समाचार

    Showing 13,171-13,180 of 26,701 items.
  • बैंकिङ्ग कसुरका प्रतिवादी चौलागाईं पक्राउ

    बारा— बैंकिङ्ग कसुर मुद्दामा १ करोड ३२ लाख बिगो भएका प्रतिवादीलाई प्रहरीले बाराको निजगढ नगरपालिका–१ स्थित सिंगौलबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिंगौल बस्ने ४३ वर्षीय भरत चौलागाईं छन् ।उनीविरुद्ध काठमाडौं जिल्ला अदालतबाट असार १८ मा पक्राउ पुर्जी जारी भएको थियो । आरोपीलाई आइतबार पक्राउ गरेर थप अनुसन्धानको लागी जिल्ला प्रहरी परिसर काठमाडौंमा पठाइएको बाराका एसपी सन्तोष तामाङले बताए । 

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 633 पटक पढिएको
  • रास्वपाको अपिल!विपद् प्रतिकार्यका लागि तयारी अवस्थामा रहनु

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका नेता कार्यकर्तासहित शुभेच्छुकहरूलाई मनसुनका बेला हुनसक्ने सम्भावित विपद्का घटनाको न्यूनीकरण, घटनापछिको द्रुत उद्धार, प्रभावकारी राहत वितरण र अन्य मानवीय सहयोगका कार्यहरू सक्रियतापूर्वक जुट्न विशेष अपिल गरेको छ । पार्टीका कार्यवाहक सभापति डोलप्रसाद अर्यालले सोमबार विज्ञप्ति जारी गर्दै यस्तो अपिल गरेका हुन् । मनसुन भित्रिने क्रमसँगै देशका विभिन्न भागमा बाढी, पहिरो, डुबानजस्ता प्राकृतिक विपद्का घटना बढ्ने र यसबाट ठुलो जनधनको क्षति हुन सक्ने विगतका अनुभवले देखाएको तथा मौसम विज्ञान विभागले समेत यस वर्षको मनसुनमा औसतभन्दा बढी वर्षा

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 470 पटक पढिएको
  • नगद होइन, अब डिजिटल! साउन १ देखि सार्वजनिक निकायको सबै भुक्तानी अनलाइनमार्फत

    काठमाण्डौं— साउन १ गतेदेखि सार्वजनिक निकायबाट हुने सबै भुक्तानी अनिवार्य विद्युतीय प्राणालीमार्फत हुने भएको छ ।अर्थ मन्त्रालयले सार्वजनिक निकायबाट हुने भुक्तानी विद्युतीय प्रणालीमार्फत गर्ने व्यवस्था मिलाउन सवै निकायलाई परिपत्र गरेको हो ।मन्त्रालयले सबै मन्त्रालय, नेपाल राष्ट्र बैङ्क, सार्वजनिक संस्थान, बोर्ड, समिति तथा प्रतिष्ठानहरूलाई परिपत्र गरेको छ । केही बोर्ड, समिति र सार्वजनिक संस्थानमा अझै पनि विद्युतीय प्रणाली पूर्ण रूपमा कार्यान्वयनमा नभएको पाइएपछि अर्थ मन्त्रालयले परिपत्र गरेको हो ।आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार परिपत्र गरिएको मन्त्रालयले जनाएको छ ।अर्थमन्त्री

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 722 पटक पढिएको
  • खेतमा पानी लगाउन गएका वेला जंगली हात्तीको आक्रमणबाट महिलाको मृत्यु

    मोरङ— मोरङको बेलबारीमा जङ्गली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ । बेलबारी– ८ बाँसबारीकी ४५ वर्षीया अमिना राजवंशीको हात्तीको आक्रमणबाट मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।घरनजिकैको खेतमा पानी लगाउन गएका वेला हात्तीले अमिनालाई आक्रमण गरेको थियो । आक्रमणबाट गम्भीर घाइते भएकी अमिनाको आइतबार उपचारको क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 533 पटक पढिएको
  • सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या

    काठमाण्डौ । सुनसरीको हरिनगर गाउँपालिका- ६ मा गोली प्रहार गरी एक किशोरीको हत्या भएको छ ।सुनसरी प्रहरीका अनुसार हरिनगर गाउँपालिका- ६ घुस्कीमा आइतबार राति करिब १ बजे गोली प्रहार गरी १८ वर्षीय अर्सी खातुनको हत्या भएको हो । प्रारम्भिक अनुसन्धानका क्रममा किशोरीलाई उनकै भिनाजुले गोली प्रहार गरेको देखिएको छ । आइतबार राति करिब १ बजे भारतको पत्राहा पञ्चायत-१६ घुर्नाका २९ वर्षीय आजात मिया जटले किशोरीको टाउकोमा गोली प्रहार गरेका थिए ।किशोरीको घटनास्थलमै मृत्यु भएको थियो । घटनास्थलमा एउटा खोका फेला परेको छ । घटनापछि मिया फरार छन् । फरार भएका मियाको खोजी भइरहेको प्रहरीले जनाएको छ। गोली प्रहारको कारण खुलिनसक

