समाचार

    Showing 13,081-13,090 of 24,831 items.
  • आन्तरिक पर्यटकको रोजाइमा धुमैया जलाधार क्षेत्र

    राँझा (बाँके) । बाँकेको राप्ती सोनारी गाउँपालिका–५ बिनौनाको टडुवास्थित धुमैया जलाधार क्षेत्र पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा परेको छ । सिद्देश्वरी सामुदायिक वन उपभोक्ता समूहको संरक्षणमा रहेको धुमैया जलाधार क्षेत्रमा नेपालगञ्जको प्रचण्ड गर्मी छल्न आउने आन्तरिक पर्यटकहरु झरनामा नुहाउने, तस्बिर खिच्ने, भिडियो छायाङ्कन गर्ने र वनभोज खाएर रमाउने गरेका छन् । गर्मीयाममा नेपालगञ्ज, कोहलपुरलगायतका सहरबाट आन्तरिक पर्यटकको भीड लाग्ने गरेको स्थानीय चन्द्रप्रकाश रिजालले बताए । जलाधार क्षेत्रमा प्रवेश गर्ने आन्तरिक पर्यटकलाई प्रवेश शुल्क रसिद काट्ने काम गर्दै आउनुभएका रिजालले गर्मीयाममा दैनिक ३००÷

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 274 पटक पढिएको
  • आजदेखि टरिगाउँ विमानस्थलमा हवाई सेवा सुरु

    तुलसीपुर । आजदेखि दाङको तुलसीपुर–१२ स्थित टरिगाउँ विमानस्थलमा तीन महिनापछि हवाई सेवा सुरु भएको छ । अब प्रत्येक सोमबार उडान हुने नेपाल एयरलाइन्सका स्टेसन इञ्चार्ज बलबहादुर सुनारले जानकारी दिए । उनले यात्रुको मागअनुसार उडान थप गर्न पनि सकिने बताए । विमानस्थलमा हवाई सेवा पटक–पटक अवरुद्ध हुँदै आएको छ । यस पटक गत पुस २ गतेदेखि हवाई सेवा अवरुद्ध भएको थियो । उक्त विमानस्थलमा नियमित हवाई सेवा नहुँदा यात्रु नेपालगञ्ज वा भैरहवा जानुपर्ने बाध्यता छ । विमानस्थलको धावनमार्ग सानो हुँदा ठूला जहाज बस्न सकेका छैनन् । अहिले १९ सिटे जहाज मात्रै सञ्चालन हुँदा पनि अनियमित हुने हुँदा यात्रु भैरहवा वा नेपा

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 307 पटक पढिएको
  • राष्ट्रिय सभाबाट बहुमतले पारित भयो सहकारी सम्बन्धी विधेयक

    काठमाडौं— राष्ट्रिय सभाबाट ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको छ ।सोमवार राष्ट्रिय सभाको बैठकमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री बलराम अधिकारीले प्रस्तुत गरेको प्रतिनिधि सभाबाट सन्देशसहित प्राप्त ‘सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८१’ बहुमतले पारित भएको हो ।त्यसअघि उक्त प्रश्तावमाथिको छलफलमा सांसदहरुले राखेको जिज्ञासाका बारेमा मन्त्री अधिकारीले जवाफ दिएका थिए।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 401 पटक पढिएको
  • गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथ रथ यात्राको शुभारम्भ

    नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले त्रिवेणीस्थित गजेन्द्र मोक्ष धामबाट मुक्तिनाथका लागि ऐतिहासिक रथ यात्राको शुभारम्भ गरेका छन् ।कालीगण्डकीका शालिग्राम तथा मुक्तिनाथको प्रचारप्रसार तथा धार्मिक आस्थालाई एकअर्कासँग जोड्ने उद्देश्यले आयोजना  गरिएको यस यात्रामा श्रद्धालु भक्तजनहरूको उल्लेखनीय सहभागिता रहनेछ ।कमलनयनाचार्य मुक्तिनाथ बाबाको सङ्कल्पअनुसार सुरु गरिएको रथ यात्रा त्रिवेणी, देवघाट, पोखरा, बागलुङ हुँदै मुक्तिनाथ पुग्नेछ । यात्राको शुभारम्भ गर्दै मुख्यमन्त्री आचार्यले धार्मिक पर्यटकीय गन्तव्यलाई एकआपसमा जोड्न आवश्यक रहेको उल्लेख गर्दै ल

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 246 पटक पढिएको
  • विश्वप्रकाश शर्मा भन्छन संवैधानिक राजतन्त्र नरहने अनुभव कांग्रेससँग छ

    काठमाडौं— नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपालमा संवैधानिक राजतन्त्र राख्ने प्रयासमा कांग्रेस असफल भएको बताएका छन् । तर, अब राजतन्त्र देशमा नफर्कने उनको भनाइ छ ।सोमबार प्रतिनिधिसभामा सम्बोधन गर्ने क्रममा शर्माले राजतन्त्र सक्रिय बनाएर लाभ लिएका पञ्चहरूले अहिले संवैधानिक राजतन्त्र भनिरहेको बताए । उनले विगतमा कांग्रेसले विधानमै ' संवैधानिक राजतन्त्र' राख्दा गोली ठोक्ने र जेल हाल्ने काम भएको बताए ।“पूर्वपञ्चहरू, आज तपाईंहरूलाई संवैधानिक राजतन्त्र चाहियो ? हिजो कांग्रेसले संवैधानिक राजतन्त्रलाई आदर्श बनाएर त्यसका लागि लड्दै गर्दा कांग्रेसलाई गोली ठोकिएको होइन?,” शर्माले प्रश्न गर

