काठमाडौँ। आज विश्व जनसङ्ख्या दिवस हो । संयुक्त राष्ट्रसङ्घको आह्वानमा यो दिवस विश्वका विभिन्न मुलुकमा विविध कार्यक्रमका साथ मनाइँदैछ । राष्ट्रसङ्घका अनुसार विश्वको जनसङ्ख्या एक अर्ब पुग्न लाखौँ वर्ष लाग्यो भने त्यसपछिको २०० वर्षमा विश्वको जनसङ्ख्या सात गुणाले बढ्यो । सन् २०११ मा विश्वको जनसङ्ख्या सात अर्ब पुगेको थियो भने २०२१ मा यो सात अर्ब ९० करोड पुगेको छ । जनसङ्ख्या निरन्तर वृद्धि भइरहेको छ । सन् २०३० मा आठ अर्ब ५० करोड, २०५० मा नौ अर्ब ७० करोड र २१०० मा १० अर्ब ९० करोड पुग्ने अनुमान गरिएको छ । जनसङ्ख्या वृद्धिमा प्रजनन दरमा भएका परिवर्तन, बढ्दो सहरीकरण र बसाइँसराइले दू
काठमाडौं –सुनचाँदी व्यवसायीहरुले कर र भ्याटका विषयमा सरकारसँग सहमति भएपछि एक महिनादेखिको आन्दोलन स्थगित गरेका छन्। बिहीबार अर्थ मन्त्रालयमा भएको वार्तापछि व्यवसायीहरूले आन्दोलनका सबै कार्यक्रम फिर्ता लिएका हुन्।नेपाल सुनचाँदी व्यवसायी महासंघका द्वितीय उपाध्यक्ष धर्मसुन्दर बज्राचार्यका अनुसार अब शुक्रबारदेखि देशभरका सुनचाँदी पसलहरू नियमित रूपमा खुल्नेछन्।सरकारले आर्थिक वर्ष २०८२/८३ को बजेटमा सुनको कारोबारमा २ प्रतिशत विलासिता कर र हीराजडित गहनामा १३ प्रतिशत भ्याट लगाउने व्यवस्था गरेको थियो। व्यवसायीहरूले यो कर र भ्याटले उपभोक्ता र उद्योग दुवैलाई असर पार्ने भन्दै विरोध गर्दै आएका थिए। आन्दोलनको
चितवन — चितवनको नारायणघाट र नवलपरासी (बर्दघाट–सुस्ता पूर्व) को गैंडाकोटलाई जोड्ने गरी नारायणी नदीमा निर्माण हुन लागेको आकर्षक 'सिग्नेचर ब्रिज'को डिजाइन दुई वर्ष बित्दासमेत तयार हुन सकेको छैन।पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बन्ने यो नयाँ पुलको निर्माणका लागि २०८० जेठ २० मा तुँदी कन्स्ट्रक्सन प्रालिसँग १ अर्ब ६८ करोड रुपैयाँको लागतमा सम्झौता गरिएको थियो। सम्झौता अनुसार एक वर्षभित्र डिजाइन तयार गरेर तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य थियो। तर अब तेस्रो वर्ष चलिरहँदा पनि पुलको पूर्ण डिजाइन अझै पेश भएको छैन।सडक विभाग अन्तर्गतको पुल महाशाखाका प्रमुख, सुपरिटेन्डेन्ट इन्जिनियर ललिजन खनालका अनुस
काठमाडौं — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफू सक्रिय राजनीतिमा फर्कनुको प्रमुख उद्देश्य नेकपा एमालेको नेतृत्व लिनु नै भएको स्पष्ट रूपमा बताएकी छन्। उनले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे पहिले नै जानकारी गराइसकेको र पार्टी सदस्यता पनि लिइसकेको बताइन्।इमेज टेलिभिजनलाई बिहीबार दिएको ५५ मिनेटभन्दा लामो विशेष अन्तर्वार्तामा पत्रकार जगदिश खरेलसँग कुराकानी गर्दै भण्डारीले अहिले नै सार्वजनिक रूपमा घोषणा गर्ने समय नभए पनि आफ्नो लक्ष्य एमालेको अध्यक्ष बन्नु नै रहेको बताइन्।खरेलले सोधेको “तपाईं एमालेको अध्यक्ष बन्नकै लागि फर्किनुभएको हो?” भन्ने प्रश्नमा भण्डारीले दोधार नगरी भनिन्, “त्यसमा कुन
जनकपुर – आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट पारित गर्न एक साताभन्दा कम समय बाँकी रहँदा पनि मधेश प्रदेशमा राजनीतिक दलहरूबीच अझै बजेटमाथि छलफल गर्ने सहमति जुट्न सकेको छैन। बिहीबार बसेको प्रदेश सभा बैठक पनि केवल १० मिनेटमै स्थगित भएको छ।२२ असारदेखि प्रदेश सभाको बैठकहरू लगातार बसिरहे पनि विपक्षी दलहरूको अवरोधका कारण पाँचौँपटक पनि बजेटमाथिको छलफल अघि बढ्न सकेन। विपक्षी दलहरूले बजेटमा बिचौलियाको प्रभाव रहेको र वितरण असमान भएको भन्दै पुनर्लेखनको माग गर्दै आएका छन्।बिहीबारको बैठक अघि सत्तापक्ष र विपक्षी दलहरूबीच बजेटका त्रुटिहरू सच्याउने विषयमा छलफल भएको थियो। त्यस क्रममा सभामुख रामचन्द्र मण्डलको संयोज
