समाचार

    Showing 13,871-13,880 of 24,870 items.
  • विषादीको अवशेष भेटिएको दुई क्विन्टल काउली अनुगमन टोलीद्वारा नष्ट

    झापा । विर्तामोडको कृषि थोक बजारमा बेच्न ल्याएको दुई क्विन्टल काउली र ब्रोकाउलीमा विषादीको अवशेष उच्च मात्रा फेला परेपछि नष्ट गरिएको छ ।बिर्तामोड–९ मा जग्गा ठेक्कामा लिएर तरकारी खेती गर्दै आएका भारतीय नागरिक पङ्कजकुमार रायले उत्पादन गरेर बजारमा पुर्याएको ती तरकारीमा कार्वानेट र अर्गानोफस्फेट विषादीको अवशेष अत्यधिक पाइएको विर्तामोड नगरपालिका कृषि शाखा प्रमुख राजेन्द्र कडरियाले बताए ।उनका अनुसार काउलीमा ९६.५२ र ब्रोकाउलीमा ९५.१४ प्रतिशत विषादी अवेशष पाइएको थियो । कृषि थोक बजारमा बिक्रीका लागि ल्याइने हरेक तरकारीको विषादी परीक्षणबाट खान योग्य सावित भएपछि मात्र उपभोक्तालाई बिक्री गर्न दिइने प्रचलन

    • प्रकाशित मितिः फागुन १७, २०८१
    • 360 पटक पढिएको
  • पेट्रोलियम पदार्थको मूल्य घट्यो

    काठमाण्डौ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगम सञ्चालक समितिको निर्णयले आज मध्यरातिदेखि लागु हुनेगरी मूल्य घटाएको हो ।निगमले आज एक सूचना जारी गर्दै डिजेल र मट्टितेलको मूल्य १-१ रुपैयाँ घटाएको जानकारी दिएको छ ।घटाइएको मूल्य फागुन १७ गते बिहान १ बजेदेखि लागू हुने छ ।यस्तै पेट्रोल र एलपी ग्यासको मूल्य भने हाललाई यथावत् छ ।

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 383 पटक पढिएको
  • प्रधानमन्त्री ज्यु मलाई हराउने खेलमा देशलाई नडुबाउनु होला: बालेन

    काठमाण्डौ । काठमाण्डौ महानगरपालिकाका मेयर बालेन शाहले प्रधानमन्त्रीलाई लक्षित गर्दै कडा सन्देश दिएका छन्। सामाजिक सञ्जालमार्फत उनले आफ्नो पराजय सुनिश्चित गर्न खोजिएको आरोप लगाउँदै, देशलाई कमजोर नबनाउन चेतावनी दिएका छन्। बालेनले लेखेका छन्, "भोको पेट मारेर मलाई हराउन खोज्नु भएको छ, हामी त तपाईंकै मदन भण्डारीको सपना पूरा गर्न हिँडेका मान्छे!" यस भनाइबाट उनले सरकारको नीतिप्रति असन्तुष्टि जनाउँदै, आफू कुनै व्यक्तिगत स्वार्थको लागि नभई मुलुकको हितमा लागिपरेको स्पष्ट पारेका छन्।उनको पोस्टले हालको सरकारप्रति आक्रोश मात्र होइन, नेतृत्वदायी तहमा रहेका व्यक्तिहरूलाई पनि गम्भीर सोच्न बाध्य बनाएको छ। बाले

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 536 पटक पढिएको
  • संसारकै लामो धार्मिक पदयात्रा मिथिला ‘माध्यमिकी परिक्रमा’ हुँदै

