समाचार

    Showing 13,431-13,440 of 26,701 items.
  • बहराइनबाट कुलमानले सुरु गरे ‘उज्यालो अभियान’

    काठमाडौँ  –  नेपालमा १८ घण्टासम्म लामो लोडशेडिंग हटाएर चर्चामा आएका नेपाल विद्युत प्राधिकरणका पूर्व प्रबन्ध निर्देशक कुलमान घिसिङले उज्यालो अभियान सुरु गर्ने घोषणा गरेका छन्।बहराइनवासी नेपाली समुदायले आफ्नो सम्मानमा शुक्रबार आयोजना गरेको नागरिक अभिनन्दन कार्यक्रममा उनले त्यस्तो घोषणा गरेका हुन् । नेपाली श्रमिक आबद्ध भएका विभिन्न संघसंस्था तथा गैरआवासीय नेपाली संघको तर्फबाट उनलाई अभिनन्दन गरिएको थियो  ।बहराइनवासी नेपालीद्वारा संयुक्तरुपमा आयोजित नागरिक अभिनन्दनका संयोजक फुलबहादुर बल, नेपाली क्लबका अध्यक्ष दीपक गुरुङ, गैरआवासीय नेपाली संघ, बहराइनका अध्यक्ष राजु श्रेष्ठ, पूर्वअध्यक

    • प्रकाशित मितिः असार २२, २०८२
    • 356 पटक पढिएको
  • अमेरिकाको टेक्ससमा बाढीः ५१ जनाको मृत्यु, २७ जना बालबालिका बेपत्ता

    एजेन्सी— अमेरिकाको टेक्सस राज्यमा आएको बाढीका कारण कम्तीमा ५१ जनाको मृत्यु २७ जना व्यक्ति हराइरहेको बताइएको छ ।ग्वादालुप नदीमा आएको बाढीले राज्यको मध्यभागमा  व्यापक क्षति पुर्‍याएको एनबीसी न्युजले खबर दिएको छ ।खोजी तथा उद्धार कार्य जारी रहेको अधिकारीहरूले जनाएका छन् । खोजीकर्ताहरूले हेलिकप्टर, डुंगा र ड्रोनको सहायताले पीडितहरूलाई खोजिरहेका छन् । सडक बगेपछि क्याम्पहरूमा एक्लिएका व्यक्ति र रुखमा बसेर ज्यान जोगाइरहेका व्यक्तिलाई उद्धार गर्न खोजिएको छ ।केर काउन्टीमा बाढीले सबभन्दा बढी क्षति गरेको छ । बालिकाहरूको समर क्याम्प चलेको स्थान क्याम्प मिस्टिकमा बाढी पसेपछि २७ जना बालबालिका हराएका छन्

    • प्रकाशित मितिः असार २२, २०८२
    • 591 पटक पढिएको
  • आज मोहर्रम पर्व मनाइँदै

    राँझा (बाँके), २२ असारः मुसलमान समुदायको मोहर्रम पर्वका अवसरमा घरघरमा राखिएका ताजियाले नेपालगञ्ज ताजियामय बनेको छ ।मुसलमान समुदायका व्यक्तिहरूले पर्वका अवसरमा आफ्नो गच्छेअनुसारका ताजिया घरमा स्थापना गरेका छन् । मुस्लिम धर्मका प्रवर्तक हजरत मोहम्मदको नाति हजरत इमाम हुसेनले गरेको साहदतको सम्झनास्वरुप मोहर्रम पर्वका अवसरमा ताजिया राख्ने चलन रहेको बाँकेका मुस्लिम अगुवा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका केन्द्रीय अध्यक्ष मोहम्मद हारुन हलवाईले बताउनुभयो ।उहाँका अनुसार इस्लामिक क्यालेन्डरको पहिलो महिनामा मनाइने मोहर्रमको नवौँ दिनमा मुस्लिम धर्मावलम्बीहरूले आ–आफ्नो घरमा राखेको ताजिया १०औँ दिनमा कर्बलामा

    • प्रकाशित मितिः असार २२, २०८२
    • 341 पटक पढिएको
  • उपभोक्ता अदालतको फैसलामा चिकित्सक असन्तुष्टि जनाउदै अस्पताल अगाडि धर्ना

    काठमाडौं– उपभोक्ता अदालतसम्बन्धी विषयमा असन्तुष्टि जनाउँदै नेपाल चिकित्सक संघले घोषणा गरेको चरणबद्ध आन्दोलनको अन्तर्गत आइतबार धर्ना दिइएको छ। देशका विभिन्न अस्पतालमा चिकित्सकले धर्ना दिएर आन्दोलनमा ऐक्यबद्धता जनाएका हुन्।  संघको घोषित कार्यक्रम अन्तरगत असार २२, आइतबार आ(आफ्नो कार्यस्थलमा पहिलो एक घण्टा धर्ना दिने थियो। असार २३ गते सोमबार देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेक सम्पूर्ण सेवा बन्द गर्ने, सोमबारसम्म चिकित्सकहरूबाट हस्ताक्षर तथा मेडिकल काउन्सिलको प्रमाणपत्र संकलन गरी संघको केन्द्रीय कार्यालय, काठमाडौंमा पठाउने, असार २४, मंगलबार चिकित्सकहरूले नेपाल मेडिकल काउन्सि

    • प्रकाशित मितिः असार २२, २०८२
    • 747 पटक पढिएको
  • आज राज्यमन्त्री चौधरीले प्रधानमन्त्रीलाई राजीनामा बुझाउँदै