नवलपुर — नवलपुर जिल्लाको हुप्सेकोट गाउँपालिका–१ बेलुवामा बाघको आक्रमणमा परेर एक व्यक्ति घाइते भएका छन्।जिल्ला प्रहरी कार्यालय नवलपुरका अनुसार त्रिकोण सामुदायिक वनमा घाँस काटिरहेका ३८ वर्षीय दिपेन्द्र शेर्पुन्जा बाघको आक्रमणमा परेका हुन्। प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपालका अनुसार बिहानको समयमा भएको उक्त घटनापछि घाइते शेर्पुन्जालाई उपचारका लागि कावासोती–१६ डण्डास्थित मध्यविन्दु प्रादेशिक अस्पतालमा भर्ना गरिएको छ।उनको दाहिने हात, छाती र ढाडमा चोट लागेको बताइएको छ। स्थानीयवासीका अनुसार बाघले आक्रमण गरेपछि उनी भागेर ज्यान जोगाउन सफल भएका थिए। घटनापछि बाघ जंगलतर्फ फर्किएको प्रहरीको भनाइ छ।
काठमाडौं – देशको जलस्रोत व्यवस्थापन र वातावरणीय संरक्षणका दृष्टिले अति संवेदनशील चोभार गल्छीको दीर्घकालीन समाधानबारे नीति–निर्माण तहमै गम्भीर बहस सुरु भएको छ ।बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय ऊर्जा तथा जलस्रोत विभागको आयोजनामा चोभार गल्छीको स्थलगत अवलोकन तथा नीतिगत संवाद कार्यक्रम सम्पन्न भएको छ ।रास्वपाको ऊर्जा तथा जलस्रोत विभाग गठन पछिको यो पहिलो कार्यक्रम मात्र नभएर, विषयवस्तु र सहभागिताको हिसाबले विभागकै सशक्त पहलकदमीको रुपमा हेरिएको छ ।पछिल्लो समय उपत्यकामा चोभार गल्छीको स्वभाविक बहावलाई अवरोध गर्ने किसिमका निर्माण गतिविधि, उत्खनन, डम्पिङजस्ता कार्यले दीर्घकालीन जोखिम सिर्जन
काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछाने कपडाको ब्रान्ड ‘डेनिम एण्ड डेभिल्स’ को ब्रान्ड एम्बेसडर नियुक्त भएका छन् । बिहीबार काठमाडौंको हिमालय होटलमा आयोजित एक समारोहमा कपडाको ब्राण्ड ‘डेनिम एण्ड डेभिल्स’ र लामिछानेबीच सम्झौतामा हस्ताक्षर भएको हो । उनी ३ वर्षका लागि ब्रान्ड एम्बेसडर नियुक्त भएका हुन् । ब्रान्ड एम्बेसडरको हस्ताक्षर समारोहमा बोल्दै सन्दीपले कम्पनीको परिवारको सदस्यजस्तै भएको बताए ।‘यो ब्रान्डको सुरुवाती दिनहरुदेखी यहाँसम्म आउदा आफूलाई पनि एकदमै गर्व लाग्छ कि यो ब्रान्डसँग म सुरुदेखि नै थिए । आज यो ब्रान्ड यहाँसम्म पुग्दा आफ्नो परिवारले नै स
काठमाडौं । आज विश्व जनसंख्या दिवस नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइदैछ । विश्व जनसंख्या दिवस प्रत्येक बर्ष जुलाई ११ मा मनाउने गरिन्छ ।सन् १९८७ को जुलाई ११ तारिखका दिन विश्वको जनसङ्ख्या करिब ५ अरब पुगेको अवसरमा भएको पपुलेशन समिटले यो दिवस मनाउने घोषणा गरेको हो ।विश्व जनसंख्या दिवस २०२५ को नारा जुलाई ११ मा मनाइने विश्व जनसंख्या दिवस २०२५ को विषयवस्तु ‘मानिसहरूमा लगानीः प्रजनन् स्वास्थ्य र अधिकारलाई प्राथमिकता’ लागायत आर्थिक अनिश्चितता, लैङ्गिक असमानता र जलवायु संकटजस्ता चुनौतीहरूलाई सम्बोधन गर्ने कुरा उल्लेख ।यसले शिक्षा, स्वास्थ्य सेवा र परिवार नियोजनजस्ता सेवामा समान पहुँच सुनिश्चित गरेर
रामेछाप । रामेछाप जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयहरूको सार्वजनिक सुनुवाइ कार्यक्रम बिहीबार रामेछाप नगरपालिकाको सभा हलमा सम्पन्न भएको छ । कार्यक्रम जिल्ला प्रशासन कार्यालय रामेछापले आयोजना गरेको हो ।कार्यक्रममा जिल्लाका ३० भन्दा बढी सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिहरूले चालु आर्थिक वर्षको हालसम्मको प्रगति, बजेट खर्च, सेवा प्रवाह र योजनाको कार्यान्वयन अवस्थाबारे जानकारी दिएका थिए।रामेछाप नगरपालिकाका प्रमुख लबश्री न्यौपानेको प्रमुख आतिथ्यता र प्रमुख जिल्ला अधिकारी (प्रजिअ) श्यामकृष्ण थापाको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो।कार्यक्रममा बोल्दै नगरप्रमुख न्यौपानेले सेवा प्रदा
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.