समाचार

    Showing 13,101-13,110 of 26,701 items.
  • मोरङमा पेस्तोलसहित दुई जना पक्राउ, एक जना फरार

     विराटनगर — मोरङको जहदा गाउँपालिका–४ हटिया टोलबाट पेस्तोल र घरेलु हतियारसहित दुई जना युवक पक्राउ परेका छन्।प्रहरीले बुधबार बिहान करिब ६ बजेतिर दिनेश मण्डलको घरमा खोजतलासी गर्दा भुस राख्ने छाप्रोभित्र लुकाइराखिएको एकथान पेस्तोल फेला पारेको हो।हतियार लुकाएको आरोपमा सोही स्थानका अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्। घटनासँग सम्बन्धित अर्का युवक, २० वर्षीय मुकेशकुमार महतो भने फरार छन्।प्रहरीले घटनास्थलबाट ‘मेड इन जापान’ लेखिएको पेस्तोलसहित एक थान खुकुरी र एक थान मोबाइल फोन बरामद गरेको छ।त्यसैगरी, पक्राउ परेका

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 432 पटक पढिएको
  • नक्कली प्रमाणपत्र प्रकरणः मुद्दामा सफाइ पाएपछि बिद्यालयका प्रधानाध्यापक पदमा पुर्नबाहली भए शर्मा

    काठमाडौं— खैरहनी माध्यमिक बिद्यालयका प्रधानाध्यापक गोपालप्रसाद शर्माले विशेष अदालतले नक्कली प्रमाणपत्रको मुद्दामा सफाइ पाएका छन् ।गत आइतबार विशेष अदालतले प्रधानाध्यापक विरुद्ध दायर मुद्दामा सफाइको फैसला गरेको हो। विशेष अदालतका सदस्यहरू तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको इजलासले यस्तो फैसला गरेको हो। गत बैशाख ३१ गते अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रधानाध्यापक शर्माउपर मुद्दा दायर गरेको थियो।शर्माले भारतको उत्तर प्रदेशबाट प्रवीणता प्रमाणपत्र तह (आइएस्सी)को शैक्षिक योग्यताको नक्कली प्रमाणपत्र ल्याएको अख्तियारको दावि थियो तर बिशेष अदालतमा भने नक्कली प्रमाणपत्र पेश गर्न नसकेपछि शर्माले स

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 611 पटक पढिएको
  • वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको धारणा: 'लोकतन्त्रपछि देशमा उल्लेखनीय विकास'

    काठमाडौं–वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठले लोकतन्त्रको आगमनपछि नेपालमा उल्लेखनीय विकास भएको दाबी गरेका छन्।महानगर यातायात प्रालिद्वारा सुरु गरिएको विद्युतीय बस सेवा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले राजनीतिक परिवर्तनसँगै देश विकास र समृद्धिको यात्रामा अघि बढेको बताए। नेपाल अब इभी (इलेक्ट्रिक भेइकल) युगमा प्रवेश गरिसकेको उल्लेख गर्दै उनले यसप्रति खुसी व्यक्त गरे।"हाम्रो देश अब इभी मोटर चढ्ने युगमा आइसकेको छ," उनले भने, "बाटो र बिजुली गाउँगाउँमा पुगेको छ। हामीले पेट्रोल–डिजेलमा अर्बौं रुपैयाँ खर्च गरिसक्यौं। अब आफ्नै विद्युत प्रयोग गरेर गाडी चढ्ने बेला आएको छ, जुन निकै सकारात्मक छ।"श्रेष्ठले ज

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 250 पटक पढिएको
  • यस कारण भएको थियो च्यासल भेलामा एमाले कार्यकर्ताहरुको कमि

    काठमाडौं–नेकपा (एमाले) ले पार्टीलाई थप सशक्त र व्यवस्थित बनाउने लक्ष्यसहित विधान अधिवेशनको मिति तोकेको छ। तर, पछिल्ला दिनहरूमा पूर्वराष्ट्रपति विद्या भण्डारीको सक्रियतासँगै च्यासलस्थित पार्टी मुख्यालयमा कार्यकर्ताको उपस्थिति घट्दै गएको देखिएको छ।महासचिव शंकर पोखरेलको प्रमुख सम्बोधन रहने भनिएको विधान अधिवेशनसम्बन्धी तयारी भेलामा उपस्थिति अत्यन्तै कम देखिएको हो। भेलामा परिभाषित कार्यकर्ताहरू नै न्यून संख्यामा उपस्थित भएका छन्।गत साता च्यासलमा जनसंगठनका पदाधिकारीहरूको भेला आयोजना गरिएको थियो। सोको केही दिनमै केन्द्रीय विभागमा कार्यरत सदस्यहरूको छुट्टै भेला राखिएको थियो। दुबै कार्यक्रममा महासचिव प

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 219 पटक पढिएको
  • हराएको २२ दिनपछि मृत अवस्थामा भेटिए पारस कुँवर

    बाजुरा— जिल्लाको बुढीगंगा नगरपालिका–८ मोटावाडाका ३२ वर्षीय पारस कुँवर २२ दिनसम्म बेपत्ता रहेको अवस्थामा मृत फेला परेका छन् ।कुँवरको शव बुढीगंगा–९ स्थित चुल्ठे लेकमा भेटिएको हो । उनका आफन्तले लगाएको जकेटका आधारमा शवको पहिचान गरेका हुन् । प्रहरीले भने औपचारिक रूपमा पहिचान प्रक्रिया जारी राखेको जनाएको छ ।पारस कुँवर गत २२ दिनदेखि परिवारको सम्पर्क बाहिर थिए । पारसका आफन्त एलिजा कुँवरका अनुसार उनी मानसिक रूपमा अस्वस्थ थिए । यसअघि पनि दुईपटक हराएको उनी बताउछिन् । विगतमा ७ र ८ दिनको अन्तरालमा हराएका उनलाई परिवारले खोजी गरेर घर फर्काएका थिए ।यसपटक पनि आफन्त र स्थानीयले व्यापक खोजी गरे पनि पारस फेला परे