    काठमाडौं— संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री अरुनकुमार चौधरीले राजीनामा दिँदै छन्। नागरिक उन्मुक्ति पार्टीले प्रतिपक्षमा बस्ने निर्णय गरेसँगै पर्यटन राज्यमन्त्री चौधरीले राजीनामा दिन लागेका हुन्। मन्त्री चौधरीले आज प्रधानमन्त्रीलाई राजीनामा बुझाउने जानकारी दिए। हिजो बसेको नागरिक उन्मुक्ति पार्टीको संसदीय दलको नेता रञ्जिता श्रेष्ठ (चौधरी) को अध्यक्षतामा बसेको दलको बैठक प्रतिपक्षमा बस्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै राज्यमन्त्री चौधरी राजीनामा दिएर सरकारबाट बाहिरिने भएको हो।उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी, नेपालले पनि सरकारलाई दिएको समर्थन फिर्ता लिने घोषणा ग

    • प्रकाशित मितिः असार २२, २०८२
    • 763 पटक पढिएको
  • पिपुल्स पावर लिमिटेडको हकप्रद शेयर आजदेखि विक्रीमा

    काठमाण्डौं—  पिपुल्स पावर लिमिटेडले आज देखि ५० प्रतिशत हकप्रद शेयरको विक्री खुला गरेको छ । कम्पनीले हाल कायम चुक्तापूँजी ६३ करोड २६ लाख रुपैयाँ बराबरको ५० प्रतिशतमा १०० रुपैयाँ अंकित दरका ३१ लाख ६३ हजार कित्ता हकप्रद शेयरको बिक्री खुलाएको हो । कम्पनीले आफ्नो ऋण भुक्तानीका लागि हकप्रद विक्री खोलेको हो । कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जेठ २ गते हकप्रदका लागि स्वीकृती प्राप्त गरेको थियो ।  गत असार २ गते एकदिनका लागि कम्पनीले हकप्रद शेयर विक्री प्रयोजनाका लागि बुक क्लोज गरेको थियो । त्यसकारण असार १ सम्म नेप्सेमा कारोबार भई कायम भएका सेयरधनीहरुले मात्रै कम्पनीद्वारा जारी गरिने हकप्

    • प्रकाशित मितिः असार २२, २०८२
    • 778 पटक पढिएको
  • सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु

    चितवन— चितवनमा सेफ्टी ट्याङ्कीमा खसेर महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–९ शरदपुरकी ६४ वर्षीया राधिका विक रहेकी छन् ।घर नजिकै रहेको रिङले बनाएको सेफ्टी ट्याङ्कीमा शनिबार खसेर घाइते उनको उपचार क्रममा गए राति मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।  सेफ्टी ट्याङ्कीमा खसेर घाइते विकको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।

    • प्रकाशित मितिः असार २२, २०८२
    • 492 पटक पढिएको
  • खोलामा डुबेर दुई बालकको मृत्यु

    इटहरी (सुनसरी), २२ असार : जब्दीस्थित मुरा खोलामा पौडी खेल्ने क्रममा दुई बालकको शनिबार मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता योगेन्द्र खतिवडाका अनुसार मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–१६ का नौ वर्षीय युनिस खत्री र इटहरी–५ का ११ वर्षीय हेमबहादुर (विशु) परियार छन् । घटनाको जानकारी प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय पकलीबाट प्रहरी निरीक्षक लेखनाथ दाहालको नेतृत्वमा प्रहरी टोली घटनास्थलतर्फ खटिएको प्रहरी प्रवक्ता खतिवडाले बताउनुभयो । टोलीले तत्काल उद्धार गर्दै खोलाको दहबाट दुवै बालकलाई निकालेर उपचारका लागि सान्वी सिटी अस्पताल इटहरी पुर्याएको उहाँले जानकारी दिनुभयो ।अस्पतालले शन

    • प्रकाशित मितिः असार २२, २०८२
    • 257 पटक पढिएको
  • आज हरिशयनी एकादशीः तुलसीको बिरुवा सारिँदै

    काठमाण्डौ  ।  प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ ।एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ ।सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ । आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको मोठमा विशेष पूजा हुन्छ ।आषाढ शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्ने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्रा डा देवमणि भ

    • प्रकाशित मितिः असार २२, २०८२
    • 435 पटक पढिएको
  • यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

    काठमाण्डौ  ।  नेपाल राष्ट्र बैंकले आइतबार ९असार २२०का निम्ति विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ३४ पैसा र बिक्रीदर १३६ रुपैयाँ ९४ पैसा निर्धारण गरिएको राष्ट्र बैंकले जनाएको छ ।युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ ५८ पैसा र बिक्रीदर १६१ रुपैयाँ २९ पैसा, यूके पाउन्ड स्ट्रलिङ एकको खरिददर १८६ रुपैयाँ १० पैसा र बिक्रीदर १८६ रुपैयाँ ९२ पैसा, स्वीस फ्रयांक एकको खरिददर १७१ रुपैयाँ ८३ पैसा र बिक्रीदर १७२ रुपैयाँ ५९ पैसा कायम गरिएको छ ।अस्ट्रेलियन डलर एकको खरिददर ८९ रुपैयाँ ४३ पैसा र बिक्रीदर ८९ रुपैयाँ ८२ पैसा, क्यानेडियन डलर एकको खरिददर १०० रुपैय

    • प्रकाशित मितिः असार २२, २०८२
    • 396 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.