समाचार

    Showing 12,201-12,210 of 26,697 items.
  • कैदीको उपचारका क्रममा मृत्यु, वीरगञ्जमा प्रदर्शन

    रौतहट – पर्साको वीरगञ्ज कारागारमा जन्मकैद सजाय काटिरहेका एक कैदीको उपचारका क्रममा मृत्यु भएको छ ।२०७९ सालदेखि कर्तव्य ज्यान मुद्दामा अदालतको आदेश अनुसार  कारागारमा सजाय काटिरहेका वीरगञ्ज महानगरपालिका–२५ खाल्वा टोलाका राहुल साह तुराहाको मङ्गलवार नारायणी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।कारागार प्रशासनका अनुसार, मङ्गलवार बिहान कारागारमा व्यायाम गर्ने क्रममा राहुलको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल नारायणी अस्पताल ल्याइएको थियो ।नारायणी अस्पतालका सूचना अधिकारी डा. उदय नारायण सिंहका अनुसार, तुहारालाई मंगलबार बिहान ८ः५० बजे अस्पताल भर्ना गरिएको थियो र उपचारको क्रममा बिहान १०ः३०

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 448 पटक पढिएको
  • अभौतिक सांस्कृतिक सम्पदासम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस

    काठमाडौँ  – राष्ट्रिय सभामा अभौतिक सम्पदाको संरक्षण गर्न सम्बन्धित व्यवस्था गर्न तयार गरिएको अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी विधेयक, २०८१ पेस गरिएको छ ।मंगलबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले उक्त विधेयक राष्ट्रिय सभामा पेस गरेका हुन् । विधेयक प्रस्तुत गर्दै मन्त्री पाण्डेले नेपाल अभौतिक सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी महासन्धि, २००३ को पक्ष राष्ट्र भइसकेको अवस्थामा, महासन्धिको पक्ष राष्ट्रको हैसियतले उक्त सन्धिको कार्यान्वयन गर्नका लागि यो विधेयक ल्याइएको बताए । उनका अनुसार संवैधानिक व्यवस्थालाई मूर्तरूपमा कार्यान्वयन गर्न, सांस्कृतिक सम्पदा

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 483 पटक पढिएको
  • च्याम्पियन नेपाली एमएमए फाइटर ढाँटलाई बालेनले २ लाख रूपैयाँ सहित सम्मान गरे

    काठमाडौं— काठमाडौं महानगरपालिकाले म्याट्रिक्स फाइट नाइट १७ (एमएफएन १७) च्याम्पियन नेपाली एमएमए फाइटर रवीन्द्र ढाँटलाई २ लाखले सम्मान गरेको छ ।महानगरले मंगलबार उनलाई २ लाख रूपैयाँसहित सम्मान गरेको हो । ढाँटले भारतको नोएडामा भएको म्याट्रिक्स फाइट नाइट (एमएफएन) १७ मा बान्टमवेट च्याम्पियनको उपाधि जितेका थिए ।उनले भारतका चोंगरेंग कोरेनलाई तेस्रो राउन्डमा पराजित गर्दै यो उपाधि हासिल गरेका थिए । यस जितले रवीन्द्रको व्यावसायिक रेकर्ड ८–१ मा सुधार भएको छ भने कोरेनको पाँच फाइटको यात्राको रेकर्ड तोडेका थिए । बझाङका रवीन्द्र यो उपाधि जित्ने पहिलो नेपाली फाइटर बनेका थिए ।

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 787 पटक पढिएको
  • प्रधानमन्त्रीको निर्देशन : सुशासनका लागि विना मोलाहिजा छानबिन र अनुगमन गर्नुस्

    काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षा परिपूर्तिका लागि सुशासनको महाअभियान सञ्चालन गर्नुपर्ने बताएका छन् ।राष्ट्रिय सतर्कता केन्द्रको २४ औँ स्थापना दिवसका अवसरमा मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संविधानको निर्देशक सिद्धान्तलाई ध्यानमा राखेर भ्रष्टाचार, अनियमितता र ढिलासुस्ती गर्दै नगरी जनतालाई सहज सेवा प्रवाहको सरकारको दायित्वमा कुनै कमजोरी हुन नहुने बताए  । नेपाल सरकारका मुख्यसचिव, प्रधानसेनापति, सबै सचिवहरु, सुरक्षा निकायका प्रमुखहरुसमेत सहभागी कार्यक्रममा प्रधानमन्त्री ओलीले स्वच्छता, परादर्शीता र सेवा प्र

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 541 पटक पढिएको
  • कारागारमा सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न माग

    काठमाडौं – कैलाली कारागारमा गत शुक्रबार राति भएको झडपको विषय प्रतिनिधिसभा बैठकमा उठेको छ ।प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै नेकपा माओवादी केन्द्रकी सचेतक रुपा शोशी चौधरीले कारागारमा भएको झडपको विषय संसद्मा उठाएकी हुन् ।उनले सुरक्षा घेरामा रहने कारागारमा झडप हुने बेलासम्म प्रशासन किन मौन बस्यो भन्दै गृहमन्त्री रमेश लेखकलाई प्रश्न समेत सोधेकी छन् । उनले कारागार सुरक्षा र मानव अधिकारको ग्यारेन्टी गर्न समेत माग गरिन् । कैलाली कारागारमा शुक्रवार राति कैदीबन्दीको आक्रमणमा परेर लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका एक जनाको मृत्यु भएको थियो भने ४९ जना कैदीबन्दी घाइते भएका थिए ।उनले कारागारम

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 457 पटक पढिएको
  • नेपालका ६ विद्युत आयोजनामार्फत थप दुई सय मेगावाट बिजुली किन्दै भारत

    काठमाडौं – भारत सरकारले नेपालका ६ वटा विद्युत आयोजना मार्फत थप करीब २०० मेगावाट बिजुली किन्ने भएको छ ।भारतले नेपालबाट थप १९९.७० मेगावाट विद्युत् (बिजुली) आयात गर्न स्वीकृति दिएको नेपाल विद्युत प्राधिकरणले जनाएको छ ।प्राधिकरणका प्रवक्ता राजन कुमार ढकालका अनुसार अब नेपालले कुल ११४०.७० मेगावाट बिजुली भारत निर्यात गर्नेछ । यो निर्णय हरियाणा राज्यलाई लक्षित मध्यकालीन सम्झौता अन्र्तगत (चार वर्ष) का लागि गरिएको हो ।नेपालले लिखु–२ बाट ५०.८९ मेगावाट, लिखु खोला ‘ए’ बाट २८.२० मेगावाट, तल्लो सोलुबाट ८० मेगावाट, ठूलो खोला जलविद्युत आयाोजनाबाट २०.७० मेगावाट, सुपर काबेली खोला ‘ए’ बाट १३.१० मेगावाट र सुपर काब

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 731 पटक पढिएको
  • पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बारको अवरोध, वकिल र पत्रकारबीच झडप

    जनकपुर – जनकपुरधाममा निर्माण हुन लागेको पत्रकार महासंघ मधेश प्रदेशको भवन निर्माणमा बार एशोसिएसन जनकपुरले अवरोध गरेको छ ।केन्द्रिय गुठी संस्थानसँग सम्झौता गरेर जनकपुरधाम उपमहानगरपालिका–४ स्थित भूतनाथ मन्दिरको दक्षिणपट्टि चार कठ्ठा जग्गामा निर्माण कार्य सुरु गर्न लागेपछि बार एसोसिएसनले सो जग्गा आफ्नो पार्किङ स्थल रहेको दाबी गर्दै कार्य रोक्न खोजेका हुन् ।महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जाराले सो जग्गा कानुनी प्रक्रिया पूरा गरी गुठी संस्थानसँग सम्झौता गरेर निर्माण सुरु गरेको बताएका छन् । तर बार एसोसिएसनले उक्त जग्गा पार्किङका लागि प्रयोग हुँदै आएको र कुनै हालतमा पत्रकार महासंघलाई प्रयोग गर्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 1,051 पटक पढिएको
  • भिजिट भिसा प्रकरणमा रास्वपा–राप्रपाको संसद् अवरोध गरे

