समाचार

    Showing 14,051-14,060 of 26,701 items.
  • सुनचाँदी व्यवसायीहरूले गरे विरोध प्रदर्शन, पसलमै राखियो कालो व्यानर

    काठमाडौँ -  सुनचाँदी व्यवसायीहरूले सुनचाँदी गहनामा लगाइएको विलासिता कर फिर्ता लिन माग गर्दै बिरोध प्रदर्शन गरेका छन् ।बिहीबार नेपाल सुनचाँदी व्यवसायी तथा कालिगड संघर्ष समितिले सुनचाँदी गहनामा लगाइएको अनावश्यक करको फिर्ता लिन माग गर्दैे काठमाडौँको न्यूरोड क्षेत्रमा प्रदर्शन गरेका हुन् ।बजेटमा अव्यवहारिक र अनावश्यक रूपमा २ प्रतिशत विलासी करको व्यवस्था गरिएकाले यसलाई खारेज गर्नुपर्ने उनीहरूको भनाइ छ ।उनीहरुले सुनचाँदीमा लगाएको विलासिता कर खारेज गर, सुनको भन्सार ६ प्रतिशत लागू गर,सुन चाँदी कारोबारको लागि प्रष्ट नीति नियमावली निर्माण गर लगाएतका प्लेकार्ड प्रदर्शन गरेका थिए ।व्यवसायीहरुले देशभर

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 299 पटक पढिएको
  • तिला गाउँपालिकाको गाडी अज्ञात समूहबाट तोडफोड

    जुम्ला– जिल्लाको तिला गाउँपालिका–४ का वडाअध्यक्ष चढ्ने गाडी तोडफोड भएको छ । अज्ञात समुहले अध्यक्ष मोतिलाल रोकाया चढ्ने स्कारपियो गाडीको पछाडिको सिसा कार्यक्रम सकेर फर्किँदा फुटाइएको अवस्थामा भेटिएको हो। पार्किङमा राखिएको गाउँपालिकाका अध्यक्ष मोतिलाल रोकाया चढ्ने गाडी अज्ञात समूहले तोडफोड गरेको गाउँपालिकाका सूचना अधिकारी बखतबहादुर हमालले बताए ।गाडी भर्खर खरिद गरिएको र एक दिनअघि मात्र गाउँपालिकामा ल्याइएको सूचना अधिकारी हमालको भनाइ छ।प्रहरीले तोडफोड गर्नेको खोजी जारी राखेको जनाएको छ। केही दिनअघि मात्रै पालिकाका दुई वडाध्यक्षमाथि पनि आक्रमण भएको उनको भनाइ छ ।

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 360 पटक पढिएको
  • नेपालमा धेरै सम्भावनाहरु छन्, सदुपयोग गर्नुपर्छ : अर्थमन्त्री पौडेल

    काठमाडौं - उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले नेपालमा हरेक क्षेत्रको अपार सम्भावना रहेको बताउँदै त्यसको समुचित सदुपयोग गर्नुपर्नेमा जोड दिएका छन् ।मिडिया इन्टरनेसनलद्वारा आयोजित ‘काम गरौं आफ्नै देशमा’नामक वित्तीय साक्षरता, उद्यमशीलता तथा आर्थिक सम्भाव्यताको खोज अभियान कार्यक्रमको उद्घाटन गर्दै अर्थमन्त्री पौडेलले नेपाली युवाले देशमै अवसर खोज्न सक्ने वातावारण निर्माण गर्नुपर्ने बताएका हुन् ।उनले भने, ‘आफूभित्रको सम्भावना र आफ्नै देशको सम्भाव्यता बुझ्न सकेको देशले मात्रै विकासमा गति लिन्छ । जोसँग जे छ, त्यसैको सदुपयोग गरेर अगाडि बढ्नुपर्छ । नेपालसँग नभएको केही चिज नै छैन । नेपा

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 249 पटक पढिएको
  • पाँच महिनामा चितवनमा थपिए ५२ एचआइभी सङ्क्रमित