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 432 पटक पढिएको
  • सामाजिक सद्भाव कायम राख्दै ईद मनाइयो

    वीरगञ्ज (पर्सा) । पर्सामा इस्लाम धर्मावलम्बीहरूले ईद–उल–फित्र (ईद) सामाजिक सद्भाव कायम राख्दै मनाएका छन् । इस्लाम समुदायले पर्सामा रहेका ईदगाह तथा मस्जिदमा नमाज (प्रार्थना) गर्दै ईद पर्व हर्षाैल्लाससहित मनाएका हुन् । वीरगञ्ज महानगरपालिका–२ स्थित ईदगाहचोकमा हजारौँ सङ्ख्यामा मुस्लिम समुदायले एकापसमा खुसी साटासाट गरेर ईद मनाएका छन् । वीरगञ्जका हिन्दू समुदायका धर्मावलम्बीले रमजानको अवसरमा इस्लाम समुदायका व्यक्तिलाई ‘इफ्तार’को आयोजना गरेर शुभकामना आदानप्रदान गर्दै आएका छन् । यसले यहाँका समुदायबीच धार्मिक सहिष्णुता र भ्रातृत्वको विकास गराउँदै आइरहेको छ । वीरगञ्ज महानगरपालिका उपप्रमुख इम्ति

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 293 पटक पढिएको
  • प्रधानमन्त्री ओलीद्वारा ईदको शुभकामना

    काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईदको शुभकामना दिएका छन् ।प्रधानमन्त्री ओलीले आज सामाजिक सञ्जालमार्फत ईद पर्वको अवसरमा सबैलाई शुभकामना दिएका हुन् ।‘आज इस्लाम धर्मावलम्बीले मनाउने महत्त्वपूर्ण र पवित्र पर्व ईद, एक महिना लामो रोजा व्रत पूरा भएको छ’, सन्देशमा भनिएको छ, ‘रोजा पूरा भएको खुसियालीमा इस्लाम समुदायले आज इदुल फित्र मनाउँदै छन्, ईद पर्वको अवसरमा सबैलाई शुभकामना ।’इस्लाम धर्मावलम्बीको एक महत्त्वपूर्ण पर्वमा प्रेम, दानशीलता, सामाजिक सहयोग र आध्यात्मिक समर्पणको विशेष महत्त्व रहेको छ । समुदायबीचको सम्बन्ध अझ बलियो बनाउने परम्परा

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 320 पटक पढिएको
  • आजको मौसमः कोशी र गण्डकीमा वर्षाको सम्भावना

    काठमाडौँ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागको मौसम मूख्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।आज कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भू–भागको एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा तथा उच्च पहाडी र हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । यसबाट दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक उपाय र सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 304 पटक पढिएको
  • चैतेदसैँमा वीरगञ्जमा डोली यात्रा

    वीरगञ्ज (पर्सा) । वीरगञ्जको चर्चित गहवामाई मन्दिरले चैतेदसैँका अवसरमा गहवामाईको निसानसहितको डोली यात्रा गर्ने भएको छ । माईस्थान सञ्चालन समितिले यही चैत २३ गते चैतेदसैँका अवसरमा माईको निसानसहितको डोली यात्रा गर्न लागेको हो । समितिका अध्यक्ष नरेन्द्र साहले डोली यात्रामा हजारौँ दशनार्थीको उपस्थितिमा गहवामाईको निसानसहितको डोली यात्रा गर्न लागिएको जानकारी दिए । ‘गहवामाई मन्दिर वीरगञ्जको मात्र नभई समग्र मधेस प्रदेशसँगै छिमेकी मुलुक भारतको विहार राज्यका दशनार्थीको आस्थाको धरोहर रहँदै आएको छ,’ उनले भने, ‘गहवामाई मन्दिरमा भाकल तथा पूजापाठ गरेमा आफ्नो मनोकाङ्क्षा प्राप्त हुने जनविश्वास छ ।’डोली यात

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 445 पटक पढिएको
  • आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर

    काठमाडौँ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०६ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिदर १४७ रुपैयाँ ७६ पैसा र बिक्रीदर १४८ रुपैयाँ ४१ पैसा, युके पाउन्ड स्टर्लिङ एकको खरिदर १७६ रुपैयाँ ६१ पैसा र बिक्रीदर १७७ रुपैयाँ ३८ पैसा, स्वीस फ्र्याङ्क एकको खरिददर १५४ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५५ रुपैयाँ ६७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ८० पैसा र बिक्रीदर ८६ रुपैयाँ १८ पैसा, क्यानेडियन डलर एकको खरिदर ९५ रुपैयाँ ३० पैसा र बिक्रीदर ९५ र

    • प्रकाशित मितिः चैत १८, २०८१
    • 444 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.