समाचार

    Showing 12,541-12,550 of 24,795 items.
  • आस्थाको आधारमा दमन भयो भने जंगल पस्न तयार: राप्रपा अध्यक्ष लिङदेन

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राजसंस्था र हिन्दुराज्यमा आस्था राखेकै कारण दण्ड भोग्नुपर्ने भए सरकारविरुद्ध विद्रोहमा जान र जङगल पस्न भन्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले देशमा सुशासन हुनुपर्छ, भ्रष्टाचार गर्नेलाई दण्डित हुनुपर्छ भन्दै आवाज उठाउनेलाई प्रताणित गरेको भन्दै यस्तो धारण राखेका हुन् । ‘आस्थाकै आधारले एकपछि अर्कोगरी अनेक बहानाले पक्राउ गर्दै लाने हो भने म प्रधानमन्त्री, गृहमन्त्री र सिंगो सरकारलाई भन्न चाहन्छु यसरी निषेध गरेर लाने भए औपचारिक रुपमै सरकारले भन्दियोस् हामी विद्रोहमा जाऔँ । राप्रपा लगायत हिन्दुर

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 371 पटक पढिएको
  • उपप्रमुख सुनिता डंगोललाई विश्व नेताका रूपमा सम्मान

    काठमाडौं । काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोललाई समुदायस्तरीय संघसंस्थाहरुले विश्व नेताका रुपमा सम्मान गरेका छन् । उपप्रमुख डंगोल स्वीजरल्याण्डको जेनेभाबाट विश्व आर्थिक मञ्च २०२५ का लागि विश्वव्यापी युवा नेताहरूको मञ्चमा चयन हुनुले ज्यापु समुदायको विश्वस्तरमा गौरव बढेको भन्दै काठमाडौँको खुशिँवुमा रहेको ज्यापु संस्कृति विकास कोष, ज्यापु महागुथि नेपाः केन्द्रीय समिति र ज्यापु महागुथि नेपाः ये महानगर समितिले संयुक्त रुपमा सम्मान प्रदान गरेका हुन् । सम्मान ग्रहण गर्दै उपप्रमुख डंगोलले, काठमाडौंको मौलिक पहिचानलाई संरक्षण र प्रवर्धन गर्न इमान्दारितापूर्वक काम गरिरहने प्रतिवद्धता

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 227 पटक पढिएको
  • हिमाल जोगाउनु भनेको मानवता जोगाउनु हो: प्रधानमन्त्री ओली

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले हिमालहरु जोगाउनु भनेको पृथ्वी, महासागर र मानवता जोगाउनु भएको बताएका छन् । शुक्रबार नेपाल सरकारद्वारा पहिलो पटक आयोजित सगरमाथा संवादको उदघाटन सत्रलाई सम्बोधन गर्दै उनले हिमाल जोगाउनु भनेको पृथ्वी र मानवता जोगाउनु भएको भन्दै यही यथार्थलाई आत्मसात गरेर विश्वव्यापी संवादका रुपमा सगरमाथा संवादको आयोजना गरेको बताए ।यस्तै, उनले हिमालहरू सरोकारको विषय नलाग्न सक्छ तर तिनीहरूको जीवन्तताले आधा संसारलाई बचाएको भन्दै हिमालहरु विश्वकै साझा चिन्ताको विषय भएको बताए । उनले भने, ‘सगरमाथा संवादको पहिलो थिम ‘जलवायु परिवर्तन, हिमालहरू, र मानवताको भविष्य’ रहेको छ

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 312 पटक पढिएको
  • फ्यानमा झुण्डिएर सैनिकले गरे आत्महत्या

    झापा— चारआली व्यारेकस्थित अरिदमन गणका एकजना सैनिकले झुन्डिएर आत्महत्या गरेका छन्।अरिदमन गणमा कार्यरत प्यूठ रामकुमार पौडेलले बिर्तामोड बसपार्कस्थित होटल भैरवीमा बिहीबार साँझ झुन्डिएर आत्महत्या गरेका हुन्।ओखलढुङ्गा घर भएका उनले अर्जुनधारा ११ स्थित नयाँ बसपार्कको भैरबी होटलको दोस्रो तलामा रहेको कोठा नं. ३ को सिलिङ फ्यानमा झुण्डिएर आत्महत्या गरेका हुन्।होटलका संचालक तुलसीराम श्रेष्ठले देखेर इलाका प्रहरी कार्यालय बिर्तामोडमा जानकारी गराएका थिए।आत्महत्या गर्नुअघि ती सैनिकले फेसबुकमा सुसाइड नोट लेखेको बताइएको छ। घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 259 पटक पढिएको
  • सोल्टी होटेलमा प्रधानमन्त्री ओलीले सगरमाथा संवादको उद्घाटन गर्दै