    चितवन— चितवनमा यस वर्षको पहिलो पाँच महिनामा ५२ जना नयाँ एचआइभी सङ्क्रमित थपिएका छन्। भरतपुर अस्पतालस्थित एएचएफ नेपाल केन्द्रमा तीमध्ये २३ जना स्थानीय छन् भने बाँकी अन्य जिल्लाबाट स्थानान्तरण भएर आएका हुन्।हाल यस केन्द्रमा १,१८८ जना बिरामी नियमित रुपमा औषधि सेवन गरिरहेका छन्। तीमध्ये ५८२ पुरुष, ५५८ महिला, ३० बालबालिका र १८ जना तेस्रो लिङ्गी छन्। माडी र डण्डास्थित अस्पतालमा ५५ जना स्थानान्तरण भइसकेका छन् भने ५ जना फेरि भरतपुर फर्किएका छन्।अस्पतालले औषधिसँगै बिरामी र कुरुवालाई खाना, एम्बुलेन्स, उपचार सहयोग र खाध्यान्न समेत उपलब्ध गराइरहेको छ। यद्यपि, भाइरल लोड परीक्षणमा चाहिने किट अभावका कारण पछि

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 314 पटक पढिएको
  • लागू औषध सहित ६ जना पक्राउ

    विराटनगर—  ताप्लेजुङ र पाँचथरबाट बुधबार प्रहरीले लागू औषध सहित ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोमन विश्वकर्मा, देव बहादुर बि.क., मन्दिप लिम्बु, मनोज साह, सागर लिम्बु र रोहित न्यौपाने रहेका छन् ।ताप्लेजुङको फुङलिङ नगरपालिका–४ स्थित लागू औषध बिक्री वितरण भईरहेको छ भन्ने गोप्य सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय ताप्लेजुङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ३३३ मिलिग्राम ब्राउन सुगर सहित फुङलिङ नगरपालिका–११ का २१ बर्षीय रोमन विश्वकर्मा,  सिन्धुली दुधौली १० का २७ बर्षीय देव बहादुर बि।क, फक्तालुङ गाउँपालिका–३ का ३२ बर्षीय मन्दिप लिम्बु र भारतीय नागरिक मनोज साहलाई पक्राउ ग

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 335 पटक पढिएको
  • २०२८ सम्ममा सबै पालिकालाई बाल श्रममुक्त गर्ने लक्ष्य छ ; नारायण प्रसाद भट्टराई

    काठमाडौं  - आज नेपाललगायत विश्वभर विश्व बालश्रम विरुद्धको दिवस मनाइँदै छ । हरेक वर्ष जुन १२ लाई संसारभर बालश्रम विरुद्धको दिवसको रुपमा मनाइने गरिएको छ ।नेपालमा बालश्रम न्यूनिकरण गर्न सरकारले विभिन्न संघ सस्थासंग मिलेर काम गरिरहेको भएपनि केही क्षेत्रमा भने बालश्रम बढेको नै देखिन्छ  ।सडक व्यापार, मोटरसाइकल र साइकल मर्मत, सामान ओसारपसार, घरायसी काम, भरिया, सीमामा अवैध सामान ओसारपसार, कपडामा जरी भर्ने लगायत क्षेत्रमा बालश्रम बढिरहेको छ  ।अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ)का नेपालस्थित कार्यालयमा राष्ट्रिय परियोजना संयोजक नारायण प्रसाद भट्टराईले बाल श्रमिक विरुद्ध समस्या समाधान

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 318 पटक पढिएको
  • नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेको अवैध नेपाली र भारतीय रुपैयाँ एक/ एक करोड बरामद

    काठमाडौं— राजस्व अनुसन्धान कार्यालय बुटवलले चालु आर्थिक वर्षको हालसम्म स्रोत नखुलेको अवैध नेपाली रुपैयाँसहित विभिन्न देशका रु तीन करोड ४६ लाख ५५ हजार ८८० मुद्रा बरामद गरेको छ । बरामद गरिएका मुद्रामध्ये नेपाली रु एक करोड ९१ लाख र भारतीय रु एक करोड ५५ लाख रहेकाराजस्व अनुसन्धान कार्यालय बुटवलले जनाएको छ ।नेपाल–भारत सीमावर्ती क्षेत्रबाट स्रोत नखुलेका यस्ता रकमसहित भारतीय नागरिक पक्राउ पर्ने गरेका कार्यालयका प्रमुख अनुसन्धान अधिकृत विवेक घिमिरेले बताउए । उनीहरू भरियाका रूपमा रहेका भन्दै यसको गिरोहको जरासम्म पुग्न भने नसकिएको प्रहरी तथा अनुसन्धान अधिकारीहरू बताउँछन् । चालु आवमा भएको बरामदको विव