    धनुषा । मिथिलाञ्चलका बहुचर्चित सांस्कृतिक उत्सव तथा संसारकै लामो धार्मिक पदयात्राका रुपमा चिनिने मिथिला परिक्रमा सुरु भएको छ । फागुन कृष्णपक्षको औँसीमा कचुरी मठबाट भगवान् राम र जानकीको डोलासहित परिक्रमा सुरु भएको हो । मिथिलाको ऐतिहासिक, पौराणिक र धार्मिक आस्थाको धरोहरका रुपमा रहेको परिक्रमा १५ दिनसम्म चल्नेछ । बिहीबार राति धनुषाको हनुमाननगरमा विश्राम गरेर परिक्रमामा सहभागी साधुसन्त तथा श्रद्धालुहरु आज बिहान पूजापाठ गरी भारत विहारको कल्याणेश्वर प्रस्थान गरेका छन् । फागुन औँसीका दिन धनुषाको ठेरा कचुरीबाट निस्कने मिथिला विहारीको डोला तथा जनकपुरको रत्नसागर र अग्निकुण्डबाट निस्कने किशोरीजीको ड

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 376 पटक पढिएको
  • पशुपतिबाट साधुसन्तको गरियो विदाइ, दुई सयदेखि नौं हजारसम्म दक्षिणा

    काठमाडौँ । महाशिवरात्रिमा पशुपतिनाको दर्शनमा आएका साधु सन्तहरुलाई दक्षिणासहित बिदाइ गरिएको छ ।शुक्रबार गुठी संस्थान र पशुपति क्षेत्र विकास कोषले दक्षिणासहित बिदाइ गरेको हो । गुठी संस्थानका सञ्चालक सदस्य कृष्ण प्रसाद रेग्मीले साधुसन्तहरूको वर्गीकरण गर्दै त्यहि अनुसारको दुुई सयदेखि नौं हजार रुपैंयाँसम्मको खर्चको व्यवस्था गरेर बिदाई गरेको जानकारी दिएको छ । उनले भने,‘हामीले साधुहरुलाई विभिन्न वर्गीकरण गरेको छौं । त्यहि अनुसार नै दक्षिणा दिएर बिदाइ गर्दै छौं । दुई सय रुपैयाँदेखि लिएर नौं हजारसम्मको दक्षिणा दिएर बिदाइ गरेका छौं ।’त्यस्तै उनले साधुसन्त नेपाल प्रवेश गरेदेखि नै खाने बस्ने र ध

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 277 पटक पढिएको
  • जनकपुर भन्सारद्वारा २४ करोड ७३ लाख राजश्व सङ्कलन

    जनकपुरधाम । जनकपुर भन्सार कार्यालयले चालू आर्थिक वर्ष २०८१÷८२ को हालसम्ममा रु २४ करोड ७३ लाख ६९ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयको रु ५७ करोड सात लाख १७ हजार राजस्व सङ्कलन गर्ने वार्षिक लक्ष्य रहेको छ । चालू आवको वार्षिक राजस्व लक्ष्यको तुलनामा हालसम्ममा ४३ प्रतिशत मात्र राजस्व सङ्कलन भएको कार्यालयका भन्सार अधिकृत रविन्सलाल दासले जानकारी दिए । उनका अनुसार चालू आवको साउन महिनामा ७७ दशमलव ७८ प्रतिशत, भदौमा ५६, असोजमा ७७ दशमलव ४५, कात्तिकमा ६८ दशमलव ७१, मङ्सिरमा ७६ दशमलव ६०, पुसमा ८६ दशमलव ३१, माघमा ७९ दशमलव ६५ तथा फागुन १५ गतेसम्ममा २५ दशमलव ७९ प्रतिशत राजस्व सङ्कलन भएको छ ।उक्त भन्सार

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 391 पटक पढिएको
  • न्यून प्रस्ताव परेपछि समपूरक र विशेष अनुदान माग गर्ने समयावधि थप

    काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२र८३ मा सङ्घीय समपूरक र विशेष अनुदानअन्तर्गत कार्यान्वयन हुने आयोजना र कार्यक्रमको प्रस्ताव पेस गर्ने समयावधि थपेको छ । यी शीर्षकअन्तर्गत अनुदान लिनका लागि प्रदेश र स्थानीय तहले फागुन मसान्तसम्म प्रस्ताव हाल्न सक्ने आयोगले जनाएको छ ।यसअघि आयोगले सबै प्रदेश र स्थानीय तहलाई परिपत्र गर्दै समपूरक र विशेष अनुदान लिन फागुन १५ गतेभित्र प्रस्ताव पेस गरिसक्न भनेको थियो । तर सो अवधिमा अपेक्षाभन्दा न्यून प्रस्ताव परेपछि समयावधि थप्नुपरेको आयोगले जनाएको छ । ‘जति सङ्ख्यामा सहभागिता देखिनुपथ्र्यो त्यो देखिएन । पालिका मात्र नभएर प्रदेशहरुबाट पनि अपे