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 208 पटक पढिएको
  • टिकटक लाइभमा गालीगलौज गर्ने युवती पक्राउ

    काठमाडौं— सामाजिक सञ्जाल टिकटकमा अपशब्द प्रयोग गर्दै गालीगलौज गरेको अभियोगमा धनुषा प्रहरीले पक्राउ गरेको छ । टिकटक लाइभमा अभद्र गालीगलौज गरेको आरोपमा धनुषाको जनकपुर उपमहानगरपालिका–२४ की २० वर्षीय रोशनी खातुनलाई प्रहरीले आइतबार पक्राउ गरेको हो।पक्राउ परेकी उनलाई अभद्र व्यवहार मुद्दामा म्याद थप गरी जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षमा राखी अन्य अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ । 

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 477 पटक पढिएको
  • आज प्रतिनिधिसभा बैठकमा प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं— प्रमुख प्रतिपक्षी दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले सोमबारको प्रतिनिधिसभा बैठकलाई सम्बोधन गर्ने भएका छन् ।आज प्रमुख प्रतिपक्षी दलको नेताको हैसियतले प्रचण्डले बैठकमा सम्बोधन गर्ने भएका हुन् । प्रचण्डले रसुवा बाढीपहिरो, समसामयिक राजनीतिलगायत विषयमा धारणा राख्ने छन् ।सोमबारको बैठकमा अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने भएकाले आफ्ना सबै सांसदलाई अनिवार्य उपस्थित हुन माओवादीले निर्देशन गरेको छ ।

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 558 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैङ्कका अनुसार अमेरिकी डलर एकको खरिदर १३६ रुपैयाँ ९९ पैसा र बिक्रीदर १३७ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।युरोपियन युरो एकको खरिदर १६० रुपैयाँ १४ पैसा र बिक्रीदर १६० रुपैयाँ ८४ पैसा, युके पाउण्ड स्टर्लिङ एकको खरिदर १८४ रुपैयाँ ९४ पैसा र बिक्रीदर १८५ रुपैयाँ ७५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिदर १७१ रुपैयाँ ९८ पैसा र बिक्रीदर १७२ रुपैयाँ ७३ पैसा कायम गरिएको छ ।अष्ट्रेलियन डलर एकको खरिदर ९० रुपैयाँ १४ पैसा र बिक्रीदर ९० रुपैयाँ ५३ पैसा, क्यानेडियन डलर एकको खरिदर १०० रुपैयाँ ६ पैसा र बिक्र

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 384 पटक पढिएको
  • कस्तो रहनेछ आजको मौसम

    काठमाण्डौ  ।  मौसम पूर्वानुमान महाशाखाका अनुसार कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरू तथा लुम्बिनी प्रदेशको एक/दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।दिउँसो देशभर साधारणतया बदली रहनेछ। सबै प्रदेशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेशका एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। देशको उच्च पहाडी तथा हिम

    • प्रकाशित मितिः असार ३०, २०८२
    • 549 पटक पढिएको
  • गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको गीतविरुद्ध साइबर ब्युरोमा उजुरी

    काठमाण्डौ  ।  लोक तथा दोहोरी गायिका शान्तिश्री परियार र गायक रामजी खाँडको तीज गीत ‘लुकी लुकी’ लगायत तीन गीतविरुद्ध नेपाल प्रहरीको साइबर ब्युरोमा उजुरी परेको छ।राष्ट्रिय लोक सञ्चारकर्मी नेपालले तीजको नाममा अश्लीलता र विकृति फैलाएको आरोप लगाउँदै ‘गाई कालो’, ‘सल्ला दमारमा’ र ‘लुकी लुकी’ गीत हटाउन माग गर्दै उजुरी दिएको हो।तीनवटै गीतमा अभिनेत्री प्रियंका कार्की, गायक सुनिल क्षेत्री लगायतका कलाकारहरू देखिएका छन्। उजुरी संस्थाका अध्यक्ष चन्द्रमणि गौतम र सचिव कमल सरगमले साइबर ब्युरोका प्रवक्ता एसपी दीपकराज अवस्थीलाई बुझाएका हुन्।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 276 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.