समाचार

    Showing 13,661-13,670 of 26,701 items.
  • सुनचाँदीको मूल्यमा वृद्धि, कतिमा हुँदैछ कारोबार ?

    काठमाडौं— नेपाली बजारमा बिहीबार सुन र चाँदीको मूल्य बढेको छ । आज सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यससँगै बिहीबार छापावाल सुन तोलामा १ लाख ९२ हजार ३ सय रुपैयाँ कायम भएको छ। यसअघि बुधबार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँमा कायम भएको थियो।यस्तै आज चाँदीको मूल्य तोलामा ३५ रुपैयाँले बढेको छ । यससँगै बुधबार तोलामा  २१ सय ४० रुपैयाँ रहेको चाँदी बिहीबार २१ सय ७५ रुपैयाँ कायम भएको छ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 651 पटक पढिएको
  • राष्ट्रियसभाको बैठक बस्दै

    काठमाडौं । संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । दिउँसो सवा १ बजे संसद भवन नयाँबानेश्वरमा बस्ने बैठक सांसद जग प्रसाद शर्माले ‘खानेपानीमा नागरिकको सहज पहुँच पु¥याउने र नेपालमै ब्लिचिङ पाउडर उद्योग खोल्ने सम्बन्धी’ सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।यस्तै, राष्ट्रियसभाका सचिव डा. सुरेन्द्र अर्यालले ‘विनियोजन विधेयक, २०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने छन् ।त्यसैगरी, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राष्ट्रियसभा नियमावली– २०७५ को नियम १३३(क) को उपनियम (२) बमोजिम ‘विनियोजन विधेयक, २०८२’ सभा समक्ष प्रस्तुत गर

    • प्रकाशित मितिः असार १२, २०८२
    • 266 पटक पढिएको
  • टिपरको ठक्करबाट युवकको मृत्युभएपछि स्थानीयले टिपर जलाए

    जनकपुरधाम— सर्लाहीमा टिपरले साइकललाई ठक्कर दिंदा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा साइकल यात्री सर्लाहीको कबिलासी नगरपालिका–८ अगर्वा बस्ने दिनेश साहको छोरा २० वर्षीय सचिन साह (गुप्ता) रहेका छन् ।सर्लाही लालबन्दी नगरपालिका–५ मेजरगंजस्थित भित्री सडक खण्डमा जब्दीबाट लालबन्दी तर्फ आउँदै गरेको ना२क ५०१ नम्बरको टिपरले बुधबार राति ८ बजेतिर युवकलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।उपचारको लागि प्रादेशिक अस्पताल मलंगवा सर्लाहीमा लग्दा चिकित्सकले मृत घोषणा गरेका थिए । दुर्घटना लगतै टिपर चालक फरार भएका छन् । घटना लगतत्तै स्थानीयले टिपरमा आगजनी गरेका छन् ।घटना बारे थप अनुसन्धान

    • प्रकाशित मितिः असार १२, २०८२
    • 539 पटक पढिएको
  • असार २७ गतेसम्म थप भयो छ्याङ्दी हाइड्रोपावरको हकप्रदमा आवेदन दिने म्याद

    काठमाडौं— छ्याङ्दी हाइड्रोपावर लिमिटेडले जेठ २३ गतेदेखि निष्कासन गरिरहेको हकप्रद शेयरमा आवेदन दिने म्याद थप भएको छ । यसअघि आज निष्कासन बन्द गर्ने भनिएकोमा पर्याप्त आवेदन नपरेपछि म्याद थप गरेर असार २७ गतेसम्म कायम गरिएको हो ।कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका दरले ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद १ बराबर १ को अनुपातमा निष्कासन गरेको थियो । हकप्रद निष्कासनका लागि जेठ २ गते बुक क्लोज गरेकाले जेठ १ गतेसम्म नेप्सेमा कायम सेयरधनीले मात्रै आवेदन दिन सक्नेछन् ।हाल ३८ करोड ६९ लाख ७७ हजार ५०० रुपैयाँ चुक्ता पुँजी रहेको यस कम्पनीको हकप्रद बाँडफाँडपछि ७७ करोड ३९ लाख ५५ हजार रुपैयाँ पुग्नेछ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 587 पटक पढिएको
  • इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक : राष्ट्रपति ट्रम्प

    काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको बताएका छन् ।बुधबार नेदरल्याण्ड्समा भएको नेटो शिखर सम्मेलनमा उनले भने इरानले युद्ध पछिको घाटाबाट उठ्न तेल बेच्नु आवश्यक रहेको भन्दै चीनले इरानबाट तेल किन्न चाहन्छ भने आफूहरुलाई कुनै समस्या नरहेको बताएका हुन् । उनले भने,‘इरानले इजरायलसँगको युद्धमा बहादुरी देखाएको छ । तिनीहरूले तेलको व्यापार गर्छन्। म चाहे भने यसलाई रोक्न सक्छु, तर म त्यसो गर्न चाहन्न। यदि चीनले इरानबाट तेल किन्न चाहन्छ भने हामीलाई कुनै समस्या छैन । इरान र अमेरिकाबीच अर्को हप्ता वार्ता हुनेछ।’अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम