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 264 पटक पढिएको
  • नेपालको पहिलो महिला न्यायाधीश श्रेष्ठको निधन

    काठमाडौँ । नेपालको पहिलो महिला न्यायाधीश शारदा श्रेष्ठको आज निधन भएको छ ।  चौरासी वर्षीया पूर्वन्यायाधीश श्रेष्ठको महाराजगञ्जस्थित प्रहरी अस्पतालमा उपचारका क्रममा आज बिहान  निधन भएको सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले जानकारी दिए । स्वास्थ्यमा केही समस्या देखिएपछि उनी केही दिनदेखि त्यहाँ उपचाररत थिइन् ।सर्वोच्च अदालतमा पुग्ने उनी दोस्रो महिला न्यायाधीश थिइन् । सर्वोच्च अदालतको न्यायाधीशका रूपमा श्रेष्ठ विसं २०६१ वैशाख ३ देखि २०६५ जेठ २१ गतेसम्म कार्यरत रहिन् । उनी अधिकृत देखिनै न्यायक्षेत्रमा कार्यरत थिइन् ।श्रेष्ठको पशुपति आर्यघाटमा आजै अन्त्येष्टि हुने जानकारी दिइए

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 344 पटक पढिएको
  • प्रतिकुल मौसमका कारण हवाई उडान प्रभावित

    काठमाडौँ । प्रतिकुल मौसमका कारण हवाई सेवा प्रभावित भएको छ । यहाँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका अनुसार भिजिविलिटी कमजोर हुँदा कैयौँ हवाई उडान प्रभावित भएका छन् ।कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार दोहाबाट काठमाडौँका लागि आएका कतार एयरवेजका क्यूआर६५२ जहाज कलकता डाइभर्ट गरिएको छ । त्यसबाहेक मलेसियाबाट आएको नेपाल एयरलाइन्स र एयर चाइनाका विमान पनि डाइभर्ट भएका छन् । मौसमकै कारण सिचुआन एयरलाइन्सको उडान रद्द भएको छ । मौसमका कारण आन्तरिक उडान पनि प्रभावित भएका छन् । कार्यालयका अनुसार काठमाडौँ–पोखरा, काठमाडौँ–भरतपुर, काठमाडौँ–नेपालगञ्ज, काठमाडौँ–राजविराज, काठमाडौँ, विरा

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 383 पटक पढिएको
  • नेपाल–भारत खुला सीमा संवाद समूह र कपडा बैंक नेपालद्वारा हेल्पडेस्क सञ्चालन

    जनकपुरधाम (देवेन्द्र किशोर ढुङ्गाना) : मिथिला मध्यम परिक्रमाअन्तर्गत नेपाल–भारत खुला सीमा संवाद समूह र कपडा बैंक नेपालको संयुक्त आयोजनामा ​​भक्तजन, सन्त तथा सम्पूर्ण तीर्थयात्रीको स्वास्थ्य सुविधालाई ध्यानमा राखी १५ दिने परिक्रमाका लागि आजदेखि हेल्पडेक्स सञ्चालनमा आएको छ ।क्लथ बैंक नेपालका कार्यालय सचिव कृष्णकुमार साहले नेपालतर्फ पर्ने ११ वटा हल (बास)मा हेल्पडेस्क सञ्चालन गरिने जानकारी दिए ।आजको कार्यक्रम हेल्पडेस्कका सहसंयोजक रुबी झाको नेतृत्वमा सम्पन्न भएको थियो ।  कार्यक्रममा संस्थाका कार्यालय सचिव कृष्णकुमार साह, कपडा बैंक नेपालका सचिव मनिष श्रीओम, बाल अभियानकर्ता आदित्य झा, धनेश्वर ठ

    • प्रकाशित मितिः फागुन १६, २०८१
    • 252 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.