पोखरा अधिवेसनमा सहभागी हुन हिजो त्यहाँ पुगेका प्रचण्ड साँझ म्याग्दीको अन्नपूर्णा गाँउपालिका–२ भुरूङ तातोपानी पुगेका थिए । आज बिहान भने उनले तातोपानी कुण्डमा स्नान गरेको  उनको सचिवालयले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 255 पटक पढिएको
  • आज कविर दास जयन्ती, मधेशमा सार्वजनिक बिदा

    काठमाडौं— मधेश प्रदेश सरकारले आज (बुधबार) प्रदेशभर सार्वजनिक बिदा दिएको छ।मधेश सरकारको गृह, सञ्चार तथा कानुन मन्त्रालयले विज्ञप्ति जारी गरी कविर दास जयन्तीको अवसरमा आज सार्वजनिक बिदा दिएको जानकारी गराएको हो।मधेश प्रदेश सरकारले गएको चैत २२ गते प्रकाशित गरेको राजपत्रमा ०८२ सालमा दिइने थप बिदा सम्बन्धी सूचनामा आज कविर दास जयन्तीको अवसरमा पनि बिदा दिने उल्लेख थियो।

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 235 पटक पढिएको
  • १३ लाखभन्दा बढी भन्सार छलेर भित्र्याइएका सामान बरामद

    पर्सा— सशस्त्र प्रहरी बल नेपालको पर्सा इकाइले भन्सार छलेर भित्र्याइएका १३ लाख ७१ हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ। सशस्त्र प्रहरीले विभिन्न स्थानबाट सो परिमाणको भन्सार छली गरेर भित्र्याइएका सामान बरामद गरेको हो।सशस्त्र प्रहरी बल पर्साका सूचना अधिकारी देवेन्द्रबहादुर सिंहका अनुसार सशस्त्र प्रहरीले वीरगञ्ज महानगर-१० बजरंगस्थित सुधा कुञ्जबाट धीरज रौनियारले भारतबाट अवैध रूपमा भन्सार छली चोरीपैठारी गरी ल्याई गोदाममा भण्डारण गरी राखेको सात लाख ७० हजार ५०० मूल्यका कपडा बरामद गरेको छ।सशस्त्र प्रहरीले बीआर०५यु ४५३० नम्बरको करिब एक लाख ५० हजार मूल्य पर्ने सुपर स्प्लेन्डर भारतीय मोटरसाइकल पनि बरा

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 493 पटक पढिएको
  • चार वर्षअघि ५२ पदाधिकारीविरुद्धको रिटमा आज फैसला हुँदै

     काठमाडौं— संवैधानिक निकायमा ५२ पदाधिकारी ‘असंवैधानिक’ तरिकाले नियुक्त भएको जिकिरसहित चार वर्षअघि परेको रिटमा सर्वोच्च अदालतले आज फैसला गर्दै छ ।  संवैधानिक अंगमा विसं. २०७७ मंसिरमा ३२ जना र ०७८ वैशाखमा २० जना पदाधिकारी नियुक्तिका निम्ति सिफारिस भएका थिए । उनीहरूले संसदीय सुनुवाइबिनै ४५ दिनपछि नियुक्ति पाएका थिए । सोही विषयमा परेको रिटमा सर्वोच्चले फैसला सुनाउने मिति आजलाई तोकेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षताको संवैधानिक परिषद्ले नियुक्तिका निम्ति गरेको सिफारिस तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले अनुमोदन गरेकी थिइन् । परिषद् बैठकमा तत्कालीन प्रधान

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 168 पटक पढिएको
  • प्रतिनिधिसभाको बैठक आज बस्दै

    काठमाण्डौ । सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज १ बजे बस्दै छ। बैठक ‘भिजिट भिसा’ प्रकरणमा विपक्षी दलहरुले लगातार बैठक अवरुद्ध गर्दै आएका छन् । यही जेठ १३ गतेदेखि लगातार प्रतिनिधिसभाको बैठक नियमित कार्यसूचीमा प्रवेश नगरी स्थगित हुँदै आएको छ । पटक-पटक सहमतिका लागि दलहरुबीच छलफल भएपनि कुनै निष्कर्ष निस्कन सकेको छैन ।आजको बैठकमा उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वक्तव्यसहित ‘आर्थिक वर्ष २०८२/८३ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्ने र सो प्रस्तावमाथि छलफल हुने सम्भावित कार्यसूची छ । राज्य व्यवस्था तथा सुशासन समितिक

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 293 पटक पढिएको
  • सरकारले ल्याएको बजेट चित्त बुझ्दो छैन: सभापति देउवा

    काठमाण्डौ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सरकारले ल्याएको बजेट आफू र पार्टीलाई चित्त नबुझेको गुनासो गरेको छ ।नेपाली कांग्रेस केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा देउवाले यस्तो गुनासो गरेको हो। उनले अहिलेको नेपालको अवस्थालाई हेर्दा सरकारले ल्याएको बजेटका कतिपय कुरामा आफू र पार्टीलाई चित्त नबुझेको बताए ।सुनको आयातलाई पूर्णरूपमा खुला गरे लुकीछिपी ल्याउने काम बन्द हुने सभापति देउवाको भनाइ छ ।सभापति देउवाले नेपालले मानिस बाहेक अरु निर्यात गर्न नसकेको टिप्पणी गरेका छन् ।कांग्रेसको केन्द्रीय आपूर्ति तथा उपभोक्ता विभागले मंगलबार काठमाडौँमा आयो

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 259 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपियाँ ६७ पैसा र बिक्रीदर १३७ रुपियाँ २७ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १५६ रुपियाँ १५ पैसा र बिक्रीदर १५६ रुपियाँ ८४ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८४ रुपियाँ ४७ पैसा र बिक्रीदर १८५ रुपियाँ २८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १६६ रुपियाँ ४२ पैसा र बिक्रीदर १६७ रुपियाँ १५ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८९ रुपियाँ ०६ पैसा र बिक्रीदर ८९ रुपियाँ ४५ पैसा, क्यानेडियन डलर एकको खरिददर ९९ रुपियाँ ८४ पै

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 322 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जानकारी दिएको छ। विभागका अनुसार सुदूरपश्चिम, लुम्बिनी प्रदेशका केही भूभागमा हल्लादेखि मध्यम वर्षा भइरहेको छ। काठमाडौं उपत्यकासहित अन्य स्थानमा भने बदलीको अवस्था छ।दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। देशका थोरै स्थानहरूमा मेघगर्जन/चट्याङ सहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। देशका उच्चपहाडी तथा हिमाली भूभागका एक/दुई स्थानमा हल्का वर्षा/ हिमपातको सम्भावना रहेको छ।राति देशभर आंशिकदेखि साधार

    • प्रकाशित मितिः जेठ २८, २०८२
    • 344 पटक पढिएको

सुचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४ / ९८५११६७५५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.