    काठमाडौं— भिजिट भिसा प्रकरणमा उच्चस्तरीय स्वतन्त्र छानबिनको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले प्रतिनिधिसभाको मंगलबारको बैठक समेत बहिष्कार गरेका छन्।करिब दुई महिनादेखि निरन्तर आन्दोलित रहेका यी दुई दलले सुरुमा संसद्‌भित्र नाराबाजी गर्दै सरकारको ध्यानाकर्षण गराउँदै आएका थिए। तर सरकारबाट माग पूरा नहुने अवस्था देखिएपछि उनीहरूले बैठक बहिष्कार गर्ने रणनीति लिएका छन्।सरकारले उनीहरूको मागप्रति हालसम्म कुनै स्पष्ट र लचिलो प्रतिक्रिया दिएको छैन। रास्वपा र राप्रपाले भिजिट भिसाका नाममा व्यापक भ्रष्टाचार र दुरुपयोग भएको दाबी गर्दै निष्पक्ष र स्वतन्त्

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 589 पटक पढिएको
  • 'अध्यागमनमा घुस लिइरहेको घट्ना बाहिरिएपनि सरकार मौन बस्नु रहस्यमय’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का शिशिर खनालले केही दिन अगाडि एयरपोर्टको अध्यागमनमा गृह मन्त्रालयका कर्मचारीले घुस लिइरहेको विषय बाहिर आएपनि गृहमन्त्रीलाई अप्ठ्यारो पर्छ भनेर छानबिन अगाडि नबढाएको आरोप लगाएका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ त्यसबखतसम्म लोकतन्त्रलाई दुर्घटनामा लैजाने काम हुने गरेको उनले बताए । आफूहरूले भिजिट भिसा प्रकरणको कुरा उठाए पनि आवाजलाई निस्तेज पार्ने प्रयास भइरहेको उनको दाबी थियो । उनले भने,‘जब भ्रष्टाचार र बिचौलियाको संरक्षण गर्ने सरकार रहन्छ, त्यसले मुलुक र लोकतन्त्रलाई दुर्घट

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 598 पटक पढिएको
  • सर्वोच्चको दरपीठ आदेश बदर, द्वन्द्वपीडितको रिट अब दर्ता हुने

    काठमाडौं— द्वन्द्वपीडितहरूका लागि न्यायको बाटो खुलेको छ। सर्वोच्च अदालतले अघिल्लो दरपीठ आदेशलाई बदर गर्दै द्वन्द्वपीडितले दायर गरेका रिट निवेदन अब दर्ता गर्न सकिने फैसला सुनाएको छ।सर्वोच्च प्रशासनले यसअघि विभिन्न द्वन्द्वपीडितहरूको रिट निवेदनहरू दरपीठ गर्दै आएको थियो। पीडित पक्षहरूले त्यसको विरुद्धमा पुनरावलोकनको माग गरेका थिए। आजको फैसलाले पीडितहरूलाई फेरि आशाको किरण देखाएको छ।द्वन्द्वपीडित तथा मानवअधिकारकर्मीहरूले यसलाई ऐतिहासिक कदमका रूपमा स्वागत गरेका छन्। 'सत्य र न्यायको जित भएको छ,' एक द्वन्द्वपीडितले प्रतिक्रिया दिँदै भने, 'अब हामीले न्यायको ढोका खोल्ने विश्वास गरेका छौँ।'यस फैसलासँगै द

    • प्रकाशित मितिः साउन २७, २०८२
    • 481 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.