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 420 पटक पढिएको
  • मुस्ताङको पेरिसडाँडामा पनि माओवादी कार्यालय

    काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्ताङमा पार्टी कार्यालय भवनको शिलान्यास गर्नुभएको छ । घरपझोङ गाउँपालिका– ४, भ्रप्सोस्थित पेरिसडाँडामा बौद्ध परम्पराअनुसार शिलान्यास गर्नुभएको बताइएको छ ।वारागुङ मुक्तिक्षेत्र– २ छ्ङ्गुरका ढच्युङ गुरुङले दान गरेको जग्गामा छ कोठे भवन निर्माण गर्न लागिएको हो । त्यसअघि उहाँले आज बिहान समूहमा मर्निङ वाक र हिजो माओवादी केन्द्र मुस्ताङ जिल्लाका विभिन्न पालिका पार्टी सदस्यहरूको संयुक्त सपथ ग्रहण तथा प्रशिक्षण कार्यक्रममा प्रमुख अतिथिको रूपमा सम्बोधन गर्नुभएको थियो । हिजै दिउँसो घरपझोङ–२, मार्फास्थित फलफूल तथा तरकारी प्रशोधन उ

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 301 पटक पढिएको
  • तीनकुने घटना: सरकारी वकिलको जवाफपछि थुनछेक अन्तिम चरणमा

    काठमाडौं— तीनकुनेमा अवाञ्छित गतिविधिको आरोपमा थुनामा रहेका दुर्गा प्रसाईंसहित ३९ जनाको थुनछेक बिहीबार अन्तिम चरणमा पुगेको छ। काठमाडौं जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता रामहरि शर्मा काफ्लेसहित चार सरकारी वकिलले प्रतिवादी पक्षको बहसमा उठेका बुँदामा जवाफ दिएका छन्।प्रसाईं पक्षबाट वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, सुरेन्द्र भण्डारी, टंक दुलाल, भीमार्जुन आचार्यलगायत १३ जना कानुन व्यवसायीले बहस गरेका थिए।सरकारी वकिलको जवाफपछि थुनामुक्त गर्ने कि थुनामा राख्ने भन्ने निर्णय काठमाडौं जिल्ला अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासबाट आउनेछ। राज्यविरुद्ध र ज्यानसम्बन्धी मुद्दामा ५० जना प्रतिवादीम

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 493 पटक पढिएको
  • बाढीले डाइभर्सन बगापछि पूर्वपश्चिम राजमार्ग अवरुद्ध भयो

    नवलपरासी— पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरको दुम्किवासमा ‘डाइभर्सन’ बग्दा राजमार्ग अवरुद्ध भएको छ। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मधु नेपालको भनाइमा आज बिहान आएको बाढीमा डाइभर्सन बग्दा राजमार्ग अवरुद्ध भएको हो।उनका अनुसार बाढी नरोकिएकाले आवागमनका निम्ति तत्काल केही गर्न सकिने अवस्था छैन। डाइभर्सन गरिएको स्थान बाढीले बगाएपछि साना तथा यात्रुवाहक सवारीलाई होङ्सी गेट हुँदै सर्दीतर्फको बाटोबाट सञ्चालन गरिएको छ।यसैबीच,बुटवल-नारायणगढ सडक विस्तार आयोजनाका सूचना अधिकारी शिव खनालका अनुसार नयाँ पुल ढलान भएको छ। असारको दोस्रो सातादेखि पुल सञ्चालन गर्ने योजन

    • प्रकाशित मितिः जेठ २९, २०८२
    • 163 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.