विराटनगर / देशकै दोस्रो ठुलो सहर विराटनगरस्थित कोशी अस्पतालले अतिक्रमित सरकारी जग्गा फिर्ता ल्याएर संरक्षण गर्ने अभियानलाई तीव्र बनाएको छ । सोही अभियानअन्तर्गत गत सोमबार अस्पताल परिसरभित्र निर्माण गरिएका अवैध संरचनामा डोजर चलाइएपछि अस्पतालले अब खाली भएको जग्गामा तत्काल पर्खाल निर्माण गरेर संरक्षण गर्ने तयारी गरेको जनाएको छ । अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट मेसु डा. चन्द्रभाल झाले अस्पतालको दीर्घकालीन गुरुयोजना कार्यान्वयन तथा स्वास्थ्य सेवा विस्तारका लागि ती संरचना हटाउनु आवश्यक रहेको बताए । अस्पतालको स्वामित्वमा त्यहाँ पाँच बिघाभन्दा बढी जग्गा रहेको छ । कुराकानीमा डा. झाले अतिक्रमण हटा
काठमाडौं / उद्योग तथा वाणिज्य तथा श्रम एवं उपभोक्ता हित समितिका सभापति रहबर अन्सारीले देशभरका घरधुरीमा रहेका एलपी ग्यास सिलिन्डरको एकीकृत डिजिटल अभिलेख डाटाबेस निर्माण गर्न सरकारलाई आग्रह गरेका छन् ।उनले प्रभावकारी अनुगमन, आपूर्ति व्यवस्थापन र उपभोक्ता सुरक्षाका लागि घर–घरमा रहेका ग्यास सिलिन्डरको विवरण समेट्ने डिजिटल प्रणाली आवश्यक रहेको बताएका हुन्। बुधवार बसेको समितिको बैठकमा बोल्दै अन्सारीले हाल राज्यसँग प्रत्येक घरमा कति वटा ग्यास सिलिन्डर छन् भन्ने आधिकारिक तथ्यांक नभएकाले अनुगमन र व्यवस्थापनमा समस्या भइरहेको बताए ।उनले घरधुरी म्यापिङमा आधारित एकीकृत प्रणाली विकास गरी ग्यास कम्पनी,
काठमाडौं / राष्ट्रियसभा बैठक आज बस्ने भएको छ । बैठक बुधबार अपराह्न १ः१५ बजे सिंहदरबारमा बस्ने भएको हो । आजको बैठकमा प्रधानमन्त्री बालेन शाहले महान्यायधिवक्ता कार्यालयको आ.व. २०८१/८२ को वार्षिक प्रतिवेदन सभासमक्ष पेस गर्ने कार्यसूची रहेको छ ।
काठमाडौं । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । आज बुधबार सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो । दरखास्त दिने म्याद साउन ८ गतेसम्म रहेको छ । उम्मेदवारका लागि न्यूनतम योग्यता, दरखास्त फाराम र दरखास्त साथ संलग्न गर्नुपर्ने आवश्यक कागजात लगायतको विस्तृत जानकारी सञ्चार मन्त्रालयको वेबसाइटमा उपलब्ध रहेको सूचनामा उल्लेख छ ।सञ्चार माध्यमहरूलाई नेपाल सरकारबाट उपलब्ध गराइने सार्वजनिक हित सम्बन्धी सबै विज्ञापन तोकिएको आधारमा विज्ञापन बोर्ड मार्फत समानुपातिक रूपमा वितरण हुने गर्दछ । विज्ञापन बोर्डले वस्तु वा सेवाको
काठमाडौं / नेपाल धितोपत्र बोर्ड सेबोनले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि आफ्नो नीति तथा कार्यक्रमका प्राथमिकताहरू सार्वजनिक गर्दै पुँजी बजारमा व्यापक सुधारको योजना अघि सारेको छ ।बोर्डले सार्वजनिक गरेको प्रेस नोटअनुसार आगामी वर्ष लगानीकर्ताको सुरक्षा, बजारको आधुनिकीकरण र कारोबार लागतमा कमी ल्याउने विषयलाई मुख्य प्राथमिकतामा राखिएको छ । विशेषगरी सामाजिक सञ्जालमार्फत प्रवाह हुने अनधिकृत लगानी परामर्श, ‘फिनइन्फ्लुएन्सर्स’का गतिविधि र भ्रामक प्रचारप्रसारबाट हुन सक्ने वित्तीय ठगी नियन्त्रण गर्न बोर्डले प्रभावकारी नियामक निगरानी बढाउने भएको छ ।धितोपत्र सम्बन्धी कसुरको प्रारम्भिक जाँचबुझमा अन्तर
