समाचार

    Showing 13,331-13,340 of 26,701 items.
  • काठमाडौंबाट एक करोड ४४ लाख रकमसहित चिनियाँ नागरिक पक्राउ

    काठमाण्डौ  ।  काठमाण्डौको बौद्धबाट एक करोड ४४ लाख रुपैयाँ नगदसहित एक चिनियाँ नागरिक पक्राउ परेका छन्। काठमाडौं महानगरपालिका–६, बौद्ध नयाँबस्तीमा कोठा भाडामा बसेका ४० वर्षीय वाङ जियानलाई सोमबार बेलुका प्रहरीले नियन्त्रणमा लिएको हो। प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले उनको कोठामा खानतलासी गर्दा ठूलो मात्रामा नगद फेला पारेको र उक्त रकमको स्रोत खुलाउन नसकेको प्रहरीले जनाएको छ।काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी अपीलराज बोहराका अनुसार रकम र पक्राउ परेका व्यक्तिलाई थप अनुसन्धानका लागि प्रक्रियामा अघि बढाइएको छ।

    • प्रकाशित मितिः असार २४, २०८२
    • 284 पटक पढिएको
  • देशभित्र आशा र आत्मविश्वास जगाउनेलाई सम्मान भएन् : कुलमान घिसिङ

    दोहा (कत्तार) – नेपाल विद्युत प्राधिकरणका निर्वतमान कार्यकारी निर्देशक कुलमान घिसिङले देशभित्र आशा र आत्मश्विास जगाउनेलाई सम्मान गर्ने वातावरण नबनेको बताएका छन् ।विदेशी भूमिमा पसिना बगाइरहेका नेपालीसँगको भेटघाट गर्न मध्यपूर्र्वी देशहरु बहराइन, ओमान, युएई र कतारको भ्रमणमा रहेका कार्यकारी निर्देशक घिसिङले  आशा र आत्मविश्वास देखाउनेको सम्मान गर्ने वातावरण नबनाएसम्म युवा देशभित्र बस्न नसक्ने अवस्था रहेको बताए । कत्तारको दोहामा रहेका नेपाली समुदायले गरेको सम्मान कार्यक्रममा घिसिङले आफ्नो घरपरिवारबाट टाढा बसेर खाडी मुलुकमा पसिना बगाएर आर्जन गरेको पैसाबाट (रेमिट्यान्स)बाट नेपालको अर्थतन्त्र

    • प्रकाशित मितिः असार २४, २०८२
    • 339 पटक पढिएको
  • रसुवा घट्नाले ठूलो क्षति गरायो, सरकार थप सचेत होस् : सांसद केसी

    काठमाडौं– नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनुपर्ने बताएका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने भनाइ व्यक्त गरे । ‘रसुवाको गोसाइँकुण्ड गाउँपालिकामा ठूलो मानवीय र भौतिक क्षति भएको भन्दै सरकार थप सचेत हुनपर्ने देखिरहेको छ । यस्तो बेला उद्धार, राहत र पुनःस्थापनामा सरकारले प्रभावकारी अग्रसरता देखाउनुपर्ने हुन्छ । अब सरकार चुप बस्न हुँदैन’ उनले भने ।

    • प्रकाशित मितिः असार २४, २०८२
    • 290 पटक पढिएको
  • राप्रपा र रास्वपाले गर्यो संसद् बैठक बहिष्कार

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले मंगलबार पनि संसद् बैठक बहिष्कार गरेका छन् ।भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै रास्वपा र राप्रपाले संसद अवरोध गर्दै आएको छ ।सो प्रकरणमा सरकारले पूर्व मुख्यसचिव शंकरदास बैरागी नेतृत्वको छानबिन समिति बनाएको छ । तर, रास्वपाले त्यसलाई स्वीकार गरेको छैन ।त्यस्तै, रास्वपाले अन्य संघीय निजामती विधेयक पास गर्ने क्रममा भएको गडबडीबारे पनि छानबिन गर्न आग्रह गरिरहेको छ ।

    • प्रकाशित मितिः असार २४, २०८२
    • 454 पटक पढिएको
  • रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार

    काठमाडौं – नेपाल–चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरुको उद्धार गरिएको छ । नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुलाई हेलिकोप्टरमार्फत उद्धार गरिएको हो । 

    • प्रकाशित मितिः असार २४, २०८२
    • 263 पटक पढिएको
  • जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन ज्ञानेन्द्र शाहीको माग

    काठमाडौँं – विपक्षी दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले जिबी राईलाई पक्राउ गरी नेपाल ल्याउन माग गरेका छन् । मंगलबार प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै प्रमुख सचेतक शाहीले जिबी राईलाई सरकारले नै लुकाएको आरोप लगाउँदै तत्काल फिर्ता ल्याउन माग गरेका हुन ।उनले यसअघि राईलाई पक्राउ गरेर ल्याउछु भन्ने गृहमन्त्रीले त्यसतर्फ चासो नदेखाएको बताए । शाहीले सहकारीको विषयमा छानबिन गर्न बनेकोजस्तै भिजिट भिसामा पनि छानबिन समिति गठन हुनुपर्ने भन्दै संङख्याको आधारमा नभएर अपराधको आधारमा समिति बनाउन माग राखे ।‘जिबी राई कहाँ छन, राईलाई अहिलेको सरकारले कति अर्बमा डिल

