समाचार

    Showing 13,191-13,200 of 26,701 items.
  • पौडी खेल्ने क्रममा बेपत्ता भएको पुरूषको शव भेटियो

    काठमाडौं— कास्कीमा पौडी खेल्ने क्रममा बेपत्ता भएको पुरूषको शव फेला परेको छ। पौडी खेल्ने क्रममा बेपत्ता भएका पोखरा महानगरपालिका–५  प्रस्याङ बस्ने ३० वर्षीय प्रकाश त्रिपाठीको शव फेला परको हो। पोखरा महानगरपालिका–१७ पावरहाउसस्थित फुस्रे खोलामा आइतबार बिहान सशस्त्र प्रहरीले  शव फेला पारेको सहप्रवक्ता डिएसपी शैलेन्द्र थापाले जानकारी दिए।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 643 पटक पढिएको
  • मन्त्रीको घुसकाण्डले सरकारको छातीमा कुशासनको तक्मा थपियो : किराती

    काठमाडौं – नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किरातीले सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताको घुस काण्डको अडियो बाहिरिएको भन्दै सुशासनको लागि भन्दै बनेको सरकारको छातिमा फेरि कुशासनको तक्मा थपिएको टिप्पणी गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकलाई सम्बोधन गर्दै उनले देशको छविमाथि अन्तर्राष्ट्रिय मञ्चमा गम्भीर प्रश्न उठेको भन्दै उनले यसबारे सरकारको तर्फबाट संसद्लाई जानकारी गराइनुपर्ने बताएका हुन् ।उनले भने, ‘सामान्य प्रशासन र भूमि सुधारमन्त्रीको बारेमा सर्वत्र मिडियामा आएको कुरा के हो ? मलाई राम्रो संग स्मरण छ यही उभिएर सम्माननीय प्रधानमन्त्रीज्यूले भन्नुभएको कुरा ‘म भ्रष्टाचार गर्दिन

    • प्रकाशित मितिः असार २९, २०८२
    • 460 पटक पढिएको
  • ‘झुट बोल्ने’ खानेपानी मन्त्री यादवलाई तत्काल कारवाहीको माग

    काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै भिजिट भिसा प्रकरण र जुम्ला आन्दोलनको विषयमा गम्भीर प्रश्न उठाएका छन् ।शाहीले भिजिट भिसा प्रकरणमा निरन्तर आवाज उठाउँदै आएको उल्लेख गर्दै यसको छानबिनका लागि संसदीय समिति गठनको माग गरे । उनले भने, ‘भिजिट भिसा प्रकरणमा हामीले निरन्तर आवाज उठाउँदै आएका छौं । यसको संसदीय छानबिन समितिको माग गर्छौं ।’त्यस्तै, उनले गत बैसाख ७ गते जुम्ला गएका खानेपानीमन्त्री प्रदीप यादवले संघीय खानेपानी तथा ढल निकास कार्यालय जुम्लामै रहने प्रतिवद्धता जनाएको तर अहिले सो कार्यालय खारेज गरिएकोप्रति आपत्ति जनाए

    • प्रकाशित मितिः असार २९, २०८२
    • 311 पटक पढिएको
  • सांसद सुमना श्रेष्ठले बोलेपछि रास्वपाले आज पनि बहिष्कार गर्‍यो प्रतिनिधिसभा

    काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आइतबार प्रतिनिधिसभा बैठक बहिष्कार गरेको छ। बैठकको सुरुमा सांसद सुमना श्रेष्ठले सम्बोधन गरेपछि रास्वपाका सांसदहरू बैठक कक्षबाट बाहिरिएका थिए।रास्वपाले भिजिट भिसा प्रकरणमा छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै  संसद् बहिष्कार गर्दै आएको छ। आजको बैठक पनि सोही माग राखेर बहिष्कार गरिएको हो।

    • प्रकाशित मितिः असार २९, २०८२
    • 624 पटक पढिएको
  • महोत्तरीको गौशालामा अवैध रूपमा रकम असुली गर्दै जग्गा पास गर्ने प्रकरण सार्वजनिक

    महोत्तरी– गौशाला नगरपालिका–१२ परोडियामा वर्षौंदेखि बसोबास गर्दै आएका स्थानीय बासिन्दाबाट अवैध रूपमा रकम असुली गरी जग्गा पास गर्ने नाममा ठगी भइरहेको खुलासा भएको छ।स्थानीय दीपेन्द्रबहादुर तामाङका अनुसार, वडा कार्यालयले गठन गरेको ५ सदस्यीय उपसमितिले प्रतिकिता ५० हजार रुपैयाँको दरले १०५ घरपरिवारबाट पैसा उठाउँदै आएको छ। उनले भने, "वर्षौंदेखि बसोबास गरिरहेको जग्गा नाममा पारिदिने भन्दै मौखिक रूपमा विश्वासमा पारेर रकम उठाइएको हो। तर, असुलिएको पैसाको कुनै लेखाप्रणाली छैन।"९५ वर्षीय स्थानीय बासिन्दा भागवतनारायण झाले पुरानो सम्झना सुनाउँदै भने, “वर्षौंदेखि हामीले मनरा सिस्वाका जोगी सिंहबाट विश्वासमा जमिन

    • प्रकाशित मितिः असार २९, २०८२
    • 327 पटक पढिएको
  • रास्वपाले चलाएको हस्ताक्षर अभियानमा प्रहरीको हस्तक्षेप