    • प्रकाशित मितिः असार १२, २०८२
    • 381 पटक पढिएको
  • भारतका विभिन्न स्थानमा बन्धकपछि उद्धार गरिएका ५७ नेपाली स्वदेश फर्किए, गड्डाचौकीमा स्वागत

    महेन्द्रनगर  - आकर्षक रोजगारीको झुठो आश्वासनमा भारतका विभिन्न स्थानमा बन्धक बनाइएका ५७ नेपालीलाई भारतबाट उद्धार गरी नेपाल ल्याइएको छ । भारतको उत्तराखण्डस्थित काशिपुरमा बन्धक बनाइएका ३५ जना नेपाली युवक उद्धारलगत्तै अन्य २२ नेपालीको आइतबार साँझ उद्धार गरिएको थियो । बुधबार पश्चिमी नाका गड्डाचौकीबाट उनीहरूलाई स्वदेश ल्याइएको हो।नयाँदिल्लीस्थित नेपाली दूतावास, उत्तराखण्ड प्रहरी र सामाजिक संस्था ‘किन इन्डिया’को समन्वयमा उत्तराखण्डको विभिन्न ठाउँमा अमानवीय रुपमा बन्धक बनाइएका उनीहरूको उद्धार भएको हो।गड्डाचौकी नाका भएर स्वदेश ल्याइएका नेपालीहरूलाई कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी लक्ष्मण ढका

    • प्रकाशित मितिः असार १२, २०८२
    • 363 पटक पढिएको
  • ललितपुरमा बाढीले बगाएर सवइञ्जिनियर दाहालको मृत्यु

    काठमाडौं  । ललितपुरको ठुलादुर्लुङमा खोल्सामा आएको बाढीले बगाएर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा महाँकाल–४ कालेश्वर स्थायी ठेगाना भई ललितपुर महानगरपालिका–२९ हरिसिद्धी बस्ने २१ वर्षीय सवइञ्जिनियर सविन दाहाल रहेका छन् । बुधबार साँझ महाँकाल गाउँपालिका–६ ठुलादुर्लुङस्थित भ¥याङखोल्सामा आएको बाढीले बगाएर उनको मृत्यु भएको हो । 

    • प्रकाशित मितिः असार १२, २०८२
    • 202 पटक पढिएको
  • मामा र भान्जाबीच आर्थिक लेनदेन, मामा मृत भेटिएपछि भान्जा नियन्त्रणमा

    कैलाली— कैलालीको लम्कीचुहामा एक बृद्ध मृत अवस्थामा भेटिएका छन् । लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ भान्जा नाता पर्ने ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेका हुन् ।यस घटनाको अनुसन्धान गर्न प्रहरीले भान्जालाई नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन ।तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंह जैशीले जानकारी दिए । घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।

    • प्रकाशित मितिः असार १२, २०८२
    • 553 पटक पढिएको
  • रामेछापमा सुरु भयो तीन जिल्लाका भलिबल प्रशिक्षकहरूको आधारभूत तालिम

    रामेछाप । स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने नारासहित रामेछापको मन्थलीमा भलिबल प्रशिक्षकहरूको लागि एक हप्ते आधारभूत तालिम सुरु भएको छ । असार ११ गतेदेखि १७ गतेसम्म सञ्चालन हुने तालिममा रामेछाप, सिन्धुली र दोलखा जिल्लाका स्थानीय तहमा कार्यरत भलिबल प्रशिक्षकहरूको सहभागिता रहेको छ ।जिल्ला खेलकुद विकास समिति रामेछापको आयोजनामा सञ्चालित तालिममा जम्मा ३३ जना प्रशिक्षार्थी सहभागी छन् । प्रशिक्षकहरूको व्यावसायिक क्षमता अभिवृद्धि गर्नुका साथै स्थानीय तहमा खेलकुदको पहुँच विस्तार गर्ने उद्देश्यसहित तालिम सञ्चालन गरिएको आयोजकले जानकारी दिएको छ ।बुधवार मन्थलीमा सम्पन्न उद्घाटन समारोह

    • प्रकाशित मितिः असार १२, २०८२
    • 372 पटक पढिएको
  • जलजला गाउँपालिकाबाट गाई–गोरू पाल्ने कृषकलाई नगद अनुदान

     पर्वत— जलजला गाउँपालिकाले स्थानीय जातका गाई र हलगोरू पाल्ने कृषकहरूलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको छ। चालु आर्थिक वर्ष २०८१/०८२ को गाउँपालिकाको स्थानीय गाई र गोरू संरक्षण कार्यक्रमअनुसार छनोट भएका कृषकलाई प्रोत्साहनका लागि अनुदान वितरण गरिएको हो। गाउँपालिकाका अध्यक्ष राजुप्रसाद आचार्य र उपाध्यक्ष दीपक आचार्यले बुधबारदेखि गाउँपालिकाको कार्यालयबाट अनुदान वितरण कार्य सुरु गरेका छन्।चालु आर्थिक वर्षमा दुई वटा शीर्षकमा १३ लाख बजेट विनियोजन भएको कार्यक्रममार्फत पालिकाभित्रका ९ वटै वडाबाट छनोट भएका ३६५ वटा स्थानीय जातका गाई र ५४ हलगोरू पालेका कृषक अनुदानका लागि छनोट भएको गाउँपालिकाको

    • प्रकाशित मितिः असार १२, २०८२
    • 510 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.