समाचार

    Showing 12,671-12,680 of 26,699 items.
  • काठमाडौं र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

    काठमाडौं— काठमाडौं र इलामबाट जबरजस्ती करणी गरेको अभियोगमा एक एक जना पक्राउ परेका छन् । १६ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा दाङ दंगीशरण गाउँपालिका–६ घर भएका २२ वर्षीय रमेश खड्कालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ । रमेशलाई ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।  त्यस्तै १९ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मोरङ मिक्लाजुङ गाउँपालिका–८ तोरीबारी बस्ने २७ वर्षीय भेष राज दुलाललाई प्रहरीले इलामबाट पक्राउ गरेको छ । भेष राजले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधार

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 597 पटक पढिएको
  • रोकियो बागमतीका ३ मन्त्रीको शपथ

    काठमाडौं— बागमती प्रदेश सरकारमा नवनियुक्त तीन जना मन्त्रीको शपथ रोकिएको छ । आज बुधबार बिहान मुख्यमन्त्री बहादुरसिंह लामाले संसदीय दलका प्रमुख सचेतकसमेत रहेका धादिङका गोविन्द लम्साल, चितवनका माया श्रेष्ठ र गीता गुरुङलाई मन्त्री नियुक्त गरेका थिए ।लम्साललाई आन्तरिक मामिला तथा कानुन मन्त्रालय, श्रेष्ठलाई युवा तथा खेलकुद मन्त्रालय र गुरुङलाई सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त गरेका थिए ।उनीहरूको शपथ बिहान ९ बजे प्रदेश प्रमुख कार्यालयमा गराउने तयारी थियो । नवनियुक्त मन्त्रीहरूको शपथ हुने सम्बन्धी जानकारी प्रदेश प्रमुख कार्यालयलाई पनि गराइएको थियो । तर, शपथ हुन सकेन ।नेकपा एमालेले संवेदनशील अवस

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 658 पटक पढिएको
  • ‘छड्के कपाल’ तीज गीतले ल्यायो नयाँ तरंग, मोतिराज खनालको मौलिक प्रस्तुतिमा दर्शक झुमे (भिडियोसहित)

    काठमाडौं— तीजको माहोल नजिकिँदै गर्दा गायक तथा सर्जक मोतिराज खनालको नयाँ तीज गीत ‘छड्के कपाल किन कोरेको’ सांगीतिक बजारमा चर्चाको केन्द्रमा रहेको छ। मौलिक लय, परम्परागत भाकाको संरक्षण र नारी सशक्तिकरणको सन्देश बोकेको यस गीतले छोटो समयमै दर्शक–श्रोताको मन जित्न सफल भएको छ।दुई दशकभन्दा बढी समयदेखि नेपाली सांगीतिक क्षेत्रमा क्रियाशील खनालले सामाजिक यथार्थ झल्काउने उद्देश्यले गीत तयार पारेका हुन्। पछिल्लो समय बजारमा फैलिएको छाडा र उत्ताउला गीत–संगीतप्रति असन्तुष्टि जनाउँदै खनालले यसपटक मौलिक स्वादका साथ सन्देशमूलक सिर्जना ल्याएका छन्।गीतमा गायक मोतिराज खनाल र गायिका राधिका हमालको मुख्य स्वर रहेको छ

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 1,550 पटक पढिएको
  • १ हजार ४ सय रुपैयाँले बढ्यो सुनको मूल्य

    काठमाडौं – आज नेपाली बजारमा सुनको मूल्य बढेको छ ।बुधबार सुन तोलामा १ हजार ४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन १ लाख ९४ हजार ४ सयमा कारोबार भइरहेको छ । मंगलबार सुन तोलाको १ लाख ९३ हजार रुपैयाँमा कारोबार भएको थियो ।यस्तै, आज चाँदीको मूल्य पनि १० रुपैयाँले बढेको छ । आज चाँदी २ हजार ३ सय १० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 407 पटक पढिएको
  • गैंडाकोटको बगैंचा एडभेन्चर रिसोर्टमा आगलागी, मुख्य भवन पूर्णरूपमा क्षति

    चितवन— पूर्वी नवलपरासीको गैंडाकोट नगरपालिका–११ मा रहेको बगैंचा एडभेन्चर रिसोर्टमा आज बिहान आगलागी भएको छ। आगोका कारण रिसोर्टको मुख्य भवन जलेर पूर्ण रूपमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।काठ र माटोको प्रयोग गरी निर्माण गरिएको रिसोर्टमा विद्युत सट भएर आगो लागेको प्रारम्भिक अनुमान गरिएको छ। कावासोती नगरपालिका र भरतपुर महानगरपालिकाबाट खटिएका दुई दमकल, सुरक्षाकर्मी तथा स्थानीयवासीहरूको सहयोगमा आगो नियन्त्रणमा लिइएको हो।भौतिक क्षति भएपनि मानवीय क्षति नभएको प्रहरीले जनाएको छ । क्षतिको विवरण संकलन भइरहेको प्रहरी स्रोतले जनाएको छ।‘र्‍याम्ड अर्थ’ प्रविधिमा निर्माण गरिएको उक्त रिसोर्टका सञ

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 634 पटक पढिएको
  • राष्ट्रिय सभामा आज प्रधानमन्त्री ओलीको सम्बोधन गर्ने, चलचित्र विधेयक र राष्ट्र स्तरोन्नतिको प्रतिवेदनमा पनि छलफल गरिने