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 513 पटक पढिएको
  • रास्वपा सासंद कठायतको हट अवतार

    काठमाडौं–संसद देशको कानुन निर्माण गर्ने सर्वोच्च संस्था हो, जहाँ जनता आफ्ना जनप्रतिनिधिमाथि ठूलो विश्वास राख्छन्। त्यसैले सांसदहरूको बोली, व्यवहार र सार्वजनिक आचरण सधैं जनचासोको विषय बन्छ।यद्यपि, सांसदहरूले पदको गरिमा कायम राख्न नसकेको धेरै उदाहरणहरू सार्वजनिक भइरहेका छन्। पछिल्लो समय राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद विनिता कठायत यस्तै विवादमा तानिएकी छन्।पूर्व टेलिभिजन कार्यक्रम सञ्चालिका कठायत, जो समानुपातिक सांसद बनेकी हुन्, हालै सामाजिक सञ्जालमा सार्वजनिक एक भिडियोका कारण चर्चामा आएकी हुन्। भिडियोमा उनी एक युवकसँग फिट्नेस सेन्टरमा 'रोम्यान्टिक' शैलीमा देखिन्छिन्। ‘सपनाभरी म ति

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 531 पटक पढिएको
  • नेपाल–भारत सीमा आगामी साउन ५ गतेदेखि बन्द हुँदै

    बैतडी— भारतको उत्तराखण्ड प्रदेशमा हुन गइरहेको पञ्चायत निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुला जिल्लास्थित नेपाल–भारत सीमा नाकाहरू बन्द हुने भएका छन्।आगामी जुलाई २४ र २८ (साउन ८ र १२ गते) मा भारतको उत्तराखण्ड प्रदेशमा पञ्चायत निर्वाचनका कारण बन्द हुने जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।यही निर्वाचनलाई ध्यानमा राखेर सुरक्षा संवेदनशीलताका कारण सीमा नाका बन्द गर्ने निर्णय गरिएको बैतडीका प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलले जानकारी दिए।उनका अनुसार, दार्चुलाको पुलघाट नाका जुलाई २१ (साउन ५ गते) बेलुकादेखि जुलाई २४ (साउन ८ गते) बिहानसम्म बन्द हुनेछ।यस्तै, बैतडीको झुलाघाट नाका साउन ९ गतेदेखि स

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 481 पटक पढिएको
  • भक्तपुरको राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट सञ्चालन

    काठमाडौं – अरनिको राजमार्ग अन्र्तगत रहेको भक्तपुरको राधे राधे र थिमी चारदोबाटोको ट्राफिक लाइट सञ्चालनमा ल्याइएको छ । मध्यपुरथिमि नगरपालिकास्थित राधे राधे र चारदोबाटोमा ट्राफिक लाइट आज (बुधबार) देखि सञ्चालनमा ल्याइएको हो । यात्रुको चापका कारण अस्तव्यस्त भएको सडकमा ट्राफिक लाइट जडान गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 302 पटक पढिएको
  • खानेपानी संकटलाई प्रदेश सरकारद्वार पानी ट्याङ्कर परिचालन गरी आपुर्ती गर्दै

    मधेश प्रदेश— जनमत पार्टीको नेतृत्वमा रहेको मधेस प्रदेश सरकारले वीरगञ्जसहित मधेसका विभिन्न क्षेत्रमा देखा परिरहेको खानेपानी संकट समाधानका लागि सक्रिय पहल थालेको छ। लगातारको गर्मी, वर्षा नहुनु, सुक्खा अवस्थाको विस्तार र जलस्रोतहरू सुक्दै जानुले गम्भीर पानी संकट निम्त्याएपछि सरकारले तत्काल राहतस्वरूप वारुणयन्त्र (फायर ब्रिगेड) र पानी ट्याङ्कर परिचालन गरेको हो।सरकारका प्रवक्ताका अनुसार, विशेषगरी वीरगञ्ज, सर्लाही, रौतहट लगायतका शहरी तथा ग्रामीण क्षेत्रमा पाइने खानेपानीको स्रोत सूखिन थालेपछि सर्वसाधारणको दैनन्दिन जीवन कष्टकर बन्दै गएको छ। यस्तो अवस्थामा जनताको आधारभूत आवश्यकताको संरक्षण गर्न प्रदेश

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 550 पटक पढिएको
  • पहिरोले कागबेनी-कोरला सडक अवरुद्ध

    मुस्ताङ— उत्तर-दक्षिण जोड्ने राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको जोमसोम–कोरला सडकअन्तर्गत कागबेनीकोरला सडक पहिरोका कारण अवरुद्ध बनेको छ ।गए रातिको वर्षासँगै कोरला राजमार्गको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि कोरला सडक आज बिहानैदेखि अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।कागबेनीस्थित कागखोलाबाट करिब २०० मिटर उत्तरतर्फ कोरला सडकको मानेभिरमा सडकमाथिबाट चट्टानसहितको पहिरो खसेपछि सडक अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले जानकारी दिए । केहीबेर अघिदेखि सडक अवरुद्ध सडक खुलाउन डोजरसहित आवश्यक जनशक्ति त्यसतर्फ पठाइएको उनले बताए ।

    • प्रकाशित मितिः असार ३२, २०८२
    • 504 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.