समाचार

    Showing 12,771-12,780 of 26,699 items.
  • आव २०८१ / ८२ मा फरार प्रतिवादी पक्राउमा कोशी प्रदेश प्रहरीको उच्च सक्रियता, ३५१३ जना पक्राउ

    विराटनगर— “अपराध गरेर उम्कन कसैलाई छुट छैन” भन्ने सन्देशसहित कोशी प्रदेश प्रहरीले फरार प्रतिवादी पक्राउ अभियानलाई तीव्र बनाउँदै आएको छ। यसै क्रममा आर्थिक वर्ष २०८१/८२ को असार मसान्तसम्ममा प्रदेशभरबाट ३ हजार ५ सय १३ जना फरार प्रतिवादीहरू पक्राउ परेका छन्।कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार अदालतबाट दोषी ठहर भई कैद तथा जरिवाना तोकिएका तर लामो समयदेखि फरार रहेका व्यक्तिहरूलाई पक्राउ गरी कानूनी दायरामा ल्याउने विशेष अभियान सञ्चालन गरिएको हो। प्रहरीको यो प्रयास कानूनी राज्यको स्थापना र न्याय प्रणालीलाई प्रभावकारी बनाउन महत्वपूर्ण भएको बताइएको छ।प्रहरीको विशेष रणनीति, सूचना प्रविधिको प्रयो

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 794 पटक पढिएको
  • भ्रमणबाट दुई देशबीचको सम्बन्ध थप प्रगाढ बनेको छ : परराष्ट्रमन्त्री राणा

    काठमाडौं – परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले नेपाल र थाइल्याण्डका बीचमा कैयौँ सांस्कृतिक समानता रहेको उल्लेख गरेकी छन्  ।शुक्रबार काठमाडौंमा आयोजित ‘थाइ फ्लेभसर्् इन द हिमालज्’ ट्रेड फेयरको उद्घाटन गर्दै उनले नेपाल र थाइल्याण्डबीच ऐतिहासिक सम्बन्ध रही आएको र दुई देशबीचमा सांस्कृतिक लगायतका धेरै क्षेत्रमा समानता रहेका बताइन्  ।मन्त्री डा.राणाले दुई देशका बीचमा पाहुनाहरुको स्वागत, बहुधार्मिक र बहुसांस्कृतिक मूल्यमान्यताहरुको सम्मान तथा सहिष्णुता तथा पर्यटन र यसमार्फत् प्राप्त गर्न सकिने समृद्धिलगायतका समानताहरु रहेका चर्चा गरिन् । पर्यटन दुई देशका बीचको साझा समृद्ध

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 605 पटक पढिएको
  • प्रहरी निरीक्षक शेखर जंग मल्ललाई बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न

    विराटनगर— नेपाल प्रहरी प्रधान कार्यालयको साउन ५ गतेको पत्रअनुसार जनपद समूहतर्फ प्रहरी निरीक्षक पदबाट प्रहरी नायव उपरीक्षक (डीएसपी) पदमा बढुवा सिफारिसमा परेका प्रहरी निरीक्षक शेखर जंग मल्ललाई कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरमा बधाई तथा शुभकामना कार्यक्रम सम्पन्न भएको छ।उक्त अवसरमा प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) ईश्वर कार्कीले मल्ललाई पदोन्नतिको अवसरमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गरे। प्रमुख अतिथि कार्कीले मल्लले कोशी प्रदेश प्रहरी कार्यालयमा कार्यरत रहँदा पुर्‍याएको योगदानको उच्च मूल्याङ्कन गर्दै आगामी जिम्मेवारी अझ जिम्मेवार र सफलतापूर्वक निर्वाह

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 781 पटक पढिएको
  • मोरङ र सुनसरीबाट लागू औषधसहित ६ जना पक्राउ

    विराटनगर– मोरङ र सुनसरीका विभिन्न स्थानबाट लागू औषधसहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई छुट्टाछुट्टै स्थानमा चेकजाँच तथा विशेष निगरानीको क्रममा नियन्त्रणमा लिइएको हो।सुनसरीको ईनरुवा नगरपालिका–४ स्थित बसपार्कमा जिल्ला प्रहरी कार्यालय सुनसरी र अस्थायी प्रहरी पोष्ट बसपार्कबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा को।१ ह ८९८८ नम्बरको अटोमा सवार धरान–६ का एक किशोरसहित ३ ग्राम ८६ मिलिग्राम ब्राउन सुगर फेला पारेको थियो। उक्त घटनामा संलग्न धरान–६ का २४ वर्षीय युवराज लिम्बु र अटो चालक धरान–८ का २८ वर्षीय निलन लिम्बुलाई प्रहरीले पक्राउ गरेको हो।त्यस्तै, इलाका प्रहरी कार्यालय धरानले धरान–१४ न

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 571 पटक पढिएको
  • निराश हुन जरूरी छैन, हामी निराशलाई आशामा बदल्न कटिबद्ध छौँ : राष्ट्रपति

    काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणालीको ध्यये नै जनताको आवाज सुन्ने, जनताको चाहना पूरा गर्ने र सुशासनको माध्यमबाट आर्थिक रुपमा समृद्ध नेपाल निर्माण गर्ने रहेको बताएका छन् ।राष्ट्रिय विभूति भीमसेन थापाको २५१ औँ जयन्तीको अवसरमा शुक्रबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै यही शासन प्रणालीबाट नै हामीले हाम्रा पूर्खा र इतिहासले सुम्पिएको दायित्व पूरा गर्न सक्ने स्पष्ट गर्दै सबैको ध्यान त्यसतर्फ केन्द्रित गर्नुपर्ने बताएका हुन् । उनले भने, ‘इतिहासका अनेकौ कालखण्डबाट गुज्रदै हाम्रो देश अहिले संघीय लोकतान्त्रिक गणतान्त्रिक शासन प्रणाली अंगालेर अघि बढ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 747 पटक पढिएको
  • काठमाडौं महानगरपालिकाभित्र सार्वजनिक स्थलहरुमा धुम्रपान निषेध

    काठमाडौं – काठमाडौं महानगरपालिकाले काठमाडौं महानगरपालिकाभित्र निजी सम्पत्ति बाहेक सार्वजनिक स्थलहरु धुम्रपान निषेध गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नगर प्रहरी प्रमुख राजु पाण्डेले महानगरपालिकाको गएको असार ३२ गते सम्पन्न भएको नगर सभाबाट महानगरभित्रका सार्वजनिक स्थलहरु धुम्रपान निषेध गर्ने निर्णय गरेको भन्दै यसलाई लागू गर्न श्रावण ९ गतेदेखि महिनाभर प्रचारप्रसार गर्ने र भदौ १ गतेबाट जरिवानामा जाने जानकारी दिए । उनले सार्वजनिक स्थलहरुमा धुम्रपान गरिएको पाइएमा पहिलो पटक ५ सय जरिवाना र दोहोराएको खण्डमा उक्त जरिवाना दोब्बर हुने निर्णय पनि भएको पनि जानकारी दिएका छन् । उ

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 527 पटक पढिएको
  • प्रधानमन्त्री ओलीले सुख्खाग्रस्त मधेस क्षेत्रको अवलोकन गरे

    काठमाडौं— प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेसको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् ।नेपाल सरकारले (मन्त्रिपरिषद्) को यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए ।प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी छन् ।

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 683 पटक पढिएको
  • गत चैत्र १५ गते भएको घटनाको निष्पक्ष छानबिन गर्न राप्रपाको माग

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सांसद धवलशमशेर राणाले शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै चैत्र १५ गते भएको घटनाको निष्पक्ष छानबिनको माग गरेका छन् । उनले दोषीलाई कारवाही र निर्दोषलाई रिहा गर्न सरकारसँग आग्रह गरे ।सांसद राणाले उक्त दिनको घटनालाई गम्भीर भन्दै भने, ‘यदि यति गम्भीर घटनाको छानबिन गरिन्न भने अरु के को गरिन्छ? दोषीमाथि कारवाही होस् र निर्दोष रिहा होस् भन्ने मेरो माग हो ।’उनका अनुसार आन्दोलनका क्रममा प्रहरीको बल प्रयोगपछि प्रदर्शनकारीहरू उत्तेजित भई तोडफोड तथा आगजनीका घटनाहरू भए । ‘त्यसबीच केही साथीहरू ज्यान जोगाउन एक गल्लिको सटरभित्र आश्रय लिन पुगेका थियौं

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 375 पटक पढिएको
  • कांग्रेसमा बढ्दो असन्तोषको संकेत देखिएपछि बागमतीका चार मन्त्रीको एकैदिन दिए राजीनामा

    हेटौँडा—  बागमती प्रदेश सरकारका चारजना कांग्रेस मन्त्रीले शुक्रबार एकैसाथ राजीनामा दिएका छन्। यो घटनालाई प्रदेश कांग्रेसभित्रको आन्तरिक असन्तोषको संकेतका रूपमा हेरिएको छ।राजीनामा दिने मन्त्रीहरूमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछाने छन्। यी सबै मन्त्री नेपाली कांग्रेसबाट सरकारमा सहभागी भएका थिए।हाल बागमती प्रदेश सरकारमा कांग्रेसका ८ जना मन्त्री छन्, जसमा चारजनाले पदत्याग गरेपछि सत्ता समीकरणमा नयाँ तरंग आएको छ।स्रोतका अनुसार, य

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 751 पटक पढिएको
  • कृषिप्रधान देश कुर्सीप्रधान भयो : सांसद सिंह

    काठमाडौं – स्वतन्त्र सांसद अमरेश कुमार सिंहले शुक्रबार प्रतिनिधिसभाको बैठकमा देशको वर्तमान संकटप्रति कडा आलोचना गर्दै सरकारको व्यवस्थापकीय कमजोरीप्रति प्रश्न उठाएका छन् । उनले यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भएको  भन्दै  सरकारको  कडा आलोचना गरेका हुन् । उनले भने, ‘यो देश कृषिप्रधान हुँदाहुँदै कुर्सीप्रधान देश भयो कुर्सीकै लागि यत्रो हानथाप हुँदा जलस्रोतको धनी देश आज सुख्खाको चपेटामा परेको छ ।’सिंहका अनुसार तराई–मधेस क्षेत्र सुख्खाग्रस्त भइरहँदा त्यही क्षेत्रमा अवस्थित चन्द्र नहर (मधेस) र बम नहर (रौतहट–बारा) जस्ता ठूला सिँचाइ आयोजनामा पानी नहुँनु सरकारको

    • प्रकाशित मितिः साउन ९, २०८२
    • 332 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.