    • प्रकाशित मितिः असार २४, २०८२
    • 435 पटक पढिएको
  • ‘रसुवाको बाढी जलवायु परिवर्तनको कारण हो कि ख्याल गरियोस’

    काठमाडौं – नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले रसुवाको लेन्दे नदीमा आएको बाढीले पु¥याएको क्षतिपछि उद्धार र राहतलाई प्रभावकारी बनाउन आग्रह गरेका छन् । प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै मंगलबार शर्माले वर्षायामसँगै गम्भीर घटना हुन थालेको भन्दै सरकार सचेत हुनुपर्ने बताए । उनले बाढी जलवायु परिवर्तनको कारण हो कि के हो यसतर्फ पनि ख्याल गर्ने समेत बताए । ‘रसुवाको लेन्दे नदीमा १८ बढी बेपत्ता, नेपाल र चीन जोड्ने मितेरी पुल बगाएको छ । एक सय बढी कन्टेनर गाडी बगाएको दुःखद् खबर आएको छ । जल्दै गरेको चितासहितको लास बगाएको मार्मिक घटना सार्वजनिक भएको छ,’ शर्माले भने । उनले भने,‘न

    • प्रकाशित मितिः असार २४, २०८२
    • 296 पटक पढिएको
  • नवनियुक्त न्यायाधीशहरूले गरे शपथ ग्रहण

    काठमाडौं – सर्वोच्च अदालतमा तीन न्यायाधीशले सपथ लिएका छन् ।मंगलबार नवनियुक्त न्यायाधीशहरू श्रीकान्त पौडेल, शान्तिसिंह थापा र मेघराज पोखरेलले सपथ ग्रहण गरेका हुन् । सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले तीन न्यायाधीश नियुक्त गरेका थिए । मंगलबार सर्वोच्च अदालतका प्रधानन्यायधीश प्रकाशमान सिहं राउतले नवनियुक्त न्यायाधीशहरू पौडेल, थापा र पोखरेलले सपथ ग्रहण गराएका हुन् ।न्याय परिषद्को सिफारिसमा संसदीय सुनुवाइ समितिबाट सोमबार अनुमोदन गरिएका उनीहरुलाई राष्ट्रपतिले नेपालको संविधानको धारा १२९(२) बमोजिम नियुक्त गरेका थिए । शपथ समारोहमा प्रधानन्यायधीश सिंह राउतले नवनियुक्त न्यायधीशहरु जनताको लागि

    • प्रकाशित मितिः असार २४, २०८२
    • 273 पटक पढिएको
  • रसुवा बाढीमा परी बेपत्ता हुने १८ काे नाम सार्बजनिक

    काठमाडौँ, २४ असारः  चीन-सिमानाको ल्हेन्दे खोलामा सोमबार राति आएको बाढीमा परेर अहिलेसम्म १८ जना बेपत्ता भएकाे खुलेकाे छ ।अचानक अाएकाे बाढीकाे चपेटामा परी बेपत्ता हुनेमा तीन प्रहरी र ६ चिनियाँ नागरिक समेत रहेका छन् । सशस्त्र प्रहरीले दिएको विवरण अनुसार सम्पर्कविहीन हुनेहरुको विवरणःनेपाल प्रहरीप्र.चौ.हाकु रसुवा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला रामेछाप लिखु तामाकोशी गा.पा. वडा नं.०४ बस्ने वर्ष ४२ को प्र.स.नि. लाल बहादुर श्रेष्ठ ।जि.प्र.का. पर्सा दरबन्दी भइ इ.प्र.का. टिमुरे रसुवामा कार्यरत जिल्ला बारा फेटा गा.पा. वडा नं.०१ बस्ने वर्ष २४ को प्र.ज. मुन्ना ठाकुर ।प्र.चौ. ला

    • प्रकाशित मितिः असार २४, २०८२
    • 444 पटक पढिएको
  • ‘रसुवामा विपद्को सम्भावित जोखिम कायमै छ, सतर्क रहनुहोला’

    काठमाडौं – जिल्ला प्रशासन कार्यालय रसुवाले विपद्को सम्भावित जोखिम अझै पनि कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने बासिन्दालाई सजक रहन आग्रह गरेको छ । मंगलबार बिहान ३ः०० बजे रसुवागढी नाका भई नेपाल प्रवेश गर्ने भोटेकोशी नदीमा बढी आई रसुवागढीस्थित मितेरी पुलमा पूर्ण क्षति हुँदा नाकाबाट हुने नेपाल–चीन सडक सम्पर्क टुटेको, स्याफ्रुवेशी–रसुवागढी सडकखण्ड अवरोध भएको पनि जिल्ला प्रशासनले जनाएको छ ।नदी तटीय क्षेत्रका संरचनाहरुमा क्षति पुग्नुका साथै विपद्को सम्भावित जोखिम कायमै रहेकाले प्रभावित क्षेत्रहरूमा बसोबास गर्ने सम्पूर्णलाई सतकर्ता अपनाउन आग्रह गरेको छ । ‘आज मिति २०८२।०३।२४ गते

    • प्रकाशित मितिः असार २४, २०८२
    • 371 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.