समाचार

    Showing 12,481-12,490 of 26,699 items.
  • मोटरसाइकल जाँच गर्ने क्रममा नक्कली नोटसहित दुई जना पक्राउ

    धरान— कोशी गाउँपालिका—८ स्थित भीमनगर सीमावर्ती क्षेत्रबाट प्रहरीले नक्कली नेपाली नोटसहित दुई जनालाई पक्राउ गरेको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको लु ९२ प २३८० नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा प्रहरीले नक्कली नोटसहित दुई जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगराज खतिवडाले जानकारी दिए ।पक्राउ पर्नेमा सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–२ का २६ वर्षीय राजेशकुमार रजक र सोही नगरपालिका–१ का २५ वर्षीय राजेश चमार रजक रहेका छन् ।गए राति उनीहरूलाई इलाका प्रहरी कार्यालय भाण्टाबारीबाट खटिएको टोलीले पक्राउ गरेको प्रवक्ता खतिवडाले जानकारी दिए ।प्रहरीका अनुसार मोटरसाइकलको पछाडि सवार

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 749 पटक पढिएको
  • भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय : प्रधानमन्त्री

    आवाजा (तुर्कमेनिस्तान) –  प्रधानमन्त्री केपी शर्मा ओलीले भूपरिवेष्टित मुलुकका लागि कनेक्टिभिटी नै न्याय भएको बताएका छन् । तुर्कमेनिस्तानको आवाजामा जारी भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी)को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनको ‘व्यापार तथा यातायात सम्पर्क विस्तार मार्फत क्षेत्रीय सुरक्षा र सहयोगको प्रवद्र्धन’ विषयक साइड इभेन्टमा प्रधानमन्त्री ओलीले भूपरिवेष्टित राष्ट्रहरू विकल्पले नभई बाध्यताले अलग हुन विवश भएको बताएका हुन् । उनले भने, ‘तटीय राष्ट्रहरूसँग यसको कुञ्जी छ—सम्पर्क सञ्जाल खोल्नु उनीहरुको कर्तव्य हो ।’, उनले थप भने, ‘यो अनुग्रह होइन । अवरोधलाई नवप्रवर्तनमा ब

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 517 पटक पढिएको
  • कांग्रेसनिकट कोइराला रविको पक्षमा हस्ताक्षर गर्दागर्दै पक्राउ, कारण यस्तो

     विराटनगर— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको समर्थनमा हस्ताक्षर गर्न आएका एक व्यक्ति यौन दुर्व्यवहार मुद्दामा दोषी ठहर भइसकेको खुलासा भएपछि प्रहरीले पक्राउ गरेको छ।सुनसरीको वराहक्षेत्र नगरपालिका–७ का ५९ वर्षीय अर्थराज कोइरालालाई प्रहरीले मंगलबार विराटनगरको महेन्द्र चोकबाट पक्राउ गरेको हो। उनी लामिछानेको पक्षमा विराटनगरस्थित पार्टी कार्यालयमा चलिरहेको हस्ताक्षर संकलन कार्यक्रममा सहभागी हुन आएका थिए।सुनसरी प्रहरी प्रमुख प्रहरी उपरीक्षक सुमन तिम्सिनाले कोइराला यौन दुर्व्यवहार मुद्दामा अदालतबाट दोषी ठहर भइसकेको भन्दै उनलाई पक्राउ गरिएको जानकारी दिए। “अदालतले फैसला ग

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 553 पटक पढिएको
  • आज प्रतिनिधि सभाको बैठक बस्दैँ, यस्ता छन् कार्यसूची

    काठमाडौं –  आज संघीय संसद प्रतिनिधिसभाको बैठक बस्दैछ । बुधबार दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बैठक बस्न लागेको हो । आजको बैठकमा विभिन्न महत्त्वपूर्ण विधेयकहरु प्रस्तुत गरिने कार्यसूचीमा तय गरिएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्ति सम्बन्धी विधेयक, २०८२ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् । यस्तै, उपप्रधानमन्त्री तथा अर्थ मन्त्री विष्णुप्रसाद पौडेलले ‘भन्सार विधेयक, २०८० माथि राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा तय गरिएको छ । 

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 434 पटक पढिएको
  • उखु अनुदान कटौतीप्रति किसान आन्दोलित, राजधानी केन्द्रित आन्दोलनको चेतावनी