    काठमाडौं— संघीय संसद् अन्तर्गत राष्ट्रिय सभाको बैठक आज दिउँसो १ः१५ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्दैछ। बैठकलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्री सचिवालयले जनाएको छ।आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले ‘चलचित्र विधेयक, २०८१’ लाई दफाबार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउने प्रस्ताव प्रस्तुत गर्नेछन्।त्यसैगरी, विकास, आर्थिक मामिला तथा सुशासन समितिकी सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नतिसम्बन्धी अध्ययन प्रतिवेदन, २०८१’ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभामा प्रस्तुत गर्ने

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 621 पटक पढिएको
  • हेटौँडामा न्यायिक समितिको सक्रियता, १४३ उजुरी फछ्र्योट

    हेटौँडा—  हेटौँडा उपमहानगरपालिकामा गठन भएको न्यायिक समितिले एक वर्षमा १४३ उजुरी फछ्र्योट गरेको छ । उपमहानगरपालिकाका उपप्रमुख राजेश बानियाँको संयोजकत्वमा गठित समितिले मेलमिलापको सिद्धान्तमा आधारित भएर मुद्दा किनारा लगाएको हो । स्थानीय तहका विवाद स्थानीय तहमै मेलमिलापका माध्यमबाट समाधान गर्न स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ४६ मा स्थानीय तहमा न्यायिक समितिको व्यवस्था गरिएको छ । समितिमा आर्थिक वर्ष २०८१/८२ मा नयाँ दर्ता भएका २४७ वटा उजुरी र पुराना ४४ वटा गरी २९१ उजुरीमध्ये १४३ वटा  फछ्र्योट भएका उपप्रमुख बानियाँले बताए। समितिले ४५ वटा उजुरीको निरुपण अदालतबाट हुनुपर्ने राय

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 499 पटक पढिएको
  • सिरहामा ज्येष्ठ नागरिकको हत्या, पूर्वपश्चिम राजमार्ग केहीबेर अवरुद्ध

    जनकपुरधाम— सिरहामा एक ज्येष्ठ नागरिकको हत्या भएको छ। धनगढीमाई नगरपालिका–११ आमचोक निवासी ७५ वर्षीय अनिल लाल यादवको सुतेकै अवस्थामा हत्या भएको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।यादवलाई अज्ञात व्यक्तिले रातिको समयमा हतियार प्रयोग गरी आक्रमण गरेका प्रहरीले जनाएको छ । आज बिहान करिब ६ः२० बजे प्रहरीलाई यादव गम्भीर घाइते अवस्थामा भेटिएको सूचना प्राप्त भएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता डीएसपी वीरेन्द्रकुमार पासवानको भनाइ छ ।उनीलाई तत्कालै प्रादेशिक अस्पताल सिराहा लगिएको थियो, तर उपचारको क्रममा बिहान ८ः२० बजे मृत्यु भएको प्रहरी स्रोतले जनाएको छ।हत्या भएपछि स्थानीय बासिन्दाले विरोध स्वर

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 543 पटक पढिएको
  • अब इन्टरनेट सेवा प्रदायकले जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न नपाउने

    काठमाडौं –  नेपाल दूरसञ्चार प्राधिकरणले इन्टरनेट सेवा प्रदायक (आईएसपी)हरुलाई अबबाट जथाभावी वाईफाई हटस्पट सञ्चालन गर्न रोक लगाउने भएको छ। प्राधिकरणले मोबाइल सेवा प्रदायकहरू मात्र वाईफाईमार्फत सेवा दिन सक्ने प्रावधान रहेको जनाउँदै, अन्यथा कानुनी कारबाहीको चेतावनी दिएको छ।प्राधिकरणले मंगलबार एक सूचना प्रकाशित गर्दै, वाईफाई हटस्पट सेवा सञ्चालन गर्न ‘वाईफाई हटस्पट सञ्चालनसम्बन्धी विनियमावली, २०७५’ को पालना गर्नुपर्ने स्पष्ट पारेको छ। सो विनियमावलीअनुसार, आईएसपीहरूले केवल तोकिएको क्षेत्र र सीमित समयको लागि मात्र एकपटकको लग–इनमार्फत सेवा सञ्चालन गर्न पाउने व्यवस्था छ।हाल दूरसञ्चार प्राधिकरण

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 813 पटक पढिएको
  • इनर्जीको आईपीओ निष्कासन तथा बिक्री खुला

    काठमाडौं— बुधबारबाट झापा इनर्जीको आईपीओ निष्कासन तथा बिक्री खुला भएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कम्पनीको आईपीओ निष्कासन तथा खुला भएको हो ।कम्पनीले जारी पुँजी ३८ करोड १ लाख ९० हजार रुपैयाँको १० प्रतिशत अर्थात ३ करोड ८० लाख १९ हजार रुपैयाँ बराबरको प्रतिशेयर १०० रुपैयाँ दरका ३ लाख ८० हजार १९० कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको हो ।स्थानिय बासिन्दाहरुका लागि छुट्याइएको कुल सेयरमध्ये १ लाख ९० हजार ९५ कित्ता सेयर प्रत्यक्ष प्रभावित क्षेत्र झापा जिल्लाको शिवसताक्षी नगरपालिका वडा नम्बर

    • प्रकाशित मितिः साउन १४, २०८२
    • 537 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.