    काठमाडौं— शुक्रबार बिहान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘सगरमाथा संवाद’ को उद्घाटन गर्दैछन्। प्रधानमन्त्रीको निजी सचिवालयका अनुसार वातावरणीय मुद्धालाई उच्च प्राथमिकता दिँदै नेपालले पहिलो पटक आयोजना गरेको सगरमाथा संवादको उद्घाटन सोल्टी होटेलमा हुन लागेको हो। कार्यक्रम बिहान साढे नौ बजेपछि सुरु हुनेछ ।प्रधानमन्त्रीको सचिवालयले कार्यक्रमको प्रत्यक्ष रिपोर्टिङका लागि संवादको प्रचार प्रसार तथा मिडिया समितिबाट तोकिएको प्रक्रियाका आधारमा पासकोे उपलब्ध गराउने बताएको छ।संवाद कार्यक्रम उद्घाटनको नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुनेछ।संवादको प्रमुख नाराका रूपमा ‘जलवायु परिवर्तन, पर्वत र मानवताको भविष

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 267 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्‌यो

    काठमाण्डौ  ।  आजदेखि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले गएराती १२ बजेदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको हो ।यसअनुसार पेट्रोलको मूल्य प्रतिलिटर १ रुपैयाँले र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ३ रुपैयाँले घटाइएको हो ।निगमले इन्डियन आयल कर्पोरेसनबाट बिहीबार प्राप्त मूल्य सूचीको आधारमा नयाँ मूल्य निर्धारण गरेको जनाएको छ । उक्त सूचीअनुसार पेट्रोलमा प्रतिलिटर १.०८ रुपैयाँ र डिजेलमा २.८० रुपैयाँको दरले मूल्य घटेको हो ।

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 406 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ५९ पैसा र बिक्रीदर १३७ रुपैयाँ १९ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर १५२ रुपैयाँ ९१ पैसा र बिक्रीदर १५३ रुपैयाँ ५८ पैसा, युके पाउन्ड स्ट्रर्लिङ एकको खरिददर १८१ रुपैयाँ ४६ पैसा र बिक्रीदर १८२ रुपैयाँ २६ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १६२ रुपैयाँ ९३ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६४ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिददर ८७ रुपैयाँ ५१ पैसा र बिक्रीदर ८७ रुपैयाँ ९० पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ६६ पैसा र बिक्रीदर ९८ र

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 315 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ। साथै बंगालको खाडी र अरब सागर बाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भू-भागमा आंशिक बदली र बाँकी भू-भागमा मौसम मूख्यतया सफा देखि आंशिक बदली रहेको छ ।दिउँसो कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा  मूख्यतया सफा देखि आंशिक बदली रहनेछ । कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र बाँकी पहाडी भू-भागका एक/दुई स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का द

    • प्रकाशित मितिः जेठ २, २०८२
    • 301 पटक पढिएको
  • उर्जामन्त्री खड्का भन्छन देश विकासमा एनआरएनको भूमिका महत्वपूर्ण

    काठमाडौं— उर्जामन्त्री दीपक खड्काले नेपालको जलविद्युत क्षेत्रमा नीजि क्षेत्रको सहभागीता बढाउनका लागि आफूले पहल गरिरहेको बताएका छन् ।उर्जामन्त्रालयमा बिहीबार गैरआवासीय नेपाली संघ एनआरएनएका अध्यक्ष महेश कुमार श्रेष्ठ, उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकाल, सांसदहरु देवी भट्टचन र जीत सेरचनसँगको संयुक्त भेटमा मन्त्री खड्काले यस्तो बताएका हुन् ।आफूले उर्जामन्त्रालयको नेतृत्व सम्हाले यता जलविद्युतको क्षेत्रमा उल्लेख्य काम भएको बताउँदै सरकारको नीति नीजि क्षेत्रलाई प्रोत्साहन गर्ने बताए ।सो अवसरमा मन्त्री खड्काले नव निर्वाचित एनआरएनएका अध्यक्ष श्रेष्ठ नेतृत्वको कमिटीलाई बधाई ज्ञापन गर्दै देश विक

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 249 पटक पढिएको
  • रवि विरुद्ध प्रहरी प्रतिवेदनमा आधार बनाइएको निवेदन झन् विवादास्पद

    काठमाण्डौ  ।   बुटवलको सुप्रिम सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रहरी प्रतिवेदनमा आधार बनाइएको निवेदन झन् विवादास्पद बन्दै गएको छ। निवेदिका पूजा न्यौपानेले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा आफूले कुनै व्यक्ति विशेषलाई लक्षित गरेर उजुरी नदिएको स्पष्ट पारेकी छन्। उनले आफ्नो पैसा फसेकाले फिर्ता पाउन मात्रै निवेदन दिएको बताउँदै सो निवेदनलाई राजनीतिक प्रतिशोधको उपकरण बनाइएकोमा आपत्ति जनाएकी छन्। यसअघि पनि दुईजनाले यस्तै किसिमको आपत्ति जनाइसकेका छन्।सहकारी पीडित पूजा न्यौपाने सामाजिक संजालमा लेख्छिन्, " म सुप्रीम सहकारीको बचतकर्ता र सहकारीपीडित हुँ । मैले आफ्नो ब्यापारबाट आएको

    • प्रकाशित मितिः जेठ १, २०८२
    • 292 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.