    महोत्तरी— सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उखु अनुदान समावेश नगरेपछि महोत्तरीका किसान आन्दोलित भएका छन्। चिनी उद्योगलाई बिक्री गरिएको उखुमा प्रतिक्विन्टल रु ७० अनुदान दिने व्यवस्था यस वर्ष हटाइएपछि किसानले विरोध प्रदर्शन थालेका हुन्।महोत्तरीमा करिब १५ हजार किसान उखुखेतीमा संलग्न छन्। उनीहरूले आइतबार जिल्ला प्रशासन कार्यालयमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई ज्ञापनपत्र बुझाएका छन् भने मंगलबार गौशाला–१ स्थित एभरेष्ट चिनी उद्योग अगाडि प्रदर्शनसमेत गरेका छन्।उखु उत्पादक कृषक सङ्घका अध्यक्ष नरेशसिंह कुशवाहाले सरकारले बजेटमा अनुदानको विषय नसमेटेपछि निरन्तर ध्यानाकर्षण गराइरहेको बताए। “ह

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 614 पटक पढिएको
  • प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु

    सप्तरी –  सप्तरीमा प्रहरीले चलाएको गोली लागेर एक युवकको मृत्यु भएको छ । भारततर्फ तस्करी गर्न राखेको मदिरा नियन्त्रणमा लिने क्रममा प्रहरीले चलाएको गोली लागेर राजगढ गाउँपालिका–२ कमलपुरका ३५ वर्षीय लालु यादवको मृत्यु भएको हो । गोली लागेका यादवलाई उपचारका लागि राति साढे ११ बजे गजेन्द्र नारायणसिंह सगरमाथा अस्पतालमा पु¥याइएको थियो । उनको त्यहीँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रवक्ता डिएसपी जितेन्द्र बस्नेतले बताए ।उनका अनुसार तस्करको समूहले प्रहरी टोलीमाथि डुङ्गामुढा लगायतले आक्रमण गरेको थियो । ढुङ्गामुढाबाट दुई प्रहरी पनि घाइते भएका छन् ।नेपाल भारत सीमा क्षेत्र नजिकको गाउमा

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 508 पटक पढिएको
  • खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

    झापा— झापाको गौरादह नगरपालिका–४ स्थित जोरघरेमा गएराति मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । गौरादह–४ जोरघरेकी ५४ वर्षीया चन्द्रमाया नेम्वाङको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । मोटरबाट खेतमा सिँचाइ गर्ने क्रममा चन्द्रमायालाई करेन्ट लागेर लडिरहेको अवस्थामा उनका छोरा सुशीलले देखेपछि गाउँलेलाई खबर गरेका थिए । घटनाबारे इलाका प्रहरी कार्यालय दमकले थप अनुसन्धान गरिरहेको छ ।यसअघि झापाको बुद्धशान्तिमा खेतमा सिँचाइ गर्ने क्रममै करेन्ट लागेर एक पुरुषको मृत्यु भएको थियो ।

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 627 पटक पढिएको
  • सञ्चारमाध्यम दर्ता र नवीकरण सूचना विभागबाट नहुने

    काठमाण्डौ  ।  सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यम दर्ता र नवीकरणको कार्य स्थगित गरेको छ। विभागले आज सूचना जारी गर्दै विभागबाट दर्ता तथा नवीकरणको कार्य रोकिएको जानकारी गराएको हो।सरकारले केही नेपाल ऐन संशोधनमार्फत गरेको छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८ को व्यवस्थाअनुसार अब जिल्ला प्रशासन कार्यालयबाट अनलाइन दर्ता हुने व्यवस्था रहेको विभागले जनाएको छ।विभागले यसअघि अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य नयाँ कानुनी व्यवस्थासँग मिलाउन आवश्यक भएको भन्दै अहिलेलाई स्थगित गरिएको जनाएको हो।सूचना

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 375 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहेको छ। मधेस प्रदेशका एक/दुई स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षा भइरहेको छ। दिउँसो कोशी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत देशको पहाडी भूभागमा अधिकांश बदली रही बाँकी भूभागमा साधरणतया बदली रहनेछ। लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेशको पहाडी भूभागका केही स्थानहरूमा तथा बाँकी भूभागका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी र सुदूरपश्चिम प्रदेशका एक/

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 439 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिददर १४० रुपैयाँ १९ पैसा र बिक्रीदर १४० रुपैयाँ ७९ पैसा निर्धारण गरिएको छ ।युरोपियन युरो एकको खरिददर १६१ रुपैयाँ ८४ पैसा र बिक्रीदर १६२ रुपैयाँ ५३ पैसा ,युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १४ पैसा र बिक्रीदर १८६ रुपैयाँ ९३ पैसा , स्वीस फ्रयाङ्क एकको खरिददर १७३ रुपैयाँ ०३ पैसा र बिक्रीदर १७३ रुपैयाँ ७७ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ९० रुपैयाँ ५५ पैसा र बिक्रीदर ९० रुपैयाँ ९४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०१ रुपैयाँ ५९

    • प्रकाशित मितिः साउन २१, २०८२
    • 556 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.