    झापा— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) झापाले आयोजना गरेको हस्ताक्षर अभियानमा प्रहरीले हस्तक्षेप गरेको छ। पार्टी सभापति रवि लामिछानेमाथि राजनीतिक प्रतिशोध भएको भन्दै दमकमा शनिबारबाट सञ्चालन गरिएको अभियानमा प्रहरीले हस्तक्षेप गर्दै माइक खोसेर भाँचिदिएको रास्वपा झापाका नेता प्रकाश पाठकले बताएका छन्।पाठकका अनुसार, प्रधानमन्त्री केपी शर्मा ओलीको सवारी कार्यक्रमलाई कारण देखाउँदै प्रहरीले अभियान रोक्न दबाब दिएको थियो। ‘रास्वपा दमकले सञ्चालन गरेको हस्ताक्षर अभियानमा हस्तक्षेप गरी लोकतान्त्रिक मुलुकमा शान्तिपूर्ण रूपमा आफ्ना विरोध, अभियान तथा असन्तुष्टि राख्न पाइने कानुनी व्यवस्थाको उपहास हुने गरी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 827 पटक पढिएको
  • दमकमा सडक उद्घाटनपछि ओलीले भने : ‘अब विशाल रंगशाला निर्माण गरिनेछ’

    झापा – प्रधानमन्त्री केपी शर्मा ओलीले झापाको दमक नगरपालिकास्थित मदनडाँगी (ताराबारी) डिपु सडक स्तरोन्नती आयोजनाको आइतबार उद्घाटन गरेका छन्  ।विश्व बैंकको सहयोगमा नगरपालिकाको गौरवको आयोजनाका रूपमा रहेकोे सडक नेपालभरका १७ सडकमध्ये एक हो ।  ४४ करोड २४ लाख लागतमा निर्मित ४.८६ किमी सो सडक समयमै सम्पन्न भएको नमूना आयोजना मानिन्छ ।त्यस्तै उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले देशभर विकास निर्माणका लहर ल्याउने क्रममा यो सडक पनि रहेकोे जनाउँदै मेची–महाकालीसम्म थालेका काम सक्ने अभियानमा सरकार रहेकोे बताएका छन्  । उनले  दमकको बेलडाँगीमा विशाल रंगशाला निर्माण हुने घोषणा पनि गरे

    • प्रकाशित मितिः असार २९, २०८२
    • 339 पटक पढिएको
  • मोरङको कटहरीमा एक ट्रक गाँजा बरामद

    काठमाडौँ  । मोरङमा करिब ३ हजार १ सय ५० किलो गाँजा बरामद भएको छ । जिल्लाको कटहरी गाउँपालिका–३ कटहरी चोकबाट  करिब ३ हजार १ सय ५० किलोग्राम गाँजा गए राति प्रहरीले बरामद गरेको हो ।प्रहरी चौकी कटहरीबाट खटिएको प्रहरीले को.१ ख. ४५१८ नम्बरको ट्रक तलासी गर्दा १ सय ५ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । गाँजा लिएर आएका चालक प्रहरीलाई देखे लगत्तै फरार भएका थिए । प्रहरीले हाल फरार ट्रक चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको जानकारी दिएको छ । प्रारम्भिक अनुसन्धानमा पहाडी जिल्लाबाट ल्याएर भारत तर्फ तस्करी गर्न लागिएको हुनसक्ने आशंका प्रह

    • प्रकाशित मितिः असार २९, २०८२
    • 468 पटक पढिएको
  • मेलम्ची गुफाडाँडाको विकासमा संघ र प्रदेशले सहयोग नगरेको गुनासो

    मेलम्ची – सिन्धुपाल्चोकको मेलम्ची–९ मा रहेको रमणीय गुफाडाँडा पर्यटकीय स्थलको विकासमा संघ र प्रदेश सरकारले असहयोग गरेको स्थानीयबासीले दुखेसो गरेका छन् । ०७५ साल पुस १६ र १७ गते तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले पहिलो पटक जलवायु सम्मेलनको उद्घाटन गरिएको उक्त स्थानलाई संघीय र प्रदेश सरकारले प्रतिवद्धता अनुसार काम नगरेको मेलम्ची नगरपालिकाका प्रमुख आइतमान तामाङले बताए ।केही समय अघि बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पर्यटकीय विकासका लागि प्रदेश सरकारले सक्दो सहयोग गर्ने बताएपनि एक रुपैंयाँ पनि बजेट विनियोजन नगरेको दुखेसो गरे । गुफाडाँडा मात्र होइन मेलम्चीका सबै स्थानहरु

    • प्रकाशित मितिः असार २९, २०८२
    • 241 पटक पढिएको
  • विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट

    काठमाडौं— विकास हाइड्रोपावरको आईपीओ बाँडफाँट गरिएको छ । सर्वसाधारणका लागि गत असार १८ गतेदेखि असार २२ गतेसम्म खुला गरेको आईपीओ आइतबार बाँडफाँट भएको हो ।कम्पनीले ७० हजार ९१० कित्ता साधारण सेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरी बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गरेको थियो ।सर्वसाधारणका लागि खुलाईएको यस आईपीओमा २१ लाख ५० हजार ६७२ जनाबाट २ करोड ६१ लाख ४८ हजार ३५० कित्ता सेयर खरिदका लागि आवेदन परेको थियो ।कुल आवेदनमध्ये २० लाख ४३ हजार ६८६ जनाबाट परेको २ करोड ३४ लाख ८३ हजार ९० कित्ता सेयर सदर भएको थियो भने बाँकी

    • प्रकाशित मितिः असार २९, २०८२
    • 640 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.