समाचार

    Showing 13,161-13,170 of 26,701 items.
  • झापा र रुपन्देहीमा करेन्ट लागेर दुई जनाको मृत्यु

    काठमाडौँ – झापा र रुपन्देहीमा आइतबार राति करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ।झापाको बिर्तामोड नगरपालिका–१०, पथरभिट्टामा बसोबास गर्ने ५३ वर्षीय पुष्प पोखरेलको करेन्ट लागेर ज्यान गएको हो। आफ्नै निर्माणाधीन घरमा पानी हाल्नका लागि विद्युतीय मोटर जडान गर्ने क्रममा उनी गम्भीर घाइते भएका थिए। उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। त्यस्तै, रुपन्देहीको गैडहवा गाउँपालिका–६, लोधपुरवाका २५ वर्षीय अनिल प्रसाद मौर्यको पनि करेन्ट लागेर मृत्यु भएको छ। आफ्नै घरमा टेबल फ्यानको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा गम्भीर घाइते भएका मौर्यको

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 396 पटक पढिएको
  • अध्यक्ष लिङदेनको प्रश्न : “सरकारको सुशासन आयोग कहाँ हरायो?”

    काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको सुशासन आयोगको अवस्थाबारे प्रश्न उठाएका छन्।प्रतिनिधि सभा बैठकमा बोल्दै लिङदेनले सुशासनको नाममा सरकारकाे ढोल पिटिए पनि जनताले खोजिरहेको आयोग नै हराएको टिप्पणी गरे। अडियो सार्वजनिक भइसकेको अवस्थामा पनि सम्बन्धित मन्त्रीले राजीनामा नदिएकोप्रति उनले आपत्ति जनाए।“राजावादीलाई तह लगायौं भनेर उत्सव मनाउने तर जनतालाई लुट्न मिलेर ठूला दलहरू सरकार चलाउने? यस्तो व्यवहार स्वीकार्य हुँदैन,” लिङदेनले भने।भिजिट भिसा प्रकरणमा आफूहरूले संसदमार्फत निरन्तर विरोध गरिरहेको उल्लेख गर्दै उनले यसलाई गलत अर्थ नलगाउन आग्रह गरे। साथै,

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 326 पटक पढिएको
  • नारायणी नदीले बगाएर ९ वर्षीय बालकको मृत्यु

    चितवन— चितवनको भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदीले बगाएर ९ वर्षीय बालकको मृत्यु भएको छ।जोरकुशुम पार्क नजिक पौडी खेल्ने क्रममा आइतबार दिउँसो बालक असिम घर्तीलाई नदीले बगाएको थियो। उनी भरतपुर–१, आँपटारीमा बसोबास गर्दै आएकी गुल्मी घर भएकी मिरा घर्तीका छोरा हुन्।पानीमा बगाएर अशक्त भएका असिमलाई तत्काल उद्धार गरी भरतपुरस्थित नयाँ मेडिकल कलेज लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 607 पटक पढिएको
  • प्रदर्शनको क्रममा नेविसंघका दर्जनौँ नेता–कार्यकर्ता पक्राउ, तत्काल रिहाइको माग

    काठमाडौं— विरोध प्रदर्शनमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ)का नेता तथा कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ। विभिन्न स्थानमा प्रदर्शनमा उत्रिएका नेता तथा कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो। नेविसंघले गिरफ्तारीको विरोध गर्दै तत्काल पक्राउ परेकाहरूलाई रिहाइ गर्न माग गरेको छ।नेपाल कमर्श क्याम्पसमा विभिन्न शैक्षिक माग राख्दै गरिएको शान्तिपूर्ण विरोध प्रदर्शनका क्रममा प्रहरीले हस्तक्षेप गरी दर्जनौँ विद्यार्थी नेताहरूलाई पक्राउ गरेको घटनाप्रति नेविसंघले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।नेविसंघका अध्यक्ष दुजाङ शेर्पाले एक विज्ञप्ति जारी गर्दै पक्राउ परेकाहरूलाई तत्काल रिहा गर्न माग ग

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 785 पटक पढिएको
  • घुस ‘डिल’मा मुछिएका मन्त्री गुप्ताले सजिलै राजीनामा देलान त ?

    काठमाडौं— संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ता सोमबार बालुवाटार पुगेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्ताको घुस ‘डिल’बारेको अडियोका विषयमा जानकारी लिन उनलाई बालुवाटार बोलाएका थिए।गुप्ताको ‘बिफ्रिङ’पछि उनलाई प्रधानमन्त्रीले राजीनामाको निर्देशन दिन सक्ने सम्भावना छ। छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।गुप्ताको अडियो बाहिर आएपछि कांग्रेस(एमालेबीचमा छलफल भएको छैन। नेताहरू पनि प्राय मौन छन्। तर कांग्रेसले भने यसबारे अनुसन्धान हुनुपर्ने माग गरिरहेको छ।‘अहिलेसम्म कांग्रेस एमालेबीचमा छलफल भएको छैन। अनुसन्धान गर्नुपर्छ। दोषी देखिए कारबाही हुनुपर्छ। अख्त

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 428 पटक पढिएको
  • रुकुममा कार्यालय सहयोगीको झुन्डिएको अवस्थामा मृत्यु, पत्रकार सम्पर्कविहीन