काठमाडौं— रौतहटमा एक युवकले आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका छन्। गरुडा नगरपालिका–९ गमरिया टोलका २८ वर्षीय गौतम कुमार सहनीले शरीरमा पेट्रोल छर्केर आगो लगाएका हुन् ।उनले मंगलबार राति करिब १ बजे आफ्नै मोटरसाइकलबाट पेट्रोल निकालेर शरीरमा छर्किएर आगो लगाएका हुन् । घाइते सहनीलाई तत्काल बेटर नेपाल अस्पताल, गरुडामा उपचारका लागि लगिएको थियो।प्रारम्भिक उपचारपछि सहनीलाई थप उपचारका लागि कीर्तिपुर बर्न अस्पताल, काठमाण्डु रिफर गरिएको प्रहरीले जनाएको छ।सहनीको घाँटीदेखि तलसम्म शरीरको करिब ३१।५ प्रतिशत भाग जलेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
जनकपुर— बलात्कार मुद्दामा थुनामा रहेका मधेस प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराज दोषी ठहर भएका छन् ।मंगलबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश चन्द्रकान्त पौडेलको इजलासले उनलाई दोषी ठहर गरेको हो । सजाय निर्धारण भने अर्को पेसीमा हुने अदालतले जनाएको छ ।पीडित पक्षबाट अधिवक्ता खेमप्रसाद अधिकारीले बहस गरका थिए । विपक्षीबाट अधिवक्ता विजय मिश्र सहित १४ जनाले बहस गरेका थिए ।जिल्ला प्रहरी परिसर काठमाडौंमा अहिराजविरूद्ध २०८१ साल माघ ३ गते जाहेरी दर्ता भएको थियो। जाहेरी दर्ता गरे पनि प्रहरीले अहिराजविरूद्ध अदालतबाट पक्राउ अनुमति लिएको थिएन । प्रहरीले २०८१ चैत २५ गते जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनु
काठमाडौं— बैंकबाट लिएको कर्जा दुरुपयोग गरेको प्रकरणमा शशी शर्मा पक्राउ परेका छन् । बुटवलका व्यवसायीसमेत रहेका शर्मालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले पक्राउ गरेको हो । उनले प्रभु बैंकबाट लिएको ऋण दुरुपयोग गरेको भेटिएपछि ‘बैंकिङ कसुर तथा सजाय ऐन, २०६४’ अन्तर्गत कर्जा दुरुपयोग गरेको आरोपमा पक्राउ गरिएको सीआईबी स्रोतले बताएको छ । स्रोतका अनुसार शर्माले प्रभु बैंकबाट रिसोर्ट निर्माणका लागि भन्दै ४८ करोड रुपैयाँ कर्जा लिएका थिए । तर, सो रकम पारिवारिक सम्बन्ध भएका व्यक्ति र आफ्नै समूहका अन्य ऋणी कम्पनीको बक्यौता तिर्न प्रयोग गरेको उनीमाथि आरोप छ ।नेपाल राष्ट्र बैंकले
काठमाडौं— स्वास्थ्य बीमा बोर्डको कार्यकारी निर्देशक पदका लागि दरखास्त आह्वान गरिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक सूचना जारी गर्दै खुला प्रतिस्पर्धामार्फत पदपूर्तिका लागि योग्य नेपाली नागरिकबाट आवेदन मागेको हो।मन्त्रालयका अनुसार स्वास्थ्य बीमा ऐन, २०७४ को दफा २० बमोजिम बोर्डको कार्यकारी निर्देशक नियुक्तिका लागि गठन गरिएको सिफारिस समितिको निर्णयअनुसार आवेदन प्रक्रिया अघि बढाइएको हो।इच्छुक उम्मेदवारले २०८३ साउन ७ गतेभित्र आवश्यक कागजातसहित दरखास्त पेश गर्न सक्नेछन्। आवेदन सम्बन्धी विस्तृत सूचना, दरखास्त फाराम, न्यूनतम योग्यता तथा आवश्यक कागजातको विवरण स्वास्थ्य तथा जनसंख्या मन्
विराटनगर— कोशी प्रादेशिक सञ्चार प्रतिष्ठानका नवनियुक्त अध्यक्ष दीपक दाहालले प्रदेशभित्रका सञ्चार माध्यमलाई कानुनअनुसार व्यवस्थित गर्दै पत्रकारको क्षमता विकासलाई प्राथमिकतामा राखेर काम गर्ने बताएका छन् ।प्रतिष्ठान गठनपछि कुराकानीका क्रममा अध्यक्ष दाहालले प्रतिष्ठानले आमसञ्चार क्षेत्रको संस्थागत विकास, नियमन र व्यावसायिक क्षमता अभिवृद्धिमा केन्द्रित भएर काम गर्ने बताए । उनले प्रतिष्ठानले कानुनले दिएको अधिकार र जिम्मेवारीभित्र रहेर सञ्चार क्षेत्रलाई थप व्यवस्थित बनाउने उल्लेख गरे ।प्रदेश सरकारले सोमबार गठन गरेको प्रतिष्ठानको अध्यक्षमा दाहाल नियुक्त भएका हुन् । प्रतिष्ठानको प्रदेश प्रेस रजिस्ट्रार
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.