    काठमाडौँ – रुकुम पूर्वको सिस्ने गाउँपालिकामा कार्यरत २३ वर्षीया कार्यालय सहयोगी कोइली शाह मृत फेला परेको घटनाको गहिरो अनुसन्धान गर्न शाहका परिवारले माग गरेका छन्। परिवारले प्रेस चौतारी रुकुम पश्चिमका अध्यक्ष तथा पत्रकार परिचन्द्र खत्रीसहित केही व्यक्तिहरूविरुद्ध अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी पनि दिएका छन्।शाह असार २८ गते बिहान आफ्नै डेरामा झुन्डिएको अवस्थामा मृत भेटिएकी थिइन्। मृत्युलाई रहस्यमय मान्दै परिवारले असार ३० गते जिल्ला प्रहरी कार्यालय, रुकुम पूर्वमा लिखित निवेदन दिएका हुन्। प्रहरी कार्यालयका प्रमुख डिएसपी उमाशंकर प्रसाद यादवका अनुसार हालसम्म किटानी जाहेरी भने परिएको छैन।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 695 पटक पढिएको
  • निषेधित क्षेत्र तोड्ने प्रयासमा १० जना नेविसंघका कार्यकर्ता पक्राउ

    काठमाडौँ – शिक्षा ऐन तत्काल जारी गर्नुपर्ने मागसहित विरोधमा उत्रिएका नेपाल विद्यार्थी संघ (नेविसंघ) का १० जना कार्यकर्ता बानेश्वरबाट प्रहरीले पक्राउ गरेको छ।नेपाल कमर्स क्याम्पस नेविसंघको आयोजनामा भएको प्रदर्शनका क्रममा निषेधित क्षेत्र अतिक्रमण गर्न खोजेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको हो।नेविसंघले विद्यार्थीको प्रतिनिधित्वबिना सिनेट बैठक अमान्य ठहर गर्नुपर्ने र शिक्षक नियुक्ति प्रक्रिया पूर्ण रूपमा खुला प्रतिस्पर्धाबाट हुनुपर्ने माग राख्दै विभिन्न क्याम्पसमा विरोध कार्यक्रमहरू गरिरहेको छ। अहिले मीनभवन क्षेत्रमा सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ। यसअघि कोटेश्वरमा टायर बालेर सड

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 443 पटक पढिएको
  • मधेश प्रदेशमा असारमै खडेरी : करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ

    काठमाडौं – मधेश प्रदेशका जिल्लाहरुमा असारमै खडेरी देखा परेपछि करीब ३४ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयले जारी गरेको तथ्यांक अनुसार हाल सम्म मधेश प्रदेशमा ३३.७८ प्रतिशत मात्रै धान रोपाइँ सकिएको छ । गतवर्ष यस अबधि सम्म मधेश प्रदेशमा साढे ६१ प्रतिशत धान रोपाइँ भइसकेको थियो । मधेश प्रदेशमा रोपाइँ गर्न ढिलाइ हुनुको मुख्य कारण असारमै देखिएको खडेरी हो।मधेशमा पानी पर्न नसकेपछि त्यहाँका अधिकांश क्षेत्रका किसानहरुले बोरिङमार्फत सिँचाइ गरेर रोपाइँ गरिरहेका छन् । मधेश प्रदेश सरकारको मन्त्री परिषदले नै त्यहाँका आठ वटै जिल्लालाई सुख्खाग्रस्त क्षेत्र घोषणा गरेको छ भने सम्

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 395 पटक पढिएको
  • आजको प्रतिनिधिसभा बैठकमा सांसदले सोधेका प्रश्नको जवाफ दिँदै मन्त्रीहरू

    काठमाडौं— संघीय संसदअन्तर्गत प्रतिनिधिसभा बैठक बस्दैछ। बैठक नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्दैछ। बैठकमा सभामुखले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयबाट प्राप्त कार्यभारसम्बन्धी पत्रको बेहोरा पढेर सुनाउने कार्यसूची रहेको छ।बैठकमा मन्त्रालयगत प्रश्नोत्तर कार्यक्रम पनि रहेको संसद सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले जानकारी दिए। सहरी विकास मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको सम्बन्धित मन्त्रीले उत्तर दिने

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 535 पटक पढिएको
  • भ्रष्टाचार प्रकरणमा मुछिएका मन्त्री राजकुमार गुप्ता प्रधानमन्त्री निवास बालुवाटारमा उपस्थित

    काठमाडौं— ७८ लाख रुपैयाँ भ्रष्टाचार प्रकरणमा मुछिएका संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्तालाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको छ।घुस प्रकरणमा मुछिएपछि चर्चामा रहेका मन्त्री गुप्तालाई प्रधानमन्त्री केपी शर्मा ओली झापाबाट फर्के लगत्तै बालुवाटारमा बोलाइएको हो। प्रधानमन्त्री ओली २ दिने झापा भ्रमणबाट आइतबार राति काठमाडौं फर्केका हुन् ।मन्त्री गुप्ताको ६ महिनाअघिको घुस प्रकरणको अडियो अहिले सार्वजनिक भएको छ। पुसमा नै यो प्रकरण भए पनि केही दिनअघि मात्र अडियो बाहिर आएको हो। घुस प्रकरणको यो विषयले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ।प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्री गुप्त

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 686 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.